हिंसा भड्काउन गोली ठोक्न आदेश दिने सप्तरीका सीडीओ र सुरक्षाप्रमुख काठमाडौं फिर्ता

माठमाडौं ।
प्रदर्शनकारीमाथि गोली हान्न विवादास्पद गृहमन्त्री बिमलेन्द्र निधिको आदेशलाई लागु गर्न भन्दै नियोजित रुपमा गोली चलाउन आदेश दिने सप्तरीका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरु मन्त्रालय फिर्ता भएका छन् ।

प्रमुख जिल्ला अधिकारी 'सीडीओ' उद्धबप्रसाद तिम्सिना, नेपाल प्रहरीका एसपी दिबेश लोहनी तथा सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्का र नेपाल प्रहरीका डीएसपी दानबहादुर खड्का प्रदर्शनकारीको मृत्यु हुनेगरि ताकेर गोली हान्न लगाउने प्रमूख व्यक्ति पाइएपछि प्रधानमन्त्रीले उनिहरुलाई मन्त्रालयमा झिकाएका हुन् ।

यसैबीच लहानमा प्रदर्शनकारीलाई गोली हान्न आदेश दिएका विवादास्पद उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले चौतर्फी आफ्नो बिरोध भएपछि सप्तरी घटनबारे बुझ्न भन्दै सुरक्षा निकायका प्रमूखहरुसँग भेटेका छन् ।

आफैं गोली हान्न आदेश दिएर अवस्था भड्काएका निधिले नाटक गर्दै तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई प्रहरी मुख्यालय नक्सालमा बोलाएर सप्तरी घटनाबारे जानकारी लिएका छन् ।

त्यसक्रममा गृहमन्त्री निधिले बल प्रयोग नगरी स्थिति सामान्य अबस्थामा फर्काउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए ।

करिब डेढघण्टा लामो छलफलमा नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको कार्यबिभाग प्रमुख सहित गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थी लगायतको उपस्थिति थियो ।
स्मरणीय छ हिजो भएको एमाले कार्यक्रमको बिरोधमा भाटा सहित उत्रिएका मोर्चाका कार्यकर्तालाई सामान्य बल प्रयोग समेत नगरि गृहमन्त्री बिमलेन्द्र निधिकै निर्देशनमा ताकेर गोली प्रहार गरिएको थियो । घटनामा परि तीन जनाको मृत्यु भएको पुष्टि भएको छ भने दर्जनौं घाइते छन् ।

उग्र बन्दै मोर्चा कार्यकर्ता, एमाले कार्यालय तोडफोड र आगजनी गर्नेहरु पक्राउ

लहान ।
आज लहानमा मधेसी मोर्चा आबद्ध उग्र कार्यकर्ताले नेकपा एमाले लहान नगर कमिटी कार्यालय तोडफोड गरेका छन् ।

कार्यालयको टेबुल, कुर्सी, दराज साथै कार्यालयमा रहेको कागजात कार्यालयको अगाडि  पुर्वी पश्चिम लोकमार्गमा ल्याई आगजनी गरिएको छ ।

आगजनी पश्चात् नेता तथा कार्यकर्ता सरकारी कार्यालय बन्द गराउने क्रममा यातायात कार्यालयमा प्रहरी र मोर्चाको बिच सामान्य झडप समेत भएको छ ।

झडपकै क्रममा प्रहरीले १३ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको छ ।

पक्राउ परेका मोर्चाका नेता तथा कार्यकर्ताहरुमा कृष्ण बहादुर यादव , सत्यनारायण यादव , बैधनाथ प्रसाद साह, राजु गुप्ता , प्रयाग लाल यादव , मोहम्मद गुलाब राईन, मनोज यादव , दिलिप कुमार यादव , दिनेश यादव , उमेश कुमार महतो, आलोक यादव , रोशन यादव  र बिजय कुमार यादव रहेको ईलाका प्रहरी कार्यालय, लाहानका डिएसपी हिरा बहादुर पाण्डेले बताएका छन ।

UDMF decided continue Protest

Today's meeting of the United Democratic Medhesi Front (UDMF)  has decided to continue the protest programs .

According to UDMF's Saptari district Coordinator, Dinesh Kumar Yadav, the meeting also demanded to declared the deceased as martyrs by proving compensation, free treatment facilities to those who were  injured in yesterday's incident, and suspension of Chief District Officer and duo SP and investigation into the incident.

जापानका शेर्पा समुदायले मनाए ग्याल्पो ल्होसार (फोटो फिचर)

टोकियो ।
जापानमा रहेका शेर्पा समुदायले २१४४ औं मे मो च्यालो ग्याल्पो ल्होसार शुभकामना आदान प्रदान एवं सांस्कृतिक कार्यक्रम गरि मनाएका छन् ।

शेर्पा सँघ टोकाइ जापानले आयोजनामा गरिएको सांस्कृतिक कार्यक्रममा जापानमा छरिएर रहेका शेर्पा समुदायको उल्लेख्य सहभागीता रहेको थियो ।

बौद्ध धर्मको परम्परा अनुसार धार्मिक विधिबाट साङ सेर्केम पुजागरी सुरु कार्यक्रममा शेर्पा जातिहरूको मौलिक भेषभुषामा सझिएर शेर्पा समुदायका व्यक्तिहरु उपस्थित भएका थिए ।

कार्यक्रममा शेर्पा समुदायको मौलिक परिकारका खाना तथा पेयपदार्थका साथमा बिभिन्न शेर्पा संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कलाकारहरु शेर्पा टुङना गायक सोनाम जाङबु तथा मिरा दर्लामी मगर,
लक्ष्मी तामाङ लगायत कलाकारहरुले आफ्ना गित तथा कला प्रस्तुत गर्नुभएको
थियो ।

रुकुम महोत्सवमा ९ करोडको कारोबार, पौने लाख दर्शक

रुकुम ।
रुकुम उद्योग वाणिज्य संघ रुकुमको आयोजनामा सञ्चालन गरिएको मध्यपश्चिम रुकुम महोत्सव समापन गरिएको छ ।

‘कृषि, जडिबुटी, पर्यटन, संस्कृति, सूचना प्रविधि, उद्योग र व्यापार, समृद्ध तथा स्वाधीन अर्थतन्त्र मध्यपश्चिमको मुल आधार’ भन्ने नारासहित रुकुमको बराहटाकुरामा महोत्सव सञ्चालन गरिएको थियो । फागुन १२ गते प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डद्धारा उद्घाटन गरिएको महोत्सव ११ दिन सम्म चलेको हो ।

महोत्सवबाट रुकुमको जिल्लाको घरेलु तथा साना उद्योग, व्यापार र कृषि उत्पादन वस्तुको बजारीकरण गर्ने लक्ष्य राखिएको थियो ।

महोत्सवमा करिब पौने एक लाख दर्शकले अवलोकन र ९ करोड बरावरको कारोबार भएको महोत्सव आयोजक समितिका आर्थिक संयोजक प्रबिर डाँगीले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा टिकट बिक्रि तथा स्टलबाट उठेको रकम केहि दिन भित्रै पत्रकार सम्मेलन गरेर बिस्तृत जानकारी दिने र उक्त रकम रुकुम उद्योग बाणिज्य संघले एउटा एम्बुलेसन्स खरिद गरेर सञ्चालन तथा बिउबिजन कारखाना स्थापनाका लागि पहल गर्ने घोषणा यसअघि नै गरिसकेको र सोहि अनुसार खर्च गरिने जानकारी दिए ।

रुकुममा पहिलो पटक आयोजना गरिएको ब्यापारिक महोत्सव भब्य रुपमा सञ्चालन भएका कारण प्रत्येक बर्ष यसरी नै आयोजना गर्ने र उठेको रकम सामाजिक काममा लगाउने पनि आयोजकले बताएको छ ।

पहिलो मध्यपश्चिमाञ्चल महोत्सवले रुकुमेलीहरुलाई भरपुर मनोञ्जन मात्र दिएको छैन रुकुमको ब्यापार व्यवसायमा चलाउनमान र आर्थिक समृद्धिको रेखा समेत कोरेको छ ।

दाङ मालपोतद्धारा बिचौलीयालाई कार्यालय प्रवेशमा रोक

दाङ ।
जिल्ला मालपोत कार्यालय दाङले नागरिकहरुलाई सहजै सेवा प्रबाहका लागि विचौलीयाहरुलाई कार्यालय प्रबेशमा रोक लगाएको बताएको छ ।

सेवाग्राहीले बिचौलीयाहरुको माध्यमबाट पैसा खर्च गरेर काम गराउदै आएको भन्दै यसको अन्त्यका लागि बिचौलीयालाई कार्यालयमा प्रबेशमा रोक लगाएको बताएको छ ।

मालपोत कार्यालयका प्रमुख लालमणि ओझाले नागरिकहरुले सहजै आफ्नो काम गराउने बाताबरण तयार पार्न विचौलीलाई कार्यालय प्रबेश र मोठ छुनमै रोक लगाएको बताएका छन् ।

विचौलीया कारण कार्यालयको बदनाम हुने गरेको भन्दै प्रमुख ओझाले नागरिकहरुलाई सचेत हुन आग्रह गरेका छन  ।

ट्रान्सपरेन्सी ईन्टरनेशनलले गरेको अध्ययन अनुसार मालपोत कार्यालयमा सबैभन्दा धेरै भ्रष्टाचार हुने गरेको तथ्य बाहिर आएको छ ।

यसको जवाफ दिदै कार्यालय प्रमुख ओझाले उक्त तथ्यलाई आफुहरुलाई गम्भिर बनाएको भन्दै निति अनुसार सेवा प्रबाहमा आफुले बिषेश ध्यान दिने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

साधारण काममा पनि भनसुन र घुस खुवाउनु पर्ने बाध्यता रहेको सेवाग्राहीहरुले गुनासो गर्दै आएका छन् ।

एसएलसी परीक्षामा देशभर लोडसेडिङ नहुने, सबैको सहयोगको अपिल

काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले माध्यमिक शिक्षा परीक्षा 'एसएलसी' को समयमा देशरभर लोडसेडिङ नगर्ने भएको छ ।

चैत १ देखि १४ गतेसम्म विहान बेलुकाको पिक आवरमा लोडसेडिङ नगर्ने गरी तयारी गरिरहेको प्राधिकारले यसमा सहयोग गर्न समेत सबैलाई अनुरोध गरेको छ ।

यसका लागि प्राधिकरणले आन्तरिक तयारी गरिरहेको छ । अहिले काठमाडौं, पोखरा र चितवनमा लोडसेडिङ नभएपनि अन्य ठाउँमा आंशिक लोडसेडिङ छ ।

माध्यमिक शिक्षा परीक्षामा विद्यार्थीलाई सहज होस् भन्ने उद्देश्यले विहान र बेलुका लाइन नकाट्ने गरी तयारी अघि बढाइएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

‘प्राधिकरणले सो अवधिमा विद्युत खपत कम गरेर सहयोग गरिदिन आग्ह गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले होटलहरुलाई चैत १ देखि १४ गतेसम्म बेलुका ६ बजेदेख ९ बजेसम्म जेनेरटर चलाएर कम बिजुली खपत गरिदिन अपील गरेको छ ।

त्यसैगरी घरायसी उपभोक्तालाई पिक अवारमा धेरै बिजुली खपत हुने आइरन, रुम हिटर, इमर्सन हिटर, इन्डक्सन चुल्हो, पानी तान्ने पम्प, एयर कन्डिसनर, गिजर र वासिङ मेसिन नचलाइदिन आग्रह गरेको छ ।

एमाले कार्यक्रम बिथोल्न मोर्चाका उग्र कार्यकर्ता लाठी सहित प्रदर्शनमा (फोटो फिचर)

सप्तरी ।
नेकपा एमालेको मेची–महाकाली अभियान अन्र्तगत राजविराजमा हुन लागेको सभा विथोल्न मधेशी मोर्चाका उग्र कार्यकर्ताहरु लाठी सहित प्रदर्शनमा उत्रेका छन् ।

मोर्चाले एमालेलाई तराईका छिर्न नदिने कार्यक्रम बिथोल्ने भन्दै कार्यकर्ता उक्साएपछि मोर्चा आवद्ध दलका उग्र कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् ।

मोर्चाका कार्यकर्ताहरुले सप्तरी सदरमुकाम राजविराज सहित जिल्लाको भारदह, कञ्चनपुर, रुपनी लगायतका स्थानमा प्रदर्शन गर्नुका साथै पूर्व–पश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । राजमार्ग अवरुद्ध हुँदै सयौं यात्रु अलपत्र परेका छन् ।

यसै बिच लाठी सहित प्रदर्शनमा उत्रिएर गुडिरहेका र रोकि राखेका गाडी तोडफोड गर्ने एक दर्जन बडी मोर्चा आवद्ध उग्र कार्यकताहरुलाई सप्तरी प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष दिनेश
यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका मुकेश कर्ण सहित एक दर्जन
कार्यकर्तालाई प्रहरीले जिल्लाको रुपनी तथा बरमझियाबाट नियन्त्रमा लिएको हो

मोर्चाका कार्यकर्ताहरुले राजविराजमा अहिले कालो झण्डा सहित लाठी जुलुस प्रदर्शन गरिरहेका छन् ।

“छोटा स्कट लगाएका हिरोइनको नाच हेर्न छाडेर, थोत्रो म्याक्सीवालीको नाच कस्ले पो हेर्छ ?”

पप्पु गुरुङ्, २२ फागुन, दोधारा चाँदनी । दोधारा चाँदनीकी मान कुमारी बादी बिहान कुखुराको डाको अघि नै माग्नको लागि घरबाट हिड्छिन् । दोधारा चाँदनीको गाउँ, बस्तीमा पुग्दा नपुग्दै घाम चर्किसकेको हुन्छ । दिनभरी गाँउ बस्ती मागेर साँझ घर फर्किनुपर्छ । दोधारा चाँदनी नपा – ६ बादी बस्तीको एक बादी महिला मान कुमारी बादीको दैनिकी यस्तै बन्दै गएको छ् । दिनभरी गाँउ बस्तीमा चाहारेर संकलन भएको अन्न पात लिएर अबेर राती मात्रै घर फर्किने गर्छन उनि । मान कुमारी दिनभरी दोधारा चाँदनीको बिभिन्न वडा टोलमा माग्न नगए उनको घरमा आँगनको धुलोमा खेलेर बसेका छोराछोरी तथा नाती नतिनाको मुखमा माँड लगाउन कठीन छ् । मान कुमारी बादी जस्तै अरु बादी महिलाहरु दुख उस्तै छ । कामका लागि भारत गएका छोरा बुहारी पनि खासै राम्रो आम्दानी भएन । यसले मान कुमारीको बोझ झनै थपिएको छ् । आफ्नो श्रीमान लोक बहादुर बादीको केही महिना अघि खुट्टा भाचिएपछि उनलाई पर्नु दुख परेको छ् । उनका श्रीमान लोक बहादुर बादीको उपचार खर्च बिभिन्न ब्यक्तीहरुलाई सहयोगको आग्रह गरेपनि कसैले उनीहरुलाई सहयोग नगरेको मन कुमारी बादी दुख छ् । झिसमिसमै उठेर खानेकुरा बनाएपछि बालबालिकालाई ओछ्यानमै छाडेर मन कुमारी कुम्ला कटेरो बोकेर दोधारा चाँदनीको बस्तीमा माग्न पुग्छिन् । भन्छिन्,  “परिवारलाई मिठो मसिनो खुवाउन त मन छ नि, के गर्नु कर्म मै दु:ख र अभाव लेखेको रैछ । यी नानीहरुले धेरै दिन पेट भरी खान नपाएर बसेका छन् ।” दोधारा चाँदनीको बाबाथान बजार भन्दा करिब ४ किलो मिटर पुर्व उत्तर दिशा महाकाली नदीको छेउ एक सामुदायिक बनमा बादी बस्तीका प्राय जसो महिलाहरुको बेदना कसैले सुन्न तयार छैनन् । उनको छेउको घरमा बिद्युतको उज्यालो झलमल्ल हुन्छ तर उनको बस्तीमा टुकीमा जिवन बित्दै आएका छन् । उनिहरुको दैनिक एक छाक टार्न मुश्किल पर्ने यी महिलालाई पैसा कमाउला, बैंकमा जम्मा गरौला र स्थायी बसोबासको व्यवस्था गरौंला भन्ने छैन । आफ्नो घर बनाउने विषयमा के सोच्नु भएको छ भन्ने प्रश्नको जवाफमा उनीहरु भन्छन् “बिहान साँझ खान नपुग्ने कमाइले के को घर वासको आश गर्नु ?” मुलुकको नीति नियम बनाउने नेता, सभासद देखि त्यसको कार्यान्वयन गर्ने प्रशासकहरु सम्म दौडिन्छन् त्यहि बाटो भएर । तर बादी महिलाको जिवन परिवर्तनको यात्रा तय गर्न सकेन । बादी बस्तीको पीडा घट्नु साटो झन् झन् बढ्दो छ् । मान कुमारी बादीले भनिन्, “पहिला त बिहे, व्रतवन्ध र अन्य खुसीयालीमा नाच गान गरेर हामीले कमाउने गरेका थियौ । अहिले प्रविधिको विकास भयो । छोटा स्कट लगाएका हिरोइनको नाच हेर्न छाडेर, थोत्रो म्याक्सीवालीको नाच कस्ले पो हेर्छ र ?”

पोलियो खोप नखुवाएर आन्दोलन गर्ने १८ स्वास्थ्यकर्मी निलम्बीत (विवरण सहित)

काठमाडौं ।
नेपाल सरकारले सञ्चालन गरेको पोलियो खोप कार्यक्रमलाई अवरोध गर्ने आन्दोलनकारी मध्ये १८ जनालाई स्वास्थ्य मन्त्रालयले निलम्बन गरेको छ ।

मन्त्रालयले यसअघि गरेकै निर्णय अनुसार ९'ख' वाला आन्दोलनमा लागेर पोलियो कार्यक्रमलाई अवरुद्ध गर्नेहरुलाई निलम्बन गरेको हो ।

यस्तो छ स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्ती
नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको
निलम्बन गरी स्पष्टीकरण पेश गर्ने बारे
जिल्ला जन/स्वास्थ्य कार्यालयहरुमा तालाबन्दी गर्ने, अति संवेदनशील र अत्यावश्यक स्वास्थ्य सेवालाई अवरोध गरी पदीय जिम्मेवारी अनुरुपको काम नगर्ने, मिति २०७३ फागुन २१ र २२ गते स्वास्थ्य मन्त्रालयबाट संचालित राष्ट्रिय पोलियो कार्यक्रमलाई असहयोग गर्ने तथा सामाजिक संजालहरु मार्फत उत्तेजनात्मक र अराजक अभिव्यक्ति संप्रेषण गर्ने र उश्रृङ्खल कार्य गर्न प्रोत्साहन गर्ने तपसीलका कर्मचारीहरुलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७८(३) बमोजिम र निजामती कर्मचारीको हकमा निजामती सेवा ऐन, २०४९ को दफा ६४ (३) बमोजिम निलम्बन गरिएको र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ (१) अनुसारको र निजामती कर्मचारीको हकमा निजामती सेवा ऐन, २०४९ को दफा ६१(१) बमोजिम विभागीय सजाय गर्नु नपर्ने कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ३ (तीन) दिन भित्र स्पष्टीकरण पेश गर्नु हुन सम्बन्धित कर्मचारीहरुलाई नेपाल सरकार (सचिवस्तर) मिति २०७३।११।२२ को निर्णयानुसार यो सूचना प्रकाशित गरिएको छ ।
क्र.सं.
नाम, थर
पद
कार्यरत कार्यालय
१.
राजकुमार थापा
को.चे.अ.पाँचौ
जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुर
२.
सुरेन्द्रराज जोशी
सि.अ.हे.ब.छैटौ
बलरामपुर स्वास्थ्य चौकी, कपिलवस्तु
३.
विष्णुबहादुर क्षेत्री
सि.अ.हे.ब.छैटौ
मानपुर स्वास्थ्य चौकी, कपिलवस्तु
४.
विरेन्द्र कुमार मिश्र
सि.अ.हे.ब.छैटौ
बेदौली स्वास्थ्य चौकी कपिलवस्तु
५.
पृथ्वीचन्द्र भगत
सि.अ.हे.ब.छैटौ
महेन्द्रनगर स्वास्थ्य चौकी, सुनसरी
६.
महेश पोखरेल
सि.अ.हे.ब.छैटौ
मधेशा स्वास्थ्य चौकी, सुनसरी
७.
अनिल कुमार पाण्डेय
सि.अ.हे.ब.छैटौ
सिर्सिया स्वास्थ्य चौकी, पर्सा
८.
राजेशप्रसाद रौनियार
सि.अ.हे.ब.छैटौ
सखुवा प्रसौनी स्वास्थ्य चौकी, पर्सा
९.
शेषराज दाहाल
सि.अ.हे.ब.छैटौ
सिपाडोल स्वास्थ्य चौकी, भक्तपुर
१०.
देवनारायण साहु
सि.अ.हे.ब.छैटौ
बसन्तपुर स्वास्थ्य चौकी, सुनसरी
११.
छेदीप्रसाद यादव
तथ्यांक अधिकृत
जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी
१२.
नागेन्द्रप्रसाद चौधरी
निमित्त प्रमुख
जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी
१३.
टोपबहादुर थापा
सि.अ.हे.ब.
धर्मस्थली स्वास्थ्य चौकी, काठमाण्डौ
१४.
बासुदेब पोखरेल
सि.अ.हे.ब.
देबस्थल स्वास्थ्य चौकी, सल्यान
१५
रमेश कार्की
सि.अ.हे.ब.छैटौ
बैजनाथ स्वास्थ्य चौकी, मोरङ्ग
१६
डा. दयाशंकर लाल कर्ण
प्रमुख
जिल्ला स्वास्थ्य कार्यालय, सिरहा
१७
सचितानन्द देब
निमित्त प्रमुख
जिल्ला स्वास्थ्य कार्यालय, धनुषा
१८
संजयकुमार काफ्ले
सि.अ.हे.ब.छैटौ
स्वास्थ्य चौकी, सिद्राहा, मोरङ

पाल्पामा ट्रिपर दुर्घटना हुँदा एकको मृत्यु

पाल्पा ।
पाल्पाको दोभान–४ श्रीडाँडामा आइतबार ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

तीन जना घाईते भएका छन् । श्रीडाँडाबाट झुम्सातर्फ जाँदै गरेको बा ४ ख ११९७ नम्बरको ट्रिपर श्रीडाँडामा दुर्घटना हुँदा दोभान–४ श्रीडाँडाका ३५ वर्षीया दिलबहादुर सोमैको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सोमैको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको हो ।

दुर्घटनामा परी दोभान–७ श्रीडाँडा बस्ने २१ वर्षिय मिना सोमै, ४ वर्षिय अस्मिता सोमै र २६ वर्षिय लक्ष्मण सोमै घाईते छन् ।

उनीहरुको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

ट्रिपर सडकबाट १ सय मिटर तल खसेको छ ।

इजरायलको लागि नेपाली कामदारको माग, यस्तो छ आवेदन

काठमाडौं ।
बैदेशीक रोजगारको लागि आकर्षक गन्तव्यको रुपमा मानिएको इजरायलले फेरि नेपाली कामदार लैजाने भएको छ ।

यसको लागि उसले तत्कालको लागि ६० जना नेपाली कामदार मागेको छ ।

पहिलो चरणमा ५९ जना केयर गिभर लगेको इजरायलले लामो समयको अन्यौलतापछि दोस्रो चरणमा कामदार मागेको हो ।

५१ महिनाको श्रम सम्झौतामा इजरायल जान इच्छुकसँग वैदेशिक रोजगार विभागले आवेदन मागेको छ । आगामी चैत ९ गतेसम्म आवेदन गर्नेमध्ये ६० जना इजरायल जान पाउने भएका छन् ।

पहिलो चरणमा छानिनेको भाषा परीक्षा पनि हुनेछ । योग्यता पुगेका इच्छुकले वैदेशिक रोजगार विभागको कार्यालय बुद्धनगर शाखामा इच्छुकले आवेदन गर्न सक्नेछन् ।

शारिरिकरुपमा पनि स्वस्थ केयर गिभरको अन्तिम छनोट भने वैदेशिक रोजगार विभाग र इजरायलस्थित पीआईबीएले गर्ने विभागले जनाएको छ । छनोट भएका आवेदकले इजरायल पुगेपछि वृद्ध, अपाङ्ग तथा अशक्तको स्याहार सुसार गर्नुपर्ने छ ।

माग गरिएको सूचना अनुसार तौल कम्तिमा ४५ केजी भएका २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका, उचाइ कम्तिमा ५ फिट भएका, र कम्तिमा एसएलसी पास भएकाले इजरायली भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट मान्यताप्राप्त संस्थाबाट कम्तिमा ३ महिनाको केयर गिभर तालीम वा प्राक्टिकल नर्सिङ सफलतापूर्वक पूरा गरेको प्रमाणपत्र चाहिने छ ।

यसअघि इजरायल पुगेकाले यसका लागि आवेदन दिन पाउने छैनन् । आवेदकले इण्टरमिडियट लेभलको अङ्ग्रेजी भाषाको ज्ञान गरेको हुनुपर्ने र पूर्णरूपमा स्वस्थ भएको हुनुपर्ने छ ।

विभागले निकालेको सूचनामा आवेदकले निवेदन दिँदा प्रहरी प्रतिवेदन, नागरिकता तथा राहदानीको फोटोकपी, २ पिपी साइज फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र, तालीमका प्रमाणपत्र पेश गर्नुपर्नेछ । इजरायल जाँदा कल्याणकारी कोष, बीमा, स्वास्थ्य परीक्षण तथा हवाई टिकटको सबै खर्च कामदारले नै बेहोर्नुपर्ने छ ।

यस्तो छ विज्ञापन

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web