युएई ।
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’वल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट 'युएइ'को राजधानी अवुधावी आउँदैछन् ।

युएइका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद विन रसिद मोक्तुमको विशेष निमन्त्रणामा प्रधानमन्त्री आउन लागेका हुन् ।

प्रधानमन्त्रीको टोलीमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, शिष्टाचार महापाल दीपक अधिकारी र उहाँको स्वकीय सचिवालयका सदस्य छन् ।

यस्तै ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा मन्त्रालयका सहसचिव लगायतको टोली पनि सोही प्रतिनिधिमण्डलको सदस्यका रुपमा समिटमा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्रीले आगामी सोमबार सो समिटमा ऊर्जाका विभिन्न क्षेत्र, नेपालमा लगानीको अवसर, नेपालले अवलम्बन गरिरहेको नीति एवं भावी परिदृश्यका बारेमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

17.95¡ÆC