एमाले कार्यक्रम बिथोल्न मोर्चाका उग्र कार्यकर्ता लाठी सहित प्रदर्शनमा (फोटो फिचर)

फाल्गुन २३, २०७३ मा प्रकाशित | 1220 views

सप्तरी ।
नेकपा एमालेको मेची–महाकाली अभियान अन्र्तगत राजविराजमा हुन लागेको सभा विथोल्न मधेशी मोर्चाका उग्र कार्यकर्ताहरु लाठी सहित प्रदर्शनमा उत्रेका छन् ।

मोर्चाले एमालेलाई तराईका छिर्न नदिने कार्यक्रम बिथोल्ने भन्दै कार्यकर्ता उक्साएपछि मोर्चा आवद्ध दलका उग्र कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् ।

मोर्चाका कार्यकर्ताहरुले सप्तरी सदरमुकाम राजविराज सहित जिल्लाको भारदह, कञ्चनपुर, रुपनी लगायतका स्थानमा प्रदर्शन गर्नुका साथै पूर्व–पश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । राजमार्ग अवरुद्ध हुँदै सयौं यात्रु अलपत्र परेका छन् ।

यसै बिच लाठी सहित प्रदर्शनमा उत्रिएर गुडिरहेका र रोकि राखेका गाडी तोडफोड गर्ने एक दर्जन बडी मोर्चा आवद्ध उग्र कार्यकताहरुलाई सप्तरी प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष दिनेश
यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका मुकेश कर्ण सहित एक दर्जन
कार्यकर्तालाई प्रहरीले जिल्लाको रुपनी तथा बरमझियाबाट नियन्त्रमा लिएको हो

मोर्चाका कार्यकर्ताहरुले राजविराजमा अहिले कालो झण्डा सहित लाठी जुलुस प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web