पप्पु गुरुङ्, २६ फागुन, दोधारा चाँदनी । कञ्चनपुरको पुनर्वासमा भारतीय सुरक्षाकर्मी (एसएसबी)ले नेपाली नागरिकको हत्या गरेको भन्दै सदरमुकाम महेन्द्रनगरमा जुलुश प्रदर्शन भएको छ । विहिबार विहान पुनर्वासको आनन्दबजारमा भारतीय प्रहरीको गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो । घटनाको विरोधमा आज सााझ एमाले निकट युवा संघ नेपालले सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको हो । जुलुशमा ‘भारतीय विस्तारवाद मुर्दावाद, हस्तक्षेप बन्द गर, हत्यारालाई कारवाही गर’ जस्ता नारा लगाइएको थियो । युवा संघका केन्द्रीय सचिव अशोक चन्दका अनुसार घटनाको विरोधमा महेन्द्रनगरमा एक घण्टा चक्का जाम समेत गरिएको छ । यसैबीच घटनाको विरोधमा नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीले विरोध प्रदर्शन गरेको छ । यता प्रहरीले युवा संघको जुलुश प्रदर्शनमा भारतीय नम्बरको मोटर साइकल र गाडीमा तोडफोड भएको जनाएको छ ।

काठमाडौं, फागुन २६ । कन्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ८ स्थित आनन्दब जारमा भारतीय सीमा सुरक्षा बलको फायरिङमा परी मृत्यु भएका गोविन्द गौतमलाई शहीद घोषणा गर्न चौतर्फी माँग उठेको छ । सीमा सुरक्षा बलको ज्यादती गर्दै देश र जनताका लागि राष्ट्रियताको रक्षार्थ गोली थापेका गौतमलाई शहीद घोषणा गर्नु पर्ने भन्दै राजधानीमा जुलुस निकालिएको छ । कन्चनपुरको क्षेत्र नं. १ की माओवादी नेतृ बीना मगरले पनि गौतमलाई शहीद घोषणा गर्न माँग गरेकी छिन् । राजधानीमा अखिल नेपाल ट्रेड यूनियन महासंघ, योङ्ग कम्युनिष्ट लिग, अखिल क्रान्तिकारी, अखिल छैठौं र अन्य कतिपय राजनीतिक गैर राजनीतिक संगठनहरुले भारतीय ज्यादतीको बिरोध गरेका छन् । कतिपय संगठनले गौतमलाई शहीद घोषणा गर्न माँग गरेका छन् ।

कञ्चनपुर, २६, फागुन । कञ्चनपुर पुनरर्वास नगरपालिका वडा नम्बर ८ स्थित आनन्द बजारमा भारतीय सीमा सुरक्षाबलले गरेको ज्यादतीका विरुद्ध माओवादी (केन्द्र)ले ७ नम्बर प्रदेश बन्दको आह्वान गरेको छ । आनन्द बजरामा भारतीय प्रहरीको गोलीबाट पुर्नवास नगरपालिका समिति सदस्य गोविन्द गौतमको मृत्यु भएको र भारतीय प्रहरीले नेपालको सार्वभौम सत्ता माथि ठाडो हस्तक्षेप गरेको विरोधमा बन्दको घोषणा गरेको माओवादी केन्द्र नम्बर प्रदेश समितिले जनाएको छ । ‘सीमा क्षेत्रमा भारतीय प्रहरी आएर नेपालीहरु माथि निर्घात कुटपिट, नेपालीको हत्या गर्ने, धम्क्याउने तथा लुटपाट जस्ता अपराधिक क्रियाकलाप बारम्बार भइरहदा समेत नेपाली प्रशासन मौन रहदै आएको परिस्थिति छ । आजको घटना यसैको उपज हो । त्यसैले भारतीय ज्यादतीको विरोधमा हामीले ७ नम्बर प्रदेश बन्द गर्ने निर्णय गरेका हौं’ माओवादी नेता सरलले बताए, भारतीय हस्तक्षेपका कारण आजको दु:खद् घटनाबाट ७ नम्बर प्रदेशका जनता निकै दु:खीत र अक्रोशित बनेका छन् । बन्दको समर्थनगर्न माओवादी केन्द्रले सम्पूर्ण जनताहरुमा अनुरोध समेत गरेको छ ।

टोकियो ।
देशको सिमा रक्षाको लागि लड्दा लड्दै भारतीय सिमा फौजको गोलीबाट शहिद भएका गोविन्द गौतम परिवारको लागि जापानमा रहेका नेपालीहरुले सहयोग रकम संकलन थालेका छन् ।

देशको सिमा रक्षा गर्दा गर्दै बिदेशी सुरक्षा फौजबाट आफ्ना नागरिक मारिंदा सरकारले घण्टौं वितिसक्दा समेत प्रतिक्रिया नदिनु, शहिद परिवारको बारेमा सम्वोधन नगरिनु आदि कारणले देशको लागि लडेका नेपालीको लागि नेपालीनै सबै सहयोग गर्न तयार छन् भन्ने सन्देश दिंदै टपनेपालन्युजडटकमको पहलमा थालिएको रकम संकलनको सुरुवातमै यदुराम सापकोटा, ज्याक खड्का, गोकर्ण अधिकारीबाट तत्काल दश दश हजार जापानी येन प्राप्त भएको छ ।

यसैगरि जापानमा समाज सेवाको क्षेत्रमा सक्रिय युवा शिव तण्डुकारबाट तत्काल ५ हजार येन सहयोग प्राप्त भएको छ ।

देशको लागि प्राण आहुती दिने सच्चा शहिदको सम्मानमा परिवारको सहयोगको लागि थालिएको यो अभियान राज्यको लम्पसारवाद र बिदेशी सामु बनेको निरिहताको बिरोधको प्रतिक समेत बन्न पुगेको छ ।

आफ्ना नागरिक देशको रक्षाको लागि मारिंदा शहिद घोषणा, घटनाबारे सम्वोधन गर्नुको साटो सत्ता टिकाउन सरकार विस्तार र कुर्सीको वाँडफाँडमा लागेको लजास्पद घटनाबाट विछिप्त देशका सिमा रक्षक सच्चा नेपाली प्रतिको सम्मानको लागि थालिएको यो अभियानमा जापानमा रहनुभएका सबै स्वाभिमानी नेपालीहरुमा सक्दो सहयोगको लागि टपनेपालन्युजडटकम बिनम्र अनुरोध गर्दछ ।

व्यक्तिगत, संस्थागत तथा संगठन र सामाजिक संघसंस्थाको तर्फबाट समेत सक्दो सहयोग गरि देशको लागि प्राण आहुती दिनुभएका शहिद गोविन्द गौतम प्रतिको तपाईको सम्मानको अपेक्षा गर्दछौं ।

शहिद गोविन्द गौतमको परिवारसँगको वार्ता तथा अवस्था र गोविन्द गौतमबारेमा भोली टपनेपालन्युज कञ्चनपुर स्थानिय संवाददाता पप्पु गुरुगंले भिडियो सहितको अन्र्तवार्ता पठाउनुहुनेछ ।

हामी तपाई सबै सहयोगी देशभक्त नेपालीहरुमाझ यहाँले गर्नुभएको सहयोग पूर्ण रुपमा परिवारले पाउने बाचा सहित यसको सबै जानकारी उपलब्ध गराउने बाचा गर्दछौं ।

तपाईले गर्नुभएको सहयोगले परदेशमा रहेर पनि देशको सुरक्षामा खटिएका हाम्रा वर्दी बिनाका सिमा रक्षक नेपालीहरुको हौसला बढ्ने हुनाले सहयोगको लागि बिनम्र अनुरोध गर्दछौं ।

सहयोग रकम जापान जेपी बैंकको १०१८०-९३९७७५४१ खाता नम्वरमा जम्मा गराउन सक्नुहुनेछ । टपनेपालन्युज डटकमले प्राप्त रकम विवरण हरेक दिन साँझ प्रस्तुत गर्नेछ । प्राप्त सहयोग रकम शहिद गोविन्द गौतम परिवारको १३ औं पूण्य तिथिका अवसरमा परिवारलाई हस्तान्तरण गरिने भएकाले मार्च १७ तारिख भित्र जम्मा गराइसक्नुहुन अनुरोध गर्दछौं ।

काठमाडौं,फागुन २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् । बिहीबार साँझ राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीको उपस्थितीमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । थापा उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्री र राप्रपाका नेता दिलनाथ गिरीलाई संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयको जिम्मेवारी दिएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गरेका हुन।

राप्रपाको महाधिवेशनबाट शक्तिशाली अध्यक्षमा निर्वाचित भएका कमल थापाले उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्रीको सपथ ग्रहण गरिरहँदा माओवादीका हितराज पाण्डेलाई माओवादीले फिर्ता वोलाएको छ ।

राप्रपाका तर्फबाट सरकारमा यसअघि नै सहभागी भएपनि पार्टीका तर्फबाट नेतृत्व गरेर कमल थापा गएका हुन्। उनीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक दिलनाथ गिरी पर्यटन मन्त्री बन्ने भएका छन् । बिहीबार हुनलागेको मन्त्रीमण्डलमा थापा पछि गिरीले पनि सपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

एमालेसहित दुई सय एक सांसद संविधान संशोधनको विपक्षमा देखिएका छन्। संसदमा पाँच सय ९४ सांसद छन्। मधेशी मोर्चाले सरकारलाई समर्थन फिर्ता लिए पनि सरकारसँग प्रष्ट बहुमत रहनेछ। थापा थपिएपछि मन्त्रिपरिषदमा ३१ मन्त्री र १४ राज्यमन्त्री गरी ४५ जना भएका छन्।

अब मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री भएका छन्। यसअघि बिमलेन्द्र निधिले उपप्रधान तथा गृह र कृष्णबहादुर महराले उपप्रधान तथा अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्।

जाजरकोट ।
जाजरकोटमा बिहीबार भएको दर्दनाक बस दुर्घटना परि मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

५० बढी यात्रु रहेको बस सडकबाट करिव २ सय मिटर तल खस्दा मृत्यु हुनेको संख्या बढेर २४ पुगेको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या बढेर २४ पुगेको जानकारी प्राप्त भएको छ ।

घाइतेहरुलाई सेनाको हेलीकोप्टरबाट नेपालगञ्ज र काठमाण्डौं उपचारको लागि पठाइएकोमा उपचारका क्रममा र लैजाँदा लैजाँदै मृत्यु भएका थप ४ को जानकारी आएपछि २० जनाको मृत्यु भएको यसअघि प्राप्त जानकारीमा तीन जना थपिएको हो ।

जाजरकोटको खलंगाबाट पश्चिम खारा तर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस ओरालो बाटोमा गुडेको दुई मिनेटमै अनियन्त्रित भई भिरबाट खोलामा खसेको हो ।

दुर्घटनास्थलमा जाजरकोटका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका थिए ।

बसमा यात्रुहरु बढी भएकाले ‘ओभर लोड’ हुन गई ओरालो घुम्तीमा बस भिरतर्फ ढल्कँदा बस पल्टिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घाइतेहरु मध्ये अझै केहीको अवस्था गम्भिर रहेकाले दुर्घटनामा परि मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ ।

कञ्चनपुर, २६ फागुन, कञ्चनपुर । भारतीय सीमा क्षेत्रमा पर्ने आनन्द बजारका स्थानीय नेपालीहरुको घरमा भारतीयहरुले लुटपाट गरेका छन् । स्थानीय श्याम गुरुङको पसलसमेत रहेको घरबाट भारतीयहरुले बिहीबार दिउासो बाख्रा, खसीबोका, भाडाकुाडा र लत्ताकपडा समेत लुटेर लगेको प्रत्यक्षदर्शीले बताए । गुरुङको टिनले छाएको कच्ची घरको छानामा रहेको टीनका पातासमेत उक्काएर लगेको प्रत्यक्षदर्शीको गुनासो छ । गुरुङको घरमा रहेको एउटा मोटरसाइकलसमेत भारतीयले लुटेर लगेको स्थानीयले बताए । कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने आनन्द बजार क्षेत्रका अन्य घरहरुमा पनि एसएसबीसागै छिरेका भारतीयहरुले तोडफोड गरेका हुन् । एसएसबीले गोली चलाएपछि नेपालीहरु तितरवितर भएको मौकामा भारतीयहरु श्याम गुरुङको घरमा प्रवेश गरेका हुन् । एसएसबीको आडमा भारतीयहरुले नेपालीको घरमा तोडफोड गर्दा नेपाल प्रहरी भने मूकदर्शक बनिरहेको स्थानीयले गुनासो गरे । प्रहरी निरीक्षकको कमाण्डमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी मूकदर्शक बनेको र नेपालीमाथि ज्यादती हुादा मूकदर्शक बनेको गुनासो स्थानीयको छ । घटनामा भारतीयहरुले हानेको ढुंगाले लागेर बेलौरिया सीमा पोस्टका सशस्त्र प्रही इन्स्पेक्टर राम खत्रीसमेत घाइते बनेका छन् । उनको मुखमा चोट लागेको छ । त्यस्तै, एक जना प्रहरी नायव निरीक्षकलाई समेत चोट लागेको छ । एसएसबीको गोली लागेर घाइते भएका गोविन्द गौतमको धनगढी अस्पतालमा मृत्यु भएपछि आनन्द बजारमा थप तनाव बढेको छ । सुरुमा जनपथ प्रहरी मात्रै खटिएकोमा दिउसो २ बजेपछि कैलाली र कञ्चनपुरबाट सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । कञ्चनपुरबाट प्रमुख जिल्ला अधिकारी र एसपी पनि घटनास्थलतर्फ लागेका छन् । घटनास्थलमै भारतीय एसएसबीका अधिकारीहरुसाग वार्ता भइरहेको छ । नेपालीहरु आक्रोशित बनेर नाराबाजी गरिरहेका छन् ।

कञ्चनपुर, २६ फागुन । कञ्चनपुरको पुनास नगरपालिकास्थित कारगिलडााडा क्षेत्रमा स्थानीय सडकमा ह्युमपाइप राख्ने विषयमा नेपाली र भारतीय पक्षबीच झडप हुादा एकजना नेपाली युवकको मृत्यु भएको छ । नेपाल–भारत २०० नम्बर सीमास्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ड निर्माण गरी पानीको निकासका लागि ह्युमपाइप राख्ने विषयमा नेपाली र भारतीय नागरिकबीच विवाद हुादा दोहोरो ढुङ्गा हानाहान भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । स्थिति नियन्त्रणमा लिन भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर पुनर्वास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताउनुभयो । एसएसबीको गोली लागेर गम्भीर घाइते भएका गौतमलाई उपचारका लागि धनगढी लैजाादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । ह्युमपाइप राख्न भारतीय पक्षले अवरोध गरेपछि आक्रोशित नेपालीले भारतीय भूमिमै गएर उनीहरुलाई लखेटे पछि दोहोरो झडपको स्थिति बनेको इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले जनाएको छ । प्रहरीका अनुसार भारतीय एसएसबीले छ राउन्ड हवाई फायर समेत गरेको छ । “यतिबेला स्थिति नियन्त्रणमा लिएर हामी स्थानीयवासीलाई साम्य बनाउन लागिरहेका छौ ।” प्रहरीले भन्यो – “भारतीय नागरिकलाई पनि भारतीय सुरक्षा संयन्त्रले सम्हालिरहेको छ ।” घटनापछि नेपाल तर्फ सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश बहादुर चन्द पनि घटनास्थल तर्फ गएको प्रहरीले जनाएको छ । पुनर्वासका स्थानीयवासीले भारतको स्थानीय सहर बसाइन जाने बाटोमा ह्युमपाइप राखिरहेका थिए । पुनर्वास क्षेत्रमा सीमा अतिक्रमणको विषयलाई लिएर यसअघि पनि किचलो हुने गरेको थियो ।

कञ्चनपुर ।
नेपाली भूमिमा कल्भर्ट निर्माण गर्न लागेका नेपालीलाई भारतीय भूमि भएको दावी गर्दै कथित भारतीय सिमा सुरक्षा बल एसएसबीले गोली हान्दा एक नेपाली नागरिकको मृत्यु भएको छ ।

एसएसबीले नेपाली नागरिकलाई ताकेर गोली हानी हत्या गरेपछि कञ्चनपुर सिमा क्षेत्र तनावग्रस्त बनेको छ ।

नेपाली नागरिकलाई गोली हान्दा समेत नेपाली सुरक्षाकर्मीले त्यसको प्रतिकार र छेक्नुको साटो उल्टै नेपाली नागरिक मारिएको बिरोधमा प्रदर्शन गर्ने नेपालीमाथि लाठी चार्ज गरेको छ ।

कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजार नजिकै निर्माण गरिएको कल्भर्टको बिबाद गर्दै आएको एसएसबीले आज गोली हानी नेपालीको हत्या गरेको हो ।

गोली लागेर घाइते भएका पुर्नवास नगरपालिका–८ का गोविन्द गौतमको उपचारका क्रममा मृत्यु भएको हो।

घाइते गौतमको धनगढीस्थित सिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालका चिकित्सक चन्द्रप्रकाश पाण्डेका अनुसार गौतमको ढाडमा गोली लागेको थियो। ढाडमा लागेको गोली निकाल्ने क्रममा उनको मृत्यु भएको हो ।

झडपका क्रममा भारतीय एसएसबीको बचाउको लागि आएका भारतीय प्रदर्शनकारीले हानेको ढुंगा लागेर सशस्त्र प्रहरी बल एपीएफका प्रहरी निरीक्षक रामबहादुर खत्री समेत घाइते भएका छन् ।

आनन्द बजार नजिक नेपाली पक्षले एक महिनाअघि नै नेपाली भूमिमा कल्भर्ट निर्माण गरेको थियो। तर, भारतीय सीमा सुरक्षा बल एसएसबीले कल्भर्ट निर्माण गरिएको स्थान भारतमा पर्ने भन्दै अबरोध पुर्याउँदै आएको छ ।

नेपाली नागरिकको गोली हानी हत्या भएपछि सो क्षेत्रमा वरपरका विभिन्न गाविसबाट समेत ठूलो संख्यामा नेपालीहरु बिरोध र प्रदर्शनको लागि त्यहाँ पुगेका छन् ।

नेपाली भूमिमा छिरेर नेपाली नागरिकको हत्या गर्दा समेत मौन रहेको प्रशासन र सरकारको लाचारी देखेर स्थानियवासी झनै रुष्ट बन्दै भारतीय एसएसबीको चर्को प्रतिकारमा उत्रिएका हुन् ।

भारतीय हस्तक्षेप बिरुद्ध कञ्चनपुरवासी जागे, एसएसबीको दादागिरी बिरुद्ध ढुंगा प्रहार गरि बिरोध

काठमाडौं ।
चर्चित लोक दोहोरी गायक युवराज आचार्यले जुनेली रातमा आफ्नी मायालु साथमा हुँदा भोक निन्द्रा हराएको बताएका छन् ।

तर तपाईलाई पहिले नै भनिहालौं यो गायक जिवनको वास्तविक प्रेम कथा भन्दा पनि नयाँ लोकदोहोरी गितभित्रको कथा हो ।

नौलो मायाँ बोलको नयाँ म्युजिक भिडियो दुई दिनमात्र युट्युव मार्फत सार्वजनिक गरेका गायक आचार्यलाई गितमा साथ दिएकी छिन् लोकप्रिय गायिका देवि घर्तीले ।

नौलो मायाँ पाएपछि संसार भुलेको नव प्रेमिल जोडिको कथा र भावना समेटिएको गित फास्ट ट्र्याकमा गाइएको छ ।

जसमा नृत्य र गितको तालले नाचौं नाचौं बनाएको उत्कृष्ठ शब्द संयोजनमा साथ दिंदै आर अडियो म्युजिकले आफ्नो प्रस्तुतीको रुपमा गायक आचार्यलाई साथ दिएका छन् ।

जापान कर्मथलो बनाउँदै आएका प्रवासी लोक दोहोरी गायक युवराज आचार्यको यो गितलाई सेवा ग्रुप जापानले आफ्नो सगौरव प्रस्तुतीको रुपमा बजारमा ल्याएको छ ।

शब्द र संगित आफैंले भरेका युवराज आचार्यको यो गितमा शंकर बिसीसँगै पुर्णिमा श्रेष्ठ एवं ईश्वर कँडेल र रिना थापाले मोडलिंग नृत्य प्रस्तुत गरेका छन् ।

म्युजिक नेपाल मार्फत सार्वजनिक गितको सुन्दर भिडियो निर्माण राजेश घिमिरे र
देवराज आचार्यले गरेका हुन् । यसैगरि नविन घर्ती मगरले भिडियो इडिटिंग
गरेका हुन् भने शंकर बिसीको यसमा निर्देशन रहेको छ ।

भिडियो हेर्नुहोस्

पाल्पा ।
पाल्पाका महिलाहरु हस्तकलाबाट आत्म निर्भर बन्दै गएका छन् । हात, सिप र कलाको प्रयोग गरी बच्चाका लागि खेलौना, गुडिया, घर, कार्यालय सजावटका लागि कुसन, चुरा, ऐना, फूल लगायका सामग्रीहरु व्यवसायिक रुपमा उत्पादन गर्न थालेपछि जिल्लाका महिलाहरु आत्मनिर्भर बन्दै गएका हुन् ।

हातले बनाएका सामाग्री पाल्पा घुम्न आउने पर्ययटकको रोजाई बन्दै गएको छ । पाल्पामा मात्रै दुई दर्जन बढी महिलाहरुले हस्तकलाको पेसालाई व्यवसायिक रुपमा संचालन गरेका छन् । दोभान–२ पाल्पाकी हरिकला थापा मगरले हस्तकलाबाटै अहिले मासिक ४० देखि ५० हजारसम्म बचत हुने गरेको बताउनुभयो ।

झण्डै ४ सय बढीलाई तालिम दिनुभएका हरिकलाले आफ्ना उत्पादित सामग्रीहरु जिल्लामैै बढी खपत भएको बताउनु भयो । सुरुमा समय र लगानीको जोखिम रहेको बताउने हरिकला भन्नुहुन्छ, अहिले ग्राहकको समस्या छैन, ढुक्कले लगानी गरेका छौ“ ।

घरेलु सामानको उत्पादन र बिक्रीबाट राम्रो कमाई गर्नुभएकी तानसेन वडिज्ञान टोलकी देवी सारुले दुई चार पैसाका लागि परिवारस“ग हात थाप्नु नपर्ने बताउनुहुन्छ ।

हस्तकलाको तालिम पछि व्यवसायिक रुपमा सिपको प्रयोग हुन थालेपछि मासिक २०–२५ हजार आम्दानी गर्न सफल सारुले पहिले गफ गरेर बिताउने समय अहिले नया“ नया“ सिप र प्रबिधिको बिकासमा समय जाने बताउनुभयो ।

सरकारी कार्यालय र होटलहरुमा सजावटका लागि सामानको माग बढिरहेको महिला उद्यामीहरुको भनाइ छ ।

कला र सिपबाट कम खर्चमै आकर्षक सजावटका सामाग्रीबाट नगद आर्जन हुने भएकाले पनि हस्तकलाका सामग्री उत्पादन र बिक्रीमा महिलाको आकर्षण बढ्दो छ । महिलालाई व्यवसायिक र अत्मनिर्भर बनाउन हस्तकला, सिलाइकटाइ, व्युटिपार्लर, ढाका, मोवाइल मर्मत लगायतका तालिमहरु संञ्चालन गर्दै आएको बताउ“दै घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख बालकृष्ण गैरेले हस्तकलाको उत्पादन र प्रयोगमा पनि बृद्धि आएको बताउनुभयो ।

आर्थिक अवस्था कम्जोर भएका महिलाहरुका लागि मेशिन लगायतका आवश्यक औजार समेत वितरण गरेको जानकारी दिदै कार्यालय प्रमुख गैरेले हस्तकलाको व्यवसायिक उत्पादन र बिक्रीमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कञ्चनपुर ।
नेपाली भूमिमा निर्माण गरिएको कल्र्भट बनाउन रोक लगाउँदै नेपाली नागरिक कुट्ने भारतीय सीमा सुरक्षा फौज एसएसबीको कञ्चनपुरवासीले प्रतिकार गरेका छन् ।

नेपाली भूमिमा छिरेर एसएसबीको फौजले नेपाली नागरिकमाथि कुटपीट र धम्की दिन थालेपछि जागेका कञ्चनपुरबासीले नेपाली भूमिमा छिरेको भारतीय एसएसबी फौजलाई ढुंगामुढा गरि त्यहाँबाट धपाएका छन् ।

स्थानियवासीहरु एसएसबी र भारतीयको हेपाहा बिरुद्ध चर्को नाराबाजी सहित सिमा क्षेत्रमा बिरोध प्रदर्शन गरिरहेका छन् ।

भारतीय एसएसबी फौजलाई दशगजा क्षेत्रबाट लखेटेपछि एसएसबीको बचाउमा आएका भारतीय र नेपाली बिच सिमा क्षेत्रमा ढुंगाहानाहान भएको छ ।

आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको कुतर्क गर्दै एसएसबीले नेपाली नागरिकमाथि कुटपीट गरेको थियो ।

नेपाली नागरिकको नाममा रहेको जग्गा र नेपाली सिमा भित्र पर्ने भूमिमा गुगलले भारतमा देखायो भन्ने तर्क गर्दै सिमा अतिक्रमण गर्दै आएको एसएसबीले नेपालीमाथि हातपात थालेपछि स्थानिय स्वाभिमानी नेपाली त्यसको प्रतिकारमा उत्रिएका थिए ।

भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहान ९ बजे स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका हुन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

एसएसबीले भारतीय नागरिकलाई नेपालतर्फ ढुंगामुढा गर्न उक्साउँदै छेकेको जस्तो गर्दै आक्रमण गरिरहेको भन्दै नेपालीहरुले नाराबाजी गर्दै प्रतिकार गरिरहेका छन् । तर नेपाल तर्फ शसस्त्र प्रहरी र जनपद प्रहरीले नाराबाजी समेत गर्न रोक लगाउन भन्दै सो क्षेत्रबाट नेपालीहरुलाई हटाउने प्रयास गरिरहेको छ ।

भारतीय र एसएसबी ज्यादती बिरुद्ध उत्रिएका नेपालीहरु ठूलो संख्यामा भेला भएपछि झडप हुने देखिएपछि महेन्द्रनगरबाट समेत सो क्षेत्रमा थप सुरक्षाकर्मी लगिएको छ ।

भारतीय एसएसबीले नेपाल भारत सिमा क्षेत्रमा भारतीय नागरिकलाई नेपाली भूमि मिच्न उक्साउने र सहयोग गर्ने देखी रातारात सिमा स्तंभ भत्काउने तथा सार्ने गर्दै आएको छ भने नेपाली नागरिकमाथि कथित सुरक्षा चेकजाँचको नाममा दुख दिंदै पैसा असुल्दै कुटपीट समेत गर्दै आएको छ ।