दोधारा चाँदनीमा प्रधानमन्त्री दहालको भब्य स्वागतको तयारी

पप्पु गुरुङ्ग २२ मंसिर, दोधारा चाँदनी ।

सुख्खा बन्दरगाहाको बिशेष निरिक्षणमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको दोधारा चाँदनीमा भब्य स्वागतको तयारी पुरा भएको बताईएको छ् । सुख्खा बन्दरगाहाको स्थलगत बिशेष निरिक्षण कार्यक्रम अन्तर्गत आज दोधारा चाँदनीको कञ्चनभोजमा प्रधानमन्त्री प्रचण्ड कञ्चभोज आउने योजना भएको छ् । प्रधानमन्त्री प्रचण्डको कञ्चनभोज क्षेत्रमा भब्य स्वागतको तयारी पुरा भएको स्वागत कार्यक्रमका जिम्मा लिएका नेकपा माओबादी केन्द्रका स्थानिय नेताहरुले जनाएका छन् ।

प्रधानमन्त्री २ बजेर ४५ मिनेटमा दोधारा चाँदनीको कञ्चनभोज आउनुहुने कार्यक्रम रहे अनुसार हेलीकप्टर ल्याण्ड स्थलमा स्वागतद्धार, आमसभालाई सम्बोधन गर्ने स्थानमा स्वागत गेट तथा मञ्च ब्यवस्थापन तथा निरिक्षण स्थलमा स्वागतका लागी स्थानियहरु, राजनितिककर्मी तथा कार्यकर्तालाई परिचालन गरिएको नेकपा माओबादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य मान बहादु्र सुनारले जानकारी दिनुभएको छ् । आमसभाको कार्यक्रममा प्रधानमन्त्री दहाललाई ज्ञापन पत्र बुझाउने समेत कार्यक्रम रहेको नेता मान बहादुर सुनाले बताउनुभएको छ् ।

सुख्खा बन्दरगाहा, महाकाली नदीमा बन्ने चार लेनको पक्की पुल, दोधारा चा“दनीलाई पर्यटकिय क्षेत्र घोषणा गर्ने, दोधारा चाँदनी स्थित रहेको भानु बहुमुखी क्याम्पसलाई सरकारले आफ्नो जिम्मा लिनु पर्ने लगाएत ज्ञापन पत्रमा उल्लेख गरिएको नेता सुनारले बताउनुभएको छ् । “कार्यक्रममा पुरै समय प्रधानमन्त्री ज्युलाई मन्तब्यमा बिताउने कार्यक्रम तय गरेका छौ” नेता मान बहादुर सुनारले बताउनुभयो । हेलीकप्टर ल्याण्ड गर्ने स्थान जगबुडा नदीको तुईन टावरबाट करिब ३ सय मिटर श्री राष्ट्रिय आधारभुत बिद्यालयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने स्थानमा स्वागत गेट तथा सुरक्षार्थ ५–५ मिटर दुरीमा सुरक्षा फौज खटाईने र प्रधानमन्त्रीले आम सभालाई सम्बोधन गर्ने स्थान श्री राष्ट्रिय आधारभुत बिद्यालमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सयुक्त पहेरा दिने कार्यक्रम तय भएको सुरक्षा अधिकारीहरुले जनाएको छ् । सुरक्षाका लागी नेपाल प्रहरीबाट करिब १ सय जना, सशस्त्र प्रहरीबाट १ सय ५० जना गरि जम्मा २ सय ५० जना नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिने भएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले सादा पोशाकमा समेत प्रहरी परिचालन गर्ने भएको छ् । “आजै देखि कार्यक्रम स्थल तथा हेलिप्याड क्षेत्रमा सुरक्षार्थ सुरक्षाकर्मी परिचालन गरेका छौ” ईलाका प्रहरी कार्यालय दोधारा चा“दनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर विश्वकर्माले बताउनुभयो । नेपाली सेनाले भिआईपी र हेलीप्याडको सुरक्षार्थ खटिने ब्यवस्था भएको जिल्ला सुरक्षा समिति श्रोतले जनाएको छ् । नेपाल–भारत सिमा क्षेत्र नजिक प्रधानमन्त्रीको आमसभालाई सम्बोधन कार्यक्रम रहेको हुदा नेपाल प्रहरी, सशस्त्र प्रहरीले बुधवार बिहान देखि कार्यक्रम अबधी भरी कञ्चनभोज तथा केही सम्भाबित क्षेत्रमा सिमा सिल गर्ने योजना रहेको सुरक्षा श्रोतले जानकारी दिएको छ् ।

कञ्चनभोज तथा यस संग जोडिएको क्षेत्रहरुमा सुरक्षाको द्धष्टिकोणले भारतिय नम्वर प्लेटका सवारी साधनहरुलाई पुर्ण प्रतिबन्ध लगाईने कार्यक्रम रहेको बताईएको छ् ।

एडीबीको पत्रले अन्तर्राष्ट्रिय विमानस्थल विस्तार योजनाको ठेक्का रद्द

काठमाडौं,मंसिर २२ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बिस्तारको जिम्मा पाएको स्पेनी कम्पनी कन्स्ट्राक्टोरा सान्होसेसँगको ठेक्का सम्झौता तोडिएको छ । नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले यो निर्णय गरेको हो ।

ठेक्का रद्दको निर्णय भए पनि हालसम्म सार्वजनिक भने गरिएको छैन । “शुक्रबारको संचालक समिति बैठकमा रद्द सम्बन्धी निर्णय भइसकेको छ, अब कम्पनीलाई केही दिनभित्रै पत्र बुझाइनेछ,” संचालक समितिका एक सदस्यले भने । कम्पनीसँगको ठेम्का सम्झौता अवधि गतकात्तिक २४ मा नै सकिएको थियो । कम्पनीले पशुपतिको जग्गाकै माटो नभए काम नगर्ने अडान लिएपछि ठेक्का तोडिएको ती सदस्यले जानकारी दिए ।

सन् २०१३ को मार्च १७ देखि काम सुरु गरेको स्पेनी कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग गरेको सम्झौताअनुसार सन् २०१६ को मार्चभित्र काम सक्नुपर्ने भए पनि तीन वर्षको अवधिमा जम्मा १६ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ ।

भूकम्प र नाकाबन्दीको कारण देखाएपछि प्राधिकरणले गत कात्तिक २४ सम्मका लागि ठेक्का सम्झौता नवीकरण गरेको थियो । एसियाली विकास बैंक एडीबी ले ठेक्का लिएका कम्पनीसँग अव नवीकरण नगर्ने बेहोरासहितको पत्र पठाएको थियो । एडीबीले काम नगर्ने कम्पनीसँग अब पनि ठेक्का नवीकरण भएमा ऋण सहयोग बाट फिर्ता हुने पत्र पठाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ठेक्का तोड्न सहज भएको थियो ।

एडीबीको आठ करोड अमेरिकी डलरको ऋण सहयोगमा विमानस्थलको क्षमता विस्तारको काम सुरु भएको थियो । एडीबीले विमानस्थलको बिस्तारका लागि ७ करोड डलर ऋण र एक करोड डलर अनुदान दिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले भने ठेक्काका विषयमा निर्णय भएको वा नभएको प्रष्ट जवाफ दिन इन्कार गरे ।

कम्पनीलाई पत्र नदिएसम्म ठेक्का तोडियो भन्न नमिल्ने उनले बताए । “कम्पनीलाई पत्र नबुझाएसम्म ठेक्का सम्झौता तोडियो भन्ने हँुदैन,” मन्त्री शाहीले भने ।

उनका अनुसार अब विमानस्थल सुधार आयोजनाको अवधि पहिलो चरणको काम सन् २०१८ सम्पन्न गर्ने योजनासम्म सम्पन्न गर्ने लक्ष्य राख्न खोजिएको छ ।

“अब सबै काम एउटै कम्पनीलाई दिनु समेत गलत भएकोले भवन र धावनमार्ग निर्माणको लागि ठेकदार कम्पनी फरक फरक गर्नेछौं,” मन्त्री शाहीले भने । (कारोबार दैनिक)

आन्तरिक हवाई भाडा ६ वर्षयताकै सस्तो, कसरी तोकियो भाडादर ?

काठमाडौं,मंसिर २२ । आन्तरिक उडानतर्फको हवाई भाडा पछिल्लो ६ वर्षयताकै सस्तो भएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा कम्पनीहरूले गन्तव्यअनुसार ९० देखि ३ सय १० रुपैयाँसम्म भाडा घटाएका छन् ।  पछिल्लो दुई महिनायता वायुसेवा सञ्चालक संघ र नागरिक उड्डयन प्राधिकरणको संयुक्त कार्यदलले मंगलबार दोस्रोपटक भाडा समायोजन गरेको हो । यो समायोजनसँगै हवाई भाडा पछिल्लो ६ वर्षयताकै कम भएको वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)का प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए ।

इन्धनको मूल्य घटेपछि वायुसेवाहरूले यात्रुसँग लिने फ्युल सरचार्ज घटाउने गरेका छन् । नेपाल आयल निगमले सोमबार कायम गरेको नयाँ मूल्यअनुसार हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८६ रुपैयाँमा झरेको छ । यसअघि ३ पुस ०६७ मा हवाई इन्धनको मूल्य प्रतिलिटर ८० रुपैयाँ रहेको थियो ।

सोही वर्ष २८ फागुनमा ९० रुपैयाँ प्रतिलिटर पुगेको हवाई इन्धनको मूल्य त्यसपछि भने निरन्तर वृद्धि भइरहेको थियो । हवाई इन्धनको मूल्यमा न्यूनतम ४ रुपैयाँसम्म थपघट भए सोही आधारमा सरचार्ज समायोजन गर्ने प्रचलन रहेको सिम्रिक एअरका बजार प्रबन्धक प्रज्ज्वल थापाले बताए ।

‘त्यस आधारमा यो भाडा ६ वर्षयताकै सस्तो हो,’ उनले भने । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघ नेपाल आयोनको मंगलबार बसेको संयुक्त बैठकले बुधबारदेखि लागू हुने गरी फ्युल सरचार्ज घटाउने निर्णय गरेको हो ।

निगमले सोमबार आन्तरिक उडानका विमानले भर्ने इन्धनको मूल्यमा प्रतिलिटर ८ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानका जहाजले भर्ने इन्धनको मूल्यमा प्रतिकिलोलिटर ८१ डलर कटौती गरेको थियो ।

पछिल्लो मूल्यअनुसार आन्तरिकतर्फ प्रतिलिटर ८६ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर सात सय ५० डलर कायम भएको आयल निगमले जानकारी दिएको छ ।

कसरी तोकिन्छ भाडा ?

हवाई भाडा दुईवटा भाडा निर्धारित भाडा र फ्युल सरचार्जको योगबाट तयार हुन्छ । सरकारले ०६७ मा वायुसेवा कम्पनीले लिन पाउने अधिकतम भाडा निर्धारण गरेको छ ।

हरेकपटक इन्धनको मूल्यमा थपघट हुँदा सरकारले तोकेको अधिकतम भाडा यतावत् रहन्छ भने फ्युल सरचार्ज मात्र थपघट हुन्छ ।

हवाई इन्धनको मूल्यमा आएको उतारचढाव

३ पुस ०६७ – ८० रुपैयाँ÷लिटर

२८ फागुन ०६७ – ९० रुपैयाँ÷लिटर

४ पुस ०७१ – १ सय ३३ रुपैयाँ÷लिटर

१७ साउन ०७२ – १ सय १८ रुपैयाँ÷लिटर

२३ कात्तिक ०७२ – २ सय ३३ रुपैयाँ÷लिटर

२० माघ ०७२ – १ सय ६४ रुपैयाँ÷लिटर

४ फागुन ०७२ – १ सय ९ रुपैयाँ÷लिटर

१७ असार ०७३ – ९९ रुपैयाँ÷लिटर

१ असोज ०७३ – ९४ रुपैयाँ÷लिटर

२० मंसिर ०७३ – ८६ रुपैयाँ-र लिटर

-(नयाँ पत्रिका दैनिक)

पत्नीले सम्बन्धविच्छेद चाहेमा अंश नपाउने

काठमाडौं,मंसिर २२ । पति र पत्नीबीच पत्नीका कारण सम्बन्धविच्छेद भए अंश दाबी गर्न नमिल्ने नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । पत्नीले आफ्नै इच्छाले सम्बन्धविच्छेदको निवेदन अदालतमा दर्ता गर्दा पतिका कारण सम्बन्धविच्छेद गर्ने अवस्था आएको प्रमाण नपुगे अंश दाबी गर्न नमिल्ने व्यवस्था प्रस्तावित भएको हो ।

संसद्को विधान समितिमा विचाराधीन मुलुकी ऐन प्रतिस्थापन विधेयकको देवानी संहितामा यस्तो प्रावधान राखिएको छ । विधेयकमाथिको छलफल सकेर सांसद राधेश्याम अधिकारी संयोजक रहेको उपसमितिले समिति सभापति गङ्गा चौधरीसमक्ष मङ्गलबार प्रतिवेदन बुझाएको आजको गोरखापत्रमा खबर छ ।

संयोजक अधिकारीले संहितामा मुलुकी ऐनका ६० प्रतिशत प्रावधान, सर्वोच्चले प्रतिपादन गरेका नवीनतम नजिर र केही अन्तर्राष्ट्रिय अभ्याससमेत समेटेर उपसमितिले प्रतिवेदन तयार पारेको बताए । अधिकारीले सम्पत्तिमा इच्छापत्र, गैरआवसीय नेपालीको अचल सम्पत्ति हस्तान्तरणसम्बन्धी व्यवस्था र विवाह तथा अंशबण्डामा नवीनतम पक्षहरू समेटिएको बताए ।

उपसमितिको प्रतिवेदन अनुसार सम्वन्धविच्छेद गर्न पुरुषका लागि मुलुकी ऐनको प्रचलित व्यवस्थामा परिमार्जन भएको छ । अहिले पुरुषले सम्बन्धविच्छेदका लागि गाविसबाट प्रक्रिया सुरु गर्नुपर्नेमा प्रस्तावित व्यवस्थामा जिल्ला अदालतबाट प्रक्रिया सुरु गर्न सक्नेछन् । महिलाको हकमा भने अहिले पनि अदालतबाटै प्रक्रिया सुरु हुन्छ ।

यस्तै सम्बन्धविच्छेदमा पतिपत्नी दुवैले चाहेको अवस्थामा तत्काल प्रक्रिया सुरु हुनेछ । दुईमध्ये एकको मात्र इच्छा भएमा सहमतिका लागि एक वर्ष अदालतले ‘कुलिङ पिरियड’को समय दिनेछ । एक वर्षसम्म पनि मिल्न नसकेको अवस्थामा भने अदालतले सम्वन्धविच्छेद गराइदिनुपर्नेछ । उपसमितिले मूल विधेयकको दफा ९८ मा प्रतिबन्धात्मक वाक्यांश थप गरी त्यस्तो व्यवस्था प्रस्ताव गरेको हो ।

प्रस्तावित प्रतिबन्धात्मक वाक्यांशमा भनिएको छ, “दफा ९७ बमोजिम पति र पत्नीबीच मेलमिलाप गराउन अदालतले सम्झाउँदा बुझाउँदा पनि पति र पत्नीले मञ्जुर नगरेमा निवेदन परेको एक वर्षपछि अदालतले सम्बन्ध विच्छेद गराइदिनुपर्नेछ । ”

यस्तै उपसमितिले गैरआवासीय नेपालीले राजनीतिक अधिकार बाहेकका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोगका लागि संविधानले अधिकार दिएकाले अचल सम्पत्ति हस्तान्तरणको व्यवस्थालाई सहज बनाएको छ । विदेशमा कुनै पनि अंशियार रहेका कारणले अंशबन्डा हुन नसक्ने अवस्था अन्त्य गर्दै उपसमितिले विदेशमा रहेको अंशियारको अधिकृत वारेसनामा भएमा अंशबन्डाको प्रक्रिया अगाडि बढ्नसक्ने व्यवस्था प्रस्ताव गरेको छ । उपसमितिले गुठी स्थापना र सञ्चालनमा पनि नयाँ व्यवस्था प्रस्ताव गरेको छ ।

प्राधिकरणलाई ३३ अर्ब निकासा,भूकम्प पिडितले पाउने कहिले ?

काठमाडौं,मंसिर २१ – भूकम्पबाट क्षतिग्रस्त संरचना पुनः निर्माणका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई रु ३३ अर्ब निकासा दिएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पुनःनिर्माण कोषको रकम परिचालन गर्ने गरी निजी आवास अनुदान वितरण गर्न थप रु २८ अर्ब र विद्यालय भवन पुनःनिर्माणका लागि रु चार अर्ब निकासा दिएको हो ।

त्यस्तै भूकम्प प्रभावित जिल्लाका सरकारी भवन पुनःनिर्माणका लागि रु ७५ करोड र जग्गा मुआब्जा वितरण गर्नका लागि रु २५ करोड गरी कुल रु ३३ अर्ब निकास दिएको पुनःनिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

रकम निकासासँगै सरकारी विद्यालय, सरकारी भवन तथा ग्रामीण सडक पुनःनिर्माणका लागि स्रोतसाधन परिचालन गराउन सहज हुने विश्वास अर्थ मन्त्रालयले लिएको छ । पुनःनिर्माणका कार्य अघि बढाउन स्रोतको सुनिश्चितता प्रदान गरिएको र कार्य प्रगतिका आधारमा थप रकम निकासा गर्दै जाने अर्थमन्त्री महराले विश्वास व्यक्त गर्नुभएको पुनःनिर्माण प्राधिकरणले जनाएको छ । रासस

विद्युतमा गडबडी गरेर कुलमानलाई असहयोग गर्ने यिनले स्पष्टीकरण बुझेनन्

२१ मंसिर, काठमाडौं ।
काठमाडौंलाई लोडसेडिङ मुक्त गराउने क्रममा चुहावट विद्युत रोक्न असहयोग गर्दै आएका नेपाल विद्युत प्राधिकरणका सञ्चालकहरुले सरकारले पठाएको स्पष्टीकरण पत्र बुझ्न अस्वीकार गरेका छन् ।

विद्युत चुहावट गरेरै विद्युतीय सामान खरिदकर्ता र अन्य पक्षसँग लाभ लिंदै आएको आम आरोप लागेका विवादास्पद प्राधिकरणका सञ्चालकहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलेले स्पष्टीकरण बुझ्न अस्विकार गरेका हुन् ।

उर्जा मन्त्रालयले अवैधानिक रुपमा बैठक बसेर प्राधिकरणको सुधार अभियानलाई प्रभावित पार्न खोजेको भन्दै स्पष्टीकरण पत्र काटेको थियो ।

तर, उनीहरुले अनेक तरिकाबाट स्पष्टीकरणपत्र नबुझेको र उनीहरुका परिवारले पनि त्यसमा असहयोग गरेको उर्जा मन्त्रालयले जनाएको छ ।

अ‍ैधानिक रुपमा काम गरेका उनीहरुलाई पदबाट किन नहटाउने भनेर मन्त्रालयले स्पष्टीकरण सोधेको छ । तर विवादीत सञ्चालकहरुले पत्र बुझ्नै अटेर गरेपछि उर्जा मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरेरै उनीहरुलाई प्रष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

७ दिनभित्र स्पष्टीकरण पेश नगरे मन्त्रालयले विद्युत प्राधिकरण ऐन-२०४१ अनुसार कारवाही गर्ने भएको छ ।

स्पष्टीकरण पनि चित्त बुझ्दो नभए उनीहरुलाई पदबाट हटाउने उर्जा मन्त्रालयले बताएको छ ।

विवादीत प्राकिरणका सञ्चालकहरुलाई मन्त्रालयले मंसिर १७ गते स्पष्टीकरणपत्र काटेको थियो ।

जनताको बिरोध भएपछि राप्रपाले कुरा फेर्दै भन्यो-संविधान संशोधन राष्ट्र हित बिपरित’

काठमाडौं ।
संविधान संसोधन सकारात्मक भन्दै पुष्पकमल दाहाल सरकारलाई समर्थन र सरकारमा समेत थप मन्त्री पठाउने तयारी गरिररहेको राप्रपाले जनताको बिरोध बढ्न थालेपछि कुरा फेरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान संशोधन विधेयकका केही दफा राष्ट्रिय हितअनुकूल नरहेको तर्क गर्दै यसको खारेजी नभई स्थगित गर्न माग गरेको छ ।

बैठकले सरकारले दर्ता गराएको विधेयकप्रति मधेस केन्द्रित दल असन्तुष्ट रहेको तक गरेको छ । स्मरणीय छ मधेश केन्द्रि राजनीति गर्दै आएका भारत निकट दल र तीनका नेताहरुले समर्थन नरहेपनि प्रस्ताव सकारात्मक भएको भन्दै भारतीय राजदूतको लन्च मिटिगं पछि यसको बिरोधमा बोल्न छाडेका छन् ।

यस्तै राप्रपाले प्रदेश नं ५ का जनता आन्दोलनमा उत्रेको, केही राजनीतिक दलले संसद् अवरुद्ध गरिरहेकाले सरकारले सम्बद्ध पक्षसँग नयाँ समझदारी कायम गर्नुपर्ने भनाइ राखेको छ ।

सरकारले विधेयक तयार गर्दा निर्णय प्रक्रियामा पार्टीलाई सहभागी नगरिएकामा खेद प्रकट गर्दै संसदमा प्रतिनिधित्व गर्ने सबै दल तथा सरोकार पक्षका बीचमा सहमतिको वातावरण कायम गरेर संविधान संशोधन विधेयक अघि बढाउन राप्रपाले माग गरेको छ ।

स्मरणीय छ राप्रपा पशुपतिशम्शेर जवरा र राप्रपा नेपाल कमल थापा एकिकरणमा भारतले सहयोग गरेको समाचारहरु सार्वजनिक भइरहँदा एकिकरण लगत्तै कमल थापाले सरकारले प्रस्ताव गरेको संविधान संशोधन सकारात्मक भन्दै एमालेले गर्दै आएको बिरोधको बिरुद्ध अभिव्यक्ति दिएका थिए ।

तर देशभर देश हित विपरित रहेको संविधान संशोधनको बिरोध हुन थालेपछि राप्रपाले समेत बोली फेर्दै संशोधन सच्याउन माग गरेको छ ।

जापानमा रहेका नेपालीको स्वास्थ्य हितको लागि ‘विजुली मेसिन’ प्रदर्शन हुँदै

टोकियो ।
विज्ञानमा आधारित रहेर बनाईएको पहिलो नेपाली चलचित्र बिजुली मेसिन जापानमा रहेका नेपालीहरुको हितको लागि प्रदर्शन हुने भएको छ ।

आवाजबाट पनि बिजुली निकाल्न सकिन्छ भन्ने किशोर बैज्ञानिकहरुको कथालाई प्रस्तुत गरिएको चलचित्र जापानमा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामको अभियानलाई सहयोग गर्ने उदेश्य सहित प्रदर्शन हुने भएको छ ।

मंसिर १७ गते शुक्रवार बाट नेपालमा प्रदर्शन भइरहेको चलचित्र बिजुली मेसिनमा नविन अवालको लेखन तथा निर्देशन रहेको छ ।

अभिषेक सुवेदी, जीवन अधिकारी, वुद्धि तामाङ, अशेष लुइटेल, जीवन भट्टराई, रेलिजा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको चलचित्रमा महानायक राजेश हमालको विशेष भूमिका देख्न सकिन्छ ।

राजधानी काठमाडौंका किशोर बैज्ञानिकहरुले आवाजबाट पनि विद्युत निकाल्न सकिन्छ भन्ने आविश्कार, त्यसलाई प्रमाणित गर्न र प्रयोग गर्न व्यहोर्नुपरेको दुखलाई प्रस्तुत गरिएको चलचित्र सन्देशमुलक रहेको छ ।
नेपालका दर्जनौं हलहरुमा यो चलचित्र हाल सफल प्रदर्शन भइरहेको छ ।

आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्य समस्या समाधानको लागि चलचित्र बिजुली मेसिन निम्न मिति र स्थानमा देखाइने भएको छ ।

मिति : १७ डिसेम्वर २०१६ शनिबार

समय : ६ बजे बेलुका

टिकट दर

क ) ३००० जापानी येन

ख ) १०००० जापानी येन ( अभियान टि सर्ट सहित )

ठेगाना : TOKYO-TO, SHINJUKU-KU, OKUBO 1-14-18, BARIYU OKUBO B1

सम्पर्क : 090-8054-7404 ( Dr.Bijay Gyawali)

स्टेशन : SHIN OKUBO (YAMANOTE LINE) OKUBOB (IR LINE)

हल : BARACADE GOOD TIMES

साइन्स फिक्सन फिल्म ‘बिजुली मसिन’को ट्रेलर आयो

जानकारी

विगत केहि वर्ष देखि हामी नेपाली समुदायको संख्या बिदेशी भुमिमा बढ्दै गएको कुरा सर्वविदितै छ | बिदेशी भुमिमा नेपालीको सख्या बढे संगै पछिल्ला दिनमा आप्रबाशि हामी नेपालीहरुमा पनि केहि समस्या देखिन थालेको छ | व्यस्त जीवनशैली, विविधता र अन्य विविध समस्याका कारण विभिन्न प्रकारका मानसिक समस्या र आत्महत्याका घटना बढ्दै गरेको अनुभूति हामीले गर्दै आएका छौं |बैदेशिक रोजगार परबर्तन केन्द्रको तथ्याकका अनुसार बिदेशी भुमिमा हुने नेपालीको मृत्युको कारणमा आत्महत्या प्रमुख कारणमा पर्छ | पछिल्लो आर्थिक वर्षमा बिदेशी भुमिमा नेपाली कामदार ८८० जनाको मृत्यु भएकोमा ९१ जनाले आत्महत्या गरेका थिए जुन अघिल्लो वर्ष भन्दा १६ प्रतिशत बढी हो | जापानमा पनि बिगत ५ वर्ष भित्र १६ जना नेपालिले आत्महत्या गरेको तथ्याकले देखाएको छ | यसै प्रसँगमा मानशिक स्वास्थ्य तथा  आत्महत्या रोकथाम अभियानले जापान , नेपाल र कोरियाका बिभिन्न शहरमा गर्न गैरहेको बिशेस जनचेतना अभियानको निम्ती टोकियोमा  बिशेस च्यारिटि कार्यक्रम गरि नेपालि फिल्म बिजुलि मेशीन प्रदसन गरी सहयोग सङ्कलन  कार्य गर्न गैइरहेको छ |
बिदेशी भुमिमा नेपालीहरुमा जीवन शैली ,मानशिक स्वास्थ्य र आत्महत्या नियन्त्रण जस्ता समस्या बढे  २०११ देखि  क्लिनिकल मनोबिज्ञ डा. विजय ज्ञवालीले सुरुवात गर्नु भएको यो अभियानले नेपाल र जापानका विभिन्न सहरमा कार्यक्रम गरिसकेको छ | यसले मानशिक स्वास्थ्य र आत्महत्या सुन्य समाजको परिकल्पनालाइ आफ्नो मुख्य उद्देस्स्य बनाएको छ | यो अभियानले हाल सम्म विदेशी भुमिमा हुने मानसिक समस्या र यसको निराकरण ,मानशिक स्वास्थ्य र तनाब ब्यबस्थापन ,आत्महत्या नियन्त्रण सहयोगी तालिम, प्राथमिक मनोबैज्ञानिक तालिम जस्ता बिसय बस्तुमा कार्यक्रम गर्दै आएको छ | आगामी बर्ष जापान मात्र नभएर अन्य मुलुकमा यो अभियान बिस्तार गर्ने , जापानका प्रतेक ठुला शहरमा कार्यक्रम गर्ने र नेपालमा मेची महाकाली जनचेतना अभियान गर्ने योजनाको पूर्व सन्ध्यामा यो च्यारिटी फिल्म प्रदसन् गर्न थालिएको जानकारी गराइन्छ ।
चलचित्र देखाईने मिति, स्थान र समय
मिति : १७ डिसेम्वर २०१६ शनिबार
समय : ६ बजे बेलुका
टिकट दर :क) ३००० जापानी येन

ख) १०००० जापानी येन ( अभियान टि सर्ट सहित )

ठेगाना : TOKYO-TO, SHINJUKU-KU, OKUBO 1-14-18, BARIYU OKUBO B1

सम्पर्क : 090-8054-7404 (डा. बिजय ज्ञवाली)

स्टेशन : SHIN OKUBO (YAMANOTE LINE) OKUBOB (IR LINE)

हल : BARACADE GOOD TIMES

डा. बिजय ज्ञवाली
मानशिक स्वास्थ्य तथा आत्महत्या रोकथाम अभियान

नाकाबन्दीका वेला चीनबाट तेल ओसार्ने ट्यांकरको ढुवानी भाडा अझै भुक्तानी भएन

काठमाडौं,मंसिर २१ । नाकाबन्दीका वेला चीनबाट तेल ओसार्ने ट्यांकरको ढुवानी भाडा अझै भुक्तानी भएको छैन । चीनबाट १३ लाख लिटर पेट्रोल ओसार्न प्रयोग गरिएका ट्यांकरका भाडाबापतको रकम नपाएको ढुवानी व्यवसायीले बताएका छन् । भारतले नाकाबन्दी गरेका वेला चीनको केरुङबाट रसुवागढी हुँदै करिब १३ लाख लिटर पेट्रोल आयात गरिएको थियो ।

उक्त पेट्रोल आयात गर्न एक सय ३७ ट्यांकर परिचालन भएको बागमती ट्यांकर ढुवानी व्यवसायी संघका अध्यक्ष वासु दाहालले जानकारी दिए । ‘त्यतिखेर मुलुक कठिन परिस्थितिमा गुज्रिरहेको थियो र हामीले कठिन बाटोको परवाह नगरी तेल ओसा-यौँ,’ उनले भने, ‘अहिले उक्त तेल ओसारेको भाडा माग्दा पाइएको छैन ।’

आयल निगमको थानकोट डिपोबाट केरुङमा तेल ओसार्न पहिलोपटक १३ कात्तिकमा १२ ट्यांकर गएका थिए । पहिलो लटको तेल काठमाडौंमा १६ कात्तिकको साँझ आइपुगेको थियो, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

संशोधनबारे कांग्रेसमा अलमल, नेताहरूको असन्तुष्टि

काठमाडौं,मंसिर २१ । सरकारले व्यवस्थापिका–संसद् सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको एक साता बितिसक्दा पनि सत्तारूढ दल कांग्रेसले संशोधनबारे पार्टीको आधिकारिक धारणा तय गर्न सकेको छैन ।नेपाली कांग्रेसका नेताहरूले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता भएको र संसद्मा समेत प्रवेश गरेकाले विधिवत ढंगबाट टुंगो लगाइनुपर्ने विभिन्न औपचारिक कार्यक्रममा बताउँदै आएका छन् ।

कांग्रेसका शीर्ष नेताहरू देश दौडाहामा लागेर आ–आफ्ना भनाइ सार्वजनिक गर्नेबाहेक संस्थागत धारणा तय गर्न नेतृत्वले बैठक नडाकेकोप्रति नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

कांग्रेसको प्रत्यक्ष सहमतिमा संविधान संशोधन प्रस्ताव दर्ता भए पनि त्यसमा पार्टीभित्रै धेरै नेताको विमति रहेको कांग्रेस नेता रामशरण महतले बताए ।

उनले जनताको भावनाअनुरूप पार्टीले आधिकारिक निर्णय गर्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै प्रतिपक्षले पनि विधिवत् प्रक्रिया (संसद्) बाटै टुंगोमा पु-याउनुपर्ने बताए ।कोषाध्यक्ष सीतादेवी यादवले पार्टीले संविधान संशोधनका विषयमा निर्णय गर्ने अधिकार सभापतिलाई दिएकाले सभापतिकै सल्लाहमा सरकारले संशोधन प्रस्ताव दर्ता गराएको दाबी गरे पनि अधिकांश नेता भने संस्थागत निर्णय लिन ढिला भएको भन्दै असन्तुष्ट छन् ।

यादव सबै दल एक ठाउँ बसेर संविधान जारी गरेकाले संशोधनमा पनि सबै दल एक ठाउँ उभिनुपर्ने पक्षमा छिन् । तर, संशोधनका विषयमा दलहरूबीच ध्रुवीकरण बढ्दै गएका बेला पार्टीको संस्थागत निर्णय हुनुपर्ने उनको भनाइ छ,आजको राजधानी दैनिकमा खबर छ  ।

अझै हटेनन् प्रहरीका घुमुवा, सूचना दिने नाममा बदनाम

काठमाडौं,मंसिर २१ । सूचना संकलनका नाममा हाकिमको निकट भएर सादा पोसाकमा काम गर्ने ‘घुमुवा प्रहरी’ हटाउन दुई वर्षअघि प्रहरी प्रधान कार्यालयले थालेको काम अलपत्र परेको छ । घुमुवा प्रहरीका कारण बदनाम भएको भन्दै सूचना संकलनका लागि इन्टेलिजेन्स ब्युरोअन्तर्गत परिचालन गर्ने योजना थियो ।

अहिले पनि देशभरिका प्रहरी कार्यालयमा सादा पोसाकमा घुमुवा प्रहरी कार्यरत छन् । जो सूचना संकलन र अपराध अनुसन्धानभन्दा बढी हाकिमलाई खुसी बनाउन केन्द्रित हुने गर्दछन् ।

अपराध अनुसन्धान समूह गठन अलपत्र

प्रहरीको अपराध अनुसन्धान विभागले बनाएको कार्ययोजनाअनुसार अहिलेसम्म देशभरिका घुमुवा हटिसक्नुपर्ने हो । विभागले तयार पारेको योजना सबैबाट स्वीकृत भई लागू गरिएको थियो ।

सूचना संकलन र मुद्दा शाखाका प्रहरीलाई अपराध अनुसन्धान समूह गठन गर्ने प्रक्रिया अघि बढेको थियो, जुन अलपत्र परेको छ ।

अपराध अनुसन्धान विभागका एआइजी विज्ञानराज शर्मा भने घुमुवाहरूलाई हटाउनेभन्दा सुधार्ने काम भइरहेको बताउँछन् । ‘घुमुवा भन्नेबित्तिकै अहिले नकारात्मक छवि छ,’ शर्मा भन्छन्, ‘उनीहरूलाई प्रहरीको सूचना संकलक बनाउन एकातर्फ तालिम र अर्कोतर्फ क्रसचेकका काम भइरहेका छन् ।’

सूचना संकलनभन्दा पैसा संकलनमा ध्यान

देशभरिका सबैजसो प्रहरी कार्यालयमा सूचना संकलनका लागि सादा पोसाकमा प्रहरीहरू कार्यरत छन् । कतिपय स्थानमा उनीहरूले राम्रो काम गरे पनि केही स्थानमा सूचना संकलनभन्दा पैसा संकलनमा केन्द्रित हुने भएकाले घुमुवाहरू प्रहरीमा बदनाम छन् ।

प्रायः एउटै कार्यालयमा काम गर्ने खराब व्यक्तिहरूसँग सम्बन्ध हुने गर्दछन् । उनीहरूमार्फत नै प्रहरीका हाकिमहरूले पनि ‘सेटिङ’ मिलाएर पैसा खाने गरेको आरोप छ ।

कारबाहीमा घुमुवा प्रहरीहरू

डेढ वर्षअघि जिल्ला प्रहरी कार्यालय बा“केका एसपी शेखर कोइराला घुमुवा प्रहरीकै कारण निलम्बनमा परेका थिए । सइ सुमन खरेल घुससहित पक्राउ परेपछि अख्तियारले उनलाई पनि निलम्बन गरेको थियो ।

मिलेमतोमा सुपारी तस्करी प्रकरणमा अञ्चल प्रहरी कार्यालय नारायणीका सइ राजेश यादवलाई गत जेठमा क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले निलम्बन गरेको थियो ।

त्यस्तै, मर्टिअवा चौकीका घुमुवा प्रहरी हवल्दार नागेन्द्र बैठा बर्खास्तमै परेका थिए ।

प्रहरीको १० प्रतिशत अपराध अनुसन्धानमा खटाउने योजना

बदनाम भएकै कारण उनीहरूलाई इन्टेलिजेन्स ब्युरोको कमान्डमा सञ्चालन गर्ने योजना बनेको थियो । अपराध अनुसन्धान विभागअन्तर्गत डिएसपीको कमान्डमा इन्टेलिजेन्स ब्युरो बनेको छ, तर उसको काम प्रभावकारी छैन ।

एआइजी शर्मा भने घुमुवा प्रहरीलाई सुधार्ने काम भइरहेको दाबी गर्छन् । दुई वर्षभित्र कुल प्रहरी जनशक्तिको १० प्रतिशत अपराध अनुसन्धानमा खटाउने योजना बनेको थियो ।

जुन अहिले ५।२५ प्रतिशतमै रोकिएको छ । अपराध अनुसन्धानको पुरातन शैलीलाई परिवर्तन गरी विशेषज्ञता दिन अपराध अनुसन्धान समूह गठनको प्रक्रिया अघि बढे पनि रोकिएको छ ।

उनीहरूलाई प्रोत्साहन भत्ता दिने कार्ययोजना पारित भए पनि कार्यान्वयन भने हुन सकेको छैन । (नयाँ पत्रिका दैनिक)

मेलम्चीमा भेटिएको पहेंलो पदार्थ सुन नभएको पुष्टि

काठमाडौं,मंसिर २१ । मेलम्ची  खानेपानी आयोजनाको सुरूङ खन्ने क्रममा भेटिएको पहेलो पदार्थ कुनै बहुमूल्य धातु नभएको प्रारम्भिक अध्ययनले देखाएको छ। गत बिहीबार मेलम्चीको सुरुङ खन्दा अम्बाथान साइटमा बालुवाको कणमा पहेंलो टल्कने पदार्थ फेला परेपछि सो पदार्थ सुन हुनसक्ने आशंकामा  खानी तथा भूगर्भ विभागमा अन्वेषणका लागि पठाइएको थियो। यो खबर हामीले आजको कारोबारबाट लिएका हौ।

विभागले गरेको प्रारम्भिक अध्ययनले सो पदार्थ सुन नभएको देखाएको छ। विभाग स्रोतका अनुसार प्रारम्भिक अध्ययन तथा अन्नेषणले सो वस्तु सुन नभएको प्रमाणित गरेको हो ।  स्रोतका अनुसार त्यहाँको भौगोलिक अवस्थाअनुसार सुन हुनसक्ने सम्भावना अत्यतै कम छ । उक्त वस्तु के हो भन्ने विषमा भने मंगलबार औपचारिक रुपमा जानकारी दिइने विभागले जनाएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web