काठमाडौं ।
सरकारले स्थानीय तहको संख्या फेरि ७४४ नै बनाउने भएको छ ।
स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाए लगत्तै आजै मन्त्रिपरिषद्ले पास गरेर निर्वाचन आयोगमा पठाउन लागेको छ ।
पाण्डे नेतृत्वको कार्यदलले शुक्रबार नै १० जिल्लामा १९ स्थानीय तह थप्ने प्रस्ताव गरेको थियो, जस अनुसार प्रदेश नम्बर २ मा मात्र १७ थपिने थियो । देशभरमा कुल ७३८ स्थानीय तह बन्ने थियो ।
तर, माओवादी र कांग्रेसबीच स्थानीय तहको संख्या ७४४ नै बनाउने समझदारी भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मधेसमा ४ र पहाडमा दुई थप्ने सहमति भएको छ ।
यो संख्या बालानन्द पौडेल नेतृत्वको स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगले दिएको अधिकतम सीमा हो ।
स्थानीय विकासमन्त्री पाण्डे नेतृत्वको कार्यदलले त्यसअनुसार गृहकार्य गरिरहेको स्रोतको दाबी छ ।
पौडेल आयोगले ७१९ स्थानीय तह सिफारिस गरेको थियो । तर, मधेसी मोर्चाले असन्तुष्टि जनाएपछि सरकारले अध्ययनका लागि कार्यदल गठन गरेको थियो ।
कार्यदलले प्रदेश नम्बर २ मा केही संख्या बढाउन सुझाव दिएपछि त्यसको गृहकार्य गर्ने जिम्मा पनि मन्त्रीहरुकै कार्यदलले पाएको थियो ।
काठमाडौं,फागुन २२ । निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्याउने गरी तयार पारिएको निजामती सेवा ऐनको पाँचौँ संशोधन विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थन्किएको छ । सामान्य प्रशासन मन्त्रालयले तयार पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको विधेयक थन्किएपछि अब तत्काल निजामती कर्मचारीको उमेर हद ६० वर्ष नहुने भएको छ ।
सामान्यले तत्काल कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउनेलगायतका विभिन्न प्रावधान राखेर सो विधेयक संसद्मा पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको थियो । विधेयक मन्त्रिपरिषद्मै थन्किएपछि निजामती सेवा ऐनको पाँचौँ संशोधनको विषयसमेत हाललाई स्थगित हुन पुगेको छ । लोकसेवाको सुझाबपछि सरकार अघि बढेन सामान्य प्रशासन मन्त्रालयले विधेयक पेस गरेपछि मन्त्रिपरिषद् बैठकले आवश्यक परामर्शका लागि लोकसेवा आयोगमा पठाएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
आयोगले कर्मचारीको उमेरहद ६० वर्ष पुर्याउने विषय हाल समय सान्दर्भिक र औचित्यपूर्ण नभएको भन्दै सरकारलाई सुझाब दिएको थियो । स्रोतका अनुसार लोकसेवाको सो सुझाबकै कारण सरकारले विधेयक अघि नबढाएको हो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत अधिकांश मन्त्री उमेरहद तत्काल ६० वर्ष पुर्याउने विषयको विपक्षमा रहेकाले विधेयक अगाडि बढ्न नसकेको स्रोतको भनाइ छ । किन अघि बढेन थाहा छैन : मन्त्रालय आफूले पेस गरेको विधेयक किन अघि बढेन भन्ने विषयमा थाहा नभएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
आफूहरूले प्रक्रियाअनुसार पेस गरेको, तर त्यसपछि कहाँ किन रोकियो भन्नेबारे थाहा नभएको सामान्यको भनाइ छ । सामान्यका सहायक प्रवक्ता नन्दराज ज्ञवालीले निजामती सेवा ऐनको पाँचौँ संशोधन विधेयक अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको भए पनि स्वीकृत भएको विषयमा जानकारी नआएको बताए ।
विधेयकमा यस्ता छन् प्रावधान विधेयकमा निजामती सेवामा रहेका स्वास्थ्य सेवा, संसद् र निजामती सेवामा रहेका कर्मचारीको अवकाश उमेरमा एकरूपमा कायम गरी ६० वर्षे बनाउने, योगदानमा आधारित पेन्सन प्रणालीको व्यवस्था गर्ने, सेवा प्रवाह गर्ने कर्मचारीले लापरबाही गरेमा कारबाही गर्नेलगायतका महत्वपूर्ण प्रावधान राखिएका छन् ।
अरू राम्रा विषय समेटिएको भए पनि ६० वर्षे उमेरहदको विषयले विवादमा परिने ठानेर सरकारले विधेयक थन्क्याएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक कर्मचारीले जानकारी दिए । प्रधानमन्त्री कार्यालय स्रोतले अब तत्काल विधेयक अघि नबढ्ने जानकारी दिएको छ ।
काठमाडौं, फागुन २२ । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्न बनेको मन्त्रीस्तरीय कार्यदलले २, ४ र ७ नम्बर प्रदेशका १० जिल्लामा १९ वटा स्थानीय तह थप गर्ने प्रारम्भिक मस्यौदा तयार गरेको छ । प्रदेश नम्बर २ का आठ जिल्ला तथा प्रदेश नम्बर ४ र ७ का एक–एक जिल्लामा स्थानीय तह थप गर्ने तयारी कार्यदलले गरेको हो ।
स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ संख्या सिफारिस गरेको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डे संयोजकत्वको कार्यदलले बढाउन चाहेको संख्यासमेत जोडिए अब स्थानीय तहको नयाँ संख्या ७ सय ३८ पुग्नेछ ।
आयोगले अधिकतम सात सय ४४ सम्म स्थानीय तहको संख्या बनाउन सक्ने मापदण्ड तयार गरेको थियो । कार्यदलले विवादित जिल्लामा संख्या थप गर्न बाध्यात्मक अवस्था आएमा मन्त्रिपरिषद्ले निर्णय गर्न सक्ने अधिकार प्रयोग गरी सात सय ३८ वटा सिफारिस गर्ने तयारी गरेको स्थानीय विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
संघीय मामिला तथा स्थानीय विकासमन्त्री तथा कार्यदलका संयोजक हितराज पाण्डेले प्रतिवेदन अन्तिम तयारीमा रहेको जानकारी दिए । पाण्डेले भने, ‘प्रतिवेदनको औपचारिक टुंगो लागेको छैन, तर पनि चाँडै बुझाउने तयारीमा छौँ ।’ मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पनि सकेसम्म प्रतिवेदन आइतबार बुझाउने प्रयास भइरहेको जानकारी दिए । प्रतिवेदनको मस्यौदा तयार भइसकेको उनको भनाइ छ ।
तराईमा स्थानीय तहको संख्या ४५ प्रतिशत पुर्याउनुपर्ने कांग्रेसको धारणाका कारण कार्यदलले संख्या टुंगो लगाउन नसकेको स्रोतले बतायो । स्रोतका अनुसार मधेसी मोर्चाका सांसदले पनि कार्यदलसँगको छलफलमा तराईमा स्थानीय तहको संख्या ४५ प्रतिशत पुर्याए स्वीकार गर्ने बताउने गरेका छन् । आयोगले तोकेको संख्याका आधारमा मात्र हेर्दा तराईमा स्थानीय तहको संख्यात्मक प्रतिनिधित्व ३६ प्रतिशत मात्र छ । प्रधानमन्त्री प्रचण्ड ४० प्रतिशतसम्म पुर्याउन सकिने, तर मोर्चाले निर्वाचनमा सहभागी हुने ग्यारेन्टी गरी हस्ताक्षर गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
खोटाङ र नुवाकोटका स्थानीयको आन्दोलन कसरी सम्बोधन गर्ने भन्नेमा कार्यदलमा अन्योल छ । गाउँपालिकाका वडा र नाम परिवर्तनको आन्दोलनमा रहेका ती जिल्लाका स्थानीय दुई धारमा बाँडिएपछि कार्यदल समस्यामा परेको हो । स्रोतका अनुसार एकल निर्णय दिँदा समस्या हुने भएकाले सुझाब दिएर मन्त्रिपरिषद्लाई नै निर्णयको जिम्मा दिने तयारी भएको छ । कार्यदल संयोजक स्थानीय विकासमन्त्री हितराज पाण्डेले खोटाङ र नुवाकोटको विषयमा सैद्धान्तिक आधार तयार गरी सिफारिसको तयारी भइरहेको बताए आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
एजेसी,फागुन २२ । स्पेनिस ला लिगा लिडर बार्सिलोनाले फेरि अर्को शानदार जित दर्ता गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा डि भिगोलाई ५–० ले हरायो । घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले दुई तथा नेइमार, इभान रेकिटिक र स्यामुएल उमटिटीले एक एक गोल गरे ।
२४ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । ४० औं मिनेटमा नेइमारले गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २–० को अग्रता लियो । ५७ औं मिनेटमा रेकिटिक तथा ६१ औं मिनेटमा उमटिटीले गोल गरेपछि बार्सिलोनाको अग्रता ४–० मा पुग्यो ।
६४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५–० को शानदार जित दिलाए । मेस्सीले यो सिजन ला लिगामा अहिलेसम्म २३ गोल गरिसकेका छन् । सात गोलका लागि सहयोग गरेका उनी सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन् । जितपछि शीर्ष स्थानको बार्सिलोनाको २६ खेलबाट ६० अंक भएको छ । बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा एक अंकले अघि छ । एक खेल कम खेलेको रियल मड्रिडको ५९ अंक छ ।
पप्पु गुरुङ्, २१ फागुन, दोधारा चाँदनी । दोधारा चाँदनीको एक कच्ची घरमा आगजनी भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० स्थित रहेको प्रतिभा टोलका पाउनी पुरीको कच्ची घरमा आगजनी भएको बताईएको छ् । आज दिउसो अपरान्हको समयमा अचानक घरमा आगो लागेको पुरीको छिमेकी अग्नी राज पण्डितले जानकारी दिएका छन् । पुरीको घरमा आगो लागेको थाहा पाएपछि छिमेकीहरु आएर आगो समयमै नियन्त्रण लिएका थिए । आगजनी कसरी भयो भन्ने बिषयमा थाहा नभएको बताईएको छ् । आगो लागेको थाहा पाएपछि स्थानियहरु ले समयमा आगो नियन्त्रण लिदा खासै धनमालको नोक्सानी हुन नपाएको छिमेकीहरुले बताएका छन् ।
पप्पु गुरुङ्, २१ फागुन, दोधारा चाँदनी । दोधारा चाँदनी स्थित रहेको बौद्ध विहार संरक्षण केन्द्र , बुद्धनगरमा विहार निर्माण कार्यमा रुपन्देहीबाट सहयोग प्राप्त भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ स्थित रहेको बौद्ध विहार संरक्षण केन्द्र ,बुद्धनगरमा विहार निर्माणमा रुपन्देही स्थित रुपन्देही तिलोत्तोमा नगरपालिका निवासी बल बहादुर राना मगर, मान बहादुर सारु मगर र रुपसिंह गुरुङ्गको ब्यक्तीगत अनुदानमा निर्माण कार्य सुरु हुन लागेको बौद्ध विहार संरक्षण केन्द्रका पुर्व अध्यक्ष रेशम थापा मगरले जानकारी दिएका छन् । आज एक कार्यक्रम बिच विहार निर्माण सिलान्यास गरिएको बौद्ध विहार संरक्षण केन्द्र दोधारा चाँदनीका पुर्व अध्यक्ष थापाले बताएका छन् । सिलान्यास कार्यक्रममा रुपन्देही तिलोत्तोमा नगरपालिका निवासी बल बहादुर राना मगर, मान बहादुर सारु मगर र रुपसिंह गुरुङ्ग, बौद्ध विहार संरक्षण केन्द्रका पुर्व अध्यक्ष रेशम थापा मगर, बौद्ध विहार संरक्षण केन्द्रका सचिव शुशिल राना लगाएत जयकुमार लिम्बु, दिलीप थापा, आर्चरी खेलाडी होम बहादुर थापा लगाएतको उपस्थिती रहेको थियो । बौद्ध विहार संरक्षण केन्द्रको ६ कट्टा क्षेत्रमा फैलिएको जग्गामा दाताले निमार्ण कार्यमा सहयोग गरिदिने भएपछि दोधारा चाँदनीका बौद्ध धर्ममा आस्था राख्ने धर्मालम्बीहरु खशी भएका छन् । विहारको निमार्णमा एक कोठे भवन तथा एक बिश्राम स्थल निमार्ण गरिने बताईएको छ् । उक्त निमार्ण कार्यमा करिब ४ देखि ५ लाख सम्मको खर्चा आउने आकंलन गरिएको छ् । आउदो बोद्ध जयन्ती सम्म निमार्ण कार्य सम्पन्न गरि उद्धघाटन गर्ने लक्ष्य राखिएको बौद्ध विहार संरक्षण केन्द्र दोधारा चाँदनीले जानकारी दिएको छ् ।
हिजोदेखि कलेजो अनसनमा छ
आजदेखि मुटु आन्दोलनमा छ
मस्तिष्क छुट्टै मान्छे हुँ भन्छ
कानले सधैँ उल्टोमात्र सुन्छ
टाउको भन्छ म भन्दा
कोहि छैन माथी
पैताला भन्छ सधैँ
दबिन्न साथी
मुखले मात्र खायो भन्दै
हत्केला रिसाउछ
कति बोक्नु एक्लै भन्दै
पेट दुःख बिसाउछ
छाती मलाई छुट्टै
मान्छे भन् भन्छ
पाखुरा आफ्नै
बाहुबल कहन्छ
आजभोलि
मेरा प्रत्येक अंग
छुट्टाछुट्टै मान्छे हुँ भन्छन्
आफू आफैसँग प्रश्न गर्छु
खै म एउटा मान्छे हुँ
वा मेरा प्रत्येक अंग
छुट्टाछुट्टै मान्छे हुन् ?
सोच्दासोच्दै सिकिस्त म
अब ‘म’ नरहन सक्छु
कोहि आएर बचाऊ मलाई
अर्थात बचाऊ मेरो देशलाई ।।
काठमाडौं ।
स्वयम्भू भगवान्पाउ नजिकै प्रहरी र अपहरणकारीबीच आज गोली हानाहान भएको छ ।
अपहरणमा परेकालाई छुटाउने क्रममा प्रहरीको गोली लागि अपहरणकारी घाइते भएको र तीनजनालाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
समूहले गत बिहीबार नुवाकोट घर भई काठमाडौं बस्दै आएका तीनजनालाई अपहरण गरी उनीहरुको परिवारसँग छ लाख ५० हजार रुपैयाँ फिरौती रकम माग गरेको थियो ।
त्यसको सूचना पाएपछि महाशाखाको प्रहरी टोलीले आज अपहरणकारीलाई नियन्त्रणमा लिने प्रयास गर्दा अपहरणकारी समूहले गोली प्रहार गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले प्रहार गरेको गोली घुँडामुनि लागि नुवाकोटका जीवन लामा भन्ने दुर्गाबहादुर तामाङ घाइते भएका छन् । उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको महाशाखाका प्रमुख अमात्यले जानकारी दिनुभयो ।
अपहरणकारी समूहका सचिन खवास र वीरबहादुर तामाङलाई समेत प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको छ ।
अपहरणकारी छ जनाभन्दा बढी रहेकामा अन्य अपहरणकारी भने भागेकाले उनीहरुको खोजी कार्य जारी रहेको वरिष्ठ उपरीक्षक अमात्यले जानकारी दिनुभयो ।
भक्तपुर ।
क्यान्सरका बिरामीलाई उपचारका लागि सहज रुपमा आउने–जाने व्यवस्था गर्न भक्तपुर क्यान्सर अस्पतालले आजदेखि निःशुल्क बस सेवा सुरु गरेको छ ।
अस्पतालले बिहान साँढे पाँचदेखि साँझ साँढे आठ बजेसम्म दुईवटा बसबाट बिरामी ल्याउन र लाने व्यवस्था गर्दै यातायात सेवा सुरु गरेको हो ।
भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामी तथा बिरामीका कुरुवाका लागि सेवा दिने उद्देश्यले बस सेवा सञ्चालन गरेको अस्पतालले जनाएको छ ।
दाङ ।
दाङको घोराहीमा एकजना व्यक्तिको बस भित्रै जलेर मृत्यु भएको छ ।
घोराही–१० स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको ना३ख ९०२२ नं. को बसमा गएराती आगलागी हुँदा बसभित्र रहेका एकजनाको जलेर मृत्यु भएको दाङका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभएको छ ।
आगलागी हुँदा बस भित्रै सुतिरहेका ती व्यक्तिको जलेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ । मृत्यु हुनेमा अन्दाजी २५ वर्षीय व्यक्ति रहेका छन् ।