बस भित्रै जलेर १ जनाको मृत्यु

फाल्गुन २१, २०७३ मा प्रकाशित | 833 views

दाङ ।
दाङको घोराहीमा एकजना व्यक्तिको बस भित्रै जलेर मृत्यु भएको छ ।

घोराही–१० स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको ना३ख ९०२२ नं. को बसमा गएराती आगलागी हुँदा बसभित्र रहेका एकजनाको जलेर मृत्यु भएको दाङका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभएको छ ।

आगलागी हुँदा बस भित्रै सुतिरहेका ती व्यक्तिको जलेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ । मृत्यु हुनेमा अन्दाजी २५ वर्षीय व्यक्ति रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web