कञ्चनपुर प्रकरणमा भारतले माफी माग्नुपर्छ : ओली

कञ्चनपुर, २८ फागुन, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर घटनामा भारतले माफ माग्नु पर्ने बताएका छन् । मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत नारायणगढमा आयोजित सभामा उनले स्थानीय तवरमा वार्ता नगरी केन्द्रीय तवरमा वार्ता गरेर मृतक परिवारलाई क्षतिपूर्ति भराउनुपर्ने बताए । भने, ‘अब यस्तो हुदैन भनेर भारतलाई माफी मगाउनुपर्छ । भारतको बलियो छु भन्ने घमण्ड हो । अर्काको सीमानामा पस्न पाइादैन । अन्तर्रा्ष्टि्रय कानुन भारतले पनि मान्नुपर्छ ।’ खाली हात आफ्नो सीमाना रक्षा गर्दा गोविन्द गौतम देशको पछिल्लो सहिद भएको भन्दै उनले सच्चा नेपाली देशको रक्षार्थ ज्यानको बलिदानी दिन तयार रहेको बताए । सप्तरी घटनाका सन्दर्भमा कडा टिप्पणी गर्दै उनले सरकारले हिंसालाई प्रश्रय दिने काम गरेको बताए । आपराधिक तत्वहरुलाई सरकारले हिंसा नगर भन्न नसकेको बताए । ‘हामी हिंसामा जाादैनौं, तर शान्तिपूर्ण कार्यक्रम रोक्न खोज्यो भने त्यसको परिणाम चर्को हुन्छ’, उनले भने । थपे, ‘सबैले बुझे हुन्छ, एमाले आफ्नो अभियानमा दृढ छ । एमाले मर्न परे मरौंला तर यो देश बनाएर छाड्छौ, भनेर हिाडिरहेका छौं’ देशलाई कसैको उपनिवेश हुन एमालेले नदिने भन्दै उनले हाम्रा सन्तानलाई पराधीन देश होइन, स्वाधीन र समृद्धि देश जिम्मा लगाउने बताए । वरिष्ठ नेता माधवकुमार नेपालले सप्तरीमा पार्टीको नेतृत्व पङ्क्ति एउटै चिहानमा समाप्त पार्ने कोसिस भएको भन्दै एमालेकै संयमताका कारणले थप दुर्घटना नभएको बताए। एमालेको उद्देश्य विध्वंसकारी नभएर मधेसमा फैलाइएको भ्रम चिर्ने मात्रै भएको बताए। सप्तरी घटना देश टुक्राउन चाहनेहरुले गरेको उनले बताए । उक्त घटनाको छानबिन हुनुपर्ने उनले माँग गरे । मधेसी, जनजाति, थारु, मुस्लिम, महिला, दलित, हिमाली, पहाडी तराई सबैलाई एमाले विरोधी रहेको भ्रम फैलाइएको भन्दै उनले त्यसैलाई चिर्नका लागि मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गरिएको बताए ।

गौतमको अन्तेष्टी भोली राष्ट्रिय सम्मानको साथ गरिने, ११ तोपको सलामी दिइने

कञ्चनपुर, २८ फागुन, कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट मारिएका कञ्चनपुरका गोविन्द गौतमको आईतबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । सरकारबाट शहिद घोषित गौतमलाई ११ तोपको सलामी दिइने भएको छ । अन्तेष्टिमा नेपाल प्रहरीले शोक धुन बजाउने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले जानकारी दिए । गत बिहीबार कञ्चनपुरको पुनर्बास नगरपालिकाको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर गौतमको मृत्यु भएको थियो । गौतमलाई शुक्रबार शहिद घोषणा गर्दै सरकारले १० लाख रुपैया राहत दिने निर्णय गरेको थियो । गौतमको शव हाल सेती अञ्चल अस्पतालमा राखिएको छ । उनको शनिबार पोष्टमार्टम भएको छ । अस्पताल परिसरबाट आईतबार बिहान साढे ८ बजे उनको शव यात्रा निकालिनेछ । शवयात्रा शहरका बिभिन्न स्थान परिक्रमा गर्दै दोधा नदीमा पुग्नेछ र सोही नदी किनारमा सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

हिंसा भड्किने भन्दै शहिद गोविन्द गौतमलाई राष्ट्रिय सम्मान दिन कांग्रेसले मानेन्

कञ्चनपुर, २८ फागुन । कञ्चनपुरको पुनर्वासमा नेपाली भुमिको रक्षा गर्दा भारतीय सुरक्षाकर्मी (एसएसबी)को गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमलाई राष्ट्रिय सम्मान दिन नेपाली कांग्रेसले अस्वीकार गरेको छ । गौतमलाई सहिद घोषणा गरी सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरे पनि नेपाली कांग्रेस जिल्ला शाखा कञ्चनपुर अन्तर्गत पुनर्वास नगरकमिटी सभापति यम प्रसाद पौडेलले राष्ट्रिय सम्मान दिन नहुने अडान राखेका हुन् । उनले भने– ‘गौतमको राष्ट्रिय सम्मान सहित अन्त्येष्टि गर्दा थप हिंसा भड्किन सक्छ । त्यस कारण स्थितीलाई सामान्य पार्न पनि त्यसो गर्नुहुदैन् ।’ गत विहिबार भारतीय ज्यादति विरुद्ध प्रतिकारमा उत्रिदा एसएसबीको गोली लागेर गौतमको निधन भएको थियो । उनको शवलाई सेती अञ्चल अस्पतालमा राखिएको छ । स्रोतका अनुसार कांग्रेसको अडान पछि स्थानीय नेताहरुले गौतमको शवलाई उतै (धनगढी) अन्त्येष्टि गर्ने तयारी गरेका छन् । राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्दा थप हिंसा भड्किने भन्दै स्थानीय नेताहरुले गौतमको शवलाई घर नल्याई कैलालीमै जलाउने तयारी गरेपछि स्थानीयहरु आक्रोशित भएका छन् । उनीहरुले राष्ट्रिय सम्मानका साथ नै अन्त्येष्टि हुनुपर्ने माँग गर्दै सीमा क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । हाल सीमा क्षेत्रमा ६ सयको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । हिजोको तुलनामा पुनर्वासको आनन्द बजारको स्थिती सामान्य बन्दै गएको छ ।

जापानले नेपाललाई गरेको सहयोगको धन्यवाद दिंदै फेसबुकको प्रोफाइल अभियान व्यापक बन्दै

टोकियो ।

जापानले नेपालको लागि गर्दै आएको सहयोगको लागि फेसबुकमा प्रोफाइल मार्फत धन्यवाद दिन चलाइएको अभियान व्यापक बनेको छ ।

फेसबुकसँगको सहकार्यमा जापानमा सुचना र सन्देशमुलक जानकारी उपलब्ध गराउँदै आएको नेपाली इन जापानको प्रयास भएको यो अभियानले केही घण्टामै व्यापकता पाएको छ ।

जापानमा रहेका दशौं हजार नेपालीहरुले सामाजिक सञ्जाल फेसबुकको प्रोफाइल फोटोमा अटोमेटिक रुपमा जोडिने जापानी भाषामा लेखिएको आरिगात्तोउ जापान अभियानमा हातेमालो गरेका छन् ।

फेसबुकमा देखिएको अपडेट योर प्रोफाइल पिक्चर विथ दिस फ्रेम फ्रम नेपाली इन जापान लेखिएको ठाउँसँगैको टइ इटमा क्लिक गरेपछि आफ्नो फेसबुकको प्रोफाइल पिक्चरमा जापानलाई धन्यवाद दिंदै तयार पारिएको व्याज देखिन्छ ।

नेपाली इन जापानले जापानमा समस्या परेका नेपालीहरुलाई सामाजिक सञ्जाल मार्फत सहयोग गर्दै आएको छ भने समस्याका समाधानका उपायबारेमा सुझाव र सहयोग गर्दै आएको छ ।

यसैगरि जापानमा बढ्दो आत्महत्या, स्वास्थ्य समस्या, रोजगार तथा अध्ययनका लागि आएका विद्यार्थीहरुलाई उपयोगी जानकारीमूलक सन्देश नियमीत प्रकाशन प्रशारण गर्दै आएको छ ।

मरिव २ लाख फेसबुक फलोअर रहेको नेपाली इन जापान जापानमा रहेका युवाहरुद्धारा सञ्चालित सहयोगी ग्रुप हो ।
यद्यपी यसले आफ्नो पूर्ण टिमबारे अहिलेसम्म सार्वजनिक गरिसकेको छैन ।

तपाई पनी यसरी जापानले नेपाललाई गर्दै आएको सहयोगको लागि धन्यवाद दिन सक्नुहन्छ

जापानले नेपालप्रति गरेका विभिन्न सहयोगप्रति धन्यवाद दर्शाउन फेसबुकसंगको सहकार्यमा नेपाली इन जापानले तयार पारेको ありがとう日本 Badge आफ्नो प्रोफाइल फोटोमा लगाउनका लागि तलको 'Try it' बटनमा थिच्नुहोस् है । गरेर सहयोग पनि गरिदिनुहुन अनुरोध गर्दछौं ।

Update your profile picture with this frame from Nepali In Japan. Try it

नेपाल र केन्याबीचको खेल जारी, नेपालको खराव सुरुवात (लाईभ हेर्नुहोस्)

काठमाडौं ।
विश्व क्रिकेट लीग डिभिजन लीग अन्तर्गत नेपाल र केन्याबीचको खेल भइरहेको छ ।

टस जितेको केन्याले नेपाललाई ब्याटिङको निम्तो दिएकोमा नेपालले खराव सुरुवात गरेको छ ।

वर्षाका कारण ५० ओभरको खेललाई ३८ ओभरमा छोट्याइएको खेलमा नेपालले ५० रन जोड्दा १५ ओभरमा तीन विकेट गुमाइसकेको छ ।

नेपालको टिममा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, विनोद भण्डारी, सागर पुन, सोमपाल कामी, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, मेहबुब आलम र सुनिल धमला छन् ।

त्रिवि मैदान कीर्तिपुरमा नेपाल र केन्याको खेल हेर्ने दर्शकहरुको उल्लेख्य सहभागीता छ । सुनिल धमला ३ रन बनाएर आउट भएका छन् भने ज्ञानेन्द मल्ल २७ रन बनाएर पेभिलियन फर्किएका छन् । सागर पुन १० रन बनाएर आउट भएका छन् ।

खेलको लाइभ हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस्

निषेधाज्ञा तोड्दै भारतीय ज्यादती बिरुद्ध कञ्चनपुर सिमामा नेपालीको व्यापक प्रदर्शन (भिडियो सहित)

कञ्चनपुर, २८ फागुन, कञ्चनपुर ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पुनर्वास नगरपालिका क्षेत्रमा निषेधज्ञा जारी गरेको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले स्थानीय गोविन्द गौतमको हत्या गरेको विरोधमा शनिबार पनि विरोध प्रदर्शन जारी रहेपछि निषेधज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले अर्को आदेश नहुन्जेलसम्मका लागि पुनर्वास नगरपालिका क्षेत्रमा निषेधज्ञा जारी गरेको बताए । गत बिहीबार एसएसबीले गोली हानेर पुनर्वास नगरपालिका ८ का ३० वर्षीय गोविन्द गौतमको हत्या गरेको थियो ।

नेपाल, भारत सीमा क्षेत्रमा कल्भर्ट निर्माणको विषयमा विवाद भइरहेका बेला एसएसबीले गोली चलाएको थियो । सो घटना लगत्तै कञ्चनपुरको पुनर्वास सहित देशभर भारतविरुद्ध विरोध प्रदर्शन भएको छ ।

शनिबार पनि सु्दूर पश्चिमका प्रमुख नाका गड्डाचौकी, गौरीफन्टा सहित कञ्चनपुर, कैलालीका सीमा नाका बन्द गरिएको छ । स्थानीय स्वत: स्फूर्त विरोध प्रदर्शनमा उत्रिएका छन् । भन्सार नाकामा हुने दैनिक कारोवार प्रभावित बनेको छ ।

सरकारले गौतमलाई शहिद घोषणा गर्दै परिवारलाई १० लाख राहत दिने, परिवारको एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने र बालबच्चालाई नि:शुल्क उच्च शिक्षा सम्म पढाउने निर्णय गरेको छ ।

तर, पीडित परिवार र स्थानीयले शवको पोष्टमार्टम गर्न मानेका छैनन् ।

होलीको दिन तीव्र गतिमा सवारी हाँक्दै हुनुहुन्छ ? सावधान !

काठमाडौं, फागुन २८ । होलीको दिन तीव्र गतिमा सवारी हाँक्दै हुनुहुन्छ ? सावधान ! ट्राफिक प्रहरी सडकमा ‘राडर गन’ लिएर उत्रिएका हुनेछन्। सडकमा निश्चित दुरीभन्दा बढी गतिमा गाडी हाँके तपाईं कारबाहीमा पर्नुहुनेछ।

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सडकमा व्यापक सुरक्षा जाँच विन्दु राखेर सवारी चालकमाथि निगरानी राख्ने भएको छ। होलीमा मादक पदार्थ सेवन गरेर तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढेपछि ट्राफिक प्रहरीले कडाई गर्न लागेको हो।

सवारी तीव्र गतिमा हाँक्ने, क्षमताभन्दा बढी हाँक्ने, हेल्मेट नलगाइ चलाउने र इच्छाविना रंग, लोला हान्नेजस्ता प्रवृत्ति रोक्न प्रहरीले विशेष निगरानी गर्ने भएको हो ।होलीका लागि मात्र राजधानीमा एक हजार प्रहरी परिचालित हुने जानकारी महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले दिए ।

महाशाखाका अनुसार यो वर्ष होलीमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई पूर्ण निषेध गर्ने, लापरवाहीसाथ चलाउने तिब्र गतिमा हाँक्नेलाई कारबाहीको दायरामा ल्याउने भएको छ आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

भूकम्पपीडितले जोखिमयुक्त बस्ती छाडे जग्गा किन्न दुई लाख रुपैयाँ दिने

काठमाडौं,फागुन २८ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त बस्ती छाडेर सुरक्षित स्थानमा घर बनाउने प्रत्येक घरधुरीलाई जग्गा खरिदका लागि दुई लाख रुपियाँ उपलब्ध गराउने तयारी गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेको बैठकले उक्त रकम उपलब्ध गराउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो ।

जोखिमयुक्त बस्तीको पहिचान गर्न प्राधिकरणले गठन गरेको कार्यदलले करिब एक हजार पाँच सय घरधुरीलाई सुरक्षित स्थानमा सार्नका लागि रकम उपलब्ध गराउनुपर्ने सिफारिस गरेको थियो ।  सुरक्षित स्थानमा घर बनाउन चाहनेहरूले जग्गा खरिदका साथै निजी आवास निर्माणका लागि पनि अन्य लाभग्राहीसरह तीन लाख रुपियाँ पनि पाउनेछन् ।  आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यसैगरी बैठकले भूकम्पका कारण कम प्रभावित भनिएका १७ जिल्लामध्ये सर्वेक्षण सकिएका १४ जिल्लाका १५ हजार ७४३ जनालाई लाभग्राही सूचीमा समावेश गर्ने निर्णय गरेको छ ।

लाभग्राहीसँग अनुदान सम्झौताका लागि प्राधिकरणका कार्यकारी सदस्य संयोजक रहेको टोलीले मङ्गलबारदेखि जिल्लामा गएर अभिमुखीकरण तालिम दिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले बताए ।

बैठकले पुनर्निर्माण तथा पुनस्र्थापनासम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि २०७३ लाई संशोधन गर्न कार्यकारी सदस्य हरिराम पराजुलीको संयोजकत्वमा समिति गठन गरेको छ ।  समितिले गुनासो विकेन्द्रीकृत गर्नका लागि कार्यविधि संशोधन गर्नेबारे गृहकार्य गरी प्रतिवेदन पेस गर्नेछ ।

सरकारले दियो कूटनीतिक नोट, भारतले माग्यो पोस्टमार्टम रिपोर्ट

काठमाडौं,फागुन २८ । सरकारले कञ्चनपुर घटनाबारे विभिन्न तहमा भारत सरकारको ध्यानाकर्षण गराएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालमार्फत घटनाबारे ध्यानाकर्षण गराएका छन् । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले शुक्रबारै भारतीय समकक्षी सुष्मा स्वराजलाई टेलिफोन गरेर दोषीमाथि कारबाहीको माग गरेका छन् ।

परराष्ट्र मन्त्रालयले शुक्रबारै भारतीय कार्यबाहक राजदूतलाई लिखित कूटनीतिक नोट हस्तान्तरण गरेको छ। सबै तहको कुराकानीमा भारतीय अधिकारीले मृतकको पोस्टमार्टम रिपोर्ट मागेका छन्। सरकारले संसद्मा घटनाबारे जानकारी दिएको छ भने मृतकलाई सहिद घोषणा गर्दै परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई टेलिफोन गरेर गोली भारतीय प्रहरीले चलाएको विषयमा भारत सरकारका तर्फबाट अहिलेसम्म पनि धारणा नआएकोप्रति ध्यानाकर्षण गराएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

भारतलाई औपचारिक कूटनीतिक नोट परराष्ट्रसचिव शंकरदास बैरागीले भारतीय कार्यबाहक राजदूत विनय कुमारलाई शुक्रबार बिहान परराष्ट्र मन्त्रालय सिंहदरबारमा बोलाएर सरकारका तर्फबाट कूटनीतिक नोट हस्तान्तरण गरेका छन् । परराष्ट्र मन्त्रालयका प्रेस तथा जनसम्पर्क संयोजक एकराज पाठकका अनुसार कूटनीतिक नोटमा घटनाबारे नेपाल सरकारले निन्दा गरेको र घटनाको तुरुन्त छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ।

‘कूटनीतिक नोटमा उक्त सीमा क्षेत्रमा आइन्दा यस्ता कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन भारतीय पक्षलाई आग्रह पनि गरिएको छ,’ पाठकले भने। भारतीय दूतावासका अनुसार कार्यबाहक राजदूत विनय कुमारले सीमावर्ती लखिमपुर खेरी जिल्ला प्रशासनलाई घटनाबारे जाँचबुझका लागि भारत सरकारले निर्देशन दिएको जानकारी दिएका थिए । ‘जाँचबुझ प्रक्रियालाई सहज बनाउन नेपालबाट मृतकको पोस्टमार्टम रिपोर्ट उपलब्ध गराउन भनिएको छ,’ दूतावासद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘दुवैतर्फका जिल्ला प्रशासनबीच नियमित संवाद र सम्पर्क हुनुपर्ने र सीमा क्षेत्रको शान्ति–सुरक्षा सुनिश्चित हुनुपर्नेमा कार्यबाहक राजदूतले जोड दिनुभएको छ।’

सप्तरीमा हाम्रो सामुहीक हत्या प्रयास असफल पारिदिंदा प्रहरीलाई सरकारले कारवाही गर्यो-ओली

हेटौंडा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सप्तरीमा एमाले नेतृत्वको सामुहिक हत्या प्रयास गरेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफुहरुको हत्या प्रयास प्रहरीले असफल पारिदिंदा सरकारले उनिहरुमाथि कारवाही गरेको बताएका छन् ।

हैटौंडाबाट पुनः शुरु भएको एमाले अभियानलाई भुटनदेवी उच्च माविको प्रांगणमा शुक्रबार सम्बोधन गदै ओलीले आफुहरु मरेपनि अभियान नरोकिने प्रतिवद्धता जनाए ।

ओलीले मुलुकलाई चुनाव र सामाजिक सदभावमा जोड्न थालिएको अभियान जस्तासुकै घटनाले पनि नरोकिने दावी गरे ।

ओलीले भने, ‘सप्तरीमै हाम्रो सामुहिक हत्या गर्ने सुनियोजित प्रयास थियो भन्ने सरकारले स्वीकार गरिसकेको छ । सुरक्षाकर्मीले अत्यन्त विवेक प्रयोग गरेर ठूलो क्षति हुनबाट रोके । तर अहिले पनि हामीलाई सिध्याउने षडयन्त्र जारी भए पनि एमालेको यो अभियान म सहित हाम्रो सिंगो टिम सिध्याए पनि रोकिने छैन ।’

एमालेको नेतृत्व गर्न सक्षम एकपछि अर्को टिम तयार भइसकेको भन्दै ओलीले आपराधिक तत्वको धम्की र अवरोधबाट एमाले नडराउने बताए ।

सभालाई सम्बोधन गर्दै एमाले महासचिव इश्वर पोखरेलले एमालेको शीर्ष नेतृत्वको सामुहिक हत्या गर्ने प्रयास असफल पार्ने सुरक्षाकर्मीलाई सरकारले सजाय दिएको भन्दै सरकारको आलोचना गरे ।

उनले घरेलु हतियार र बम बोकेर एमालेका नेताहरुको हत्या गर्न आएकाहरुको बारेमा सरकार पनि जानकार रहेको उनको दावी थियो ।

सप्तरी घटनापछि तीन दिन स्थगन भएको एमालेको अभियान शुक्रवार हेटौंडाबाट पुनः शुरु भएको हो ।

एमालेले यही फागुन २१ गतेदेखि झापाबाट मेची(महाकाली अभियान सुरु गरेको थियो । गत सोमबार सप्तरी घटनापछि अभियानलाई तीन दिन स्थगित गरिएको थियो ।

सप्तरीमा एमालेको कार्यक्रम विथोल्न घरेलु हतियार सहित प्रदर्शनमा आएका मधेशी मोर्चाका उग्र चार कार्यकर्ता प्रहरी कारवाहीमा मारिएका थिए ।

खाना पकाउने ग्यासको मूल्य बढ्यो,डिजेल,पेट्रोलको मूल्य भने यथावत

काठमाडौं,फागुन २७ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । भारतबाट ग्यासको मूल्य उच्च रुपमा बढेर आएको भन्दै निगमले ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो । बढेको मूल्य राति १२ बजेदेखि लागू हुनेछ । हालसम्म प्रतिसिलिण्डर ग्यासको मूल्य १३ सय ५० रुपैयाँ रहेकोमा २५ रुपैयाँ बढाएर १३ सय ७५ कायम गरिएकमो छ। डिजेल तथा पेट्रोलको मूल्य भने यथावत राखिएको छ।

घर बनाउनै नपाई एसएसबीको गोलीले शहिद गोविन्दको सपना

२७ फागुन, कञ्चनपुर । आनन्दबजारमा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतम तीन महिना अघि मात्रै बैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थिए । साउदीमा दुई वर्ष बसेर फर्किएका गौतमले सुकुम्वासी बस्तीमा एउटा सानो, कच्ची घर बनाउादै थिए । निर्माणाधीन घर र परिवारजनको अधुरो सपनालाई असरल्लै छाडेर गोविन्द सधैंका लागि विदा भएका छन् ।

एउटा सानो घरका लागि तीन पुस्तासम्म संघर्ष गर्नुपर्ने नियतिबाट गोविन्दका ७२ वर्षीय पिता खेम लाल गौतम दलिनले जस्तै थिचिएका छन् । एसएसबीको गोली लागेर बिहीबार मृत्यु भएका गौतम अब कहिल्यै नफर्कने गरी गएका छन् । र, उनको परिवारमा चाहि कहिल्यै नजाने गरी विपतका दिनहरु आएका छन् । घरमा ७२ वर्षीय वृद्धबुवा खेम लाल गौतम, उस्तै उमेरकी आमा हरि देवी गौतम छन् ।

जवान श्रीमती सुशीला गौतम र तीन जना नावालिक छोरीहरु छन् । आशिका गौतम (१० वर्ष), आकृति गौतम (७ वर्ष) र आसुम गौतम (३ वर्ष) ले आफ्ना अविभावक पिता दुई वर्ष साउदीमा रहदा त छोरीहरुले पर्खिएकै थिए, तर अब जति पर्खे पनि नआउने बाटोमा गएका छन् उनी । भविष्यमा सुखी जीवन जिउने र फूल जस्ता छोरीहरुलाई उचित शिक्षा दिने सपना सााचेर गोविन्द अरबको मरुभूमिमा पसिना बगाउन गएका थिए । तर, नियतिले उनलाई विदेशमा बगेको पसीना ओभाउन नपाउदै आफ्नै देशको सीमा नाकामा रगत बगाउन लेखेको रहेछ ।

बिहीबार भारतीय सुरक्षाकर्मीको गोली कम्मरमा लागेपछि उपचारका लागि धनगढी पुर्‍याउदा नपुर्‍याउदै गोविन्दको अत्यधीक रक्त श्रावका कारण ज्यान गयो । तीन दाजु भाइ र १ बहिनी मध्ये गोविन्द माइला छोरा हुन् । सामान्य लेख पढ मात्रै गरेका उनी घरको स्थिति नाजुक भएका कारण केही पैसा कमाउने आशमा साउदी पुगेका थिए । र, तीन महिना अघिमात्रै स्वदेश फर्केर सुकुम्वासी बस्तीमा सामान्य कच्ची घर निर्माणको तयारीमा लागेका थिए ।

स्थानीय नमूना प्राथमिक विद्यालयमा अध्ययनरत छोरीहरुलाई राम्रो स्कुल पढाउने गोविन्दको सपना अब सपनामा मात्रै सीमित भएको छ । सुशीलाको सिउदो पुछिएको छ, आमा, बुबा भावविह्वल भएका छन् । अत्यन्तै मिजासिला र भद्र स्वभावका गौतमको मृत्युको खबरले माछापुच्छ्रे सुकुम्वासी टोल मात्रै होइन, पुरै देश, बिदेश स्तब्ध भएको छ ।

माओवादीले दिएको जानकारी अनुसार उनी माओवादी केन्द्रका नगरस्तरीय कार्यकर्ता थिए । गोविन्द गौतम सुकुम्बासी टोलका ‘सर्बहारा’ युवा हुन् । उनको सपना खासै ठूलो थिएन, ओत लाग्ने एउटा सानो घर होस् छोरा, छोरीलाई पठाउन सकियोस, बूढा भएका बुवा, आमालाई स्वास्थउपचार गर्न सकियोस् । तर, यति सामान्य उदरस्थ सपना पूरा गर्नका लागि पनि गोविन्द जस्तै गरीबका छोराले विदेशमा वर्षौं हड्डी खियाउनुपर्ने बाध्यता छ ।

नेताहरु देशमा लोकतन्त्र, गणतन्त्र र संविधानले दिएका अधिकार बारे प्रवचन दिइरहेका छन् । तर, आनन्द बजारको माछापुच्छ्रे सुकुम्बासी टोलमा सपनाहरुको यसै गरी निर्मम हत्या हुने गरेको छ, चाहे विदेशी गोलीले होस् वा स्वदेशी गरीबीले ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web