गायम यमबुद्धद्धारा आत्महत्या ! परिवारका सबै प्रहरी नियन्त्रणमा (भिडियो सहित)

लण्डन ।
नेपाली युवामाझ लोकप्रिय र्यापर तथा पप गायक यमबुद्धका नामले चिनिएका अनिल अधिकारी मृत भेटिएका छन् ।

समाचार अनुसार शौचालयमा मृत भेटिएका यमबुद्धले आत्महत्या गरेको ठानिएको छ ।

यमबुद्ध शौचालयमा मृत भेटिएको र उनले आत्महत्या गरेको उनका परिवारका सदस्यहरुले बताएको बिबिसी नेपाली सेवाका भगिरथ योगिले बताएका छन् ।

यसको पुष्टि हुन भने बाँकी रहेको छ ।

धरानमा जन्मिएका यमबुद्ध सपरिवार पछिल्लो समय लण्डनमा बस्दै आएका थिए । एकादेश, पागलपन, अन्त्यको सुरुवात, फुटपाथमा मेरो घर लगायत दर्जनौं गित लोकप्रिय छन् ।

उनले पछिल्लो समय हलिउड र बलिउडका गायकहरुसँग मिलेर समेत म्युजिक भिडियो बनाएका थिए ।

र्याप र पपगितमा मात्र सिमित रहेपनि यमबुद्धले प्रेम र आधुनिकसँगै परिवर्तन, सचेतना तथा अनाथहरुमा केन्द्रित रहेर आफ्ना गित रचनाहरु गाउने गरेका थिए ।

गायक यमबुद्धको निधनको खवरले सामाजिक सञ्जालमा उनका फ्यान तथा कलाकारिता क्षेत्रका व्यक्तिहरुले आश्चर्य व्यक्त गर्दै श्रद्दाञ्जली व्यक्त गरिररहेका छन् ।

परिवारका सदस्यहरुले यमबुद्ध बिहान ३ बजे मृत अवस्थामा शौचालयमा भेटेको बताएका छन् ।

२९ बर्षिय युवा गायक यमबुद्धको शव हाल नर्थविच पार्क अस्पतालमा राखिएको र पोष्टमार्टम हुन बाँकी रहेको बताइएको छ ।

प्रहरीले यमबुद्धका परिवारका सदस्यहरुसँग सोमबार मात्रै सम्पर्क गर्न सकिने भन्दै नियन्त्रणमा लिएकाले थप जानकारी आउन सकेको छैन ।

परिवारका सदस्यहरुले यमबुद्धको मृत्यु आत्महत्या भनेकाले पोष्टमार्टम रिपोर्ट नआउनुअघिसम्म आत्महत्या नै भएको आशंका गरिएको छ ।

तर त्यहाँको प्रहरीले भने आत्महत्यामा आशंका व्यक्त गर्दै सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाले मृत्युको खास कारण पुष्टि भएको छैन ।

चीनको केरुङ्ग नाका हुँदै काठमाडौं भित्रिएको १५ किलो सुन प्रहरीले बरामद

काठमाडौं,माघ १ ।  चीनको केरुङ्ग नाका हुँदै काठमाडौं भित्रिएको १५ किलो सुन प्रहरीले बरामद गरेको छ। शुक्रवार राती १ बजेतिर महानगरीय प्रहरी वृत बालाजुका प्रहरी नायव उपरिक्षक सन्तोष तामाङसहितको प्रहरी टोलीले बालाजुको चमतीबाट उक्त सुन बरामद गरेको हो ।

सुनसहित गाडी चालक भक्तपुर सुर्यबिनायक ११ पलाँसे बस्ने वर्ष ३० को रबिन्द्र भुजेल पक्राउ परेका छन्। ना १ ज ४९६४ सुमोबाट सुन बरामद भएको हो। गाडीको अगाडीको ईन्जिनको भागमा ब्याट्रीको फलामको फल्स बटम जस्तो बनाई लुकाई छिपाई राखेको अबस्थामा सुन बरामद भएको प्रहरीले जनाएको छ। सुन बरामद गर्न बालाजुका डिएसपी आफैँ विहान १ बजे चौमती पुलमा पुगेका थिए। तातोपानी नाका बन्द भएपछि अहिले केरुङ्ग नाकाबाट सुन तस्करी भइरहेको छ।

नागढुंगा हुँदै रसुवा नाकातिर गइरहेको गाडीभित्र गाडीभित्र ४ करोड नगद भेटियो

काठमाडौंं,माघ १ । काठमाडौंबाट नागढुंगा हुँदै रसुवा नाकातिर गइरहेको स्कार्पियो गाडीभित्र ४ करोड ४० लाख मूल्य बराबरको विदेशी मुद्रा फेला परेको छ । विदेशी मुद्रासहित तीनजना चिनियाँ नागरिकहरु पक्राउ परेका छन् ।

प्रहरीले राति सवा दुई बजे एक महिला र दुई पुरुष सहित बा १ य १२३२ नम्बरको पर्यटकहरु चढ्ने स्कार्पियो गाडी नियन्त्रणमा लिएको हो । पक्राउ परेका चिनियाँ नागरिकका साथबाट २ लाख ६० हजार अमेरिकी डलर बरामद भएको छ । त्यसैगरी १८ हजार युरो र केही अष्ट्रेलियन डलरसमेत गाडीमा फेला पारिएको प्रहरीले जनाएको छ ।

हिजो राती नै चीनको केरुङ्ग नाका हुँदै काठमाडौं भित्रिएको १५ किलो सुन प्रहरीले बरामद गरेको छ। शुक्रवार राती १ बजेतिर महानगरीय प्रहरी वृत बालाजुका प्रहरी नायव उपरिक्षक सन्तोष तामाङसहितको प्रहरी टोलीले बालाजुको चमतीबाट उक्त सुन बरामद गरेको हो ।

सुनसहित गाडी चालक भक्तपुर सुर्यबिनायक ११ पलाँसे बस्ने वर्ष ३० को रबिन्द्र भुजेल पक्राउ परेका छन्। ना १ ज ४९६४ सुमोबाट सुन बरामद भएको हो। गाडीको अगाडीको ईन्जिनको भागमा ब्याट्रीको फलामको फल्स बटम जस्तो बनाई लुकाई छिपाई राखेको अबस्थामा सुन बरामद भएको प्रहरीले जनाएको छ।

देश बनाउन हिडेका धुर्मुस-सुन्तलीलाई सबै नेपालीले सहयोग गरौं ः मह जोडि

आरके महतो-१ माघ, बर्दिबास ।

हास्यकलाकार महजोडि (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य)ले धुर्मुस–सुन्तलीले हास्यकलाकारिता क्षेत्रलाई उज्यालाएका बताएका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण कार्य थालेको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्ती स्थल पुगेका मह जोडिले स्थानीय सञ्चारकर्मीसंग कुराकानी गर्दै धुर्मुस र सुन्तलीले थालेका देश निर्माणको काम सिङ्गो कलाकारिता क्षेत्रले गर्व गर्न लायकको रहेको बताए ।  देश बनाउन हिडेका धुर्मुस र सुन्तलीलाई देश विदेशमा रहेका सबै नेपालीले खुलेर सहयोग गरिदिन महजोडीले सबैमा अपिल गरेका छन् ।

रकेटको गतिमा काम भइरेको भन्दै मदनकृष्ण श्रेष्ठले भने,‘पौष २५ गते शिलान्यास  गरेको एकिकृत नमुना मुसहर बस्तीको निर्माण काम पाँच दिनबीच  निर्माणको काम निकै अघि बढेछ । काम कसरी अघि बढ्छभन्ने दृष्टान्त बनेको छ ।’ धुर्मुश र सुन्तलीले दर्शक मात्र नहसाएर अहिले विकासको काम गरेर देशैलाई हसाइरहेको उनले बताए । ५० वटा बन्ने भनेकोमा घर मध्ये २० वटा घरको जग हालेर दण्डी ठडिएको देख्दा हरिबंश अच्मित ! हुदैं मदनकृष्णको कुरामा थपेर भने,‘ जांगरिला हातको कमाल देखियो । धुर्मुस—सुन्तली बस्ती बनाउनुको साथै सबै नेपालीको मन जोड्न तराई झरेका हुन् । ’

काम सुरु भएको १०० दिनमै घर हस्तान्तरण गरिने घोषणा गरिएको छ । यति थोरै अवधीमा ५० वटा घर हस्तान्तरण हुन सक्ला…? भन्ने संचारकर्मीहरुको प्रश्नमा मदनकृष्ण ले भने,‘यहाँको काम गराइले तोकिएको अवधीमै घर हस्तान्तरण हुन्छ । हुनु पर्छ । हेर्नुस् त काम गर्दा हुने रहेछ नी । ढिला सुस्तीले देश विकास हुन सकेको छैन । शिलान्यास गर्न आउँदा फिल्ड सम्म थियो । पाँच दिनमा आउँदा त २० वटा घरको जग खनेर १० वटा घरको त  पिलरै हालने क्रम जारी छ ।’ दैनिक झन्डै २ सय कामदार खटेर जाडो मौसममा बस्ती खटेर निर्माणको काम गरिरहेका छन् । ६५ जना गाउँले श्रमदान गरिरहेका छन् ।

काम गर्दै गरेका महिला दिदीबहिनीहरुले निर्माण स्थलमा महजोडि जाँदा नमस्कार गर्दा महजोडि खुशि भए । हरिबंशले दिदी बहिनीहरुस.हात मिलाउँदै भने,‘ मन सोझिएको छ, काम सोझिएको छ । आउने बैशाख १ गते नयाँ बर्षमा यहांहरु(मुसहरहरु) नयां घरमा सर्छन् । ’ बोल्न लाजाउने मुसहरहरु  नमस्कार गर्न सिकेको पाएको भन्दै परिवर्तन सम्भव रहेको भन्दै उनले बस्ती निर्माण सबैले आआफ्ना ठाउँबाट सहयोग गर्नु पर्नेमा जोड दिए ।

कलाकारिता क्षेत्रका हस्तीहरु बिकास निर्माण र समाजसेवाका क्षेत्रमा पसेर देश निर्माणको काममा जुटेका छन् । अब देश निर्माण गर्छौं भन्नेले के गर्लान्..? भन्ने प्रश्न चौतर्फी उठिरेको छ । यस प्रश्नको उत्तरमा मदनले भने,‘ चिन्ता गर्नु पर्दैन देश निर्माण गर्छौ भन्नेहरुले..। धुर्मुस–सुन्तली काभ्रेको पहरी बस्ती, सिन्धुपाल्चोकको गिरान्चोर सकेर बर्दिवास मुसहर बस्ती आएका छन्् । यो सकेर कहीं जालान् । बांकी सिंगै नेपाल देश बनाउंछौं भन्नेका लागि खुला छ । बनाउंछौ भन्नु..अनि बनाउन लाग्नु । भई हाल्यो नि !’ नेपाली जनताले देश विकास, समृद्धि र शान्ति खोजि रहेका छन् । देशलाई सुन्दर बनाउन धेरै काम गर्न बाँकी छ ।मदनको कुुरामा हरिबंशले थपे,‘देशमा काम गर्नु पर्ने क्षेत्र बिशाल छ । बनाउंछौ भन्ने मित्रहरुले संकल्प गरेर अघि बढे हुन्छ । सम्झिए हामी पनि सकेको सहयोग गर्न पुग्छौं ।’

धुर्मुस र सुन्तलीसहितको जांगरिलो नयाँ पुस्ता हास्य व्यंगमा मात्र धाराबाहिक श्रृङख्ला नपकेर विकास निर्माणको धाराबाहिक श्रृङख्ला जनता सामु पस्किरहेको भन्दै मह जोडिका मदनकृष्ण श्रेष्ठले खुशी व्यक्त गरे । उनले भने,‘ नायाँ पुस्ता नयाँ काममा छ । के तपांईहरुलाई संका छ..? हाम्रो हास्य कलाकारिता क्षेत्रमा मान्छे (दर्शक) हंसाउनेमात्र हैन, देश हंसाउने पात्र छन् । धुर्मुस र सुन्तलीको अभियानको सिको नेताहरुले नगरे नेताहरुको भोट गुम्छ । त्यसैले धुर्मुस र सुन्तलीले गरिरहेका काम नेताहरुको लागि चुनौति सावित भएको छ ।’

दर्शक हसाउने र जनचेतना फैलाउने कामबाट धुर्मुस र सुन्तलीले विकास निर्माणकोे अभियानबाट सरकारले सिक्नु पर्ने हरिबंशले बताए । मदनको कुरामा उनले थप्दै भने,‘ मदन दाइले भन्नु भयो नि..† हामी हाम्रो नयाँ पुस्ताप्रति गर्व गछौं । धुर्मुस र सुन्तलीबाट देश बनाउने ज्ञान सरकारले सिकुन ।

बर्सौंदेखि रोग, भोक र अशिक्षाले पछाडी परेका महोत्तरीको बर्दिबास नपा २ स्थित मुसहर बस्तीको मुहार फेर्न एकिकृत नमुना मुसहर बस्ती नाम परियोजना अघि बढाएर धुर्मुस—सुन्तली फाउण्डेसनले काम थालेको छ । बस्ती बनाउन चार करोंड ७८ लाख लाग्ने भएको छ ।‘यो मानवता र सद्भावको कार्य हो,’ धुर्मुसले आग्रह गर्दै उनले भने,‘बस्ती निर्माणका लागि सबैले हातेमालो गरौं ।’सहयोगको लागि सबैमा उनीहरुले अपिल गरेका छन् ।

नुवाकोट समाज जापानद्धारा क्यान्सरले खुट्टा काट्नु परेका तामांगलाई आर्थिक सहयोग

टोकियो ।
नुवाकोट समाज जापानले नुवाकोट जिल्लाको शिखरबेसी गाबिस निवासी सिर लामा तामागंको उपचारको लागि आर्थिक सहयोग गरेको छ ।

जापानमा संकलित रकम ६८२८१ रुपैयाँ समाजको प्रतिनिधि केपी लामिछाने मार्फत सहयोग गरिएको हो ।

खुट्टामा क्यान्सर भई खुट्टानै काटेर काठमाडौंमा अस्पतालमा उपचाररत तामांगको उपचार सहयोगमा आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै नुवाकोट समाज जापानले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताएको छ ।

पाँचथरको फिदिममा जिप दुर्घटना हुँदा सवार आठ जना घाइते

पाँचथर ।
ताप्लेजुङबाट बिर्तामोडतर्फ  जादै गरेको  मे१ ज २५४६ नम्बरको जिप पाँचथर फिदिमको लालिखर्क नजिक तुसारोमा चिप्लिएर सड्कबाट करिब पाँच सय मिटर तल खस्ता जिपमा सवार आठै जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार  आज बिहान करिब १० बजे सो जिप दुर्घटना भएको हो । घाइतेहरुमा मोरङ डागाीहाटका एकै परिवारका तीन दाजु भाईसमेत रहेका छन् ।

घाइतेहरु मध्ये चालक देवान दोर्जे, ताप्लेजुङकी नैनकला कार्की, ताप्लेजुङकै रोसन लिम्बुको अवस्था गम्भिर रहेको र उनीहरुलाई जिल्ला अस्पताल पाँचथरमा पारम्भिक उपचार पछि थप उपचारको लागि झापातर्फ रिफर गरिसकेको जिल्ला अस्पताल पाँचथरले जनाएको छ ।

घाइतेहहरु मोरङ डागाीहाटका जिबन खड्का, प्रमबहादुर खड्का र तुवन खड्का तेहथुमका सरोज खनाल, पाँचथर याङनामका रुद्र लोवासहित रहेका छन् घाइते अन्य तीन जनालाई पनि थप उपचारको लागि झापातर्फ रेफर गरिएको बताइएको छ ।

कतिपय घाइतेहरु पाथीभराको दर्शन गरेर फर्कदै गरेको जनाइएको छ ।   सडकबाट पाँच सय मिटर तल भीरमा खसेको सो गाडी रुखमा अल्जेर अडेको थियो ।

अब विश्वकप फुटबलमा ४८ देश सहभागि हुने, पस्ताव बहुमतले पारित

एजेन्सी ।
विश्व फुटबल महासंघ फिफाले गरेको आगामी २०२६ को विश्वकप फुटबलमा ४८ टोलीको सहभागिता गराउने प्रस्ताव बहुमतले पारित भएको छ ।

विश्वकपलाई बिस्तार गर्नका लागि दिइएको पाँच बिकल्पहरुमध्ये फिफा काउन्सिलका ३७ सदस्यहरुबीच गराइएको मतदानमा ४८ टोली सहभागी गराउने प्रस्तावले बहुमत पाएको हो ।

२०२६ को विश्वकपमा ४८ मुलुकका टोलीहरु सहभागी हुनेछन् । सहभागी टोलीलाई १६ समूहमा बिभाजन गरिनेछ र समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा प्रबेश पाउनेछन् ।

सन् १९९८ देखि विश्वकपमा ३२ टोलीले सहभागिता जनाउँदै आएका थिए । जसमा ३२ टोलीलाई ८ समूहमा बिभाजन गरी समूहको शीर्ष दुईलाई नकआउट चरणमा पुर्‍याउने व्यवस्था थियो ।

नयाँ संरचना अनुसार विश्वकपमा जम्मा ८० खेल हुनेछन् भने विश्व बिजेताले अगाडिकै संरचनाअनुसार ७ खेल्नेछन् । प्रतियोगिता ३२ दिनको हुनेछ ।

कुखुरा उत्पादनमा नेपाल आत्मनिर्भर

काठमाडौं ।
मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ३.५ प्रतिशत योगदान रहेको पोल्ट्री अर्थात कुखुरा उद्योगमा मुलुक आत्मनिर्भर भएको छ ।

पोल्ट्री व्यवसायमा हाल एक लाख ५० हजार किसान संलग्न रहेका छन् भने वार्षिक कुखुराको मासु १० करोड ७९ लाख केजी उत्पादन हुने गरेका छन् ।

मुलुकमा रहेका पोल्ट्री व्यवसायमध्ये ६० प्रतिशत हिस्सा चितवनले मात्र ओगटेको छ ।

चितवनमा उत्पादन भएको कुखुरा र अन्डाको ८० प्रतिशत खपत राजधानीमा हुने गरेको अन्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले जानकारी दिनुभयो ।

नेपालमा कुखुरा व्यसायीको सङ्ख्या १५ हजार ८०० को हाराहारीमा रहेको संघले जनाएको छ ।

साहित्यकार गौतम र भट्टराई सम्मानित

काठमाडौं ।
भैरव पुरस्कार गुठीले हास्यव्यङ्ग्य साहित्य क्षेत्रमा योगदान पुर्याउने कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ र शेषराज भट्टराईलाई सम्मान गरेको छ ।

हास्यव्यङ्ग्यकार भैरव अर्यालका स्मृतिमा स्थापित ‘भैरव पुरस्कार’ भक्तपुर निवासी गौतमलाई र ‘भैरव प्रतिभा पुरस्कार’ भट्टराईलाई प्रदान गरिएको हो ।

भैरव पुरस्कारमा ५० हजार नगद प्रशंसापत्र रहेको छ  भने प्रतिभा पुरस्कारमा २५ हजार नगदसहिद प्रशंसापत्र रहेको छ ।

हास्यव्यङ्ग्यकारद्वयलाई सम्मान गर्दै प्रा मोहनराज शर्माले साहित्यक सम्मान मूल्यवान् भएको विचार व्यक्त गर्नुभयो ।

गुठीका अध्यक्ष रोचक घिमिरे र उपाध्यक्ष विजय चालिसेले साहित्यकार भैरव अर्याल अद्वितीय प्रतिभाको खानी हुनुहुन्थ्यो भन्नुभयो ।

मापदण्ड बिनाका पाँच स्वास्थ्य क्लिनिकमा सिलबन्दी

काठमाडौं ।
स्वास्थ्य मन्त्रालयले काठमाडौँ र ललितपुर जिल्लामा रहेका पाँच स्वास्थ्य क्लिनिकमा सिलबन्दी गरेको छ ।

मन्त्रालयको अनुगमन टोलीले सरकारको स्वास्थ्य संस्था स्थापना सञ्चालन स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका अनुसार दर्ता प्रक्रिया पूरा नगरेको पाइएपछि ती क्लिनिकमा सिलबन्दी गरिएको चिकित्सा सेवा महाशाखाका निर्देशक डा भोलाराम श्रेष्ठले जानकारी दिनुभयो ।

टोलीले काठमाडौँका चार र ललितपुरका एक स्वास्थ्य क्लिनिकमा सिलबन्दी गरेको हो ।

उर्जामन्त्रीद्धारा पश्चिम सेती अगाडि बढाउन चिनियाँ कम्पनी थ्री गर्जेजलाई आग्रह

काठमाडौं ।
ऊर्जा मन्त्री जनार्दन शर्माले पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न चिनियाँ थ्री गर्जेजका पदाधिकारीलाई आग्रह गरेका छन् ।

ऊर्जा मन्त्रालयमा हिजो थ्री गर्जेजका प्रतिनिधिसँग कुराकानी गर्दै मन्त्री शर्माले लामो समयदेखि आयोजना लिएर राख्ने तर काम नभएकाले जनतामा समेत नकारात्मक सन्देश गएको भन्दै निर्माण कार्य सुरु गर्न आग्रह गरेका हुन् ।

चिनियाँ थ्री गर्जेजसँग पाँच वर्ष पहिले नै लगानी एवं निर्माणका सम्बन्धमा प्रारम्भिक समझदारी भए पनि काम अगाडि बढ्न सकेको थिएन ।

अबुधावि आउँदै प्रधानमन्त्री दाहाल

युएई ।
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’वल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट 'युएइ'को राजधानी अवुधावी आउँदैछन् ।

युएइका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद विन रसिद मोक्तुमको विशेष निमन्त्रणामा प्रधानमन्त्री आउन लागेका हुन् ।

प्रधानमन्त्रीको टोलीमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, शिष्टाचार महापाल दीपक अधिकारी र उहाँको स्वकीय सचिवालयका सदस्य छन् ।

यस्तै ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा मन्त्रालयका सहसचिव लगायतको टोली पनि सोही प्रतिनिधिमण्डलको सदस्यका रुपमा समिटमा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्रीले आगामी सोमबार सो समिटमा ऊर्जाका विभिन्न क्षेत्र, नेपालमा लगानीको अवसर, नेपालले अवलम्बन गरिरहेको नीति एवं भावी परिदृश्यका बारेमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web