उग्र बन्दै मोर्चा कार्यकर्ता, एमाले कार्यालय तोडफोड र आगजनी गर्नेहरु पक्राउ

फाल्गुन २४, २०७३ मा प्रकाशित | 825 views

लहान ।
आज लहानमा मधेसी मोर्चा आबद्ध उग्र कार्यकर्ताले नेकपा एमाले लहान नगर कमिटी कार्यालय तोडफोड गरेका छन् ।

कार्यालयको टेबुल, कुर्सी, दराज साथै कार्यालयमा रहेको कागजात कार्यालयको अगाडि  पुर्वी पश्चिम लोकमार्गमा ल्याई आगजनी गरिएको छ ।

आगजनी पश्चात् नेता तथा कार्यकर्ता सरकारी कार्यालय बन्द गराउने क्रममा यातायात कार्यालयमा प्रहरी र मोर्चाको बिच सामान्य झडप समेत भएको छ ।

झडपकै क्रममा प्रहरीले १३ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको छ ।

पक्राउ परेका मोर्चाका नेता तथा कार्यकर्ताहरुमा कृष्ण बहादुर यादव , सत्यनारायण यादव , बैधनाथ प्रसाद साह, राजु गुप्ता , प्रयाग लाल यादव , मोहम्मद गुलाब राईन, मनोज यादव , दिलिप कुमार यादव , दिनेश यादव , उमेश कुमार महतो, आलोक यादव , रोशन यादव  र बिजय कुमार यादव रहेको ईलाका प्रहरी कार्यालय, लाहानका डिएसपी हिरा बहादुर पाण्डेले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web