स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान

फाल्गुन २१, २०७३ मा प्रकाशित | 1187 views

काठमाडौं ।
स्वयम्भू भगवान्पाउ नजिकै प्रहरी र अपहरणकारीबीच आज गोली हानाहान भएको छ ।

अपहरणमा परेकालाई छुटाउने क्रममा प्रहरीको गोली लागि अपहरणकारी घाइते भएको र तीनजनालाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।

समूहले गत बिहीबार नुवाकोट घर भई काठमाडौं बस्दै आएका तीनजनालाई अपहरण गरी उनीहरुको परिवारसँग छ लाख ५० हजार रुपैयाँ फिरौती रकम माग गरेको थियो ।

त्यसको सूचना पाएपछि महाशाखाको प्रहरी टोलीले आज अपहरणकारीलाई नियन्त्रणमा लिने प्रयास गर्दा अपहरणकारी समूहले गोली प्रहार गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले प्रहार गरेको गोली घुँडामुनि लागि नुवाकोटका जीवन लामा भन्ने दुर्गाबहादुर तामाङ घाइते भएका छन् । उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको महाशाखाका प्रमुख अमात्यले जानकारी दिनुभयो ।

अपहरणकारी समूहका सचिन खवास र वीरबहादुर तामाङलाई समेत प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको छ ।

अपहरणकारी छ जनाभन्दा बढी रहेकामा अन्य अपहरणकारी भने भागेकाले उनीहरुको खोजी कार्य जारी रहेको वरिष्ठ उपरीक्षक अमात्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web