काठमाडौं ।
दुई दिने अन्तराष्ट्रिय लगानी सम्मेलनका क्रममा विभिन्न मुलुकका लगानीकर्ताहरुले सबै भन्दा बढी जलविद्युतमा लगानीका लागि प्रतिवद्धता जनाएका छन् ।

सम्मेलनमा जलविद्युतको क्षेत्रमा मात्र लगानीको लागि ६ खर्ब भन्दा बढीको प्रतिवद्धता आएको छ । यस्तो लगानीको प्रतिवद्धता गर्ने कम्पनीहरुमा सबै भन्दा बढी चिनिया रहेका छन् ।

चिनिया कम्पनीहरुले मात्रै जलविद्युतमा करिव ५ खर्बको लगानीको प्रतिवद्धता जनाएका छन् ।

लगानी बोर्डका अनुसार जलविद्युत् पछि एअरपोर्ट तथा पूर्वाधार आयोजनामा लगानीकर्ताले लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । खाद्यान्य तथा स्टील तथा खानी उद्योग पनि लगानीकर्ताको प्राथमिकता परेको छ ।

लगानी सम्मेलनमा सबैभन्दा बढी लगानी गर्ने प्रतिबद्धता चीनले गरेको छ । चीनबाट सम्मेलनमा सबैभन्दा बढी सहभागिता थियो । चीनको चाइना मेसिनरी एक्लैले ३ खर्ब लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

16.42¡ÆC