कञ्चनपुर, २७ फागुन । हिजो नेपाली नागरिक गोविन्द गौतमको गोली हानेर हत्या गरेको भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले कञ्चनपुरको पुनर्वासमा शुक्रबार अपराह्न फेरि नेपालीमाथि गोली चलाएको छ । घटनास्थलमा रहेका पत्रकार धनब बहादुर बिकका अनुसार शुक्रबार अपरान्ह एसएसबीले नेपालीमाथि ४० पटक भन्दा बढी राउन्ड हवाई फायर गरेको हो । घटनास्थलमा तीन हजार भन्दा बढी नेपाली जनता राष्ट्रिय झण्डा बोकेर उपस्थिती छन् ।
नेपाली महिलालाई नांगै बनाएर फर्काए
पत्रकार बागका अनुसार आज विहान घाास काट्न भारतीय भूमि गएका (उनीहरु सधै त्यहाा घाास काट्न जान्थे) चार महिलालाई भारतीय पक्षले नांगै पारेर नेपाल फर्काएपछि पुनर्वास स्थित आनन्द बजारमा थप तनाव बढेको छ । महिला माथि भारतीय पक्षले गरेको दुर्व्यवहार विरुद्ध प्रतिकारमा उत्रिदा एसएसबीले आजपनि हवाई फायर गरेको हो । विहान पारी गएर घाास काटिरहेका बेला भारतीय पक्षले उनीहरुका शरीरका सबै कपडा च्यातेर नांगै बनाई फिर्ता पठाएका थिए । वारी आइसकेपछि केही महिलाले देखेर उनीहरुलाई आफ्नो कपडा लगाइ दिएर घर ल्याएका थिए । महिलालाई नाङ्गै बनाउने र नेपालीमाथि आक्रमण नरोकिदासमेत नेपाली सुरक्षाकर्मी मूकदर्शक बनेको भन्दै स्थानीयबासी आक्रोशित बनेका छन् । यसै बीच कैलाली संग जोडिएको गौरीफन्टा नाकामा नेपाल र भारतका अधिकारी (सिडिओ) स्तरमा वार्ता भइरहेको छ ।
२७ फागुन, कैलाली । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर नेपालीको मृत्यु भएको विरोधमा कैलाली र कञ्चनपुरमा व्यापक बिरोध प्रदर्शन भइरहेको छ । कैलाली सदरमुकाम धनगढीबाट राष्ट्रिय झण्डा सहित सीमा नाका त्रिनगर पुगेका स्थानीयबासीले भारतीय ज्यादतीबिरुद्ध प्रदर्शन गरिरहेका छन् । नाका क्षेत्रमा प्रहरीले लगाएको कााडेतार छिचोल्दै गौरिफान्टा नाका प्रबेश गर्न लागेका आक्रोशित नेपालीहरुलाई प्रहरीले नाकाको ढाट नजिकै रोकेको छ । उनीहरुले भारतको ज्यादतीबिरुद्ध कारबाही नगरेको भन्दै नेपाली सुरक्षाकर्मीको पनि बिरोध गरेका छन् । कञ्चनपुरको आनन्दबजारमा पनि बिहानैदेखि नेपालीहरुले प्रदर्शन गरिरहेका छन् । उनीहरुले हिजो सााझ एक भारतीय ट्याक्टरमा आगजनीसमेत गरेका थिए । सम्भावित दुर्घटना रोक्न सीमाक्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सीमा विवाद उत्कर्षमा पुगेपछि अहिले कैलाली र कञ्चनपुरका सबै सीमानाका बन्द गरिएको छ । कैलाली र कञ्चनपुरमा ३ र ३ वटा सीमानाका छन् । कञ्चनपुरको आनन्दबजारमा भारतीय हस्तक्षेपको विरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एक नेपाली गोविन्द गौतमको मृत्यु भएको थियो ।
२७ फागुन, कैलाली । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर नेपालीको मृत्यु भएको विरोधमा कैलाली र कञ्चनपुरमा व्यापक बिरोध प्रदर्शन भइरहेको छ । कैलाली सदरमुकाम धनगढीबाट राष्ट्रिय झण्डा सहित सीमा नाका त्रिनगर पुगेका स्थानीयबासीले भारतीय ज्यादतीबिरुद्ध प्रदर्शन गरिरहेका छन् । नाका क्षेत्रमा प्रहरीले लगाएको कााडेतार छिचोल्दै गौरिफान्टा नाका प्रबेश गर्न लागेका आक्रोशित नेपालीहरुलाई प्रहरीले नाकाको ढाट नजिकै रोकेको छ । उनीहरुले भारतको ज्यादतीबिरुद्ध कारबाही नगरेको भन्दै नेपाली सुरक्षाकर्मीको पनि बिरोध गरेका छन् । कञ्चनपुरको आनन्दबजारमा पनि बिहानैदेखि नेपालीहरुले प्रदर्शन गरिरहेका छन् । उनीहरुले हिजो सााझ एक भारतीय ट्याक्टरमा आगजनीसमेत गरेका थिए । सम्भावित दुर्घटना रोक्न सीमाक्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सीमा विवाद उत्कर्षमा पुगेपछि अहिले कैलाली र कञ्चनपुरका सबै सीमानाका बन्द गरिएको छ । कैलाली र कञ्चनपुरमा ३ र ३ वटा सीमानाका छन् । कञ्चनपुरको आनन्दबजारमा भारतीय हस्तक्षेपको विरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एक नेपाली गोविन्द गौतमको मृत्यु भएको थियो ।
कञ्चनपुर, फागुन २७ । कञ्चनपुरमा भारतीय नम्बर प्लेटका सवारी साधनमा रोक लगाइएको छ । बिहीबार भारतीय सुरक्षाकर्मीको गोलीबाट एक जना नेपाली मारिएपछि असहज परिस्थिति सृजना भएको भन्दै दैनिक रुपमा सीमावर्ती क्षेत्रमा आउने भारतीय नम्बर प्लेटका सबै सवारी साधनमा प्रहरी प्रशासनले रोक लगाएको हो । सीमा नाका गड्डाचौकी, दोधारा चाँदनी, ब्रह्मदेव, बेलौरी, पुनर्वास लगायतका सीमा नाकाबाट सवारी साधन आवागमनमा रोक लगाइएको हो । बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका ८ को सीमावर्ती क्षेत्र आनन्द बजारमा कल्भर्टको विषयमा स्थानीयले गरेको प्रदर्शनमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एक जना नेपाली मारिएका थिए । सोही घटनाबाट आक्रोशित विभिन्न दल र भ्रातृ संगठनले बिहीबार सााझ घटनाविरुद्ध विरोध र्याली समेत निकालेका थिए भने भारतीय नम्बरप्लेटको एउटा मोटरसाईकलमा आगजनी र चारवटा सवारी साधन तोडफोड गरेका थिए । उता, सीमावर्ती क्षेत्रमा पर्ने भारतको बनवासा बजारमा म १ प ४१०९ नम्बरको मोटरसाईकल भारतीय पक्षले तोडफोड गरेका छन् । सीमाक्षेत्रबाट भारत प्रवेश नगर्न नेपाली सवारीसाधनलाई प्रहरीले आग्रह गरेको छ । उक्त घटनाको विरोधमा शुक्रबार ७ नम्बर प्रदेश बन्द आह्वान गरिएको छ । बिहानै देखि विभिन्न पार्टीका भ्रातृ संगठनहरुले भारतविरुद्ध प्रदर्शन गरेका छन् । बन्दका कारण कुनै सवारी साधन चल्न सकेका छैनन् । बजार व्यवसाय, शिक्षण संस्था र सरकारी कार्यालयसमेत पूर्ण रुपमा ठप्प भएका छन् ।

कञ्चनपुर, २७ फागुन, काठमाडौं । कंचनपुरको आनन्द बजार नजिक नेपाल भारत सिमा क्षेत्रमा बिहीवार भारतीय सिमा सुरक्षा फौज एसएसबीले गोली चलाउदा एक नेपालीको ज्यान गयो । एसएसबीको यो ज्यादतीको विरुद्ध अहिले पुरै देश आक्रोशित छ । कंचनपुरमा हिजो दिन भर जसो नेपालीहरुले प्रदर्शन गरे । आज त्यस क्षेत्रमा विहानै देखि प्रदर्शन भइरहेको छ । तर आजै केही भारतीय मिडियाले भने भ्रामक समाचार प्रकाशन गरेका छन् । गोली लागेर नेपालीको ज्यान गएको विषयलाई कतै उल्लेख नगरी भारतीय मिडियाले नेपाली नागरिक र नेपाली सुरक्षाकर्मी माथी नै गम्भिर आरोप लगाएका छन् । नेपाली पक्षले पुल निर्माण गरिरहेको क्षेत्रलाई विवादीत भुमी भनिएको छ । नेपाली पक्षलाई सम्झाउन पुगेका एसएसबीका अधिकारी र जवाव माथी नेपाली नागरिकले एक्कासी ढुंगा बर्साएको समाचारमा लेखिएको छ । प्रदर्शनमा नेपाली सुरक्षाकर्मीले पनि साथ दिएको र कम्तिमा ५० जना एसएसबीका जवान घाइते भएको दावी गरिएको छ । यस्तै नेपाल पक्षले भारतको सिमा तर्फ ५ सय मिटर भित्र छिरेर नेपाली झण्डा गाडेको समेत आरोप भारतीय मिडियाले लगाएका छन् ।

कञ्चनपुर, २७ फागुन । कञ्चनपुरमा भारतले ज्यादती गरिरहेको बेला नेपाल सरकारले भारतीय पक्षसाग झुकेर सहमति गरेको छ । पुनर्वास नगरपालिका–८ मा सोमबार २६ वर्षीय गोविन्दप्रसाद गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर मृत्यु भएपछि सीमा क्षेत्रको तनाव कम गर्न भन्दै नेपाल र भारतका अधिकारीबीच तीनबुादे सहमति भएको हो । भारतको उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाका डिएम आकाश दीप र कञ्चनपुरका प्रजिअ मनोहरप्रसाद खनाल बीच भएको छलफलमा सहमति भएको हो । तीनबुादे सहमतिको एउटा बुादामा एसएसबीले गोली प्रहार गरेर नेपालीको मृत्यु भएको देखिए छानबिन गरेर दोषीमाथि कारबाही र मृतकको परिवारलाई क्षतिपूर्ति दिने उल्लेख छ । जबकी भारतीय एसएसबीको गोली प्रहारबाट नै नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको हो । तर, नेपाली पक्षले सम्झौतामा किटानीपूर्वक त्यो विषय लेख्न र क्षतिपूर्तिका लागि अडान लिन सकेन । गल्ती देखिए मात्र कारबाही र क्षतिपूर्ति दिने भन्ने विषयले भारत माथि परेको छ । सहमतिका अन्य दुई बुादामा विवादित सीमा क्षेत्रमा दुवै देशको संयुक्त सर्भे टोलीले रेखाङ्कन गरी सीमा विवाद हल गर्ने र स्थानीयस्तरमा देखिने सीमा समस्या नेपाली सशस्त्र प्रहरी र एसएसबीले समन्वय गरेर हल गर्ने तथा माथिल्लो निकायमा विवादबारे समयमै जानकारी गराउने उल्लेख छ ।
कञ्चनपुर, २७ फागुन । कञ्चनपुरमा भारतले ज्यादती गरिरहेको बेला नेपाल सरकारले भारतीय पक्षसाग झुकेर सहमति गरेको छ । पुनर्वास नगरपालिका–८ मा सोमबार २६ वर्षीय गोविन्दप्रसाद गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर मृत्यु भएपछि सीमा क्षेत्रको तनाव कम गर्न भन्दै नेपाल र भारतका अधिकारीबीच तीनबुादे सहमति भएको हो । भारतको उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाका डिएम आकाश दीप र कञ्चनपुरका प्रजिअ मनोहरप्रसाद खनाल बीच भएको छलफलमा सहमति भएको हो । तीनबुादे सहमतिको एउटा बुादामा एसएसबीले गोली प्रहार गरेर नेपालीको मृत्यु भएको देखिए छानबिन गरेर दोषीमाथि कारबाही र मृतकको परिवारलाई क्षतिपूर्ति दिने उल्लेख छ । जबकी भारतीय एसएसबीको गोली प्रहारबाट नै नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको हो । तर, नेपाली पक्षले सम्झौतामा किटानीपूर्वक त्यो विषय लेख्न र क्षतिपूर्तिका लागि अडान लिन सकेन । गल्ती देखिए मात्र कारबाही र क्षतिपूर्ति दिने भन्ने विषयले भारत माथि परेको छ । सहमतिका अन्य दुई बुादामा विवादित सीमा क्षेत्रमा दुवै देशको संयुक्त सर्भे टोलीले रेखाङ्कन गरी सीमा विवाद हल गर्ने र स्थानीयस्तरमा देखिने सीमा समस्या नेपाली सशस्त्र प्रहरी र एसएसबीले समन्वय गरेर हल गर्ने तथा माथिल्लो निकायमा विवादबारे समयमै जानकारी गराउने उल्लेख छ ।

पप्पु गुरुङ्, २७, दोधारा चाँदनी । कञ्चनपरको पुर्नवासमा भएको सिमा क्षेत्रको घट्नालाई लिएर भोली दोधारा चाँदनीको सिमावर्ती कतियाकवर एसएसबी बेस क्याम्पमा भोली हुने सिमा बैठक स्थागित भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७, बाबाथान बजारमा बिगत २०/२५ वर्ष देखि निरन्तर मेडिकल संचालन गर्दै आएको पिलिभित जिल्ला, माधवताण्डा थाना, नौजलीया ग्राम निवासी बिजय कृष्ण हिरा– ५० को यहि फागुन ७ गते राती दोधारा चाँदनी नगरापलिका वडा नं. १०, बैतिफाँटा, जगबुडा नदीको नजिक निर्मम तरिकाले हत्या भएपछि सिमा क्षेत्र तनाव बन्दै गएको अवस्थामा सिमा क्षेत्रमा शान्ती तथा सहजको लागी कुतियाकवर एसएसबी क्याम्पमा भोली गर्ने भनिएको सिमा बैठक स्थागित भएको बताईएको छ् । भोली नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा दोधारा चाँदनीका राजनितिककर्मी, भारतिय सिमा सुरक्षा बल एसएसबी, भारतिय प्रहरी तथा भारतिय राजनितिककर्मी सम्मलित पुर्वनिर्धारित स्थानिय स्तरको सिमा बैठक कञ्चनपुरको पुर्नवासमा भएको घट्नाको कारण स्थागित गरिएको समाचार श्रोतले जनाएको छ् । भोली हुने स्थानिय स्तरको सिमा बैठक स्थगित गरिएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक फणेन्द्र शाहीले जवानकारी दिएका छन् । भोली नेपाल बन्द भनिएको अवस्था तथा पुर्नवासको घट्नाले आफुहरुलाई हाईएलर्टमा बस्न आदेश पाएको कारण भोली हुने स्थानिय स्तरको सिमा बैठक स्थगित गरिएको सशस्त्र प्रहरी निरिक्षक फणेन्द्र शाहीले बताएका छन् । दोधारा चाँदनीको कुतियाकवर क्षेत्रमा घर फर्कने क्रममा भारतिय नागरिक बिजय कृष्ण हिराको हत्या पछि स्थानियहरुलाई उक्त बाटो राती हिडडल गर्न बन्द भएको स्थानियहरुले बताएका छन् । “रातीको समयमा उक्त बाटो हिड्न समेत स्थानियहरु डर मानेका छन्” स्थानिय रिता जोशीले भने, “स्थानियहरुमा डरको बाताबरण श्रजना भएको छ्” दोधारा चाँदनीको सिमा क्षेत्रलाई शान्ती पुर्ण बनाउने दुबै देशका सुरक्षा अधिकारी तथा राजनितिककर्मीको भोली हुने बैठक स्थागित भएको नेकपा एमाले नगरकमिटि अध्यक्ष किशोर कुमार लिम्बुले जानकारी दिएका छन् । बिगत एक वर्ष देखि ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले भारतिय सिमा सुरक्षा बल एसएसबी तथा भारतिय प्रहरी संग सम्वन्य गरि सिमा बैठक संचालन गर्दै आएको छ् ।

काठमाडौं,फागुन २७ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाम रोमन म्यागासेसे पुरस्कारका लागि प्रस्ताव गरिएको छ।राजधानीमा बिहीबार आयोजित कार्यक्रममा विद्युत् व्यवस्थापनमा अतुलनीय काम गरेको भन्दै घिसिङलाई उक्त पुरस्कारका लागि प्रस्ताव गरिएको हो। विद्युत् भार कटौतीको चरम मार खेपिरहेका बेला नियुक्ति भई छोटो अवधिमै देशलाई उक्त समस्याबाट बाहिर निकाल्ने साहसिक काम गरेको भन्दै घिसिङलाई उक्त पुरस्कार प्रदान गर्न आग्रह गरिएको हो।

उक्त आग्रहपत्र इनर्जी डेभ्लपमेन्ट काउन्सिलका अध्यक्ष सुजित आचार्यले फिलिपिन्सकी समाजसेवी राजकुमारी मारिया आमोर तोरेसलाई बिहीबार काठमाडौंमा हस्तान्तरण गरे। ‘तपाईंको देशले विश्वभरका उत्कृष्ट काम गर्ने व्यक्तिहरुलाई विभिन्न विधामा हरेक वर्ष रोमन म्यागासेसे पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ’ पत्र हस्तान्तरणका क्रममा आचायले भने अतुलनीय काम गरेका घिसिङलाई पनि उक्त पुरस्कारबाट सम्मानित गर्न गरिएको यो प्रस्तावपत्र सम्बन्धित ठाउँमा पुर्याइदिन अनुरोध गर्दछौं।’

रोमन म्यागासेसे पुरस्कार दक्षिण एसियाको नोबेल पुरस्कारका रुपमा चिनिन्छ। विभिन्न ६ विधामा दिइने यो पुरस्कार अहिलेसम्म ५ जना नेपालीहरुले प्राप्त गरिसकेका छन्। आर्थिक अभियान दैनिकमा समाचार छ ।

काठमाडौं,फागुन २७ । निर्वाचन आयोगले आगामी १० चैतभित्रै स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र निर्धारण गरिसक्ने भएको छ । आयोगले मतदान केन्द्र निर्धारण आगामी १० चैतसम्म सक्ने गरी काम अघि बढाउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशनसमेत दिइसकेको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सरकारबाट प्राप्त नयाँ संरचनाको प्रतिवेदनअनुसार मतदान केन्द्र निर्धारण गर्न जिल्ला निर्वाचन कार्यालयहरूलाई निर्देशन दिइसकिएको बताए । ‘हामीले सरकारबाट प्राप्त स्थानीय तहको प्रतिवेदनको पत्रअनुसार जिल्ला निर्वाचन कार्यालयहरूलाई काम अघि बढाउन भनिसकेका छौं,’ प्रवक्ता शर्माले भने, ‘१० चैतभित्रै केन्द्र निर्धारण हुनेछ ।’

सरकारले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन मंगलबार साँझ आयोगलाई उपलब्ध गराएको थियो । प्रतिवेदनअनुसार परिवर्तित नयाँ संरचनाबमोजिम मतदाताको ठेगानासमेत परिवर्तन गर्नुपर्ने भएकाले सोहीअनुसार मिलाउने काम पनि सुरु गरिएको आयोगका प्रवक्ता शर्माले बताए । उनका अनुसार २० चैतभित्र आयोगले सो विषयमा समेत टुंगो लगाइसक्ने तयारी गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

सरकारले राजपत्रमा प्रकाशित नहुँदै पुनःसंरचना प्रतिवेदन निर्वाचन आयोगलाई दिएको छ । आयोगले १० चैतभित्रै मतदान केन्द्र पुनर्निर्धारण गरेको प्रतिवेदन ७५ जिल्लाबाट केन्द्रमा प्राप्त भइसक्ने कार्यतालिका यसअघि नै बनाएको हो । आयोगले पहिलेका मतदान केन्द्रहरूको अवस्था र नयाँ संरचनाअनुसारको पूर्वाधारहरू हेरेर मतदान केन्द्रहरू तय गर्ने बताएको छ । प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला निर्वाचन अधिकृत र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू बसेर त्यसको टुंगो लगाउने आयोगले जनाएको छ । निर्वाचन आयोगले अहिले मतदाता नामावलीलाई अद्यावधिक गर्ने, प्रशोधन गर्ने काम धमाधम गरिरहेको छ ।

काठमाडौं,फागुन २७ । काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ। बुधबार नारी दिवसमा इन्धन वितरण नभएको र मधेस आन्दोलनको त्रासले माग वृद्धि भएको आयल निगमले जनाएको छ। निगम प्रवक्ता सीताराम पोख्रेलले सामान्य अवधिभन्दा माग दोब्बर भएको बताए।

प्रवक्ता पोख्रेलले बिहीबार दोब्बर माग भएपछि आपूर्ति पनि बढाएको बताए। ‘आइतबार, सोमबार र मंगलबार ३ लाख ५० हजारदेखि ४ लाख लिटरसम्म पेट्रोलको माग थियो,’ उनले भने, ‘बुधबार सार्वजनिक बिदाको दिन वितरण भएन । बिहीबार माग धेरै भएपछि ८ लाख लिटर पेट्रोल वितरण गरेका छौँ।’ थानकोट डिपोले बुधबार दिउँसोबाट लोडिङ थालेकाले साँझसम्म पम्पमा इन्धन पुगेको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रवक्ता पोख्रेलका अनुसार बिहीबार बिहानैबाट उपभोक्ताको लाइन बढेपछि थानकोट डिपोले ८ लाख लिटर पेट्रोल र ९ लाख ५० हजार लिटर डिजेल वितरण गरेको थियो। ‘सामान्य अवधिभन्दा दोब्बर बढी वितरण गरिएको छ,’ उनले भने। अमलेखगन्जबाट आयात गरेको इन्धनले नपुगेर नेपालगन्ज डिपोबाट समेत उपत्यकालाई इन्धन आयात गर्न लागिपरेको उनले बताए।

सरकारी पम्पमा लाइन

उपत्यकामा साझा सहकारी, सेना, प्रहरी र सशस्त्रले सञ्चालन गरेका पम्पमा बुधबार बिहानैबाट उपभोक्ताको लाइन लागेको थियो । सरकारी सवारीसाधनलाई इन्धन वितरण गर्नुपर्ने भएकाले यस्ता पम्पले निजीभन्दा बढी मौज्दात राख्ने गर्छन्। निगमले थानकोट डिपोमा ट्यांकर लोड थालेपछि सरकारी पम्पले मौज्दात इन्धन वितरण गर्ने गरेका कारण उपभोक्ताको भीड बढ्ने गर्छ। पुल्चोकको साझा सहकारीमा बुधबार बिहानदेखि मोटरसाइकल–स्कुटर र चारपांग्रे सवारीसाधनको बाक्लो लाइन थियो। उपत्यकामा सरकारी स्वामित्वको संस्थाका ८ वटा पम्प छन्। यी पम्पले निजीभन्दा दोब्बर परिमाण इन्धन वितरण गर्ने गर्छन्।

भण्डारण छैन

उपत्यकामा इन्धन वितरण गर्ने निगमको थानकोट डिपोमा पर्याप्त भण्डारण गृह नहुँदा समस्या बारम्बार दोहोरिँदै आएको छ। हाल थानकोट डिपोमा पेट्रोलको १० लाख लिटर क्षमताको एउटा मात्रै भण्डारण गृह छ। अर्को भण्डारण गृह बिग्रिएको छ। उपत्यकामा माग बढेर आठ–नौ लाख लिटर पुग्दा सो भण्डारण गृहले अपुग हुने गरेको छ र अमलेखगन्जबाट ट्यांकरमा ओसारेको इन्धन सोझै पम्पमा लैजानुपर्ने बाध्यता छ।

आज ७ लाख लिटर वितरण

निगमले आज शुक्रबार उपत्यकामा सात लाख लिटर पेट्रोल वितरण गर्ने भएको छ। प्रवक्ता पोख्रेलले अमलेखगन्जमा पेट्रोल ७ लाख र डिजेल १४ लाख लिटर लोडिङ भइरहेको जानकारी दिँदै भने, ‘शुक्रबार पनि सामान्य अवधिभन्दा धेरै वितरण गरी अहिलेको लाइनलाई तत्कालै घटाउने प्रयत्नमा छौँ।’ उनले मधेस आन्दोलनका क्रममा इन्धन अभाव हुन सक्ने आशंकाले उपभोक्ताले बढी माग गर्न थाले पनि आपूर्तिमा कुनै समस्या हुन नदिने गरी काम गरिरहेको बताए। उपभोक्तालाई बढी इन्धन सञ्चय नगर्न पनि उनले आग्रह गरेका छन्।

काठमाडौं,फागुन २७ । नयाँ संरचनाअनुसार मुलुकभरि आइतबारदेखि ७ सय ४४ वटा स्थानीय तह कायम हुनेछ । सोही दिनदेखि हाल कायम सबै स्थानीय निकाय गाविस, नगरपालिका र जिविस विघटन हुनेछन् । नयाँ संरचनामा ७ सय ४४ वटा स्थानीय तह (गाउँपलिका र नगरपालिका) हुनेछन् ।

संविधानअनुसार स्थानीय तह पुनसंरचना कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका स्थानीय विकास अधिकारीलाई बिहीबार निर्देशन दिएको छ । आजको नागरिक दैनिकमा समाचार छ । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले मन्त्रीपरिषद्बाट पारित स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन राजपत्रमा प्रकाशन हुने अन्तिम चरणमा रहेको बताएका छन् ।

कञ्चनपुर ।
कञ्चनपुर पुनर्बासको नेपाल–भारत सीमाक्षेत्रमा वारि आनन्दबजार छ भने पारि बसहीबजार छ । पुनर्बास नगरपालिका क्षेत्रका बासिन्दा उपभोग्य सामान किन्न पारिको बसहीबजार जान्छन् । नुन, चिनी, कापीकलम किन्ने सर्वसाधारण मात्र होइन, खुद्रापसलेले पनि पारिबाटै सामान ल्याउँछन् । कच्ची बाटोमा हिउँदमा हिँड्न खासै गाह्रो छैन । तर, बर्खामा हिलोले दुःख हुन्छ । त्यसैले पानी जम्ने ठाउँमा कल्भर्ट बनाइदिन स्थानीयले पहिलेदेखि नै माग गर्दै आएका थिए । र, यो वर्ष नगरपालिकाले पाँच लाख रुपैयाँ छुट्याएको थियो । नयाँ पत्रिकामा खवर छ ।

उपभोक्ता समिति गठन गरेर ह्युमपाइपसहितको कल्भर्ट बनाउन स्थानीय एक महिनादेखि नै जुटेका थिए । फागुन पहिलो साता काम सुरु हुनेबित्तिकै सो क्षेत्र दशगजामा पर्ने दाबी गर्दै भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले अवरोध सिर्जना गरेको थियो । जबकि, कल्भर्ट निर्माण गरिएको क्षेत्र दशगजाभन्दा करिब आठ सय मिटर नेपालतिर पर्छ । तर, सो क्षेत्रको २०० नम्बर पिलर गायब भएको हुनाले स्पष्ट रूपले छुट्याउन मुस्किल छ । समस्या समाधान गर्न १० फागुनमा कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरको नेतृत्वमा गएको टोलीले भारतीय अधिकारीसँग वार्ता गरेको थियो । वार्तापछि पिच गर्न नपाउने, तर गिटी र बालुवा प्रयोग गरेर अस्थायी कल्भर्ट बनाउन दिने सहमति भएपछि निर्माण प्रक्रिया अगाडि बढेको थियो ।

फागुन अन्तिम साता बुधबारसम्म आइपुग्दा कल्भर्ट निर्माणको काम लगभग ९० प्रतिशत सकिएको थियो । ह्युमपाइपमाथि माटो राखेर माटोमाथि फुटेका इँटा राखेर भर्ने तथा दायाँबायाँ बालुवाका बोरा राख्ने काम पनि लगभग सकिएको थियो । बुधबार बेलुकासम्म पनि थप विरोधको कुनै संकेत थिएन । तर, बिहीबार बिहान ९ बजे एसएसबी र भारतीय प्रहरीका २०(२५ जनाको समूह कल्भर्ट निर्माणस्थलमा आइपुग्यो । उनीहरुले स्थानीय र प्रशासनसँग कुनै संवादसमेत नगरी कल्भर्टका लागि प्रयोग भएका बालुवाका बोरा र इट्टा फाल्न थाले ।

भारतीय सुरक्षाकर्मीले कल्भर्ट भत्काउन थालेपछि करिब ३०-३५ जना स्थानीय पनि जम्मा भए । समुहमा कलभर्टमा पुगे । स्थानीय बासिन्दा लक्ष्मण कुमालका अनुसार नेपालीहरूको भनाइ थियो, ‘यो किन भत्काउँदै हुनुहुन्छ रु यो हाम्रो भूमि हो, त्यसमाथि पनि तपाईंहरुसँगकै सहमतिमा हामीले निर्माण गरेका हौँ ।’ तर, भारतीय सुरक्षाकर्मीले ‘हाम्रो भूमिमा किन इटा र कंक्रिट बिछ्यायौ’ भन्दै उल्टै हप्काउन थाले । हतियारधारी भारतीय सुरक्षाकर्मीले धम्क्याएर नेपालीलाई आठ सय मिटरभित्रसम्म ल्याए ।

त्यसपछि अन्य गाउँलेहरु पनि जम्मा हुन थाले। विस्तारै सयौंको संख्यामा नेपाली जम्मा भएपछि भारतीय सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेर धपाउन थाले। त्योबीचमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि पुग्यो। प्रहरीले नेपालीहरुलाई संयमित बनाउने कोसिस गरिरहेको थियो। उतापट्टिका सुरक्षाकर्मीलाई पनि संयमित हुन नेपाली सुरक्षाकर्मीले अनुरोध गरिरहेका थिए। तर, तनाव रोकिएको थिएन। दोहोरो गालीबेइज्जती र ढुंगामुढा करिब दुई घन्टासम्म चलिरह्यो। ११ बजेतिर नेपालीले हानेको ढुंगाले भारतीय प्रहरीका सई अरबिन्दकुमार शुक्ला घाइते पनि भए। उनको हातमा पेस्तोल थियो, उनले तत्कालै गोली चलाउन थाले। उनले चलाएको चौथो राउन्डको गोली नेपाली नागरिक गोविन्द गौतमको पेटमा लाग्यो। उनी त्यहीँ ढले।

गौतमलाई प्रहरीको गाडीमा राखेर गाउँकै पूनर्वास पोलिक्लिनीमा लगियो। उनको अवस्था नाजुक भइसकेको थियो। थप उपचारका लागि एम्बुलेन्समा राखेर धनगढीस्थित सिपी अस्पताल पुर्याइयो। अस्पताल पुर्याएको एकै छिनमा उनको निधन भयो। पछि, भारतीय सुरक्षाकर्मीलाई साथ दिन उतापट्टिका स्थानीय पनि जम्मा भए। उनीहरुले हानेको ढुंगा लागेर नेपाल प्रहरीका सई लक्ष्मण विक र सशस्त्र प्रहरीका प्रहरी निरीक्षक राम खत्री घाइते भए। तर, नेपाली स्थानीयले दिनभर सीमाक्षेत्र छाडेनन्। उनीहरुले भारतीय सुरक्षाफौजविरुद्ध नाराबाजी गरिरहे। करिब ४ बजे भारतीय प्रहरीले आश्रुग्याँस प्रहार गर्दा बेलौरी शान्तिपुरका टिकाराम चपागाई घाइते भए। त्यस्तै, पुनर्वासका सागर थापालाई कुटपिट गरियो।

काठमाडौं, २६ फागुन । सरकारले भारतीय सुरक्षाकर्मीले गोली प्रहार गर्दा निर्दोष नेपाली नागरिकको ज्यान गएको घटना प्रति स्तब्ध भएको जनाएको छ । गृह मन्त्रालयले आज सााझ विज्ञप्ति मार्फत नेपाल भारतबीच सहज आवागमनका लागि पूर्व सहमति अनुरुप निर्मित कल्भर्ट सरोकार भएका संग कुनै छलफल संवाद नगरी भारतीय पक्षले एकपक्षीय रुपमा भत्काएपछि त्यसको विरोधमा उत्रिएका नेपालीलाई गोली प्रहार भएको घटना अत्यन्त दु:ख दायी र निन्दनीय रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार भारतका सीमा रक्षकले आवेगमा प्रहार गरेको गोली लागेर घाइते भएका गोविन्द गौतमको उपचारका लागि धनगढी लैजाादै गर्दा बाटामा नै निधन भएको थियो । मन्त्रालयले अनपेक्षित घटनाबाट ज्यान गुमाउनु भएका गौतमको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेको छ । स्थानीय जनसमुदायलाई संयमित बनी धैर्यधारण गर्न अनुरोध गर्दै मन्त्रालयले सो विषयमा कूटनीतिक तवरबाटै सबै समस्याको समाधान खोज्न सरकार प्रतिबद्ध रहेको जनाएको छ । पुनर्वास नगरपालिका–८ आनन्दनगर नजिक नेपाल–भारत सिमानामा दुई देशका स्थानीय अधिकारी बीच यही फागुन १० गते भएको सहमति अनुसार नगरपालिकाले कच्ची कल्भर्ट बनाएको थियो । उक्त कल्भर्टलाई बुधबार भारतीय पक्षले भत्काएका विषयमा आज त्यसको स्वत:स्फुर्त विरोध भएको थियो । दुवै पक्ष बीच भएको विवादमा भारतीय सशस्त्र सीमा सुरक्षा बलले एक्कासि फायर गरेको जनाइएको छ । यसैगरी परराष्ट्र मन्त्रालयले भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली नागरिक गौतमको ज्यान गएकामा दु:ख व्यक्त गर्दै घटनाको भत्र्सना गरेको छ । मन्त्रालयले आज साँझ विज्ञप्ति प्रकाशन गरी उक्त घटनाका सम्बन्धमा अत्यन्तै गम्भीरताका साथ कूटनीतिक पहलबाट समस्याको समाधान गर्न भारत सरकारसमक्ष आग्रह गरिएको जनाएको छ । मन्त्रालयले दोषी माथि कारबाहीका लागि समेत आग्रह गरेको जानकारी गराउादै सीमा क्षेत्रमा उत्पन्न परिस्थितिलाई सामान्य बनाउनसमेत अनुरोध गरेको छ ।