जापानमा अर्काको माई नम्वर कार्ड प्रयोग गरेको आरोपमा एक पक्राउ

मंसिर २०, २०७३ मा प्रकाशित | 817 views

टोकियो ।
अरुको व्यक्तिगत विवरण कार्ड माई नम्वर दुरुपयोग गरेको आरोपमा जापानमा एक व्यक्ति पक्राउ परेका छन् ।

जापान प्रहरीका अनुसार एक महिलाको माई नम्वर प्रयोग गरेको आरोपमा युवक पक्राउ गरेका हुन् ।

जापानी समाचार संस्थाहरुले उल्लेख गरे अनुसार माई नम्वर लागू भएपछि घटेको यो पहिलो घटनामा अरुको कार्ड प्रयोग गरेको आरोपमा सुहेई यिग्वा नाम गरेका युवक पक्राउ परेका छन् ।

२५ बर्षीय ती युवकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सामाजिक सुरक्षा र कर प्रणालीलाई नियमन गर्नका लागि जापानी तथा जापानमा बस्दै आएका बिदेशीहरुको लागि समेत माई नम्वर प्रणाली लागु गरिएको छ ।

पक्राउ परेका युवकले महिलाको व्यक्तिगत विवरण कम्प्यूटरबाट चोरेको आरोप लागेको छ । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web