यस्तो छ बालुवाटारबाट पास,सिंहदरबारमा दर्ता भएको संविधान संशोधन विधेयक(पूरा विवरणसहित)

मंसिर १४, २०७३ मा प्रकाशित | 1220 views

काठमाडौं,मंसिर १४ । सरकारले सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक पास गरेको छ । लामो कसरतपछि  स‍ंविधान संशोधन विधेयक मंगलबार राति कार्यालय समय सकिसकेपछि दर्ता भएको भने राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधान दोस्रो संशोधन विधेयक दर्ता गर्ने प्रस्ताव पारित गरेको छ ।

बैठकले प्रदेश नम्बर ४ र ५ नम्बरको सीमांकन फेरफेरसहित संशोधन प्रस्ताव पास गरेको हो । जस अनुसार प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्लाहरु पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा र आधा रुकुम अब प्रदेश नम्बर ४ मा जानेछ । यसैगरी नेपालीसँग विवाह गर्ने महिलाले पुरानो नागरिकता त्यागेपछि अंगीकृत नागरिकता दिने भनि संशोधन हालिएको छ ।

राष्ट्रिय सभा गठनमा दलित, महिला र अपाङ्ग/अल्पसंख्यक गरी ३–३ जना प्रत्येक प्रदेशबाट चयन हुने र बाँकी जनसंख्याका आधारमा हुने भनिएको छ । अहिले संविधानमा प्रत्येक प्रदेशबाट समान ८–८ जना रहने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web