बन्द बिरुद्ध जनताले प्रतिकार गर्दै मोर्चाका जिल्ला अध्यक्षलाई वीरगञ्जमा कुटे

फाल्गुन २५, २०७३ मा प्रकाशित | 1019 views

पर्सा ।
जर्वजस्ती बन्द गर्दै स्थानिय सर्वसाधारणलाई आतंकित पार्दै व्यापारिलाई कुटपीट प्रयास गरेपछि वीरगञ्जमा स्थानिय जनताको प्रतिकारमा मधेशी मोर्चाका नेताहरुले कुटाइ खाएका छन् ।

वीरगञ्जको घण्टाघर चोकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ताले पसल र उद्योगभन्दा बन्द गराउँदै स्थानिय व्यापारिलाई कुटपीट थालेपछि स्थानियले प्रतिकार गरि उनिहरुलाई त्यहाँबाट लखेटेका हुन् ।

केहीबेर घण्टाघर चोकमा झडप समेत भएको थियो ।

बजार बन्द गराउने क्रममा आन्दोलनकारीले वीरगन्जको मिना बजारमा रहेका किराना पसल सञ्चालकलाई कुटपिट गरेपछि सोको विरोधमा व्यापारी एकजुट भई आन्दोलनकारीको प्रतिकार गरेका हुन् । बन्दकर्ताबिरुद्ध स्थानिय नागरिकले समेत व्यापारिहरुलाई साथ दिएर लखेटेका थिए ।

व्यापारीले गरेको प्रतिकारमा परी राष्ट्रिय मधेस समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रेमबाबु पटेल समान्य घाइते भएका छन् । उनी स्थानिय नागरिकलाई आतंकित पार्दै जर्वजस्ती बन्द गराउँदै हिँड्ने मोर्चाका नाइके थिए ।

व्यापारी र आन्दोलनकारीबीचको भिडन्तलाई रोक्न स्थानीय प्रशासनले वीरगन्जको घण्टाघर चोकमा भारी सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरेको थियो ।

मोर्चाले बन्द आह्वान भन्दै जर्वजस्ती तराई बन्द गराएको आज दोस्रो दिन अघिल्लो दिनको तुलनामा स्थानिय नागरिकहरुले स्वस्फुर्त रुपमा बन्दको अवज्ञा गर्दै पसल तथा व्यवसाय सुचारु गरेका थिए ।

मोर्चाको जर्वजस्त बन्दले जिल्लाबाट चल्ने सयौं बस चल्न नपाउँदा हजारौं यात्रु गन्तव्यमा जानबाट रोकिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web