नारायणगढ–मुग्लिन सडक एक दिनका लागि खुला

काठमाडौं ।
माघे सङ्क्रान्तिमा लाग्ने देवघाट मेलालाई ध्यानमा राखेर आज एकदिन चितवनको नारायणगढ–मुग्लिन सडक खुला रहने भएको छ ।

हिजोसाँझ देखि आज दिनभर लाग्ने मेलामा टाढाटाढाबाट भक्तजन आउने भएकाले आज माघ १ गते सडक खुला रहने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

त्यस्तै देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलाका बेला हुने सम्भावित खतरालाई ध्यानमा राखी त्रिशूली नदीमाथिको झोलुङ्गे पुलमा एकपटकमा सयजनालाई मात्रै आवतजावत गर्न दिइने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टङ्कनाथ पौडेलले जानकारी दिनुभयो ।

मकर सङ्क्रान्तिका दिन चितवन, नवलपरासी र तनहुँमा पर्ने त्रिशूली र कालीगण्डकी नदीको सङ्गममा  माघेसङ्क्रान्ति मेला लाग्छ ।

माघे संक्रान्तिमा राष्ट्रपति देखी नेताका शुभकामना यस्ता छन्

काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

यस पर्वको अवसरमा राष्ट्रपतिले शुभकामना सन्देश दिँदै विविधताले सम्पन्न सिङ्गो नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको यस महान् पर्वले सबै नेपालीमा उत्साह एवं उमङ्ग थपोस् र सबै नेपालीबीच शान्ति, एकता, सद्‌भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्‌भाव कायम राख्न मद्दत पु‍¥याउने उल्लेख छ । मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्नु हामी सबैको दायित्व भएको राष्ट्रपतिले बताउनु भएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि एक सन्देस दिदै नेपालका मगर, थारु, छन्त्याल समुदायको महान् साँस्कृतिक पर्व एवं नेपालीको महत्वपूर्ण चाड माघेङ्क्रान्ति÷माघी पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदायलगायत अन्य समुदायले मनाउने चाड माघे सङ्क्रान्तिका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले  शुभकामना सन्देश दिँदै यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्दै सबै नेपालीलाई मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले जनताको सङ्घर्ष र वीरतापूर्ण बलिदानबाट समावेशी सङ्घीय लोकतान्त्रिक संविधान निर्माण गरिएको जनाउँदै संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराईका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताको बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता भएको बताउनु भएको छ ।

संविधानको सर्वस्वीकार्यता बढाउन सरकार संवाद र सहमतिका आधारमा लक्ष्य हासिल गर्न क्रियाशील रहँदै आएको सन्देशमा उल्लेख छ ।

यस्तै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माघेङ्क्रान्ति÷माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मगर, थारु र छन्त्याल समुदाय एवं सम्पूर्ण नेपाल दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देश दिँदै उहाँले माघे सङ्क्रान्ति (माघी पर्व)ले नेपालको सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई अझ सुदृढ र बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

आज माघे संक्रान्तिपर्व विभिन्न धार्मिक कार्यहरु गरी मनाइदै

काठमाडौं ।
आज माघे संक्रान्तिपर्व स्नान, दान लगायत विभिन्न धार्मिक कार्यहरु गरी मनाइदै छ ।

आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ ।

यस उपलक्षमा देवघाट, वराह क्षेत्र, रिडी, कन्काई लगायत पवित्र नदी, त्रीवेण, तलाउ, कुण्ड तथा जलासयमा मकर स्नान गर्नेको आज विहानैदेखि ठूलो मेला लागेको छ ।

आज घिउ चाकु, तिलको लड्डु, तरुल, खिचडी आदि खानेर टाउकोमा तोरीको तेल लगाउने समेत चलन छ ।

मकर संक्रान्तिलाई थार तथा मगर छन्त्याल लगायतका समुदायले माघी पर्वका रुपमा विशेष धुमधामले मनाउने गरेका छन् ।

PM Dahal leaving for United Arab Emirates

Prime Minister Pushpa Kamal Dahal is leaving for the United Arab Emirates (UAE) today, leading a ten-member delegation to pay an official visit to UAE at the invitation of Crown Prince of Abu Dhabi, Sheikh Mohamed Bin Zayed Al Nahyan, and Deputy Supreme Commander of the UAE Armed Force, said a press release issued by the Ministry of Foreign Affairs.

PM Dahal is to deliver keynote address at the opening ceremony of the World Future Energy Summit and to attend the Honouring Ceremony of Zayed Future Energy Prize as well as to hold bilateral talks.

While addressing the Energy Summit, PM Dahal will shed lights on the energy development potentials in Nepal, investment opportunity in the energy sector and Nepal's efforts in developing clean and renewal energy besides others.

कांग्रेस एमाले भन्दा के कुरा माओवादी अगाडि ? प्रचण्डले खोले रहस्य

काठमाडौं,पुस २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ पहिलो साता स्थानीय तहको चुनावको मिति घोषणा हुने बताउनुभएको छ। उहाँले अब हुने स्थानीय चुनावमा माओवादी पहिलो पार्टी बन्ने बताउनुहुँदै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा सरकार लागेको बताउनुभएको हो।

अखिल क्रान्तिकारीको केन्द्रीय पदाधिकारी बैठकलाई बिहीबार पेरिसडाँडामा सम्बोधन गर्नुहुँदै नेकपा माओवादीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले उपलब्धी रक्षाका लागि माओवादी पहिलो पार्टी बन्नुपर्ने बताउनुभयो। ‘परिवर्तनका लागि माओवादीले धेरै लगानी गरेको छ। हतियारबद्ध लडाईं लडेर आएको पार्टीले देशको नेतृत्व गर्छ’, उहाँले भन्नुभयो, ‘अहिलेका परिवर्तनमा उनीहरूले भन्दा हामीले बढी रगत बगाएका छौँ, अब पनि माओवादीले नै देशको नेतृत्व गर्छ।’ अहिलेको परिवर्तनमा कांग्रेस र एमालेको कम लगानी गरेकाले परिवर्तन संस्थागत नभए पनि दुई पार्टीलाई केही चिन्ता नभएको बताउँदै उहाँले परिवर्तन संस्थागत गर्न माओवादी नै लाग्नुपर्नेमा जोड दिनुभयो।

प्रधानमन्त्री प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त उपलब्धीहरू उल्टाउन ठूलै शक्ति क्रियाशील भइरहेको बताउँदै भरपर्दा सूचनाहरू आफूसँग रहेकाले पार्टी चनाखो हुनुपर्ने बताउनुभयो।गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिकलगायतका एजेन्डाहरू माओवादी जनयुद्ध र त्यसको बलमा भएको दोस्रो जनआन्दोलनको उपलब्धी हो, उपलब्धी रक्षा गर्नुपर्ने चुनौतिपूर्ण घडीमा माओवादी छ, उहाँले भन्नुभयो।

आगामी चुनावमा पहिलो पार्टी बन्ने लक्ष्यसहित लाग्न निर्देशन दिनुहुँदै विद्यार्थी नेताहरूलाई स्ववियु चुनावमा लाग्न र पहिलो बन्न कोसिस गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले माओवादी पार्टीहरूबीच एकता हुने दाबी गर्नुहुँदै नेत्रविक्रम चन्दसँग पनि एकता नजिक रहेको बताउनुभयो। आजको नेपाल समाचार पत्रमा खबर छापिएको छ ।

५१ देशका ३३९ विदेशीलाई देश निकाला, कुन देशका कति ? (सूची सहित)

काठमाडौं, पुस २९ । नेपाल आएका ५१ देशका ३३९ नागरिक एक वर्षमा निष्कासित गरिएका छन् । अध्यागमनसम्बन्धी अपराधमा २७७ तथा अन्य अपराधमा संलग्न ६२ विदेशीलाई अध्यागमन विभागले निष्कासन गरेको हो । गत वर्ष ३२६ विदेशी नागरिक निष्कासनमा परेका थिए । सन् २०१६ मा निष्कासन भएकामा सबैभन्दा धेरै चीनका नागरिक छन् । चिनियाँपछि अमेरिकन, पाकिस्तानी, रसियन र बंगलादेशी धेरै छन् ।

चीनका १२४, अमेरिकाका २९, बंगलादेशका १९, रसियाका १५ र पाकिस्तानका १४ नागरिक निष्कासनमा परेका छन् । त्यस्तै, बेलायतका १३, क्यानडाका १२, जर्मनीका १०, कोरिया र अस्ट्रेलियाका आठ–आठ, उज्वेकिस्तान, इटाली र इजरायलका ६/६ नागरिक निष्कासनमा परेका छन् ।

अध्यागमन विभागका अनुसार फ्रान्सका र स्विट्जरल्यान्डका पाँच–पाँच, नेदरल्यान्ड र डेनमार्कका चार–चार, पेरू र मलेसियाका तीन–तीन नागरिक निष्कासित भएका छन् । ताइवान, न्युजिल्यान्ड, पोर्चुगल, साउदी अरेबिया, पोल्यान्ड र इरानका दुई–दुई नागरिक निकालिएको विभागले जनाएको छ ।

श्रीलंका, टर्की, युक्रेन, केन्या, बुल्गेरिया, बहराइन, अस्ट्रिया, जापान, इन्डोनेसिया, आइभोरीकोस्ट, स्लोभाकिया, इजिप्ट, भुटान, क्रोएसिया, ट्युनिसिया, सिंगापुर, तान्जानिया, चेक रिपब्लिक, थाइल्यान्ड, माली, स्पेन, लेबनान, फिनल्यान्ड र मेक्सिकोका एक–एकजना नागरिक नेपालबाट निष्कासनमा परेको अध्यागमनले जनाएको छ ।

अध्यागमनसम्बन्धी अपराध (ओभरस्टे)मा बस्नेहरूलाई दैनिक पाँच डलरका दरले भिसा शुल्क तथा दैनिक दुई सय रुपैयाँका दरले जरिवाना असुलेर अध्यागमन विभागले निष्कासन गर्छ । ५/६ वर्षसम्म अवैध रूपमा बस्दै आएका विदेशीसमेत पक्राउ परेको र जरिवाना गरेर निष्कासन गरिएको विभागले जनाएको छ । विभागका अनुसार ओभरस्टेमा संलग्नलाई एक वर्ष र अन्य अपराधमा संलग्नलाई १० वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन गरिएको छ ।

सस्तो देश भएकाले कतिपय विदेशी नागरिक लुकेर नेपालमा बस्ने गरेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने बताउँछन् । धेरै देशका नागरिकलाई अनअराइभल भिसा दिने भएकाले पनि आपराधिक गतिविधिमा संलग्न विदेशीहरू लुक्न नेपाल आउने गरेको प्रहरी अधिकारी बताउँछन् ।

अध्यागमनको नियम नमानेको तथा विभिन्न अपराधमा संलग्न भएको आरोपमा सरकारले एक वर्षमा एक सय २४ चिनियाँ नागरिकलाई निष्कासन गरेको छ । सन् २०१६ मा ओभरस्टेमा एक सय ११ तथा अन्य अपराधमा संलग्न १३ चिनियाँ नागरिक निष्कासित भएका हुन् ।

चिनियाँ पर्यटक आगमन बढेसँगै ओभरस्टेलगायतका अपराधमा संलग्नता पनि बढ्दै गएको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानले बताए । गत वर्षदेखि चिनियाँ पर्यटकलाई नेपालमा निःशुल्क भिसा दिने निर्णय भएको थियो । नेपालमा एक वर्षमा पर्यटन भिसामा पाँच महिनाभन्दा धेरै बस्न पाइँदैन ।

केही चिनियाँ नागरिक पाँच महिनाभन्दा लामो समयसम्म नेपालमा बस्ने गर्छन् । कतिपय चिनियाँ नागरिक भने पर्यटक भिसामा विभिन्न व्यवसायमा आबद्ध भएर लामो समयसम्म बस्ने गरेका छन् । उनीहरूलाई जरिवाना गराई विभागले निष्कासन गर्ने गरेको छ ।

डलर, सुन, लागुऔषध, वन्यजन्तुको अंगलगायतको कारोबारमा पनि पटकपटक चिनियाँ नागरिक पक्राउ परेका छन् । जेल सजाय भुक्तान गरेपछि उनीहरूलाई सरकारले निष्कासन गर्दै आएको छ ।

अन्य अपराधमा निष्कासनमा परेका ६२ मध्ये ११ लागुऔषध मुद्दाका अपराधी छन् । नौजना नक्कली पासपोर्ट प्रयोग गर्ने, १० विदेशी मुद्राको कारोबारमा संलग्न छन् । कल बाइपासको अपराधमा पक्राउ परेका ६ जना पनि निष्कासित भएका छन् आजको नयाँ पत्रिकामा समाचार छ ।

संसद्का गाडी ‘दुरुपयोग’, विपक्षीको हैसियतले लिएको गाडी प्रचण्डले बल्ल फिर्ता गरे

काठमाडौं,पुस २९ । उपसभामुख गंगा यादवले प्रयोग गरेको झन्डै एक करोड मूल्यको नयाँ मित्सुबिसी स्पोर्टेज कार ‘दुर्घटना’ मा परेपछि मर्मत गर्न संसद् सचिवालयलाई १७ लाख रुपैयाँ खर्चनुपर्ने भएको छ । हवाईजहाजमार्फत गृहजिल्ला सप्तरी पुगेका यादवले जिल्लामा चढ्न भन्दै सचिवालयले दिएको गाडी काठमाडौंबाट मगाएका थिए ।

एक वर्षअघि मात्र सचिवालयले किनेको उक्त गाडी उनका निजी चालकले चलाएको अवस्थामा दुर्घटनामा परेको जनाइएको छ । गाडीको अवस्था हेर्दा सामान्य दुर्घटना नभई ‘लापरबाही’ ले ठूलो दुर्घटना भएको हुनसक्ने आशंका गर्छन् संसद् सचिवालयका कर्मचारी ।

‘गाडीको अवस्था हेर्दा तराईमा यो अवस्थामा दुर्घटना हुन्छ भन्ने अनुमान गर्न सकिँदैन’, संसद्का एक कर्मचारीले भने ।

पुस पहिलो साता विधायन समितिकी सभापति गंगा चौधरीले प्रयोग गरेको स्कर्पियो गाडी दाङमा ‘‘दुर्घटना’ मा पर्‍यो । आमा, छोरी, बुहारी तथा आफन्त बोकेर कैलालीबाट दाङ फर्कने क्रममा दाङको कुसुममा आफूले प्रयोग गरेको १४३८ नम्बरको गाडी  ‘दुर्घटना’ मा परेको जानकारी सभापति चौधरीले सचिवालयलाई गराएकी छन् ।

उक्त गाडी मर्मतमा २ लाख रुपैयाँ खर्च लाग्ने वर्कसपले जानकारी गराएको संसद् सचिवालयले जनाएको छ ।

केही दिनअघि कृषि तथा जलस्रोत समितिका सभापति मोहन बरालले प्रयोग गरेको गाडी ‘पजेरो’ सिन्धुलीमा दुर्घटनामा परेपछि उक्त गाडी पनि सचिवालयमा थन्किएको छ ।

भइरहेका गाडी धमाधम दुर्घटनामा पर्ने र संसद् सेवासुविधासम्बन्धी हालै पारित ऐनले थप पदाधिकारीलाई गाडी उपलब्ध गराउनुपर्ने व्यवस्था गरेपछि संसद् सचिवालयलाई गाडी व्यवस्थापन टाउकोदुखाइ भएको छ ।

‘जसले पनि जिल्लामा गाडी लैजाने, फर्कंदा गाडी सद्दे नआउने’, संसद्का एक उच्च अधिकारीले भने, ‘गाडी प्रयोग गर्दा सरकारी त हुन् भनेर लापरबाही गर्ने गरेको देखियो ।’

गाडी, इन्धन र मर्मतखर्च सबै सचिवालयले नै बेहोर्ने भएकाले गाडी प्रयोगमा निकै लापरबाही देखिएको सचिवालयका कर्मचारी बताउँछन् ।

सचिवालयले गाडीसँगै १ सय ५० लिटर तेल र दुईजना चालकको तलब सम्बन्धित व्यक्तिको तलबमै गाभेर पठाउने गरेको छ ।

हालै पारित संसद् सेवासुविधासम्बन्धी ऐनका नयाँ प्रावधानले थप गाडी उपलब्ध गराउनुपर्ने भएपछि संसद् सचिवालयले सरकारसँग २० वटा गाडी माग गरेको छ ।

‘गाडी अपुग भएपछि कानुन मन्त्रालयमार्फत २० वटा गाडी माग गरेका छौं’, सभामुख ओनसरी घर्तीमगर निकट स्रोतले भन्यो । सत्तामा रहेका दलका प्रमुख सचेतक÷सचेतकलाई गाडी उपलब्ध गराउनुपर्ने ऐनको व्यवस्थापछि नयाँ गाडी माग गरिएको सचिवालयका अधिकारी बताउँछन् ।

‘कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा १० प्रतिशत बढी सदस्य भएको सत्तामा सहभागी दलको नेता वा प्रमुख सचेतकलाई पनि सुविधा दिनुपर्नेु, ऐनको नयाँ व्यवस्थाले कांग्रेस र माओवादी केन्द्रका सचेतकलाई पनि गाडी उपलब्ध गराउनुपर्ने अवस्था छ ।

विगतमा सत्तापक्षको प्रमुख सचेतकबाहेक अन्यले गाडी सुविधा नपाउने व्यवस्था थियो ।

१० भन्दा बढी सदस्य भएको दलको प्रमुख सचेतकलाई गाडी उपलब्ध गराउनुपर्ने व्यवस्था भएपछि सचिवालयलाई थप गाडी खोज्नुपर्ने भएको छ ।

यो व्यवस्थासँगै संघीय समाजवादी फोरमका प्रमुख सचेतक शिवजी यादव, तमलोपाका प्रमुख सचेतक जंगीलाल यादव र एमालेका सचेतक गोकुल घर्तीले गाडी उपलब्ध गराइदिन सचिवालयसँग माग गरिसकेका छन् ।

फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले अघिल्लै मन्त्रिपरिषद्बाट निर्णय गराएका कारण सचिवालयकै गाडी प्रयोग गरिरहेका छन् ।

२०७० को संविधानसभा निर्वाचन ‘धाँधली’ छानबिन समितिका सभापति एवं सदभावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले समितिको प्रतिवेदन नबुझाई अझै संसद्को गाडी प्रयोग गरिरहेका छन् ।

‘समितिले उहिल्यै काम सम्पन्न गरे पनि प्रतिवेदन नबुझाएका कारण सभापतिज्यूले गाडी बुझाउनुभएको छैन’, संसद्का एक कर्मचारीले भने ।

मन्त्रिपरिषद्ले हालै कांग्रेस नेता रामचन्द्र पौडेललाई पूर्वसभामुखको हैसियतमा गाडी उपलब्ध गराउने निर्णय गर्दै सचिवालयलाई पत्राचार गरेको छ ।

तर पूर्वसभामुखको हैसियतमा पौडेललाई मात्र गाडी दिँदा पूर्वसभामुख दमननाथ ढुंगाना र तारानाथ रानाभाटले पनि गाडी माग गरे के गर्ने भन्ने अन्योल देखिएको संसद्का कर्मचारी बताउँछन् ।

‘सरकारले उहाँ (पौडेल) लाई गाडी दिने निर्णय गर्दै सचिवालयमा पत्र पठाएको छु, सभामुख निकट स्रोतले भन्यो, ‘सरकारले पैसा निकासा गरेपछि सचिवालयले किनेर दिन्छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलका नेताको हैसियतले प्राप्त गाडी फिर्ता नगरेको संसद्का अधिकारीहरू बताउँछन् । ‘एमाले र माओवादी केन्द्रको अघिल्लो सरकारका पालामा देउवालाई विपक्षी दलको नेताको हैसियतले गाडी दिने कुरा आयो ।

त्यतिबेला सचिवालयसँग राम्रो गाडी थिएन । हामीले एउटा स्कर्पियो गाडी मन्त्रिपरिषद्लाई पठायौं ।

त्यसको सट्टा मन्त्रिपरिषद् कार्यालयले उहाँलाई अर्कै राम्रो गाडी दियो । उहाँले मन्त्रिपरिषद्बाट पाएको गाडी फिर्ता नगर्दा हाम्रो एउटा गाडी मन्त्रिपरिषद् कार्यालयबाट फिर्ता आएको छैनु, संसद्का एक अधिकारीले भने ।

कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारका पालामा विपक्षी दलको नेताको हैसियतले संसद्बाट लिएको गाडी प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबारमात्र फिर्ता गरेका छन् । प्रधानमन्त्री भएको ५ महिनापछि दाहालले प्रयोग गरेको गाडी फिर्ता आएको संसद्का कर्मचारी बताउँछन् ।

कांग्रेस(माओवादी केन्द्र गठबन्धनको सरकार बनेपछि विपक्षी दलका नेता बनेका एमाले अध्यक्ष केपी ओलीले भने संसद्को गाडी सुविधा लिएका छैनन् । भएका गाडी धमाधम दुर्घटनामा पर्ने तथा संसद् सेवासुविधासम्बन्धी ऐनले थप पदाधिकारीलाई गाडी उपलब्ध गराउन व्यवस्था गरेपछि संसद् सचिवालयलाई गाडी व्यवस्थापन टाउकोदुखाइ भएको छ । (अन्नपूर्ण पोष्ट दैनिक)

बेरोजगार बढ्ने निश्चित:दुई वर्षसम्म निजामतीमा कर्मचारी भर्ना र बढुवा नहुने

काठमाडौं,पुस २९ । सरकारले निजामती कर्मचारीलाई नयाँ संविधानअनुसार संघ, प्रदेश र स्थानीय तीन तहमा बाध्यात्मक रूपमा सामायोजन गर्ने गरी नयाँ ऐन ल्याउन लागेको छ । ऐन जारी भएलगत्तै कम्तीमा दुई वर्ष कर्मचारी भर्ना र बढुवासमेतमा रोक लगाउने गरी विधेयक तयार गरिएको छ ।

तीन तहमा सेवा समूह हुने गरेर सरकारले हालको निजामती कर्मचारीलाई तीनै तहमा समायोजन गर्ने गरी ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई अन्तिम चरणमा पुर्‍याएको छ ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले उक्त विधेयक परामर्शका लागि लोकसेवा आयोगमा पठाएको छ । विधेयक पारित भएलगत्तै निजामती कर्मचारीलाई पुल दरबन्दीमा रूपान्तरण गरी समायोजनप्रक्रिया अघि बढाइनेछ ।

‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिए पनि यो ऐन प्रारम्भ भएको मितिले दुई वर्षसम्म सरकारी सेवाको रिक्त पदमा खुला वा बढुवाबाट पदपूर्ति गरिनेछैन,’ विधेयकको मस्यौदामा भनिएको छ ।

मस्यौदा विधेयकमा कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तह कुन निकायमा बस्ने भन्ने लिखित जानकारी माग गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरी सोही समितिले गरेको निर्णय मान्नैपर्ने गरी समायोजन गरिने उल्लेख छ ।

‘राज्यले कुनै विशेष परिस्थितिमा कर्मचारीलाई निश्चित क्षेत्रमा काम गर्न बाध्यात्मक अवस्था सिर्जना गराउन सक्छ,’ सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईले भने, ‘अहिले संघीयता कार्यान्वयन गर्नुपर्ने र यस्तो परिस्थिति शताब्दीमा एकपटक आउने भएकाले पनि ऐनले निर्देश गरेअनुसार कर्मचारीलाई फोर्सफुल्ली समायोजन गर्ने गरी ऐन तयारी भएको छ ।’

सर्वेक्षण समितिले कर्मचारीको समायोजन हुने पदको कार्यविवरण, सान्दर्भिकता, ज्येष्ठता, कार्यरत रहेको स्थान, कर्मचारीको नागरिकतामा उल्लेख भएको ठेगाना र कर्मचारीले राजेको संघ, प्रदेश वा स्थानीय तहलाई आधार मानेर कर्मचारीलाई तीन निकायमध्ये कुनमा उपयुक्त हुन्छ भन्ने किटान गर्नेछ । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

‘गुन्डा नाइके’दीपक मनाङ्गे राप्रपामा प्रवेश

काठमाडौं,पुस २८ ।  ‘गुन्डा नाइके’ले परिचित दीपक मनाङ्गे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । राजधानीको नयाँ बजारस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापाले उनलाई पार्टी प्रवेश गराएका हुन् । गुण्डागर्दीको माध्यमबाट पटक–पटक जेल परेका उनी पछिल्लो समय गएको असारमा पनि पक्राउ परेका थिए ।

मनाङ्गे अहिले भने सक्रिय गुण्डागर्दीमा नभई गोप्यरुपमा लागेको प्रहरीको भनाई छ ।  व्यवसायीलाई धम्क्याएर रकम असुलेको अभियोगमा उनी ६० दिनसम्म प्रहरी हिरासतमा रहेका थिए ।

ढोरपाटन डबल लिग महिला भलिबल: न्यु डायमन्डको अग्रता कायमै

काठमाडौं,पुस २८  । १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा न्यु डायमन्ड एकेडेमीको अग्रता  कायमै रहेको  छ । बालाजु नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरको नवनिर्मित कोटमा बिहीबार सम्पन्न खेलमा नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले अग्रता बनाएको हो ।  आफ्नो छैटौं खेलमा पनि अपराजित रहँदै न्यु डायमन्डले आर्मीलाई २५–६, २५–४ र २५–१५ को सोझो सेटमा पराजित गर्दै १८ अंक जोड्न सफल भएको छ ।  बिहीबार नै सम्पन्न अन्य खेलमा नेपाल पुलिस क्लव र भारतीय खेलाडीहरुको बाहुल्यता रहेको रिड मोडल कलेजले पनि सफलता हात पारेका छन् । ४ खेलसम्म अपराजित रहेको एपीएफलाई भारतका प्रभावशाली खेलाडी सम्मिलित स्वयम्भू ठूलो भ¥याङस्थित रिड मोडल कलेजले ३–१ को सेटमा हरायो । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा रिड मोडल २५–१८, २२–२५, २५–२२ र २७–२५ ले विजयी भयो । त्यसैगरी नेपाल पुलिसले विजेश्वरी ज्ञान मन्दिर स्कुललाई २५–६, २५–४ र २५–७ को सोझो सेटमा पराजित ग¥यो । यो जितसँगै ७ खेलबाट पुलिसले १५ अंक जोडेको छ र लिगको दोस्रो स्थानमा उक्लन सफल भएको छ ।

प्रतियोगितामा अहिलेसम्म ५ खेल खेलेको सशस्त्र प्रहरीको एपीएफ क्लव चार खेलमा जित र एकमा हारसँगै १२ अंक जोड्दै लिगको तेस्रो स्थानमा झरेको छ । त्यस्तै चौथो स्थानमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले ४ खेलबाट ९ अंक नै जोड्न सफल भएको छ भने नेपाल आर्मीले ५ खेलबाट ९ अंक जोडेको छ ।

त्यसैगरी आयोजक ढोरपाटन स्पोर्टस् क्लवले ६ खेलबाट ८ अंक जोडेको छ भने रामेछापको चन्डेश्वरी युवा क्लवले ७ खेलबाट ७ अंक जोडेको छ । बिजेश्वरी ज्ञान मन्दिर र न्यु डायमन्ड स्पोर्टस् क्लवले खाता खोल्न सकेका छैनन् । भोलि विहान हुने खेलमा विजयी हुने टोलीले पहिलो अंक हासिल गर्नेछन् । दुवै टोली पहिलो लिगबाटै बाहिरिने निश्चित भएको छ ।

त्यसैगरी बिहीबार भएको पहिलो खेलमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलले रामेछापको चन्डेश्वरी युवा क्लवलाई ३–० को सेटमा पराजित गरेको छ । पश्चिमाञ्चलले चन्डेश्वरीलाई २५–१३, २५–१२ र २५–१५ ले पराजित ग¥यो भने दोस्रो खेलमा आयोजक ढोरपाटन स्पोर्टस् क्लवलाई पराजित गरेको छ । पश्चिमाञ्चल २५–९, २५–१३ र २५–६ को स्कोरले विजयी भयो ।

फिफा वरियतामा नेपालको फड्को,दक्षिण एसियाली क्षेत्रमा पनि सुधार

काठमाडौं,पुस २८ । नेपाल फिफा वरियतामा नेपाल ६ स्थान माथि उक्लिएको छ । विश्व फुटवलको सर्वोच्च संस्था फिफाले जनवरी महिनाका लागि बिहीबार जारी गरेको वरियतामा नेपालले आफ्नो वरियतामा सुधार गर्दै १ सय ७५ स्थानमा पुगेको छ । । यसअघिको १ सय १८१ औं स्थानमा रहको थियो । यसअघी वरियतामा भुटानभन्दा तल रहेको नेपालले दक्षिण एसियाली क्षेत्रमा पनि सुधार गरेको छ ।

दक्षिण एसियामा पहिलो स्थानमा रहदै भारतले ५ स्थान फड्को मार्दै १ सय २९ मा पुगेको छ । त्यस्तै माल्दिभ्स १ सय ४५ , अफगानिस्थान १ सय ५१, भुटान १सय ७६ , बाङ्लादेश १ सय ९०, श्रीलंका १ सय ९६ र पाकिस्तान १ सय ९७ स्थानमा छ । शीर्ष १ देखि ३४ सम्म कुनै पनि मुलुक परिवर्तन भएका छैनन् । अर्जेन्टिना फिफा वरियताको शीर्षस्थानमा ब्राजिल दोस्रो र विश्वकप विजेता जर्मनी तेस्रो स्थानमा छ ।

प्रवासि नेपाली मञ्चको पहलमा जापानका नेपाली संघ संस्थाबीच बृहत कार्यक्रम हुँदै

टोकियो ।
जापानमा रहेका नेपाली संघसंस्था तथा विभिन्न नेपाली संगठनहरुका बिचमा बृहत अन्र्तक्रिया हुने भएको छ ।

नेकपा एमालेको विदेश विभाग अन्तर्गत रहेको प्रवासी नेपाली मञ्च जापानको पहलमा 'संघ/संस्था परिचयात्मक तथा चियापान कार्यक्रम' हुने भएको हो ।

प्रवासी मञ्चको प्रचारप्रसार तथा संघ संस्था समन्वय विभागको आयोजनामा यही जनवरी १५ तारिख आइतबारका दिन नयाँ बर्ष शुभकामना तथा परिचयात्मक कार्यक्रम हुने भएको छ ।

राजधानी टोकियोको सिनओकुबोमा कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

अँग्रेजी नयाँ बर्षको अवसरमा आयोजित शुभकामना भेटघाट कार्यक्रम मध्यान्ह १ बजे हुने भएको छ ।

जापानमा नेपाली र नेपालको नाममा खुलेका ६० बढी संघसंस्थालाई पत्राचार गरिएको भन्दै अधिकाशं संघसंस्थाबाट उपस्थितिको जानकारी आएको आयोजकले जनाएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web