काठमाडौं ।
भैरव पुरस्कार गुठीले हास्यव्यङ्ग्य साहित्य क्षेत्रमा योगदान पुर्याउने कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ र शेषराज भट्टराईलाई सम्मान गरेको छ ।

हास्यव्यङ्ग्यकार भैरव अर्यालका स्मृतिमा स्थापित ‘भैरव पुरस्कार’ भक्तपुर निवासी गौतमलाई र ‘भैरव प्रतिभा पुरस्कार’ भट्टराईलाई प्रदान गरिएको हो ।

भैरव पुरस्कारमा ५० हजार नगद प्रशंसापत्र रहेको छ भने प्रतिभा पुरस्कारमा २५ हजार नगदसहिद प्रशंसापत्र रहेको छ ।

हास्यव्यङ्ग्यकारद्वयलाई सम्मान गर्दै प्रा मोहनराज शर्माले साहित्यक सम्मान मूल्यवान् भएको विचार व्यक्त गर्नुभयो ।

गुठीका अध्यक्ष रोचक घिमिरे र उपाध्यक्ष विजय चालिसेले साहित्यकार भैरव अर्याल अद्वितीय प्रतिभाको खानी हुनुहुन्थ्यो भन्नुभयो ।

19.59¡ÆC