काठमाडौं ।
सरकारले ओमनका लागि राजदूत सिफारिस वैदेशिक रोजगार व्यवसायी शर्मिला पराजुली 'ढकाल' को नाम फिर्ता गर्ने निर्णय गरेर पनि फेरि सच्चाएर सुनुवाइका लागि पठाएको छ ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री पुष्पकमल दाहाल लाई दबाब दिएपछि अन्तत मन्त्रिपरिषद्को ‘माइन्युट’मा समवेश नभएको नाम पनि पुनः समावेश गरिएको हो।

‘राजदूत सिफारिस भएका दुई महिला र स्पेनका लागि सिफारिस भएकाको नाम माइन्युटमा समावेश थिएन,’ मन्त्रिपरिषद् स्रोतले भयो, ‘तर, प्रधानमन्त्रीले बिहीबार ओमनका लागि सिफारिस भएको नाम माइन्युटमा समावेश गरेर संसदीय सनुवाइमा पठाउने आदेश गरेपछि सोही अनुसार फाइल अघि बढेको हो।’

प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘गच्छदारको धेरै नै रोइकराई’ पछि प्रधानमन्त्रीले शर्मिलालाई फिर्ता गरेर पनि पुन निर्णय गर्न बाध्य भएका हुन्। परराष्ट्र मन्त्री महत लामा र ढकाल दुवैको नाम फिर्ता लिनुपर्ने पक्षमा थिए। गच्छदारले मन्त्री महतलाई ‘मेरो पार्टीको सिफारिसलाई कायमै राखिदिनुहोस्। मलाई उनको नाम फिर्ता लिन अप्ठ्यारो छ’ भनेका थिए।

गच्छदारको कोटाबाट ओमनको राजदूत सिफारीस भएकी ढकाल केपी ओली नेतृत्वको सरकारले पनि राजदूत सिफारिस गरेको थियो। त्यतिबेला सरकारमै सहभागी भएका गच्छदारनै उनलाई सिफारिस गरेका थिए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बने लगत्तै ओली सरकारले सिफारिस गरेको २२ मध्ये राजनीतिक कोटामा सिफारिस गरेका १४ राजदूतको नाम फिर्ता गरेको थियो। दाहाल नेतृत्वको सरकारले परराष्ट्र सेवाका आठ सहसचिवको नियुक्ति कायमै राखेपछि उनीहरु राजदूतका रुपमा सम्बन्धित देशमा गएको ५ महिना बितिसकेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कांग्रेस कोटाबाट सिफारिस भएकी आशा लामालाई भने अघिल्लो बिहीबार नै राजदूबाट फिर्ता गराएको थियो।

त्यस्तै सरकारले स्पेनमा नयाँ दूतावास खोल्ने निर्णयलाई तत्काल कार्यान्वयन नगनै निर्णय गरेको छ। स्पेनमा राजदूत सिफारिस भएका भरत रायमाझीको नाम तत्काल सुनुवाइमा नपठाउने सरकारको निर्णय छ। परराष्ट्र सचिव शंकर दास बैरागीले दूतावास खोल्नका लागि स्पेन सरकारसँग पूर्वसहमति लिने प्रक्रिया अघि बढाउन लागेको बताए।

‘स्पेनले हामीलाई दूतावास खोल्न सहमति दिएपछि रायमाझीको नाम सुनुवाई समितिमा पठाइनेछ’, उनले भने। रायमाझी राप्रपा अध्यक्ष कमल थापाका नाताले सम्धी पर्छन्। उनी राप्रपाको कोटाबाट राजदूत सिफारिस भएका हुन्।

बिहीबार संसदको संसदीय सुनुवाई समितिमा परराष्ट्र मन्त्रालयले पठाएको सूचीमा आशा लामाको नाम हटाइएको छ। शुक्रबार बिहान बसेको संसदीय सुनुवाई समितिको बैठकले सरकारले सिफारिस गरेका १२ राजदूतका बारेमा १० दिने सूचना जारी गरी उजुरी लिने निर्णय गरेको छ।

‘राजदूतको सिफारिस प्रक्रिया सुरु भैसकेको छ,’ संसदीय सुनुवाई समितिका सभापति केबी गुरुङले भने, ‘१० दिने उजुरी लिने सूचना जारी भएको छ। त्यस लगत्तै सुनुवाई प्रक्रिया अघि बढ्छ।’

सरकारले युवनाथ लम्साललाई डेनमार्क, लक्की शेर्पालाई अष्टे«लिया, महेन्द्रबहादुर सिंहलाई साउदी अरेबिया, पदम सुन्दाशलाई बहराइन, शर्मिला पराजुलीलाई ओमान, अर्जुनजंगबहादुर सिंहलाई दक्षिण कोरिया, भीम उदाशलाई म्यानमार र डा।चोपलाल भुषाललाई बंगलादेशको लागि राजदूत सिफारिस गरेको छ।

त्यस्तै विश्वम्भर प्याकुरेललाई श्रीलंका, रमेशप्रसाद कोइरालालाई कतार, प्रतिभा राणालाई जापान र निरञ्जन थापालाई इजरायलका लागि राजदूत सिफारिस री संसदीय सुनुवाईका लागि पठाएको हो ।

सिफारिस भएका रजादूतका बारेमा परेका उजुरीहरुका आधारमा संसदीय सुनुवाई समितिले छलफलमा अनुपयुक्त देखे दुई तिहाई बहुमतबाट बदर पनि गर्नसक्छ।

उनीहरुको संसदीय सुनुवाई सकिएपछि एग्रिमोका लागि सम्बन्धित मुलुकमा पत्र पठाएर स्वीकृत भएपछि मात्रै औपचारिक रुपमा नियुक्ति हुनेछ।
अन्नपूर्णपोष्टअनलाईनबाट साभार

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज पार्टीमा २७ पदाधिकारी मनोनयन गरेका छन् ।

पार्टीको विधानानुसार थापाले उपाध्यक्षमा दीपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ, टङ्क ढकाल, विक्रम पाण्डे र रामचन्द्र रायलाई जिम्मेवारी दिएका छन् ।

महामन्त्रीमा ध्रुवबहादुर प्रधान, राजेन्द्र लिङ्देन, धवलशम्शेर राणा, जयन्त चन्द र सुनिलबहादुर थापा तथा कोषाध्यक्षमा उद्धव पौडेल तथा प्रवक्तामा रोशन कार्की, सुशीलकुमार श्रेष्ठ र भुवन पाठकलाई मनोनयन गरिएको छ ।

यसैगरी, सहमहामन्त्रीमा हेमजङ्ग गुरुङ, नीलकण्ठ काफ्ले, राम थापा र चन्द्रबहादुर गुरुङले जिम्मेवारी पाएका छन् ।

सहायक महामन्त्रीमा भने बृजलाल यादव, कुन्तीकुमारी शाही, मनोज प्रधान, राजाराम बर्तौला, बिन्दु पहाडी र राजेन्द्रप्रसाद श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

सहप्रवक्तामा मोहन श्रेष्ठ तथा सहायक कोषाध्यक्षमा गिरिधर परियारलाई मनोनयन गरिएको छ । विधानानुसार अध्यक्षको नेतृत्वमा ३१ सदस्यीय पदाधिकारी गठन गर्नुपर्नेमा अब एक÷एक सहमहामन्त्री, सहायक महामन्त्री र सहप्रवक्ता मनोनयन गर्न बाँकी छ ।

पार्टीको केन्द्रीय कार्यसमितिको आजै बसेको बैठकले ‘गाई’ चुनाव चिह्न कायम गर्ने निर्णय गरेको छ ।

बैठकले मुलुकलाई सनातन धर्म कायम गर्न आगामी चैत ८ देखि १२ गतेसम्म देशभर ‘राष्ट्रिय एकता यात्रा’ गर्ने निर्णय पनि गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

झापा ।
नेकपा 'एमाले' का अध्यक्ष केपी शर्मा ओलीले १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचन अब कसैले रोक्न नसक्ने बताएका छन् ।

अध्यक्ष ओलीले झापा विद्रोहलगायतका थुप्रै संघर्षहरुको उपलब्धिलाई लोकतान्त्रिक संविधानको कार्यान्वयनमार्फत संस्थागत गर्दै मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने बताए ।

काठमाडौं ।
राजधानीमा आयोजत दुई दिने ‘नेपाल लगानी सम्मेलन’ करिब १४ खर्बको लगानी प्रतिबद्धतासहित सम्पन्न भएको छ ।

वैदेशिक लगानी भित्र्याउने उद्देश्यले आज आयोजित सम्मेलन समापनका अवसरमा पत्रकार सम्मेलनमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले सम्मेलनमा सहभागी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित रहेको बताउनुभयो ।

उहाँले प्राप्त प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउने विश्वास व्यक्त गर्दै उद्योग मन्त्रालयले त्यसका लागि निरन्तर पहल गर्ने र लगानीकर्ताको सम्पर्कमा रहने बताउनुभयो ।

उद्योग मन्त्रालय, लगानी बोर्ड र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजना तथा निजी क्षेत्रको सहयोगमा भएको सम्मेलनमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले अघि बढाएका नीतिगत, प्रशासनिक एवम् कानुनी सुधारका प्रयासका बारेमा सहभागीलाई जानकारी दिइएको थियोे ।

सम्मेलनमा सबैभन्दा बढी चिनियाँ लगानीकर्ता सहभागी थिए । उनीहरुले आठ खर्ब ३० अर्ब रुपैयाँको लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

त्यसैगरी बङ्गलादेशबाट सहभागी भएका लगानीकर्ताले दुई खर्बभन्दा बढी नेपालमा लगानी गर्ने विश्वास दिलाएका छन् ।

त्यसैगरी भारतका लगानीकर्ताले ३१ अर्ब ७० करोडको लगानी गर्ने विश्वास दिलाएका छन् भने जापान र बेलायतबाट सहभागी लगानीकर्ताले एक÷एक खर्बको लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्मेलनमा श्रीलंका, मलेसियालगायतका देशका लगानीकर्ताले नेपालमा लगानी गर्न इच्छा व्यक्त गरेका छन् ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनमा सहभागी लगानीकर्ताबाट आएको प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने वातावरण बनाउने विश्वास दिलाउनुभयो ।

सम्मेलनमा उर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादन लगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न विषयगत शत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तु गरियो ।

सरकारले नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएको नौ क्षेत्रमा केन्द्रित गरेर आयोजना गरिएको सम्मेलनबाट एक खर्ब लगानीको प्रतिबद्धता आउने विश्वास लिएको थियो ।

सहभागितका लागि भारत, चीन, बंगलादेश, श्रीलंका, सिंगापुर, हङकङ, मलेशिया, अष्ट्रेलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रुस, क्यानडा, बेलायत, दक्षिण कोरिया, फिनल्याण्ड, इरान, टर्की लगायत दुई दर्जन मुलुकका झण्डै २५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको सहभागिता थियो ।

काठमाडौं ।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले छिट्टै दूरसञ्चार नीति परिमार्जन गरिने बताउनु भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको १९ औ वार्षिकोत्सवका उपलक्षमा आज काठमाडौंमा आयोजित कार्यक्रममा सचिव गुरुङ्गले प्रविधिलाई आत्मसाथ नगरेसम्म विकासले गतिलिन नसक्ने भएकाले सूचना प्रविधिमा आएको विकास संगै दूरसञ्चार नीति परिमार्जन गर्न लागिएको जानकारी दिनुभयो ।

सचिव गुरुङ्गले दूरसञ्चार सेवा प्रदायकहरुले सेवाको गुणस्तरमा सुधार गरी उपभोक्ताहरुको हितहुने गरी सेवा विस्तार गर्नुपर्नेमा जोडदिनुभयो ।
प्राधिकरणका अध्यक्ष दिगम्बर झाले दूरसञ्चार पूर्वाधारको विकासलाई तिव्रताका साथ अघि बढाएको बताउनुभयो ।

उहाँले सेवाप्रदायकहरुले लगानीको १५ प्रतिशत प्राधिकरणले तोकेको ग्रामीण क्षेत्रमा लगानी गर्नुपर्ने प्रावधानलाई कडाइका साथ लागू गरिने जानकारी दिनुभयो ।
अध्यक्ष झाले पहाडी क्षेत्रमा Multi Technology र तराईमा Optical Fiber बाट सवै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिने उल्लेख गनुभयो ।

प्राधिकरणका निर्देशक आनन्दराज खनालले सेवाप्रदायकहरुले गुणस्तरिय सेवा प्रवाहमा ध्यानदिनुपर्ने उल्लेख गर्नुभयो ।
भूकम्प प्रभावित ११ जिल्लामा उच्च गतिको इन्टरनेट सेवा विस्तारको कार्यशुरुभएको प्राधिकरणले जनाएको छ ।

The two day's Nepal Investment Summit has concluded today with investors from various countries pledged to invest around 14 billion dollar.

Speaking to media persons at a press conference, Minister for Industry Nabindra Raj Joshi, said the summit proved to be immensely successful as investors are encouraged to invest in various mega projects in Nepal.

He further said the industry ministry will be in frequent touch with the investors to implement the commitment they made during the summit.
The mega event was organized jointly by the Ministry of Industry, the Investment Board Nepal and the National Planning Commission with the theme of 'Harnessing Investment Opportunities in Nepal.

Chief executive officer of the investment board Mahaprasad Adhikari said trustworthy environment will be created to take the pledged amount into implementation.
China is on the top in terms of pledged amount as investors from China submitted letters of intent worth $8.30 billion.

Investors from Bangladesh pledged projects of $2.40 billion. Japanese investors pledged 1 billion while British investors pledged for the equal amount. Likewise, Sri Lankan investors gave commitment for $ 0.50 billion and Indian pledged for $317 million. During the summit, Nepali businessmen pledged of investing 11.5 million.

Businessmen and investors from China, US, European countries, Australia Singapore, Hong Kong, Canada, Russia, Gulf countries and some African countries, South Korea among others, participated in the mega investment summit.

CPN (UML) chair and former Prime Minister KP Sharma Oli has stressed on holding three-tier of elections in time.

While inaugurating a newly constructed community building in Jhapa today, chair Oli said no forces could stop from holding local poll as it is going to take place after 19 years.

China has handed over the Araniko highway to Nepal after repairing it.

The 114 kilometres long highway from Kathmandu to Tatopani of Sindhupalchok district was damaged at five different places by the April 25, devastating earthquake in 2015, disrupting vehicular movement.

The highway was repaired with Chinese grant assistance equivalent to Rs 760 million.

Ambassador of China to Nepal, Ms Yu Hong handed over papers related to the highway repair to Secretary at the Ministry of Physical Infrastructure and Transport, Dhana Bahadur Tamang, at a ceremony held at the Ministry today.

Chinese ambassador Yu said the highway repair is one of the areas among others that the China has assisted Nepal in the post-earthquake reconstruction.

The central committee meeting of the Rastriya Prajatantra Party (RPP) has unanimously decided on the cow as the electoral symbol of the party.

The faction close to Pashupati Shamsher Rana and Prakash Chandra Lohani, were retaining the plough as the electoral symbol, while those from the Kamal Thapa's faction had sought to continue with the cow.

The meeting further has decided to launch 'national unity procession campaign' to be kicked off from June 21 to 25 across the country, said leader Rajaram Shrestha.

The meeting has further welcomed the local poll and has urged the government to address the genuine demands of Tarai parties.

टोकियो ।
प्रदर्शन अघिनै अग्रिम टिकट बुकिगं गरेर फेब्रुवरी २५ को पहिलो शो रेकर्ड गराएको लुट २ चलचित्रले नागोया प्रदर्शन पनि हाउसफुल प्रदर्शन गरेको छ ।

२६ र २७ फेब्रुवरीको नागोयाको दुवै प्रदर्शन समेत हाउसफुल गरेको लुट २ गुन्माकेनमा समेत हाउसफुल प्रदर्शन भएको छ ।

चलचित्रको जापानमा चौथो शो तथा टोकियोको लागि दोस्रो शो यहि मार्च ५ मा राजधानी टोकियोमा हुँदैछ ।

जापानमा चलचित्र लुट २ को विक्रि अधिकार पाएको टोक्यो ड्रिम्स टिमले ५ तारिखको टोकियो शोको अधिकाशं टिकट बुकिगं सकिएको जानकारी दिएको छ ।

आयोजकका अनुसार केही टिकट मात्र विक्रिका लागि लगिएका ठाउँमा बाँकी रहेको जानकारी आएकाले समयमै टिकट बुकिगं गराउन सबैलाई अनुरोध गरेको छ ।

प्रदर्शनको तेस्रो हप्तामा देशभरका चलचित्रघरमा प्रदर्शन भइरहेको सफल चलचित्र लुट २ जापानमा टोकियोमा रहेको मेगुरो कुमिन सेन्टरमा प्रदर्शन हुँदैछ । साँझ ६ बजेबाट प्रदर्शन हुने चलचित्रको सकेसम्म छिटो टिकट बुकिगं गराएर टिकट सुरक्षित बनाउन र समयमै उपस्थित भइदिन आयोजकले सबैमा अनुरोध गरेको छ ।

चलचित्र लुट २ जापानको ओसाका, गुन्माकेन, फुकुओका, तोचिगी, सिजुओका लगायत स्थानमा प्रदर्शन हुँदैछ । जसको विवरण तल उल्लेख छ ।

चलचित्र लुट २ को जापान प्रदर्शनको टपनेपालन्युजडटकम मिडिया पार्टनरको रुपमा रहेको छ ।

Tokyo 2nd show 5th march
Meguro kumin center / 17:30

Osaka : 6th march/ 18:30
Hyogoken kobeshi chuo-ku
Shimoyamatedori 4-16-3

Okinawa : 8th March / 18:00
Nahashi Wakasa Community Center

Fukuoka : 10th March / 18:00
Fukuoka Minami Shimin center
11th March / 18:30
136-1 Oitai Ogoori, fukuoka

Shizuoka: 12th March/ 17:30
Shizuoka Citizen Culture Center

जापानमा 'लुट २' को प्रदर्शन अघि नै 'टु' रेकर्ड

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भियतनामका सहायक विदेश मन्त्री फाम सान चाउले भेट गर्नुभएको छ । चाउले शुक्रबार बिहान बालुवाटारमा पुगी प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो ।

भेटमा प्रधानमन्त्रीले भियतनामको राजनीतिक क्रान्तिबाट आफू प्रेरित भएको बताउँदै भियतनामीको स्वाभिमानप्रति आफ्नो उच्च सम्मान रहेको बताउनु भयो ।

भियतनामले द्रुत आर्थिक विकास र युद्धपछिको पुनर्निर्माणमा राम्रो प्रगति गरेको भन्दै प्रधानमन्त्रीले त्यसबाट आफूले शिक्षा लिएको बताउनु भयो ।

प्रधानमन्त्रीले सेना समायोजन र हतियार व्यवस्थापन विश्वका लागि शिक्षाप्रद भएको भन्दै नेपाल संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा अगाडि बढेको जानकारी दिनुभयो ।

कृषि, प्रविधि, जलविद्युत र पर्यटनमा नेपालले भियतनामसँग सहकार्य गर्न इच्छुक रहेको प्रधानमन्त्रीले बताउनु भयो ।

भेटमा चाउले प्रधानमन्त्रीलाई भियतनाम भ्रमणको निम्तो दिँदै नेपालमा आर्थिक विकासका प्रशस्त सम्भावना रहेको बताउनु भयो । चाउले जलविद्युतको क्षेत्रमा भियतनाम पनि नेपालसँग सहकार्य गर्न ईच्छुक रहेको बताउँदै त्यसका लागि सहकार्य जारी राख्ने बताउनु भयो ।

At least 57 al-Shabab fighters were killed after African Union (AU) and Somali forces attacked one of the armed group's camps in the southern region of Juba.

In a post on Twitter, AU's peacekeeping mission in Somalia said that vehicles and equipment were destroyed in Thursday's morning assault on the al-Shabab base outside Afmadow, a town about 100km inland from the Somali port of Kismayo.

However, the al-Shabab has said the armed group's fighters had ambushed Kenyan soldiers, prompting them to call in air support, and the armed group had lost no one in the clashes.

Palmyra: Syrian forces 'completely retake' IS-held town

Syrian government forces and their Russian backers have completely recaptured the ancient city of Palmyra from so-called Islamic State (IS) militants.

The army and other pro-government forces were reported to have entered deep into the city after IS pulled out. It ends the second occupation of Palmyra by the jihadists.