चीनको केरुङ्ग नाका हुँदै काठमाडौं भित्रिएको १५ किलो सुन प्रहरीले बरामद

माघ १, २०७३ मा प्रकाशित | 764 views

<p>काठमाडौं,माघ १ । &nbsp;चीनको केरुङ्ग नाका हुँदै काठमाडौं भित्रिएको १५ किलो सुन प्रहरीले बरामद गरेको छ। शुक्रवार राती १ बजेतिर महानगरीय प्रहरी वृत बालाजुका प्रहरी नायव उपरिक्षक सन्तोष तामाङसहितको प्रहरी टोलीले बालाजुको चमतीबाट उक्त सुन बरामद गरेको हो ।<br></p><p>सुनसहित गाडी चालक भक्तपुर सुर्यबिनायक ११ पलाँसे बस्ने वर्ष ३० को रबिन्द्र भुजेल पक्राउ परेका छन्। ना १ ज ४९६४ सुमोबाट सुन बरामद भएको हो। गाडीको अगाडीको ईन्जिनको भागमा ब्याट्रीको फलामको फल्स बटम जस्तो बनाई लुकाई छिपाई राखेको अबस्थामा सुन बरामद भएको प्रहरीले जनाएको छ। सुन बरामद गर्न बालाजुका डिएसपी आफैँ विहान १ बजे चौमती पुलमा पुगेका थिए। तातोपानी नाका बन्द भएपछि अहिले केरुङ्ग नाकाबाट सुन तस्करी भइरहेको छ।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web