काठमाडौं ।
नेकपा (एमाले) ले पार्टीको केन्द्रीय कमिटीमा तराई मधेस मूलका २१ जना नेतालाई केन्द्रीय कमिटीको पूर्ण र वैकल्पिक सदस्यमा मनोनयन गरेको छ ।

पार्टी स्थायी कमिटीको स्थायी कमिटी बैठकले रघुवीर महासेठ, रामचन्द्र यादव, धर्मनाथ यादव, धर्मनाथ साह, रामदयाल मण्डल, रवीन्द्र्र बैठा, यदुवंश झा, गङ्गा यादव, रामचन्द्र तेली, रत्नेश्वर गोइत, लालबाबु यादव र हरिनायण महतोलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

यस्तै वैकल्पिक केन्द्रीय सदस्यमा नारदमुनी राना, मञ्जु चौधरी, हरि राजवंशी, सरोज यादव, महम्मद हारुन, जुली महतो, शान्ता चौधरी र सरला यादवलाई मनोनयन गरेको एमालेले जनाएको छ ।

काठमाडौं ।
दुई दिने अन्तराष्ट्रिय लगानी सम्मेलनका क्रममा विभिन्न मुलुकका लगानीकर्ताहरुले सबै भन्दा बढी जलविद्युतमा लगानीका लागि प्रतिवद्धता जनाएका छन् ।

सम्मेलनमा जलविद्युतको क्षेत्रमा मात्र लगानीको लागि ६ खर्ब भन्दा बढीको प्रतिवद्धता आएको छ । यस्तो लगानीको प्रतिवद्धता गर्ने कम्पनीहरुमा सबै भन्दा बढी चिनिया रहेका छन् ।

चिनिया कम्पनीहरुले मात्रै जलविद्युतमा करिव ५ खर्बको लगानीको प्रतिवद्धता जनाएका छन् ।

लगानी बोर्डका अनुसार जलविद्युत् पछि एअरपोर्ट तथा पूर्वाधार आयोजनामा लगानीकर्ताले लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । खाद्यान्य तथा स्टील तथा खानी उद्योग पनि लगानीकर्ताको प्राथमिकता परेको छ ।

लगानी सम्मेलनमा सबैभन्दा बढी लगानी गर्ने प्रतिबद्धता चीनले गरेको छ । चीनबाट सम्मेलनमा सबैभन्दा बढी सहभागिता थियो । चीनको चाइना मेसिनरी एक्लैले ३ खर्ब लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

काठमाडौं ।
संकटा क्लब तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ ।

रुपन्देहिमा शनिबार सम्पन्न फाईनलमा संकटा क्लबले नपाल आर्मी क्लबलाई २÷१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हाम्रा बुटबल समाचारदाता डायलशन अधिकारीले जनाएका छन् ।

नेपाल आर्मी क्लबले खेलको ३० औँ मिनेटमा राजिब गुरुङ्गको गोल मार्पmत अग्रता लिएको थियो ।

मध्यान्तरको अघिको अतिरिक्त संकटाका निराजन खड्काले पहिले बराबरी गोल फर्काएका थिए भने खेलको ८५ औँ मिनेटमा निराजनले फेरी संकटाका लागि दोस्रो तथा खेलको निर्णायक गोल गरेका थिए ।

प्रथम हुँदै संकटा क्लबले ५ लाख ५५ हजार ५ सय ५५ रुपैँया प्राप्त गरेको छ भने दोस्रो भएको नेपाल आर्मी क्लबले ३ लाख ३३ हजार ३ सय ३३ रुपैँया प्राप्त गरेको छ ।

प्रतियोगितामा संकटा क्लबका गोलकिप्पर विनय श्रेष्ठ, नेपाल आर्मी क्लबका डिफेन्डर हिरन्य मगर, संकटाका मिड्फिल्डर निराजन खड्का उत्कृष्ट घोषित हुँदै समान १५ हजार रुपैँया प्राप्त गरेका थिए ।

उत्कृष्ट प्रशिक्षक घोषित भएका संकटा क्लबका सल्यान खड्गीले २० हजार रुपैँया प्राप्त गरेका थिए ।

प्रतियोगितामा सर्वाधिक ३ गोल गरेका नेपाल आर्मीका दिप लामाले पनि १५ हजार रुपैँया प्राप्त गरेका थिए ।

यसैगरि प्रतियोगिता कै सर्वोत्कृट खेलाडि घोषित भएका आयोजक रुपन्देहि ११ का किप्पर दिलिप क्षेत्रीले एउटा स्कुटर प्राप्त गरेका थिए ।

A total of 32 metric tones of solid waste has been extracted while cleaning of the major rivers in Kathmandu on Saturday.

A Campaigner has said 16 metric tonnes of solid waste has scooped out from the area from Koteshwor Mahadev Temple to Manohara River confluence as part of the 199th week of Bagmati cleaning campaign.

Members of the High-powered Bagmati Civilization Integrated Development Committee, Kathmandu Metropolis officials, Nepal Army, Nepal Police and Armed Police Personnel, members of publics and school students in around 700 numbers in total joined cleanliness campaign led by Nepali Ambassador to the China, Leelamani Poudel.

With the objective of spreading the message of national unity and self-dignity, a 15-feet-long national flag has been flown at the mausoleum of Kalu Pandey, the commander of the Gorkhali forces during the unification campaign of Nepal, at Dahachowk.

The flag hoisting is a part of the tourism development programme launched by the Indradaha Integrated Development Committee to promote tourism in the area.

The place where the national flag has been hoisted is 2300 meters above the sea level.

Speaking at the event, Nepali Congress leader and lawmaker Dhyan Gobinda Ranjit expressed hope that hoisting the flag would disseminate a message of social unity and promote tourism.

Likewise, CPN-UML leader and lawmaker Rameshwor Phuyal said foreign interference has increased due to the weakening of national unity.
The committee chairman Hari Sharan Thapa underscored the need for all political parties to rise above partisan interest for nationality. ##

The main opposition CPN (UML) chair and former Prime Minister KP Sharma Oli has said that the party will not follow the order of any other forces except Nepali people in the issues of nationality.

While inaugurating the Mechi-Mahakali campaign launched from Jhapa today, chair Oli said that the date for local poll has been announced due to UML's pressure and it should be held at any cost.

Leader Oli said that the constitution amendment bill cannot be passed at any cost, as it is against the national interest and will of the people.

Similarly, party general secretary Ishwar Pokharel said that the campaign has been launched to strengthen social harmony.

Party senior leader Jhalnath Khanal, leader Madhav Kumar Nepal, vice chairs Bamdev Gautam and Bhim Rawal, standing committee members Subas Nembang and Satya Narayan Mandal among other central leaders were present on the occasion.

As the date for long overdue local elections has been announced for May 14 this year, the excitement amongst the people, mostly eligible voters, has escalated in Jhapa.

A total of 503,173 voters are registered at the District Election Office (DEO), Jhapa of them, 253,030 are women, 250,139 men and four from LGBTI community.

Nepali Congress (NC) Jhapa Chapter President Uddav Thapa said that the public were excited for election as they believe that election of people's representative at local bodies would facilitate them to avail government services conveniently.

CPN-UML Jhapa Chapter Chairperson Chintan Pathak informed that UML is gearing up for the election for which the current major opposition is waging nation-wide campaign.

The standing committee meeting of the CPN (UML) has expanded its central committee.
The meeting has nominated 22 members from Tarai-Madhesh region as central members, alternative members and advisors of the party.

According to a press statement issued by head of party publicity department, Yogesh Bhattarai, the nominated members are Raghubir Mahaseth, Dharmanath Prasad Shah, Ramchandra Yadav, Dharmanath Yadav, Ganga Yadav, Ramdayal Mandal, Rabindra Baitha, Ramchandra Sah, Harinarayan Mahato, Ratneshwar Goit, Lal Babu Yadav and Yadubansha Jha. They have been nominated as the central committee members of the party.

Likewise, Juli Mahato, Naradmani Rana, Manju Chaudhary, Shanta Chaudhary, Hari Rajbanshi, Saroj Yadav, Sudhir Shah and Sarala Yadav were nominated as the alternate members.

Similarly, the meeting has nominated Hanuman Chaudhary and Mayaram Chaudhary from Province 7 as the central advisory members.

The party took this decision on the eve of the Mechi-Mahakali campaign that kicked off from Jhapa earlier today.

खुला पत्र मेरो मित्र रबिन्द्रलाई

रबिन्द्र,
तिमीले अहिले सम्म आफ्नो पेशाबाट पुर्याएको योगदानलाई साधुबाद….जहिले सत्य को पक्षमा बोल्यौ, लड्यौ र सकारात्मक सोच लिएर राष्ट्रका लागि समर्पित भएर काम गर्यौ! आफ्नो बिषिष्टअनुभव र बुझेका सांसारिक ज्ञान र निर्दिष्ट तत्वबोधहरु निर्धक्क भएर पस्क्यौ!
कहिले डग्मगाएनौ आफ्नो प्रगतिशिल बिचारहरु राख्न । आफ्नो आवाजलाई कहिले दबाएनौ गरीब दु:खी को लागि बोल्नलाई होस या भ्रष्टाचारी बिरुद्ध बोल्न लाई! सँधै एकै रफ्तार मा अघि बढ्यौ।

अतितकालिन रत्न-राज्यका हाम्रा किशोरकालिन दिन हरु देखि आज पर्यन्त त्यही रबिन्द्र नै पाएँ मैले परिष्कृत तर कुनै परिवर्तन बिनाको ।

त्यही सरल स्वभाव्, त्यही नेतृत्वदायी भाव, त्यही मिठो मुस्कान्, त्यही हठ रहित शान्त मिलनसार र गम्भिर मिजास, अनि त्यही सहयोगी मन र त्यही जुझारु ब्यक्ती जस्ले अन्याय सहन सक्दैन थियो र सकेन कहिले पनि !

तिमी पत्रकारिता मा छउञ्जेल पित-पत्रुकारितालाई पैतालाले कुल्चीरह्यौ। तर आज यसरी तिमीले सफलताको गगन गमन गरीरहेको पेशा लाई छोडी अन्यौल्, अब्यवस्थित्, फोहोरी, लुब्ध र अँध्यारो नितान्त भिन्न जगतमा पाइला चाल्ने तिम्रो निर्णयलाई स्वागत गर्दछु,यस कारण कि तिमी जस्तोको खाँचो छ त्यहाँ जहाँ निस्वार्थ,निश्पक्ष,र निडर Leader को खडेरी छ् !

तिम्रो त्याग, आँट र स्वप्निल दुस्साहसको कदर गर्छु! अझ चुनौतिपुर्ण र प्रतिबद्ध देश बिकास प्रतिको लागि सलाम छ मेरो मित्रलाई ।

तिमीले बोल्दै गरेको "खान पुगोस-दिन पुगोस" जस्ता सामन्ती शब्दावली र "भष्टाचारीलाई किरा परोस" खालका दैबिक श्राप भन्दा माथी उठेर "खान नपाउनेलाई खान पुग्ने युग हाम्रो गन्तब्य" र "भ्रष्टाचारी जेलमा सडोस" को संकल्प नयाँ पुस्ताले तिमी बाट अपेक्षा जो गर्छ गरीरहेछ । सच्याउने छौ । यस्ता अर्थहिन नाराले तिम्रो बौद्धिकतालाई गिज्याएको छ ।

म पनि त्यही अपेक्षा राख्छु। आज नेपालमा खाचो भनेको नै एउटा असल्, इमान्दार्, देश भक्त नेता हो! यहि तिमी बाट देशले प्राप्त गरेर कायापलट भैदियोस, केवल एउटा ब्यक्ती ले ल्याउन सक्छ परिवर्तन पुरै पार्टी या ठुलो जमात चाहिन्न! नेता एक कार्यकर्ता अनेक् !

आफु भित्र भएको सबै सदगुणलाई ब्यवस्थित गर्दै सुदुरगामी यात्राका लागी मेरो शुभ-कामना र सबै भएर पनि केही नभएको देशलाई मात्र"सबै भएको" देश बनाउने महाँयात्राको थालनी गरीदेउ ।

दैनिक ३ हजार भन्दा ज्यादा युवाको सस्तो र जोखिम-युक्त श्रमबजारमा पसिना घोट्नु पर्ने बाध्यात्मक बिदेश गमनलाई यहीँ रोजगारी सृजना गरेर रोकी देउ, बृद्धहरुको लागि दुई गाँस जाउलो र न्यानो बास उपलब्ध गराइ देउ, युवा जमात लाई सिप र शिक्षा पाउने आधार खडा गरिदेउ र बिशेष गरेर नारामा मात्र भ्रष्टहरुको बिरोधमात्र होइन, बृहद नेपाली शब्दकोष बाट भ्रष्टाचार नामको शब्दै Delete गरीदेउ

…………….जय चन्द्र सुर्य…………..
तिम्रो रत्न राज्य कलेजको अध्ययन ताकाको सखा…….

बिजय लामा

नेपाल एयरलाईन्सका वरिष्ठ पाइलट रहनुभएका बिजय लामाको यो बिचार उहाँको फेसबुकबाट साभार गरिएको हो

युएई ।
दुबई अन्तर्राष्ट्रिय बिमानस्थलले कार्टुन वा ब्ल्यांकेटमा डोरीले बाँधेको लगेज ल्याउन रोक लगाएको छ ।

लगेजसम्बन्धी नयाँ नियमावली सार्वजनिक गर्दै बिमानस्थलले यस्तो नयाँ नियम सार्वजनिक गरेको हो ।

नियमअनुसार दुबई एयरपोर्टले बाटुला वा गोलाकार ब्याग ल्याउन समेत रोक्ने भएको छ । च्याप्टो आकारका व्यागहरु मात्र ल्याउन पाइने सूचनामा जनाइएको छ ।

बिमानस्थलले अनियमीत आकारका व्यागहरुमाथि रोक लगाउन भन्दै निमयित र चलनचल्तीका ब्यागमात्र बोक्न आग्रह गरेको छ ।

लगेजहरुमा क्षमताभन्दा भारी वजन भएका सामग्री नराख्न सुझाव दिंदै एयरपोर्टले बढी तौल भएमा छुट नदिइने जनाएको छ ।

दुबई एयरपोर्ट भएर आवतजावत गर्ने एयरलाइन्सका प्रतिनिधिहरुलाई यस विषयमा जानकारी दिइसकिएको बताइएको छ ।

वैदेशिक रोजगारीबाट फर्किने अधिंकाशले आफ्नो लगेजको सुरक्षाको लागि भन्दै डोरीले बाँध्ने, धेरै चावी लगाउने, टेपले बेर्ने आर्दि गर्छन् । नयाँ नियम ८ मार्च २०१७ देखि लागू हुने सूचनामा उल्लेख छ ।

उदयपुर ।
फागुन १८ देखि उदयपुरको सदरमुकाम गाईघाटमा सञ्चालन भएको चौथो पूर्वाञ्चल महोत्सव झन–झन असुरक्षित बन्दै गएको छ ।

त्रियुगा उद्योग बाणिज्य संघ गाईघाट उदयपुरको आयोजनामा भएको सो महोत्सव झन–झन असुरक्षित बन्दै गएको हो ।

एसएलसी परिक्षाको मुखमा आयोजना भएको भन्दै आयोजकको चर्को आलोचना भईरहदा अहिले बिभिन्न बिकृति संगै मेलामा ग्याङ फाईट समेत हुने गरेको छ ।

साँझको समय सञ्चालन हुने सो मेलामा अबैधरुप ढंगले बिभिन्न खेलहरु समेत खेलाउदै आएको छ । मादक पदार्थ सेवन गरि आएका स्थानीय युवाहरुबिच शुक्रवार साँझ एक आपसमा ग्याङ फाईट भएको थियो । ग्याङ फाईटबाट आधा दर्जन युवाहरु घाईते भएको प्रहरीले जनाएको छ । एसएलसीको मुखमा मेला महोत्सव गर्ने स्विकृति दिएर एसएलसी तयारीका विद्यार्थीलाई असर पुर्याएको भन्दै जिल्ला प्रशासन कार्यालयको समेत स्थानीयहरुले आलोचना गर्दै आएको छ ।

“अन्य जिल्लामा एसएलसी सफल र मर्या्दित बनाउने काम गर्छ” स्थानीयहरु भन्छन् “उदयपुरमा भने स्थानीय प्रशासन स्वयमले विद्यार्थीलाई असर पुर्याउने काम गरेको छ” । चैत ३ देखिको एसएलसी परिक्षाको मुखमा पढ्ने बेलामा महोत्सवको होहल्लाले पढ्न नसकिएको एसएलसी तयारीका विद्यार्थी मौसम बनेमले बताएका छन् ।

मेलाभित्र मादकपदार्थ विक्री गर्ने र अबैधरुपमा विभिन्न खेल खेलाइएको मेलामा अधिकांश एसएलसी उमेर समुहका युवायुवतीहरु अलमलिने गरेका छन् । यतिबेला गाउँगाउँदेखि सदरमुकाम गाईघाटमा एसएलसी तयारीका लागि विद्यार्थी आएका छन् । दश किलोमिटर टाढासम्म घरमा पढ्न बसेका विद्यार्थीलाई महोत्सवको आवाजले बाधा पुर्याएपछि कतिपय विद्यार्थीहरु महोत्सवमै गएर रमझममा रमाउने गरेका छन् ।

एसएलसीको मुखमा मेला महोत्सव हुनाले विद्यार्थीप्रति साह्रै चिन्ता बढेको शिक्षक नरेश मिश्रले बताए । यस विषयमा प्रशासनको गम्भिर त्रुटी भएको स्थानीय अभिभावकहरुको भनाई छ । शुल्क अत्याधिक महंगो गर्ने र राती अबेरसम्म सन्चालन गरेर विकृति फैलाउने काम भइरहदासम्म स्थानीय प्रशासन आँखा चिम्लिरहेको छ ।

ब्यापार, पर्यटन प्रवर्धनको पाटो नाममात्रको राखेर अन्य कमाउधन्दा सन्चालन भईरहेको छ । कमाउधन्दाका लागि त्रियुगा उद्योग वाणिज्य संघले बर्षमा दुई दुई पटक आयोजना गरेको महोत्सवमा जिल्ला विकास समिति, त्रियुगा नगरपालिका, घरेलु तथा साना उद्योग विकास समिति लगायतले पनि लगानी गर्दा सरकारी निकायको गल्ती भएको छ ।

आधादर्जन एलएलसीको समयलाई प्रवाह नगरी तथा गरेको मेलामा दिनदिनै झमेला हुनुका साथै विद्यार्थीहरु रतमझममा भुलिएपछि स्थानीयले मेला बन्दको माग गरेका छन् । मेलाको अबैधानिकताका कारण सुरक्षाकर्मी नखटिदा दैनिक झमेला बढिरहेको छ । विहिबार बेलुका मेलामा मादक पदार्थ सेवन गरेका एक ब्यक्ति पिङबाट लडेर गम्भिर घाइते भएका छन् ।

झापा ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान आजदेखि शुरु भएको छ ।

आगामी निर्वाचनलाई लक्षित गरी एमालेले पूर्वी जिल्ला झापाको काँकडभिटृाबाट अभियानको शुरुवात गरेको हो ।

१५ दिने अभियानमा नेकपा एमाले पार्टीका शिर्षनेता सहित केन्द्रीय कार्यसमिति, पोलिटव्युरो तथा स्थायी समितिमा रहेका सम्पुर्ण नेताहरु सहभागि हुनुहुन्छ । अभियानमा पत्रकार, कलाकार, वुद्धिजीवी, स्वयंसेवक तथा शुभचिन्तक सहित एकहजार भन्दा बढीको सहभागिता रहेको छ ।

अभियानको उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले, नेकपा एमाले जनताको आदेश मान्ने पार्टी हो भन्दै जनता के चाहन्छन भन्ने बुझ्न पार्टीले राष्ट्रिय अभियान थालेको बताए ।

एमालेको दबावले नै सरकारले स्थानीय निकाय निर्वाचन घोषणा गरेको भन्दै उनले निर्वाचनको माहोैल बनाउन अभियानले मद्दत गर्ने बताए ।

एमाले अध्यक्ष ओलीले यो अभियान कुनै जाती, समुह वा पार्टी विशेषको विरोधको लागि नभइ सबै जातजाती र समग्र नेपाली समुदाय वीचको एकता अनि सदभाव वृद्धिको लागि भएको बताए ।

नेकपा एमाले संबिधान मान्ने पार्टी भएको भन्दै उनले एमालेको अभियानले संबिधान कार्यान्वयनमा सहयोग पुर्याउने दाबी गरे ।