डोरीले बाँधेको लगेज दुबई एयरपोर्टमा प्रतिबन्ध

फाल्गुन २१, २०७३ मा प्रकाशित | 1126 views

युएई ।
दुबई अन्तर्राष्ट्रिय बिमानस्थलले कार्टुन वा ब्ल्यांकेटमा डोरीले बाँधेको लगेज ल्याउन रोक लगाएको छ ।

लगेजसम्बन्धी नयाँ नियमावली सार्वजनिक गर्दै बिमानस्थलले यस्तो नयाँ नियम सार्वजनिक गरेको हो ।

नियमअनुसार दुबई एयरपोर्टले बाटुला वा गोलाकार ब्याग ल्याउन समेत रोक्ने भएको छ । च्याप्टो आकारका व्यागहरु मात्र ल्याउन पाइने सूचनामा जनाइएको छ ।

बिमानस्थलले अनियमीत आकारका व्यागहरुमाथि रोक लगाउन भन्दै निमयित र चलनचल्तीका ब्यागमात्र बोक्न आग्रह गरेको छ ।

लगेजहरुमा क्षमताभन्दा भारी वजन भएका सामग्री नराख्न सुझाव दिंदै एयरपोर्टले बढी तौल भएमा छुट नदिइने जनाएको छ ।

दुबई एयरपोर्ट भएर आवतजावत गर्ने एयरलाइन्सका प्रतिनिधिहरुलाई यस विषयमा जानकारी दिइसकिएको बताइएको छ ।

वैदेशिक रोजगारीबाट फर्किने अधिंकाशले आफ्नो लगेजको सुरक्षाको लागि भन्दै डोरीले बाँध्ने, धेरै चावी लगाउने, टेपले बेर्ने आर्दि गर्छन् । नयाँ नियम ८ मार्च २०१७ देखि लागू हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web