पञ्चकोशी अन्तरगृह परिक्रमा पछि मध्यमा मिथिला सम्पन्न

जनकपुरधाम ।
मिथिलाको १५ दिने मध्यमा मिथिला परिक्रमा पञ्चकोशी अन्तरगृह परिक्रमा पछि आज सम्पन्न भएको छ ।

१५ दिनसम्म नेपाल भारतको १५ धार्मिक तीर्थ स्थलमा मिथिला विहारी तथा किशोरी जीको डोला संगै हजारौ भक्तजनहरु भजन कीर्तन सहित खाली खुट्टा हिडेर तय गर्ने मिथिला परिक्रमाका सहभागिहरु आज जनकपुरको चारै तीर रहेको अन्तरगृह परिक्रमा सकेर आ–आफ्नो घर फर्केका छन् ।

मध्यमा मिथिला परिक्रमामा सहभागि नभएका व्यक्तिहरु पनि पञ्चकोशी अन्तरगृह परिक्रममा सहभागि हुने भएकाले आज अवेर विहान देखि नै लाखौं तीर्थयात्रीहरु सहभागि भएर भ्रमण गरेका छन् ।

नेपाल भारतको गरेर १ सय ३३ किलोमिटरको दूरी तय गरेर परिक्रमाका सहभागिहरु हिजो मात्र जनकपुरधाम आएर रात्रि विश्राम गरि आज विहान देखि अन्तरगृह परिक्रमा गरेर गरेका छन् । मध्यमा मिथिला परिक्रममा सहभागि नभएका व्यक्तिहरुले पनि अन्तरगृह परिक्रमा गर्नाले विषेश फल प्राप्ति हुने भएकाले निक्कै सहभागिता रहेका थिए ।

परिक्रममा सहभागि भएका तीर्थयात्रीहरुलाई विभिन्न सामाजिक संघ संस्थाहरुले निःशुल्क शिविर मार्फत विभिन्न प्रकारको सेवा र सुविधाहरु विभिन्न भागहरुमा प्रदान गरेका थिए ।

१५ दिने मध्यमा मिथिला परिक्रममा यस पटक नेपाल भारतको विभिन्न भागवाट हजारौं साधुसन्त, महन्थ, भिक्षु भिक्षुणी, योगी, सन्यासीहरु सहभागि रहेका थिए । यस पटक अवस्था अनुकूल रहेको वेलामा फागुन १४ गते परिक्रमा शुरु भएका कारणले व्यापक सहभागिता रहेका थिए ।

प्रत्येक पर्ष फागुन कृष्णपक्ष चतुर्थी तिथिवाट शुरु भएको मध्यमा मिथिला परिक्रमा फागुन पूर्णिमाका दिन आएर सम्पन्न हुने धार्मिक मान्यता रहेको छ ।

तँराई मधेशको जिल्लाहरुमा परिक्रमा सकेको भोली पल्ट मात्र होली खेल्ने चलन रहेकाले सोमवार मात्र होली रहेको छ । जनकपुर सहित तँराई मधेशको जिल्लाको बजारमा होलीको रङ्ग तथा गुलाल किन्नेहरुको भिड रहेपनि विगत वर्ष जस्तो देखिएको छैन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा ठूलो झट्का, प्रकाशचन्द्र लोहनी द्वारा पार्टी परित्याग

काठमाडौं, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले राप्रपा परित्याग गरेका छन् । रिपोर्टर्स क्लब नेपाल काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरेर लोहनीले आजै बाट पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी एकता पछि चुनाव चिन्ह हलो राखिनु पर्ने अडान राख्दै लोहनीले पछिल्लो समय पार्टी नेतृत्व एक लौटी ढंगले चलेको, विधान नमानेको, निर्देशक समिति समेत गठन नगरेको आरोप लगाएका छन् । लोहनीले पार्टी अध्यक्ष कमल थापालाई पत्र लेख्दै आजका मितिबाट राप्रपाको कुनै पनि तहको सदस्य नरहेको जानकारी पत्रकार सम्मेलन मार्फत जनाएका छन् । आफूले २५ वर्ष देखि काम गरेको पार्टी छाड्नु पर्दा दु:ख लागेको लोहनीले बताएका छन् । एकता महाधिवेशन पछि पार्टी विधानलाई उपेक्षा गरिएको र समझदारीलाई लत्याउने काम गरिएको आरोप लोहनीले लगाएका छन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘पार्टीलाई एउटा व्यक्तिको वा एउटा सानो झुण्डको हतियारको रुपमा प्रयोग गर्न खोजियो, यस्तो अधिनायकबादी क्रियाकलापसाग मेरो पूर्ण असहमति छ ।’

कविता – ‘घर भत्काएर रमाउँनेहरू’ –वैरागी जेठा

घर भत्काएर रमाउँनेहरू
गौरव गरिरहेछन्
यतिखेर
वैचारिक गुलाफ च्यातेर
नैतिकता नालीमा फ्याँक्नेहरू
किन गरिरहेछन्
झुण्ड झुण्ड पार्टीका कार्यकर्ताहरू
समय अन्यौल छ
घरको आँगन भत्केर
उजाड बनिरहेको अवस्थामा
पराईको अनुहारमा
चुम्बन गरेर
घर किन भत्काउँछन्
दिनदिन
होलीको खिल्ली उडाएर
पलास्टिकको थैली प्रयोगगरे
परम्पराको नैतिकता हुन्छ
ए ! घर भत्काउँनेहरू
यसरी संस्कृती
रक्षा हुन्छ र ?

नेपाल इण्डिया सीमा लडाईका महान शहिद गोबिन्दको अन्तिम बिदाई

कञ्चनपुर, २९ फागुन ।

भारतीय सीमा सुरक्षा बल एसएसबीको गोलीबाट गत बिहीबार मृत्यु भएका पुनर्बासका गोविन्द गौतमको आज राष्ट्रिय सम्मान सहित अन्त्येष्टि गरिएको छ । उनको अन्तिम बिदाईको लागि हजारौंको संख्यामा मानिसहरु जम्मा भएका थिए ।

धनगढी स्थित सेती अस्पतालबाट शब यात्रा निकालिएको थियो । शब यात्रामा हजारौं सर्वसाधारणको सहभागिता रहेको छ । अस्पतालबाट शव यात्रा गरेर गौतमको शव झण्डै ६ किलोमिटर टाढाको दोदा नदी किनारमा अन्तिम बिदाई गरिएको थियो ।

सरकारले शहीद घोषणा गरिसकेका गौतमको सम्मानमा नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो । उनको शवयात्रा धनगढी, डोके बजार, चौराहा, त्रिनगर भन्सार हुादै दोदा लगिएको थियो ।

उनको शव गृहनगर पुनर्वासमा श्रद्धाञ्जलीका लागि केहिबेर राखिने भनिएपनि समय अभावका कारण सीधै दोदा नदी किनार लगिएको थियो । शबयात्राका क्रममा सर्वसाधारणले भारत र स्थानीय प्रशासनविरुद्व चर्का नाराबाजी लगाएका थिए ।

उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने भनिएपनि सरकारका कुनै प्रतिनिधिको सहभागिता नरहेको भन्दै स्थानीय प्रशासन विरुद्व नाराबाजी गरेका थिए ।

नेपाल–भारत २०० नम्बर सीमा स्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ड निर्माण गरी पानीको निकासका लागि ह्युमपाइप राख्ने विषयमा नेपाली र भारतीय नागरिक बीच विवाद भएको थियो ।

उक्त विवादलाई लिएर झडकको स्थिति हुने देखिएपछि नियन्त्रणमा लिन भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर पुनर्वास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतमको मृत्यु भएकोथियो । एसएसबीको गोली लागेर गम्भीर घाइते भएका गौतमलाई उपचारका लागि धनगढी लैजादै गर्दा मृत्यु भएको थियो ।

ह्युमपाइप राख्न भारतीय पक्षले अवरोध गरेपछि आक्रोशित नेपालीले भारतीय भूमिमै गएर उनीहरुलाई लखेटे पछि दोहोरो झडपको स्थिति बनेको इलाका प्रहरी कार्यालयले दाबी गरेको थियो ।

पुनर्वासका स्थानीयवासीले भारतको स्थानीय सहर बसाइन जाने बाटोमा ह्युमपाइप राखिरहेका थिए । पुनर्वास क्षेत्रमा सीमा अतिक्रमणको विषयलाई लिएर यस अघि पनि किचलो हुने गरेको थियो ।

विराटनगर जाँदै गरेको बस दुर्घटना, चालकको मृत्यु

सिरहा ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकखण्डमा आइतबार बिहान बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मिर्चैया नगरपालिका–२ मल्हनिया खोरीमा ना ७ ख २१२१ नंको बस अनियन्त्रित भई करिब ५० मिटर टाढा खेतमा पुगेपछि हाम फाल्ने क्रममा बस चालक मोरङको विराटनगर उपमहानगरपालिका–११ निवासी ५० वर्षीय राजन श्रेष्ठको बसको चक्कामुनि परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बहान ५ बजेतिर काठमाडौँबाट विराटनगर आउँदै गरेको उक्त बस अनियन्त्रित भई सडकबाट तल खस्दा हाम फाल्ने क्रममा चक्काले किचेर बस चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको र बसमा सवार अन्य यात्रु भने सकुशल रहेको इलाका प्रहरी कार्यालय, मिर्चौयाले जनाएको छ ।

दुबईबाट मात्रै नेपाल भारत सिमामा पर्खाल लगाउन करोडौं रकमको प्रतिवद्धता

हरि नेपाली-दुबई ।
हालसालै कन्चनपुर जिल्लाको नेपाल–भारत सिमानामा भारतीय सुरक्षाबल ९एसएसबी० द्धारा एक नेपाली नागरिक गोविन्द गौतमको गोली हानी हत्या गरेपछि स्वदेशदेखि बिदेशसम्म आक्रोशित नेपाली नागरिकहरुले नेपाल भारत सिमानामा तारबार लगाउनको लागी सरकारसँग माग गर्दै करोडौं रकम सहयोग गर्ने घोषणा गरेका छन ।

नेपाली जनप्रगतिशील मञ्च युएईका अध्यक्ष हेमन्त पौडेलले आफ्नो सामाजिक संजाल फेसबुकमा  “सरकारले भारतीय सिमानमा वाल लगाउने निर्णय लियोस म मेरो ब्यक्तीगत तर्फबाट १ लाख सहयोग गर्ने बचन बद्धता गर्न चहान्छु तपाई नि रु” भनेर स्टाटस राखेसंगै सहयोगको घोषणा गर्ने नेपालीहरुको संख्यामा उल्लेखनीय रुपमा बृद्धि भएको छ ।

आर्थिक सहयोगको घोषणा गर्ने क्रममा ई। हिमाल गिरीले १ करोड सहयोग गर्ने घोषणा गरेका छन । त्यसैगरी नेपाल पत्रकार महासंघ युएईका सचिब मेघराज सापकोटा, बरिष्ठ समाजसेवी डि।एल शर्मा लागायतले एक महिनाको तलब दिने घोषणा गरेका छन भने धेरै जनाले एक महिनाको जनश्रमदान सहित आफुले सक्दो आर्थिक सहयोग गर्ने बचनबद्धता ब्यक्त गरेका छन ।

साथै नेपाली जनप्रगतिशील मञ्च युएईले आफ्ना कार्यकर्ताहरुबाट संकलन गरि ५० लाख सहयोग गर्ने घोषणा गरेको छ । मन्चका अध्यक्ष पौडेलको स्टाटसमा मात्र सहयोगको घोषणा गरिएको रकम १७ करोड रुपैया पुगेको छ ।

युएईका हेमन्त पौडेलले मात्र नभई विभिन्न देशमा छरिएर रहेका नेपालीहरुले समेत अलग अलग रुपमा सामाजिक संजालमा आर्थिक सहयोग तथा  जनश्रमदान घोषणा गर्नेको संख्या उल्लेखनीय छ । जसलाई एकीकृत गर्ने हो भने नेपाल भारत सिमानामा तारबार गर्नको लागि विदेशबाट मात्रै अरबौ आर्थिक सहयोग उठ्ने सम्भावना देखिएको छ ।

प्रकाशचन्द्र लोहनीले कमल थापालाई यस्तो लेख्दै पार्टी छाडे, हलो राप्रपा व्युँताउने

काठमाडौं ।
डा. प्रकाशचन्द्र लोहनीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका छन् ।

राप्रपाका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता रहेका लोहनीले कमल थापाले भ्रष्टाचारमा आँखा चिम्लँदै सत्ता स्वार्थमा लाग्दै पार्टीलाई व्यक्तिगत स्वार्थमा प्रयोग गरेको भन्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

अघिल्लो दिन सरकारको आलोचना गर्दै भोली पल्ट उपप्रधानमन्त्रीको शपथ खाएका कमल थापाको शैलीको आलोचना गर्दै लोहनीले राजधानीमा पत्रकार सम्मेलन गरेर पार्टीसँगको आफ्नो कुनै सम्बन्ध नरहेको घोषणा गरेका छन् ।

लोहनीले तत्काल कुनै पार्टीमा आवद्ध नहुने तथा निस्कृय पनि नरहने भन्दै छिट्टै यसबारेमा धारणा सार्वजनिक गर्ने बताएका छन् ।

डा। लोहनीले बिहीबार पार्टी अध्यक्ष थापालाई पठाएको पत्रमा डा। लोहनीले भनेका छन्, ‘म आजको मितिबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको कुनै पनि तहको सदस्य नरहेको तपाईंलाई जानकारी गराउदछु ।’

उनले थापामाथि पार्टी एकता महाधिवेशन पश्चात पार्टी विधानमाथि उपहास गर्दै महाधिवेशनको क्रममा भएका समकालीन समझदारीलाई लत्याउने र सम्पूर्ण पार्टीलाई आफ्नो राजनीतिक र स्वार्थपूर्तिको औजार मात्र बनाएको आरोप लगाएका छन् ।

साथै मन्त्रिपरिषद्मा सामेल हुँदा र पार्टीका तर्फबाट राजदूत नियुक्तिमा नाम सिफारिस गर्दा एकतर्फी निर्णय लिएको र सरकारद्वारा भएको ‘नांगो भ्रष्टाचार’लाई अनुमोदन गरेको सन्देश थापाको गतिविधिले दिएको आरोप पनि लोहनीले लगाएका छन् ।

‘भविष्यमा देशमा समावेशी राष्ट्रियता, बहुलवादी प्रजातन्त्र, प्रगतिशील उदावाद, पहिचान र संसदमा अनुमोदित राजसंस्था प्रतिबघ रहेर देश र जनताको हकहित्, अधिकार र स्वाभिमानको संरक्षण गर्दै देश विकासमा निरन्तर सक्रिय रहने छु, ’ पत्रमा भनिएको छ।

राप्रपा हलो व्युँताउने
यसैबिच डा. लोहनी निकट एक नेताका अनुसार हलो राप्रपा विघठन गर्दै राप्रपा नेपालमा बिलय भएका पशुपती शम्शेरसँगै पछी लागेका लोहनीले छिट्टै राप्रपा पार्टी व्युँताउने तयारी गरेका छन् ।

राप्रपा एकता महाधिवेशनमा समेत अध्यक्ष उमेद्वारी दिएर फेरी पछि हटेका लोहनीले राप्रपा नेपालमा असन्तुष्ट रेहका तथा पूर्व राप्रपामा रहेका नेताहरु समेटेर राप्रपा गठनको योजना बनाएका छन् ।

हलो चुनाव चिन्हलाई यथावत राख्दै नयाँ पार्टी गठनको योजनामा रहेका लोहनी यसको प्रमूख त हुनेनै छन् यो पार्टीले राप्रपा नेपाल गाई चुनाव चिन्हको लागि उस्तै सिद्धान्त र नीतिका आधारमा निर्वाचनमा मत काट्ने पहिलो निकट दल बन्ने निश्चित छ ।

दाहाल सरकारको सम्मान ! शहीदको शवराख्न फोहोर बोक्ने गाडी, सुरु भयो शहीदको शव यात्रा (भिडियो सहित)

कञ्चनपुर ।
नेपाल भारत सिमा लडाइका प्रथम शहीद गोविन्द गौतमको शव यात्रा सुरु भएको छ ।

कञ्चनपुर सिमामा बिहिबार भारतीय सिमा सुरक्षा फौजद्धारा हत्या गरिएका गौतमको स्थानीय दोदा नदीमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिंदै छ ।

गौतमको शव राखिएको सेती अञ्चल अस्पतालबाट शव यात्रा निकालिएको छ ।

फूलमाला र ब्यानरसहित गौतमको शवयात्रा सुरु भएको छ । अस्पतालबाट शव यात्रा गरेर गौतमको शव झण्डै ६ किलोमिटर टाढाको दोदा नदी किनारमा लगिनेछ ।

शहीद गौतमको अन्तेष्टिमा राष्ट्रिय सम्मान सहित ११ तोपको सलामी समेत दिइंदै छ ।

दोदा नदी किनारबाट ६/७ किलोमिटर टाढा गौतमको घर रहेको आनन्द बजारसम्म शव लैजाँदा स्थिति अनियन्त्रित हुनसक्ने भन्दै स्थानीय प्रशासनले दोदा नदी किनारमै अन्त्येष्टि गर्न परिवारसँग आग्रह गरेको हो ।

दशगजा क्षेत्रमा कलर्भट बनाउने विषयमा विवाद हुँदा भारतीय सीमा सुरक्षा बल एसएसवीले चलाएको गोली लागेर गौतमको ज्यान गएको थियो ।

शवयात्रा सुरुहुनुअघि गौतमको शब यात्राको लागि सरकारले कमजोर व्यवस्थापन गर्दै फोहोर बोक्ने गाडीमा शव राख्न खोज्दा युवाहरुले बिरोध गरेका थिए ।

शहीद गौतमको शबयात्राको लागि भनेर स्थानीय प्रशासनले नगरपालिकाको फोहोर बोक्ने गाडी पनि कुनै सिंगारपटार विना नै ल्याएको र तुल र ब्यानर विना आएको थियो ।

हर्सोल्लास सहित फागू पर्व मनाइँदै

काठमाडौं ।
रङको उत्सव फागु अर्थात् होली पर्व आज पहाडी जिल्लाहरुमा हर्सोल्लास सहित मनाइंदै छ ।

एक अर्कामा अबीर दलेर तथा पानी छ्यापेर मनाइने गरिएको फागु पर्व तराईका जिल्लाहरुमा भने भोली मनाईने गरिन्छ ।

सरकारले तराई र पहाडमा फरक फरक दिनमा होलीको बिदा दिने गरेको छ । आइतबार पहाडमा सरकारले सार्जनिक बिदा दिएको छ ।

यसैबीच, नेपालीले हर्षोल्लासपूर्वक रङहरुमा रमाएर मनाइने नेपालीको साझा पर्व फागुपूर्णिमाको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत देशका उच्च पदस्थ व्यक्तिहरुले शुभकामना दिएका छन् ।

भारतीय फौजद्धारा हत्या गरिएका गोविन्दको नाममा नगरपालिकाको नाम राख्न माग

कञ्चनपुर ।
कञ्चनपुरको पुनर्वास नगरपालिकाको नाम फेरेर भारतीय फौजले हत्या गरेका शहीद गोविन्द गौतमको नाममा नाम परिवर्तन गर्न स्थानियले माग गरेका छन् ।

शहीद गोविन्दको नाममा  ‘गोविन्द नगरपालिका’ नाम राख्द जिल्लावासीले माग गरेका हुन् ।

देशको सीमा रक्षाका लागि लड्दा लड्दै शहिद भएका गोविन्द गौतमप्रति सम्मान व्यक्त गर्न उनकै नामबाट नगरपालिकाको नामाकरण गरिनुपर्ने स्थानीयको माग छ ।

गत बिहीबार भारतीय सीमा सुरक्षा बल 'एसएसबी' को गोली प्रहारबाट पुनर्वास नगरपालिकाका ३० वर्षीय गोविन्द गौतमको निधन भएको थियो ।

सरकारले उनलाई शहीद घोषणाको प्रक्रिया अघि बढाउँदै राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गर्दैछ ।

यद्यपी भारतसँग यसबारेमा क्षतीपूर्ती र गोली हान्ने भारतीय फौजलाई कारवाही एवं भारतले माफी माग्नुपर्ने विषयमा सरकारले केही पहल गरेको छैन ।

बाबुराम भन्छन्-‘एनसेल प्रकरणमा सरकारले राष्ट्रघात गर्‍यो’

काठमाडौं ।
नेपाली भूमि मिचेर नेपाली नागरिकको कञ्चनपुरमा हत्या गर्दा मौन बसेका नयाँ शक्ति नेपालका प्रमूख बाबुराम भट्टराईले ऐनसेललाई अर्बौं रुपैयाँ कर छुट दिने सरकारी निर्णयलाइए राष्ट्रघातको संज्ञा दिएका छन् ।

सरकारले एनसेलको बिक्रीमा लाग्ने पुँजीगत लाभकर नउठाउने निर्णय राष्ट्रघात भएको नयाँ शक्तिले बताएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्तिका संयोजक भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन् ।

‘एउटा कर अधिकृतले गर्नु पर्ने निर्णयअधिकार खोसेर मन्त्रिपरिषदमा ठाडो प्रस्ताव लगी निर्णय गराउनु जिर्लज्जताको पराकाष्ठा हो,’ उनले भनेका छन्, ‘एउटा गरीब किसानले आफ्नो मेहनत र पसिनाबाट जोडेको कुनै घर खेल समेत बिक्री गर्दा पूँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था छ । तर, सोही प्रकृतिको सम्पत्ति एनसेल बेचबिखन हुँदा सिंगो राज्य संयन्त्र कर छलीमै सघाउ पुर्‍याउने गरी लाग्नु भ्रष्टाचार मात्र होइन, यो राष्ट्रघात हो । अर्बौं नाफा गर्ने कम्पनीलाई कर उन्मुक्ति दिने प्रपञ्च नीतिगत अपराध हो ।’

एनसेललाई लाभकर असुल गर्नबाट उन्मुक्ति दिँदा ३३ अर्ब राज्यले गुमाएको भन्दै नयाँ शक्तिले भनेको छ, ‘यो सानो र चुप लागेर बस्ने विषय होइन । एउटा विदेशी लगानी भएको कम्पनीलाई मिलेमतोमा भ्रष्टाचार गर्न सघाउ पुग्ने गरी राजश्व संकलनमा उन्मुक्ति दिने सरकारी निर्णय टुलुटुलु हेरेर बस्न सकिँदैन ।’

कांग्रेस र माओवादीबीच उच्चस्तरमा सहमति भएको भन्दै उसले जबरजस्त निर्णय गर्नु अपराध भएको बताएको छ ।

यस्तो छ नयाँ शक्तिले जारी गरेको विज्ञप्ती

गोविन्द १० लाखे शहीद हैन, नेपाल इण्डिया सीमा लडाइँका पहिलो शहीद हुन्

नेपाल-इण्डिया सीमा लडाइँका पहिला शहीद गोविन्द गौतम
– स्वागत नेपाल
नेपाल सरकारले नेपाल र इण्डिया अब छिमेकी मित्रराष्ट्र होइन सँधियार शत्रुराष्ट्र हुन् भन्ने औपचारिक रुपमा नै घोषणा हुने निर्णय गरेको छ । र, अब नेपाल—इण्डिया शत्रुराष्ट्रको रुपमा अन्तराष्ट्रिय कूटनीतिक तहमा विश्व समुदायले मान्न पनि बाध्य हुनु पर्ने भएको छ ।

नेपाल र इण्डियावीच टस्सल छ र नेपालीले इण्डियाविरुद्ध सीमा बचाउन लडिरहेका छन् भन्ने कुरालाई नेपाल सरकारको पछिल्लो निर्णयले मान्यता दिएको छ । बिग्रेको घडीले पनि २४ घण्टामा २ पटक चाहिँ सही समय देखाएजस्तो सरकारले आफैले गरेको निर्णयले कूटनीतिक सम्बन्धमा के अर्थ रहन्छ भन्ने बुद्धि भएर होइन कि नजानीकनै सही अर्थ आउने निर्णय गरेको छ ।

युद्धको नियमले विदेशी फौजको गोलीबाट भूलवस नै भए पनि मारिएको व्यक्तिलाई शहीद घोषणा गर्नुलाई दुई देशवीचको लडाइँलाई मान्यता दिनु हो भन्ने अर्थ लाग्छ । यसले व्यक्तिलाई शहीद मात्र घोषणा गरेको मानिँदैन योद्धा हो भन्ने मान्यता पनि प्रदान गर्छ । अनि जसको विरुद्धको युद्धमा शहादत प्राप्त भयो त्यो विरोधी पक्षलाई संघर्षको नियमले दुश्मन करार गर्छ ।

अब नेपाल र इण्डिया वीचको सम्बन्ध शत्रुराष्ट्रको रुपमा कूटनीतिक रुपमै मान्यता प्राप्त भएको छ ।
कञ्चनपुरमा सीमा मिचाइको विरोधमा लडेका र इण्डियन सुरक्षा फौजको गोलीबाट मारिएका नेपाली नागरिक गोविन्द गौतमलाई नेपाल सरकारले शहीद घोषणा गरिसकेको र १० लाख रुपियाँ उपलब्ध गराउने समेत निर्णय गरेको जानकारी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले सञ्चारमाध्यमलाई बताइ सकेपछि अब नेपाल इण्डियन वीचको सम्बन्ध शत्रुराष्ट्रको नै भएको छ ।

यसले नेपालले यसअघि नै विज्ञप्ती समेत प्रकाशित गरी इण्डियन सुरक्षा फौजको गोलीबाट नेपाली नागरिकको हत्या हुनु निन्दनीय भनिसकेको छ । तर इण्डियन पक्षले त्यसमा प्रतिक्रिया नजनाई उल्टो गौतमको पोष्ट मार्टम रिपोर्ट मागिरहेको छ । र, शहीद घोषणा गरिएकोमा पनि कुनै प्रतिक्रिया भने जनाएको छैन । यसको अर्थ उसले शहीद घोषणाको युद्धार्थलाई बुझेर मौनता साँधिरहेको छ ।

यस अघि नेपालविरुद्ध इण्डियाले गरेको नाकाबन्दीका बेला मधेसी दलका कार्यकर्तासँग मिलेर नेपाली सुरक्षा फौजमाथि ढुंगामुढा गर्ने इण्डियन नागरिकहरुलाई नेपाली सुरक्षाकर्मीले आत्मरक्षाका लागि प्रहार गरेको गोली लागि मृत्यु हुँदा इण्डियाका मोदीले फोन गरेर जानकारी मागे पनि उनीहरुले शहीद घोषणा भने गरेका थिएनन् ।

त्यसबाट उनीहरु नेपाल विरुद्ध कुनै पीडाका मुक्ति पाउन लडिरहेका थिए भन्ने अर्थ लाग्न सक्थ्यो । शहीद घोषणा गर्नुृ भनेको एउटा र अर्को पक्षवीच युद्ध, संघर्ष, द्वन्द्व छ र त्यस विरोधी पक्षका विरुद्ध अझ लड्नु छ, लड्न अभिप्रेरित हुनु छ भन्ने नै हो । र, यो घोषणाले एउटा राम्रो काम नेपाल सरकारका सारथीहरुले नजानी नजानी पनि एन्टी इण्डियन सेन्मिेन्टलाई मत्थर गराउन मात्र भए पनि काम गर्न खोजेर होला तर दीर्घकालीन अर्थ नेपाल इण्डिया सम्बन्धका वीचमा छोडेका छन् ।

यसअघि इण्डिया जोडिएको सीमाका लागि शहादत प्राप्त गर्ने वीर शहीद विभूतिहरुले इण्डिया विरुद्ध होइन, इष्टइण्डिया कम्पनी विरुद्ध वा बेलायत विरुद्ध लडेर शहीद भएका थिए । तर, नेपाल इण्डिया वीच सीमा लडाइँका पहिला शहीद भए गोविन्द गौतम ।

उनी गणतन्त्र, संघीयता, बहुदलीय व्यवस्था समेतका लागि र राणा शासन विरुद्ध लडेका शहीदजस्ता मात्र पनि होइनन्, अनि त्यसपछि हावाकाभरमा १० लाखका लागि मात्र घोषणा गरिएका शहीदजस्ता त झन् हुँदै होइननन्, जेसुकै होस् उनी नेपाल-इण्डिया सीमा लडाइँका पहिला शहीद नै हुन् ।

त्यो बाहेक उनलाई शहीद घोषणाको अर्को कुनै निहँु दिन पाइँदैन, हुँदा पनि होइन । नेपालको हालको सरकारलाई यो शृंखलाको शुरुवातका लागि बधाई र धन्यबाद छ । इण्डिया अब नेपालको छिमेकी मित्र राष्ट्र रहेन सँधियार सत्रु राष्ट्र भयो । शहीद गोविन्द गौतमप्रति हार्दिक श्रद्धाञ्जली ।

अधिवक्ता समेत रहनुभएका लेखक स्वागत नेपालको यो लेख उहाँको स्वागतनेपालडटकमबाट साभार गरिएको हो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web