अप्रत्यासित नतिजा निकाल्दै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, फागुन २६  । स्पेनिस क्लब बार्सिलोना  अप्रत्यासित नतिजा निकाल्दै च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा भएको दोस्रो लेगमा फ्रेन्च लिग क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ६–१ ले पराजित गर्दै समग्रमा ६–५ को जितसहित बार्सिलोनाले क्वाटरफाइनलमा स्थान बनाएको हो । पिएसजीको घरेलु मैदानमा भएको पहिलो लेगमा बार्सिलोना पिएसजीसँग ४–० ले हारेको थियो । तर, बार्सिलोनाले घरेलु मैदानमा भएको दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्यो । र, च्याम्पियन्स लिगको अन्तिम ८ मा स्थान बनायो ।

दोस्रो लेगमा पुनरागमन गरेको बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा इतिहासमा समेत नाम लेखाउन सफल भयो । बार्सिलोनाले अन्तिम १६ को पहिलो लेगमा ४–० को फराकिलो हार बेहोरेपनि दोस्रो लेगमा पुनरागमन गर्दै अन्तिम ८ मा पुग्ने टोलिको इतिहा बनाएको हो । घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनालाई शानदार जित दिलाउन नेइमारले दुई तथा लियोनल मेस्सी, लुइस स्वारेज र सर्गी रोबर्टोले गोल गरे । पिएसजीका लेविन कुर्जावाले आत्मघाती गोल गरे ।

पिएसजीका लागि एडिसन काभानीले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् । पाहुना टोलीमाथि हावी भएको बार्सिलोनाले खेलको तेस्रो मिनेटमा नै स्वारेजको गोलबाट सुरुवाती अग्रता लिएको थियो । ४० औं मिनेटमा पीएसजीका कुर्जावाले गरेको आत्मघाती गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता बनायो ।

दोस्रो हाफमा पनि बार्सिलोनाको गोल क्रम रोकिएन । खेलको ५० औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै मेस्सीले बार्सिलोनाको लागि तेस्रो गोल गरे । ६२ औं मिनेटमा काभानीले पिएसजीका लागि एक गोल फर्काए । तर, खेलको ८८ औं र ९१ औ मिनेटमा गरी नेइमारले दुई गोल गर्दै बार्सिलोनाको अग्रता ५–१ मा पुर्याए  ।

त्यसपछि खेलको इन्जुरी समयको अन्तिम सययम सर्गीले गोल गर्दै बार्सिलोनालाई ६–१ को जित दिलाए । र, बार्सिलोनाले पिएसजीमाथी पहिलो लेगमा भोगेको खराब हारको बदला लिँदै समग्रमा ६–५ को जितसहित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान पक्का बनाउन सफल भयो । च्याम्पियन्स लिगको इतिहासमा यसअघि पहिलो लेगमा व्यहोरेको ४–० को हार व्यहोरेको कुनै पनि टिम दोस्रो लेगमा पुनरागमन गर्दै अघिल्लो चरण पुगेको थिएन ।

अब तेस्रो मुलुकबाट पनि इन्धन ल्याउन पाइने, भारतको मात्र भर पर्नु नपर्ने

काठमाडौं, फागुन २६—नेपाल आयल निगमले अब तेस्रो मुलुकबाट पनि इन्धन आयात गर्न पाउने भएको छ । भारतबाट मात्रै इन्धन आयात गर्दै आएको निगमलाई तेस्रो मुलुकबाट समेत इन्धन ल्याउन इन्डियन आयल कर्पोरेसन (आईओसी)ले सहमति दिएको छ ।

सहमतिअनुसार आईओसीले भनेजति परिमाणमा तेल उपलव्ध गराउन नसकेको अवस्थामा तेस्रो मुलुकबाट पनि इन्धन ल्याउनसक्ने व्यवस्था गरिएको छ । इन्धन खरिद सम्झौता नविकरण गर्ने विषयमा एनओसी र आईओसीका उच्च अधिकारीबीच हालै भएको छलफलपछि नेपालले यो अधिकार पाएको छ । यसअघिको सम्झौतामा नेपालले आईओसीसँग मात्र पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने बाध्यकारी व्यवस्था थियो ।

यद्यपि, हालको सहमतिमा पनि निगमले तेस्रो मुलुकबाट ल्याएको कच्चा तेल (क्रुड आयल) आईओसीको रिफाइनरी प्लान्टमा प्रशोधन गरेर नेपाल पठाउने व्यवस्था गरिएको छ । यसबाट नेपालले प्रशोधित तेल अझै पनि तेस्रो मुलुकबाट ल्याउनसक्ने अवस्था भने छैन ।

निगम प्रवक्ता एवं वितरण विभागका निर्देशक सीताराम पोखरेलले तेस्रो मुलुकबाट ल्याइने कच्चा तेल आईओसीले प्रशोधन गरेर नेपाल पठाउने सहमति भएको जानकारी दिए । नेपाल अति कम विकसित मुलुक भएकाले आपेक राष्ट्रहरूबाट सस्तो मूल्यमा कच्चा तेल पाउन सक्ने भएकाले यो सहमतिपछि नेपाललाई फाइदा भने हुनेछ ।

यसले नेपाल आउने तेलको मूल्य लागतका आधारमा पनि भारतमा भन्दा सस्तो हुनसक्ने निगमका अधिकारीहरू बताउँछन् । निगमका प्रवक्ता पोखरेल सम्झौता नवीकरको अन्तिम तयारी भइरहेको बताउँछन् ।

“आगामी पाँच वर्षका लागि इन्धन खरिद सम्झौता नविकरण गर्ने विषयलाई अन्तिम रूप दिइएको छ,” प्रवक्ता पोखरेलले भने, “सम्झौता अप्रिलदेखि कार्यान्यनमा आउने छ ।” यसअघि भएको खरिद सम्झौताको समयावधी मार्च अन्तिममा सकिँदैछ ।”

पाँच वर्षका लागि गर्न लागिएको सम्झौतालाई अब अन्तिम रूप दिइसकेकाले अव थपघट नहुने उनको भनाइ छ । जुन सम्झौता आगामी ३१ मार्च २०२२ सम्म कायम रहने छ । एनओसी र आईओसीबीच इन्धन खरिद सम्झौता प्रत्येक पाँच/पाँच वर्षमा हुने गर्छ । निगमले गत वर्ष नाकाबन्दीका बेला इन्धन आपूर्तिमा कमी भएको भन्दै क्षतिपुर्ति दिन राखेको प्रस्ताव भने आईओसीका प्रतिनिधिले अस्वीकार गरेका छन् ।

निगमले इन्धन खरिदबवापत आईओसीलाई गर्ने भुक्तानी ढिला भए पनि त्यसको ब्याज नलिने सम्झौता भएको प्रवक्ता पोखरेलले जानकारी दिए । यसअघि आईओसीले रकम भुक्तानी गर्न एक दिन ढिला भएमा १० प्रतिशतसम्म ब्याज लिँदै आएको थियो ।

“इन्धन खरिद गर्दा आईओसीले दुई प्रतिशत नाफा राख्ने सहमति भएको छ, ”उनले भने, “यसले गर्दा नेपालाई वार्षिक एक अर्ब रूपैयाँ बचत हुनेछ ।” यसअघि आईओसीले २.५ प्रतिशत नाफा राखेर इन्धन बिक्री गदै आएको थियो । यस्तै, अब सबै टयांकरमा लकिङ प्रणाली अनिवार्य लागू गर्ने भएकाले इन्धनको चोरीसँगै चुहावट नियन्त्रण हुने उनको भनाइ छ ।

निगमका अनुसार इन्धनको गुणस्तर, तौल र टयांकरमा इन्धन लोडिङ प्रक्रिया पारदर्शी राख्नका लागि आईओसीका सबै डिपोहरूमा अन्तर्राष्ट्रिय मापदण्डको सर्वेयर राख्ने सहमति भएको छ । यसबाट बिगतमा जस्तो डिलरले कम परिमाणमा इन्धन पाउने, क्यालिब्रेसनको गल्ती मुक्त हुने जस्ता समस्या नियन्त्रण हुनेछन् । निगम र आईओसीकै उपस्थितिमा तेस्रो कम्पनीलाई यसको जिम्मा दिइने सहमति भएको छ ।

त्यसपश्चात कम्पनीले मध्यस्थता गराउने जनाएको छ । यस्तै, आगामी अप्रिलदेखि युरो– ४ मापदण्डको तेल ल्याउने पनि सहमति भएको छ । भारतले सोही मापदण्डको तेल अनिवार्य गरेकाले पनि नेपालमा समेत सोही गुणस्तरको तेल आयात हुने भएको हो । आईओसीले नेपाललाई नजिक पर्ने डिपोबाट इन्धन दिन सहत भएको निगमले जानकारी दिएको छ ।

इन्धन खरिद सम्झौता नवीकरणका विषयमा छलफल गर्न आईओसीका कमर्सियल कार्यालयका महाप्रबन्धक एसएस बोस, प्रलय चटर्जी, वित्ततर्फका निमित्त नायव महाप्रबन्धक मनीष तास्कर, प्रवन्धक स्नेहा नैर, कानुन विभागका प्रवन्धक अजय रोहित काम्बले नेपाल आएका छन् । निगमले आईओसीबाट बर्सेनि एक खर्ब रूपैयाँभन्दा धेरैको इन्धन खरिद गरी नेपालमा बिक्री गर्दै आएको छ । गत वर्ष नाकाबन्दीका कारण भने नेपालमा कम परिमाणमा तेल भित्रिएको थियो आजको कारोबार दैनिकमा समाचार छ ।

नेपालमा हालसम्मकै सबैभन्दा धेरै रेमिट्यान्स भित्रियो, कुन–कुन देश बाट आउँछ सबैभन्दा धेरै ?

काठमाडौं,फागुन २६ । नेपालमा विश्वका करिब ३७ देशबाट भित्रने रेमिट्यान्सको परिमाण ७ खर्ब ३३ अर्ब रूपैयाँ नाघेको छ । यो हालसम्मकै उच्च हो । विश्व बैंकले हालै प्रकाशित गरेको ‘माइग्रेसन एन्ड रेमिट्यान्स रिपोर्ट–२०१६’को पछिल्लो अद्यावधिक स्थितिअनुसार गत वर्ष नेपालमा ६ अर्ब ९२ करोड अमेरिकी डलरबराबरको रेमिट्यान्स भित्रिएको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब ३२ प्रतिशत हो ।

बैंकका अनुसार सन् २०१५ मा ६ अर्ब ७३ करोड अमेरिकी डलरबराबरको रेमिट्यान्स भित्रिएकोमा सन् २०१४ मा ५ अर्ब ८८ करोड ९० लाख डलरबराबरको रेमिट्यान्समात्र भित्रिएको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या बढ्दै गएको र विदेशस्थित श्रम गन्तव्यमा उनीहरूले पाउने पारिश्रमिकमा भएको वृद्धिसँगै नेपाल भित्रने रेमिट्यान्सको अनुपात बढेको हो । बैंकको आप्रवासन तथा रेमिट्यान्स विभागको विश्लेषणअनुसार नेपालजस्ता विकासशील मुलुकमा ७० प्रतिशत मात्र रकम औपचारिक अर्थात बैंकिङ च्यानलबाट भित्रन्छ भने ३० प्रतिशत रकम अनौपचारिक माध्यम, हुन्डी, ह्यान्डक्यारी आदिबाट भित्रन्छ ।

नेपाल राष्ट्र बैंकले भने हाल करिब १० प्रतिशत रकममात्र अनौपचारिक माध्यमबाट भित्रने गरेको जनाएको छ । हालै गरेको एक अध्ययनअनुसार वैदेशिक रोजगारीमा गएका व्यक्तिले वार्षिक औसत ६ पटक रेमिट्यान्स पठाउने गरेका छन् । वैदेशिक रोजगारीमा गएकामध्ये ९१ प्रतिशतले बैंक तथा वित्तीय संस्था र रेमिट एजेन्सीमार्फत रेमिट्यान्स पठाउने गरेको दाबी राष्ट्र बैंकको छ । राष्ट्र बैंककै अनुमानलाई आधार मान्दा पनि नेपालमा भित्रने रेमिट्यान्स ८ खर्ब नाघ्छ ।

यद्यपि, केन्द्रीय बैंकको दाबी र वास्तविक रेमिट्यान्स प्राप्तिबीच निकै ठूलो अन्तर देखिन्छ । नेपालको आकर्षक श्रमगन्तव्य मानिएको दक्षिण कोरियाबाट वार्षिक ४५ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स भित्रनुपर्नेमा केबल २ अर्बमात्र औपचारिक माध्यमबाट भित्रिइरहेको छ । इजरायल, बेलायत, हङकङ र अष्ट्रेलियाबाट वार्षिक ३० अर्ब रूपैयाँभन्दा बढी रेमिट्यान्स हुन्डीबाट भित्रने गरेको वैदेशिक रोजगार मामिलाका जानकारहरूको अनुमान छ । सरकारद्वारा औपचारिकरूपमा काममा जान प्रतिबन्ध लगाइएका अफगानिस्तान, इराक मात्र होइन, बहराइनबाट भित्रने ठूलो रकमसमेत हुन्डीबाटै भित्रन्छ ।

एसियाली विकास बैंकले गरेको अर्को अध्ययनअनुसार करिब १५ अर्ब रूपैयाँ बराबरको रकम नेपालीहरूले बिदामा आफै आउँदा वा साथीभाइ घर आउँदा ‘ह्यान्डक्यारी’ मार्फत पठाउँछन् । छिमेकी मुलुक भारतमा रोजगारीका लागि जाने नेपालीको संख्या पनि ठूलो छ, त्यहाँबाट वार्षिक २५ अर्ब रूपैयाँ भित्रने गरेको अनुमान छ ।

माइग्रेसन एन्ड रेमिट्यान्स रिपोर्ट–२०१६ अनुसार नेपालमा सर्वाधिक रेमिट्यान्स पठाउने पहिलो १० मुलुकको सूचीमा कतार पहिलो स्थानमा, साउदी अरब दोस्रो, भारत तेस्रो, यूएई चौथो, अमेरिका पाँचौ, कुवेत छैटौं, मलेसिया सातौ, बेलायत आठौं, अष्ट्रेलिया नवौ र बंगलादेश दशौं स्थानमा छन् । बैंकको अध्ययनलाई आधार मान्दा विकसित राष्ट्रहरूबाट मात्र नभइ भुटान, बंगलादेश, भियतनामजस्ता देशबाट समेत रेमिट्यान्स भित्र्याउने गरेको पाइएको छ आजको कारोबार दैनिकमा समाचार छ ।

टेलिफोनमा वार्षिक ८४ अर्ब खर्च, इन्टरनेटमा मात्रै १५ अर्ब

काठमाडौं,फागुन २६ । नेपालीले टेलिफोनमा कुराकानी गर्न मात्रै वार्षिक ८४ अर्ब रुपैयाँ खर्च गरिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालीको टेलिफोनमा गर्ने कुराकानी (भ्वाइस) मा भएको यो खर्चको सबैभन्दा ठूलो हिस्सा एनसेल र नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को छ।

भ्वाइसमा ठूलो रकम एनसेलका ग्राहकले खर्च गरेका छन् । एनसेलले आर्थिक वर्ष ०७२/७३ मा गरेको कुल ५५ अर्ब ४२ करोडको आम्दानीमा ४७ अर्ब ३९ करोड रुपैयाँ भ्वाइस सेवाबाट मात्रै आर्जन गरेको छ । नेपाल टेलिकमले पनि यो वर्ष गरेको ३९ अर्ब ६८ करोड रुपैयाँको आम्दानीमा भ्वाइस सेवाबाट मात्रै ३४ अर्ब ९८ करोड रुपैयाँ कमाएको छ ।

दूरसञ्चार सेवाका प्रमुख प्रतिस्पर्धी टेलिकम र एनसेलको प्रमुख बजार छ । यी दुई कम्पनीको सेवा प्रयोग गरी टेलिफोनमा हुने खर्च मात्रै वार्षिक ८२ अर्ब ३७ करोड रुपैयाँ छ । भ्वाइस सेवाको कुल ८४ अर्ब ३१ करोड रुपैयाँको बजारमा अन्य सेवाप्रदायकको हिस्सा भने एक अर्ब ९४ करोड रुपैयाँ मात्रै छ ।

दूरसञ्चार सेवाप्रदायकमा एनसेल र टेलिकम, युटिएल, स्मार्ट टेलिकम, एसटिएम टेलिकम र नेपाल स्याटलाइट छन् । प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति दिएका यी ६ वटा कम्पनीको टेलिफोन तथा सिमकार्ड वितरण गरेको आधारमा ग्राहक संख्या भने ३ करोड ३० लाख छ । यो संख्यामा मोबाइल सेवाका ग्राहक मात्रै ३ करोड १३ लाख छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

पछिल्लो समय मोबाइल सेवाको प्रयोग बढेको र नेपालीको खर्च पनि मोबाइलकै कारण टेलिफोनमा बढिरहेको छ । दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार नेपालमा यो क्षेत्रबाट हुने वार्षिक आम्दानीको आकार करिब १ खर्ब रुपैयाँको छ ।

यो रकममा सबैभन्दा ठूलो हिस्सा भ्वाइसकै छ । अन्तर्राष्ट्रिय प्रचलन भने भ्वाइसभन्दा इन्टरनेट प्रयोगकर्ता बढी हुन्छन् । विकसित मुलुकमा धेरै सेवा इन्टरनेटका माध्यमबाट हुने भएकाले पनि डाटामा बढी खर्च गर्छन् । नेपालमा डाटा प्रयोगकर्ता विस्तारै बढ्न थाले पनि अझै भ्वाइसकै बजार हिस्सा प्रमुख छ । इ–गभर्नेन्सको प्रयोग बढ्ने, सबै सेवा इन्टरनेटबाटै हुने र सेवाप्रदायकले डाटाकै माध्यमबाट विश्वास जित्न सक्दैनन् तबसम्म भ्वाइसको डोमिनेट रहने प्राधिकरणको भनाइ छ ।

भ्वाइस सेवामा टेलिकम र एनसेलपछि युनाइटेड टेलिकम लिमिटेड (युटिएल) मा भएको खर्च ४ करोड ८८ लाख छ भने स्मार्ट टेलिकममा भएको खर्च ८८ करोड ७५ लाख रुपैयाँ छ । स्मार्ट टेलिकमले गत वर्ष ०७२/७३ मा भ्वाइस र डेटामा गरी कुल १ अर्ब १० करोड रुपैयाँ आम्दानी गरेको तथ्यांकले देखाएको छ । स्मार्टका सेवाग्राहीको संख्या १४ लाख ४३ हजार छन् । स्मार्टको १ लाख १७ हजार डाटा प्रयोगकर्ता छन् । स्मार्टको डाटा सेवा भने ग्रामीण क्षेत्रलाई केन्द्रित गरी प्रयोगमा आएको छ । स्मार्ट टेलिकमले गर्त वर्ष गरेको कुल आम्दानीको २० प्रतिशत डाटामा रहेको अनुमानका आधारमा यसको भ्वाइस र डाटाको आम्दानी अनुमान गरिएको छ ।

इन्टरनेटमा मात्रै १५ अर्ब

विभिन्न इन्टरनेट सेवाप्रदायक (आइएसपी) र दूरसञ्चार कम्पनीले दिएको डाटा सेवाको प्रयोग गरी नेपालीले इन्टरनेटमा वार्षिक १५ अर्ब ३५ करोड रुपैयाँ खर्च गर्ने गरेका छन् । यो खर्चमा पनि स्मार्ट टेलिकमले ग्रामीण क्षेत्रमा दिएको डाटा सेवामा उसको कुल एक अर्ब १० करोड रुपैयाँको आम्दानीको २० प्रतिशतका दर अनुमान गरिएको छ । इन्टरनेट सेवामा नेपालीले सबैभन्दा बढी एनसेलकै लागि खर्च गरेका छन् ।

मधेशी मोर्चाको निरंकुश कदमको मुकाबिला गर्ने ९ दलको निर्णय

काठमाडौं ।
निर्वाचनबाट डराउने अनि निर्वाचनमा पराजित भएर मधेशको मसिहा सम्झँदै तराईका जिल्लामा अन्य दललाई सभा सम्मेलन गर्न नदिने मधेशी मोर्चाको ९ राजनीतिक दलले प्रतिकार गर्ने भएका छन् ।

नेकपा एमाले नेतृत्वको विपक्ष गठबन्धनले संयुक्त लोकतान्त्रिक मधेस मोर्चाको पछिल्लो कदमको डटेर मुकाबिला गर्ने निर्णय गरेको छ ।

सप्तरी घटनापछि समिक्षा गर्न बसेको एमालेसहितका विपक्षी गठबन्धन बैठकले मधेसी मोर्चाले निषेधको राजनीति गरेको ठहर सहित डटेर मुकाबिला गर्ने निर्णय गरेको हो ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकमा एमाले नेताहरुले पार्टीको मेची-महाकाली अभियानबारे जानकारी गराएका थिए ।

सप्तरी घटनाको निन्दा गरिएको र मधेसी मोर्चाले गरेको निषेधको राजनीतिको डटेर मुकाबिला गर्ने निर्णय लिइएको वैठकपछि एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले जानकारी दिएका छन् ।

बैठकमा विपक्ष ८ दलले मेची-महाकाली अभियानलाई निरन्तरता दिने एमालेको निर्णयको पनि स्वागत गरेका थिए ।

विपक्ष गठबन्धनका नेताहरुले सप्तरी घटनाको न्यायिक छानबिन गरी दोषी उपर कडाकारबाही गर्न पनि माग गरेका छन । एमाले नेतृत्वको विपक्ष गठबन्धनमा नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरु आवद्ध रहेका छन् । उनीहरुले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव पारित हुनै नदिने अडान पनि राख्दै आएका छन् ।

सरकारले भारतको इशारामा प्रस्ताव गरेको घातक संविधान संशोधन प्रस्तावको देशभर बिरोध भइरहेको छ । पछिल्लो पटक त्यसमा थप्दै मधेशी मोर्चाले भारतीय हिन्दी भाषालाई कामकाजी भाषा बनाउनुपर्ने, नेपाली नागरिकता लिएका भारतीय अंगिकृत नागरिकले पनि सर्वोच्च पद पाउनुपर्ने जस्ता माग थपेर संशोधन प्रस्ताव दर्ता गरेको छ ।

कारवाहि हुनुपर्ने रअको एजेन्ट बिमलेन्द्र निधिलाई हो सिडिओ र प्रहरीलाई किन ?

विदेशी दलालमाथि कार्वाहि नहुने कारण के ?

दल नामका दलालहरूलाइ नियन्त्रण गरेर विदेशीहरूले निशाना बनाएकाे मूख्य पंक्ति सुरक्षा निकाय हाे। सेनालार्इ विभाजित गर्ने उद्देश्यले कटुवाल काण्ड घटाए ।

०६३ सालपछि देशभरि कमानका विरूद्धमा प्रहरी विद्राेहकाे अायाेजना गरे। टीकापुरमा याेजनाबद्ध रूपमा दर्जन जति प्रहरीहरूकाे हत्या गराए। सुडान घाेटाला काण्डमा अाफूले पैसा खाएर मतियार बनेका प्रहरी हाकिमहरूलार्इ मात्र कार्वाहि गरे। एएरपाेर्टकाे ३३ किलाे सुन तस्करीमा पनि यहि भएकाे छ। सप्तरी घटनामा यहि दाेहरिएकाे छ।

घटनाकाे जिम्मेवार मूख्य व्यक्ति हुन्छ। कार्वाहि हुनु पर्ने रअ काे एजेन्ट निधिलार्इ हाे कि सिडिअाे र प्रहरी अधिकृतहरूलार्इ ? याे सुरक्षा निकायलार्इ निरिह बनाउने, मनाेबल घटाउने, विभाजित गर्ने र विदेशी दलालहरूप्रति नतमस्तक बनाउने षडयन्त्र हाे। ०६४ सालमा पहाडि धपाउने याेजनामा ५० जति मानिस मार्ने, गाैर हत्याकाण्ड गराउने, गतसाल ५४ जना मधेशी नागरिक मार्ने र अहिले सप्तरी हत्याकाे डिजार्इन बनाउने राजनीतिक वृत्तका विदेशी दलालमाथि कार्वाहि नहुने कारण के ?

शासन प्रणालि, दलीय प्रणालि, अार्थिक-सामाजिक प्रणालि सबैलार्इ विदेशीहरूले छिन्नभिन्न पारिसकेकाे अवस्थामा सुरक्षा पंक्तिले मात्र बाँकि बचेकाे सिष्टमकाे भरथेग गरेकाे छ। यसलार्इ पनि छिन्नभिन्न बनाउने सुरमा साम्राज्यवादीहरू लागेका छन्। दलकाे खाेलमा लुकेका अपराधिकाे कुत्सालार्इ सुरक्षापंक्तिले समयमैं बुझ्न र अघि बढ्न अावश्यक छ। यी दलालहरूले सुरक्षा पंक्तिमा विद्राेह गराउने सम्मका हर्कतहरू गरिसकेकाे तथ्यलार्इ ध्यानमा राखेर ब्यहार गर्न जरूरि छ।

गृहमन्त्री पहाडि मूलकाे मानिस भएकाे भए दिल्लीका ब्वाँसाहरूले बिहारीहरूकाे पटना बैठक बाेलार्इ सक्थे, अाफ्नै मुन्सी परेकाेले मुख बन्द भएकाे छ।

नेतामाथि गाेलि चलाउ !

देशलार्इ अराजकतामा फसाउने चाहिं दलकाे मुकुण्डाेमा लुकेका विदेशी एजेन्टहरू, टीकापुर र सप्तरीमा मृत्यू र कार्वाहिकाे शिकार बनार्इने चाहिं सुरक्षाकर्मिहरू ! श्रीलङ्काका एक सैनिकले अाफ्नाे देशमाथिकाे भारतीय अत्याचार सहन नसकेर राजीव गान्धिलार्इ बन्दूककाे कुन्दाले प्रहार गरे जस्तै नेपाललार्इ अस्तव्यस्त बनाएर विदेशी परेडस्थल बनाउन उद्दत दलका नेताहरूमाथि गाेलि चलाउ। यति नगर्दासम्म सुरक्षाकर्मिहरू दलालहरूकाे शिकार भैरहने छन्।

एमाले हठ भनेकाे के ?

प्रायाेजित मिडिया र इण्डाे-पश्चिमी साम्राज्यवादी सेन्टरका जासुसहरूले सप्तरीकाे घटनामा एमालेकाे हठ पनि जिम्मेवार रहेकाे कुतर्क गरिरहेका छन्। एमालेकाे हठ भनेकाे अाफ्नाे कुरा गर्न नपाउने भन्ने हाे वा के हाे भन्ने यिनीहरूले बताउन चाहेकाे देखिन्न तर यिनीहरूले अभिव्यक्ति हेर्दा के बुझिन्छ भने तराइ दिल्लीकाे प्रगन्ना हाे र त्यहाँ बिहारी चल्लाहरूले बाहेक अरू कसैले केहि गर्न, शिर उठाउन वा बाेल्न पनि पाउनु हुँदैन।

तराइमा दिल्लीले मनाेनित गरेका र दिल्लीले चाहेका बाहेक अरू कसैकाे अस्तित्व हुनु हुँदैन भन्ने कुरा स्थापित गर्न धेरै घटनाहरू भैसकेका छन्। ०६४ सालकाे पहाडी धपाउने अभियान अन्तर्गत ५० जना जतिकाे हत्या, गाैर हत्याकाण्ड, कैलालि हत्याकाण्ड र अहिले एमाले विरूद्ध चलाउन खाेजिएकाे अभियानका पछाडि कुनै मधेशीकाे मुद्दा जाेडिएकाे नभएर तराइलार्इ नेपालबाट अलगथलग गर्ने दिल्लीकाे याेजना जाेडिएकाे छ।

यहाँ अाउने सबै भारतीय नेताहरूले मधेशवादकाे नकाबमा परिचालन गरिएका बिहारीहरूलार्इ सामुहिक रूपमा मात्र भेट्ने गरेकाे तथ्यले के सन्देश दिंदै अाएकाे छ भने भारतीयहरूले तराइलार्इ छुट्टै भूमिका रूपमा स्थापित गर्ने प्रयास गर्दै अारएका छन्। पटनामा तिनीहरूले गर्ने नेपाल विराेधि बैठकहरूले पनि यसकाे पुष्टि गरिसकेका छन्। याे सबै षडयन्त्रलार्इ नखाेतलेर एमालेकाे हठकाे कुरा चर्काउन खाेज्नेहरू संदिग्ध तत्वहरू हुन्।

साम्राज्यवादका भरियाहरूसंग जबाफ छ ?

दासढुंगा हत्याकाण्डकाे छानबिन किन भएन ? अमरलामाकाे हत्या गरेर दासढुंगाकाे प्रमाण मेटाउन लाउने काे हाे ? दरबार हत्याकाण्डका सबै सबुतहरू नुसन्धान विनै किन नष्ट गरियाे ? राजा मारिंदा संसदलार्इ श्रद्धाञ्जलि दिन कसले राेक्याे ? माअाेवादी र संसदवादीहरूले एकअर्काका कार्यकर्ताहरूकाे कत्लेअाम गरिरहेकाे समयमा उनीहरूका बीचमा भारतमा बैठकहरू कसले गराउँथ्याे। १० बर्ष रगतकाे अाहालमा अट्टहास गर्ने कथित प्रतिपक्षि भरियाहरू १२ बुँदेमा कुन राजनीतिक मूल्यले जाेडिए ?

अपराधि विदेशी चाटुकारहरू हाे ! साम्राज्यवादीहरूकाे दशकाैंदेखिकाे यस्ताे षडयन्त्रलार्इ अाेझेलमा पार्न विचारकाे मुकुण्डाे लगाएर जनतालार्इ अल्मल्याउन अब तिमीहरू सफल हुँदैनाैं। तराइमा अहिले जे भैरहेकाे छ, त्यसका त्यहाँकाे कुनै मधेशी वा सुरक्षाकर्मि वा एमाले कार्यकर्ताकाे हात छैन। हात छ तिमीहरूकाे अन्नदाता र तिमी जस्ता अपराधि भरियाहरूकाे। लामाे समयदेखि हुँदै अाएका जघन्य घटनाहरू र त्यसप्रति राज्यकाे उदासिनताले यहि भन्छ। अहिलेका घटनाहरूमा तिम्रै प्रभु हात छ।

राजनीतिक विश्लेषक तथा राजनीतिकर्मी भरत दाहालले फेसबुकमा लेख्नुभएका जानकारीहरु समय सान्दर्भिक र जानकारीमूलक भएकाले साभार गरिएको हो ।

बन्द बिरुद्ध जनताले प्रतिकार गर्दै मोर्चाका जिल्ला अध्यक्षलाई वीरगञ्जमा कुटे

पर्सा ।
जर्वजस्ती बन्द गर्दै स्थानिय सर्वसाधारणलाई आतंकित पार्दै व्यापारिलाई कुटपीट प्रयास गरेपछि वीरगञ्जमा स्थानिय जनताको प्रतिकारमा मधेशी मोर्चाका नेताहरुले कुटाइ खाएका छन् ।

वीरगञ्जको घण्टाघर चोकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ताले पसल र उद्योगभन्दा बन्द गराउँदै स्थानिय व्यापारिलाई कुटपीट थालेपछि स्थानियले प्रतिकार गरि उनिहरुलाई त्यहाँबाट लखेटेका हुन् ।

केहीबेर घण्टाघर चोकमा झडप समेत भएको थियो ।

बजार बन्द गराउने क्रममा आन्दोलनकारीले वीरगन्जको मिना बजारमा रहेका किराना पसल सञ्चालकलाई कुटपिट गरेपछि सोको विरोधमा व्यापारी एकजुट भई आन्दोलनकारीको प्रतिकार गरेका हुन् । बन्दकर्ताबिरुद्ध स्थानिय नागरिकले समेत व्यापारिहरुलाई साथ दिएर लखेटेका थिए ।

व्यापारीले गरेको प्रतिकारमा परी राष्ट्रिय मधेस समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रेमबाबु पटेल समान्य घाइते भएका छन् । उनी स्थानिय नागरिकलाई आतंकित पार्दै जर्वजस्ती बन्द गराउँदै हिँड्ने मोर्चाका नाइके थिए ।

व्यापारी र आन्दोलनकारीबीचको भिडन्तलाई रोक्न स्थानीय प्रशासनले वीरगन्जको घण्टाघर चोकमा भारी सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरेको थियो ।

मोर्चाले बन्द आह्वान भन्दै जर्वजस्ती तराई बन्द गराएको आज दोस्रो दिन अघिल्लो दिनको तुलनामा स्थानिय नागरिकहरुले स्वस्फुर्त रुपमा बन्दको अवज्ञा गर्दै पसल तथा व्यवसाय सुचारु गरेका थिए ।

मोर्चाको जर्वजस्त बन्दले जिल्लाबाट चल्ने सयौं बस चल्न नपाउँदा हजारौं यात्रु गन्तव्यमा जानबाट रोकिएका छन् ।

राजविराज झडपमा मारिएकाको परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौं,फागुन २५ – सरकारले सप्तरीको राजविराज झडपमा मारिएकाहरुको परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । साथै घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय भएको छ । यो पैसा अर्थ मन्त्रालयले गृहमन्त्रालयमार्फत उपलब्ध गराउनेछ,' मन्त्रीपरिषद्को निर्णयबारे जानकारी दिदैं स्थानीय विकासमन्त्री हितराज पाण्डेले भने।

उनले घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताए। यस्ता घटनामा कम क्षति पुर्‍याउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गर्न उच्चस्तरीय आयोग गर्ने सहमति समेत मन्त्रीपरिषद्को बैठकमा भएको उनले बताए।

लेखनाथ आचार्य र लक्ष्मी मल्लको स्वरमा काठे गीत “कान्छीबुढी”

गीत सँगीतलाई भाषा, क्षेत्र, पेशा र ब्यक्तिले कुनै फरक पार्न सक्दैन । गाउन सक्ने कला र गला भए पछी कलाकारले जुन क्षेत्रको गीत पनि गाउन सक्दछ भन्ने गायक लेखनाथ आचार्यले प्रमाणित गरी दिएका छन । आफु अर्घाखाँचीमा जन्मिएर पनि पश्चिमी भाका नगाएर काठे भाकाको गीत गाएर जो जहा जन्मिए पनि अर्को क्षेत्रको फरक शैलीका गीत पनि गाउन सक्नु पर्दछ भनेर सन्देश दिएका छन । पश्चिम क्षेत्रको गीत गाएर रम्ने र रमाउने गायक लेखनाथ आचार्य पेशाले नेपाल सरकारका जागिरे अर्थात “सेवा नै धर्म हो” लाई मुलमन्त्र ठानी जनताको सेवा र सुरक्षामा दिन रात खट्ने,  देश र जनताको सेवक प्र. ना. नी. (पुलिसका सई) हुन । गीत सँगीतमा लाग्नको लागी पेशाले रोक्दैन भन्ने उदाहरण पनि हुन लेखनाथ आचार्य ।

बहु-बिबाहलाई बिषय बस्तु बनाएर लेखिएका सब्दहरू चर्चित गायक तथा मर्मस्पर्शी सब्द सँकलक बाबुराम पन्थीले सृजनात्मक तरिकाले मन छुने र समाजमा घट्ने यथार्थ घट्नाहरूलाई टपक्क टिपेका छन । जसलाई सँगीत मार्फत लेखनाथ आचार्यले जिवन्त बनाएका छन । यस कान्छी बुडी बोलको गीतलाई गायक लेखनाथ आचार्यले गाएका छन भने लोक दोहोरी क्षेत्रकी काठे गायिकाको साथ साथै पश्चिमी गीतमा पनि आफ्नो पकड बनाउन सफल सेल्फी गायिका लक्ष्मी मल्लले गायकी छन । गायिका लक्ष्मी मल्लको सँगितकार श्रीकृष्ण बम मल्लसंगको बैबाहिक बन्धन पश्चात अर्थात धेरै समय पछीको काठे गितमा पुनरागमन नै हो । यस कान्छी बुडी गीतमा लक्ष्मीको श्वरको जादु त छचल्किएको नै छ साथमा पश्चिमको संस्कृतिमा हुर्किएको लेखनाथ आचार्यले पनि काठे गीतमा आफ्नो स्वरको जादु छोडेका छन ।

प्रसान्ती डिजिटलले बजार ब्यबस्थापन गरेको यस कान्छी बुडी गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक कुमार के.सी.ले निर्देशन गरेका हुन । यस भिडियोमा गोपाल ढकाल (छन्दे) मालती घले र नुमा घलेले अभिनय गरेका छन । छायाँकन अजय रेग्मीले गरेका छन भने भिडियो सम्पादन अनुप सिवाकोटीले गरेका छन । म्युजिक भिडियोको श्रब्य दृश्य निर्माण मन्जुश्री फिल्मस् प्रा.लि.ले गरेको हो ।

बहु-बिबाहबाट हुने हानी र ब्यहोर्नु पर्ने समस्यालाई सन्देश मुलक तरिकाले बाबुराम पन्थीको सब्द लेखनबाट वास्तविक घट्नालाई टपक्कै टिपेर सब्दसंगै लेखनाथले सँकलन गरेको लयमा भरी दिएका छन भने गायक लेखनाथ आचार्यको काठे भाकामा स्वर राम्रो सुनिएको छ, काठे गीत पनि राम्रो गाउन सक्छ भनेर प्रमाण पेश गरेका छन । साथै सेल्फी गायिका लक्ष्मी मल्लले आफु जन्मेको ठाउको काठे संस्कृतिलाई बिर्सिएको छैन त्यसैले मौका मिले हिजो जस्तै आज पनि गाउन सक्छिन भनेर केही बर्षको अन्तराल पश्चात आफ्नो हक दाबी गर्न सफल भएकी छन । “कान्छी बुडी” बोलको गीत समग्रमा राम्रो बनेको छ ।

ट्रम्पले जारी गरे नयाँ आदेश, यि देशका नागरिक अमेरिका जान नपाउने

एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका छिर्न नपाउने देशहरुको नयाँ सुचि र नियम सार्वजनिक गरेका छन् ।

मुस्लिम बाहुल्य मुलुकका शरणार्थी र अन्य नागरिकलाई चार महिनासम्म अमेरिका छिर्न नदिनेगरि उनले सोमबारी जागि गरेको नियमानुसार इराक भने यो सुचिबाट हटेको छ ।

यसअघि मुस्लिम बाहुल्य मुलुकका शरणार्थी र अन्य नागरिकलाई चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने सम्बन्धि राष्ट्रपति ट्रम्पले जारी गरेको आदेशमा सात वटा देश रहेका र परिमार्जन गरिएको यस नयाँ आदेशमा इराकलाई भने हटाइएको छ।

अमेरिका प्रवेश गर्नबाट निषेधित सूचिका मुस्लिम बाहुल्य अन्य छ वटा मुलुकका इरान, सोमालिया, लिबिया, यमन, सुडान र सिरिया रहेका छन्।

मुस्लिम बाहुल्य यी छ वटा मुलुकहरुका शरणार्थीलगायत अन्य यात्रुलाई १२० दिन प्रतिबन्ध लगाइने उक्त कार्यकारी आदेश मार्चको १६ तारिखबाट लागु हुनेछ।

अमेरिकी रक्षा मन्त्रालय ९पेन्टागन० र विदेश मन्त्रालयले दबाब दिएपछि ट्रम्प प्रशासन नयाँ कार्यकारी आदेश जारी गरेको बताइएको छ ।

आतङ्ककारी इस्लामिक स्टेट्सका सशस्त्र लडाकू समूह विरुद्ध लड्न इराक सरकारले मुख्य भूमिका निर्बाह गर्दै अमेरिकी सेनालाई निरन्तर सहयोग गरिरहेका हुँदा उक्त दुबै मन्त्रालयले ह्वाइट हाउसलाई आफ्नो पूर्वनिर्णयमा पुनःबिचार गर्न निरन्तर दबाबमूलक अनुरोध गरेपछि परिमार्जन सहितको नयाँ आदेश जारी भएको हो ।

मानव अधिकार आयोगको गाडी तोडफोड, मोर्चाले मारिएकालाई शहिद घोषणा र १० लाख मागे

जनकपुर ।
तराई बन्द गराउँदै हिँडेका मधेसी मोर्चाका उग्र कार्यकर्ताले राष्ट्रिय मानव अधिकार आयोगको गाडी राजवीराजमा तोडफोड गरेका छन्।

आयोगको जनकपुर क्षेत्रीय कार्यालयको बा ७ च ७४७३ नम्बरको गाडीलाई जिल्ला अदालत अगाडि मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

तोडफोडका क्रममा चालक काडमाडौं मनपा–८ मुलपानीका ४५ वर्षीय श्रीराम कार्की समेत घाइते भएका छन् ।

कर्फ्यु, संकटकाल, युद्धग्रस्त अवस्थामा समेत सञ्चालन हुन पाउने मानवअधिकारको गाडीलाई तोडफोड गर्ने उग्र मधेशी मोर्चाका कार्यकर्ताको हर्कत बढ्दा तराईमा थप हिंसा भड्कने भय बढेको छ ।

सप्तरिमा लाठी सहित प्रदर्शमा उत्रिएका प्रदर्शनकारी र प्रहरीको झडपका क्रममा हिजो तीन प्रदर्शनकारीको मृत्यु भएपछि मधेशी मोर्चाले आज देखी तराईका जिल्ला बन्दको घोषणा गरेको छ ।

मोर्चाका कार्यकर्ताले सदरमुकामसहित जिल्लाका विभिन्न बजार र चोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

बन्दले लामो तथा छोटो दुरीका यातायातका साधन, शिक्षण संस्था, बजार, उद्योग व्यवसाय पूर्ण रुपमा बन्द छन् । जसले गर्दा सयौं यात्रु अलपत्र परेका छन् भने विद्यार्थीहरु अध्यनबाट बञ्चिन हुनुका साथै हजारौं मजदुर रोजगारबाट बञ्चिन भएका छन् ।

लाठी सहित प्रदर्शनमा उत्रंदा मारिएका प्रदर्शनकारीलाई शहिद घोषणा र दशलाख क्षतिपुर्ती नदिएसम्म मृतकहरुको शव नउठाउने मोर्चा सप्तरीले जनाएको छ ।

भारतले फेरी सिमा मिच्न थाल्यो, बिराटनगरमा सिमा मिचेर चेक पोष्ट बनाउँदै

मोरङ ।
सिमा मिच्ने देखी नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्दै आइरहेको छिमेकी भारतले फेरी विराटनगरको रानी भन्सार क्षेत्र नजि सिमा मिचेर चेकपोष्ट बनाउन थालेको छ ।

दशगजा क्षेत्रमा भारतीय पक्षले नियमविपरीत संरचना निर्माण थालेको हो ।

भारतीयले विराटनगरको वडा नम्बर २२ को दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गरिरहेको छ । रानी भन्सारको एक नम्बर गेटछेउमा रहेको हनुमान मन्दिर पछाडिको उक्त ठाउँमा भारतको जोगबनी भन्सार कार्यालयले चेकपोष्ट बनाउन लागेको हो ।

नेपाली सिमा मिचेर दशगजा क्षेत्रमा भौतिक संरचना बनाउन थालेपछि त्यसक्षेत्रका नागरिकले यसको बिरोध थालेका छन् ।

विराटनगर भन्सार कार्यालयको पर्खालको झन्डै २२ फिट पश्चिमतर्फ रहेको अस्थायी संरचना भत्काएर जोगबनी भन्सारले त्यतिनै पूर्वतर्फ सारेर भौतिक संरचना बनाउन लागेको हो ।

हेपाहा भारतले सिमा मिचेर भौतिक संरचना बनाउन थालेपनि नेपाल सरकारले रोक्न पहल नगर्दा जनआक्रोश बढ्दै गएको छ ।

भारतले सो ठाउँमा हाल २२ बाई २० फीटको पक्की संरचना निर्माण गरिरहेको छ ।

यसअघि  २०४४ सालमा समेत जोगबनी भन्सारले सो ठाउँमा पक्की संरचना निर्माण गर्ने प्रयास गरेपनि स्थानिय स्वाभिमानी नेपालीले त्यसको बिरोध र प्रतिकार गरेपछि भारत पछि हटेको थियो ।

जोगबनी भन्सारले उक्त ठाउँमा तीन दिनअघिदेखि नै संरचना निर्माणको काम सुरु गरेपनि जिल्ला प्रशासन थाहा नपाएझैं बसिरहेको छ ।

भारतले सिमा मिचेर जोगबनी भन्सारको सामान चेकजाँच मिसिन सहित स्थायि घर बनाउन लागेको बुझिएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web