काठमाडौं,फागुन ३० । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत सोमबार केन्यासँगको खेलमा नेपाल ७ विकेटले विजयी भएको छ । केन्याले दिएको १५६ रनको सामान्य लक्ष्य नेपालले ३० ओभर २ बलमा २ विकेट गुमाएर पुरा गरेको हो । नेपालको जितका कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिहं एरीले अर्धसतकीय पारी खेले । दिपेन्द्र सिहं एरी ६२ रनमा क्याच आउट भए । त्यस्तै ज्ञानेन्द्र मल्लले अविजित ६४ तथा शरद भेषवाकर पनि अविजित २४ रन जोडे । तेस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले १११ रनको साझेदारी गरे । दिपेन्द्र सिंह ऐरी ६५ रन बनाएर आउट भए । १ सय १८ बल बाँकी छँदै नेपाल विजयी भयो ।

ज्ञानेन्द्र मल्लले ९३ बलमा ६४ रन र शरद भेषावकरले ११ बलमा २४ रन बनाए । सुनिल धमला एक र सागर पुन ५ बनाउँदा आउट भए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६ ओभर १ बलमा अलआउट हुदै १५५ रन जोडेको थियो । नेपालका शरद भेषावकरले चार तथा मेहबुब आलम र बसन्त रेग्मीले दुई दुई विकेट लिए । यस्तै सागर पुन र सन्दिप लामिछानेले एक एक विकेट लिएका थिए । केन्याका लागि कोलिन्स ओबुयाले ४८, इरफान कारिमले ३८ तथा रकिप पटेलले २१ रन बनाए ।

शनिबार ५ विकेटले पराजित हुँदै २ अंक गुमाएको नेपालले सोमबार केन्यालाई ७ विकेटले हराएको हो । केन्यासँग भएको शनिबारको खेल हारेपछि नेपाल प्रतियोगिताको शीर्ष ४ मा रहने गणितीय सम्भावना मात्र बाँकी छ ।

शिर्ष चारमा पर्न सके सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे विश्वकप छनौटमा छनौट हुने मौका पाउनेछ । अब नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ । नेपालले १० खेलमा ४ जित निकाल्दै ८ अंक छ । केन्याको १० खेलमा ५ जित निकाल्दै १० अंक छ ।

काठमाडौं ।

आलोपालो सहमतीमा काँग्रेसलाई सत्ता सुम्पनुपर्ने माग भइरहेका बेलामा प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणको मिति तय गरेका छन् ।

पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो भ्रमण चिन गरेका दाहाल यसपटक भने सत्ता बहिर्गमनको कुरा चल्न थालेपछि चीन भ्रमणमा जान तयार भएका छन् ।

प्रधानमन्त्री दाहाल आगामी चैत १० गते चीन भ्रमणमा जाने भएका छन् । प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हो ।

प्रधानमन्त्री बनेपछि उनी दुईचोटि भारत गइसकेका छन् ।
नेपालस्थित चिनियाँ दूताबासका अधिकारीहरुले सोमबार बिहानै प्रधानमन्त्री प्रचण्डलाई भेटेर चीन भ्रमणको मिति टुगो लगाएका हुन् ।

भ्रमणको मिति मार्च २३ र २४ का लागि तय भएको परराष्ट्र स्रोतले बताएको छ ।

काठमाडौं ।
नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा व्यहोरेको हारको बदला लिंदै आज केन्यालाई ७ विकेटले पराजित गरेको छ ।

दोस्रो खेलमा केन्यालाई १५५ रनमा सिमित बनाएको नेपाली क्रिकेट टोलिको आजको बलिगं र व्याटिंग दुवै उत्कृष्ठ रह्यो ।

तेस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले १११ रनको साझेदारी गरेका छन् ।

दिपेन्द्र सिंह ऐरी ६५ रन बनाएर तेस्रो विकेटका रुपमा बाहिरिएका थिए ।

१ सय १८ बल बाँकी छँदै नेपाल विजयी भयो । ज्ञानेन्द्र मल्लले ९३ बलमा ६४ रन र शरद भेषावकरले ११ बलमा २४ रन बनाए ।

सुनिल धमला एक र सागर पुन ५ बनाउँदा आउट भए ।

टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६ ओभर १ बलमा सबै विकेट जाँदा एक सय ५५ रन बनाएको हो । नेपालका शरद भेषावकरले चार तथा मेहबुब आलम र बसन्त रेग्मीले दुई दुई विकेट लिए । यस्तै सागर पुन र सन्दिप लामिछानेले एक एक विकेट लिएका थिए । केन्याका लागि कोलिन्स ओबुयाले ४८, इरफान कारिमले ३८ तथा रकिप पटेलले २१ रन बनाए ।

शनिबार ५ विकेटले पराजित हुँदै २ अंक गुमाएको नेपालले सोमबार केन्यालाई ७ विकेटले हराएको हो । केन्यासँग भएको शनिबारको खेल हारेपछि नेपाल प्रतियोगिताको शीर्ष ४ मा रहने गणितीय सम्भावना मात्र बाँकी छ ।

शीर्ष चारमा पर्न सके सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे विश्वकप छनौटमा छनौट हुने मौका पाउनेछ । अब नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ ।

नेपालले १० खेलमा ४ जित निकाल्दै ८ अंक छ । केन्याको १० खेलमा ५ जित निकाल्दै १० अंक छ ।
हालसम्मको खेल हेर्दा नेपालको विश्वकप यात्रा अंक गणितमा मात्र सिमित रहेको छ ।

काठमाडौं ।
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप 'डब्लूसिएल' अन्तर्गत दोस्रो खेलमा अहिले नेपाल केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याइरहेको छ ।

शनिबार भएको पहिलो खेल डकवर्थ लेविस 'डिएल' का आधारमा केन्यासँग ५ विकेटले पराजित भएको नेपालले अघिल्लो चरणमा जान शीर्ष चारको सम्भावनाको लागि आजको खेल जित्नै पर्ने सम्भावना रहेको छ ।

शनिबारको खेल हारेर २ अंक गुमाएपछि प्रतियोगिताको शीर्ष चारमा रहने सम्भावना गणितीय रुपमा मात्र कायम रहेको भएपनि नेपाल सोमबार जित्नैपर्ने मानसिकताका साथ मैदान उत्रिएको छ ।

नेपालले च्याम्पियनसिपअन्तर्गत १४ मध्ये ७ खेल हारिसकेको छ र अंक तालिकामा ३ खेल मात्र जितेर ६ अंकका साथ छैटौं स्थानमा छ ।

च्याम्पियनसिपमा समावेश ८ देशमध्ये माथिल्लो ४ स्थान ओगट्ने टोलीले आउँदो वर्ष बंगलादेशमा आयोजना हुने विश्वकप छनोटको अन्तिम चरणमा भाग लिन पाउने नियम छ। यसै कारण विश्वकपको अभियानलाई सार्थक तुल्याउन नेपाललाई आज जसरी पनि केन्यालाई हराउनु पर्ने बाध्यता छ ।

केन्या ९ मध्ये ५ खेल जितेर १० अंकका साथ पाँचौ स्थानमा छ। आज नेपाललाई पराजित गरेको खण्डमा केन्या १२ अंकका साथ राम्रो रनरेटको आधारमा एकै पल्ट दोस्रो स्थानमा उक्लिने सम्भावना बलियो छ ।

हाल अंक तालिकामा १० खेलमा ७ जित सम्भव पारेको नेदरल्यान्ड्स १६ अंकका साथ शीर्षस्थानमा छ।

यस्तै, पपुवा न्युगिनी ८ खेलमा १२ अंक बटुलेर दोस्रो स्थानमा छ। हङकङ १० खेलमा ११ अंक बटुलेर राम्रो रनरेटका कारण तेस्रो र स्कटल्यान्ड ८ खेलमा ११ अंक बटुलेर चौथो स्थानमा छ। त्यसको लागि नेपालले सोमबार हुने खेल जित्नैपर्ने हुन्छ । त्यसपछि नेपालले छैटौं चरणमा हङकङ र सातौं चरणमा युएईलाई हराउनु जरुरी छ । तर, नेपालले हङकङसँग उसैको मैदानमा र युएईसँग तटस्थ भुमिकामा खेल्ने हुँदा नेपाललाई कठिन भने देखिएको छ ।

त्यतिमात्र हैन, नेपालको शीर्ष चारका लागि अन्य टोलीको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्छ । पाँचौ चरण पहिलो खेल सकिँदा नेपाल ६ अंकसहित तालिकाको छैटौं स्थानमा छ । केन्या १० अंक जोडेर लिगको पाचौँ स्थानमा छ । यदी नेपालले आफ्नो बाँकी ५ खेल जिते र केन्याले कम्तिमा ३ खेल हारेमा नेपालको शीर्ष चार सम्भावना कायम रहन्छ ।

सिन्धुपाल्चोक,फागुन ३० – भूकम्प गएको झण्डै दुई वर्ष पुगिसक्दा भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा जम्मा २२ घर मात्रै निर्माण सम्पन्न भएको पाइएको छ। सरकारी तथ्यांकले दुई वर्ष पुग्नै लाग्दा भूकम्पले सबैभन्दा बढी प्रभावित जिल्ला सिन्धुपाल्चोकमा केवल २२ वटा घर मात्रै मापदण्डअनुसार दोस्रो र तेस्रो किस्ता पाउन योग्य देखिएको हो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प गएको ठीक एक वर्ष पुगेकै दिन सदरमुकाम चौताराबाट पुनर्निर्माण अभियानको सुरुवात गरेका थिए। अभियान सुरु भएसँगै जिल्लामा दशैंअघि ७४ हजार ९ सय ८९ लाभग्राहीको खातामा अनुदानको पहिलो किस्ता बैंक खातामा जम्मा गरिएको थियो। भूकम्पलगत्तै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ-संस्थाहरूले भूकम्प प्रभावितहरूकै लागि भनेर अर्बौं रकम सके पनि पुनर्निर्माणको यो गति हेर्दा सरकारी र गैरसरकारी क्षेत्रको लगानी बालुवमा पानीझैं भएको पुष्टि गरेको छ।

जिल्लामा भूकम्पपीडितहरूले घर निर्माण गरे-नगरेको अनुगमनको जिम्मा सहरी विकास तथा भवन डिभिजन कार्यालयको हो। सो कार्यालयका प्रमुख डा. युवराज पौडेलले यस अवधिमा कार्यालयमा आएको तथ्यांकअनुसार तेस्रो किस्तासम्म पाउनयोग्य घरहरू जम्मा २२ वटा मात्रै भएको बताए। ‘हाम्रो कार्यालयमा आएको तथ्यांक हेर्ने हो भने २२ घरले मात्रै सबै अनुदान पाउनयोग्य देखिएको छ,’ पौडेलले राजधानीसँग भने, ‘गाउँमा अरू घरहरू पनि निर्माण सम्पन्न त भए होलान्, तर प्राविधिक हिसाबले यति घर मात्रै योग्य छन्, अन्य घरलाई निर्माण भएको मान्न सकिन्न।’

पहिलो चरणमा ७५ हजार ५ सय ३७ लाभग्राहीमध्ये ७४ हजार ९ सय ८९ लाभग्राहीले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ अनुदान पाइसकेका छन्। सहरी विकास तथा भवन डिभिजन कार्यालयमा आएको र सबै गाविसमा खटिएका प्राविधिकहरूले दैनिक पठाएको तथ्यांकअनुसार जिल्लामा हालसम्म ५ हजार ७ सय ६८ घर निर्माण सुरु भएको छ । यसमध्ये ९ सय ८२ लाभग्राहीले मात्रै दोस्रो किस्ता माग गरेका छन् । माग गर्ने यस संख्यामा पनि प्राविधिकहरूले प्रमाणित गरेको घर जम्मा ४ सय २ मात्रै रहेको कार्यालय प्रमुख पौडेलले जानकारी दिए। १ सय ३० घर मापदण्डविपरीत रहेको र मापदण्ड पूरा गरेपछि मात्रै दोस्रो किस्ता प्रदान गर्न सकिने पौडेलको भनाइ छ। तेस्रो किस्ताका लागि पनि पीडितहरूले प्रक्रिया अघि बढाएका छन् ।

६७ लाभग्राहीले तेस्रो किस्ता माग गरे पनि जम्मा २९ लाभग्राहीले मात्रै मापदण्ड पूरा गरेर आएका छन्। ‘अहिलेको अवस्था हेर्दा धेरैले मापदण्डमा रहेर घर निर्माण गरेको देखिँदैन,’ पौडेलले भने, ‘तथ्यले पनि यही प्रमाणित गर्छ।’ जिल्लामा घर निर्माण सम्पन्न गरेर बस्नेको संख्या पनि धेरै छ, तर त्यो पुनर्निर्माण प्राधिकरणले तोकेको मापदण्डमा पर्दैन। २ हजार २ सय २१ घर निर्माण सम्पन्न भए पनि त्यो मापदण्डमा नै नपर्ने र ती घरले सुविधा नपाउने पौडेलले प्रष्ट पारे। पुनर्निर्माण प्राधिकरणका कारण पनि पुनर्निर्माणमा समस्या भइरहेको पौडेलले गुनासो गरे। यसअघि पुनर्निर्माण प्राधिकरणले प्रत्येक गाविसमा एक इन्जिनियर, एक ओभरसियर र सहायक ओभरसियर गरेर तीनजना प्राविधिक गाउँमा खटाउने निर्णय भए पनि जिल्लामा अहिलेसम्म पर्याप्त जनशक्ति नहँुदा समस्या भएको पौडेलले गुनासो गरे। ‘७५ जना प्राविधिक अझै अपुग छ, कसरी काम गर्नु र?’ पौडेलले प्रश्न गरे। रक्षा व्यवस्था नहुँदा पनि प्राविधिकहरूले भटाभट राजीनामा दिन सुरु गरेको उनले बताए ।

‘गाउँमा गएर प्राविधिकहहरूले तपाईंको यो मिलेन भन्दा किन मिलेन भन्दै प्राविधिकहरूलाई नै हातपात गर्न आउँछन्,’ पौडेलले भने, ‘गाउँमा सरकारको एकीकृत सेवा नहुँदासम्म समस्या हुन्छ।’ गाविसमा सचिव नियमित नबस्दासमेत घर निर्माणमा समस्या हुने गरेको छ । स्थानीय निकायबाट सबै प्रक्रिया पूरा गरेर आएपछि दोस्रो किस्ताको सिफारिस हुने भए पनि धेरै गाविसमा सचिवहरू नहुँदा समस्या भएको छ। गाउँगाउँमा घर निर्माणका लागि सहयोग गर्न एनजीओ र आईएनजीओहरू क्रियाशील भए पनि संघ-संस्थाहरूले आफ्नो हुँदा मात्रै काम गरेको आरोप पौडेलले लगाए। आजको राजधानी दैनिकमा समाचार छ ।

नुवाकोट,फागुन ३० । नेपाललाई ओलम्पिक यात्रासम्म तय गराएर नयाँ इतिहास रच्न समेत सफल रहेको नुवाकोट तेक्वान्दो संघ २४ औं वर्षमा प्रवेश गरेको छ । औपचारिक रुपमा स्थापना हुनुअघि नै प्रतिभावान खेलाडी उत्पादन गर्न सफल रहेको नुवाकोट तेक्वान्दो संघले स्थापना दिवसको अबशरमा विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाएको छ ।

संघले नुवाकोटको बट्टार स्थित आफ्नै भवन बहुउद्देष्य कभर्ड हलमा आयोजना गरेको २४ औं वार्षिक उत्सव कार्यक्रममा नुवाकोटका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले जिल्लामा रहेका अन्य खेलहरु भन्दा क्रियाशिल र अन्तराष्ट्रिय खेलाडी उत्पादन गरी पु¥याउदै आएको नुवाकोट तेक्वान्दो संघको प्रशसां गर्नुभएको छ ।

स्थानीय विकास अधिकारी पण्डितले देशको नामलाई विश्वभर पु¥याउन नुवाकोटबाट उत्कृष्ठ खेलाडी उत्पादन गर्ने तेक्वान्दो संघका पदाधिकारीहरुको प्रशंसा गर्नुभएको छ । उहाँले तेक्वान्दो खेलको माध्यमबाट नेपालको नाम राख्न सफल हुदै आएको तेक्वान्दो खेलको नेपालको प्रख्यात रहनुमा नुवाकोट इज्जतर्लाइ कायमै राख्न अभ्यासरत खेलाडीहरुलाई आग्रह गर्नुभएको छ ।

तेक्वान्दो संघ नुवाकोटका अध्यक्ष धननारायण चित्रकारले बजेटको अभाव र कमजोर आर्थिक अबस्थामा रहेको संघले जिल्लामा खेलको अन्तराष्ट्रिय स्तरको प्रतिस्पर्धा गराएर खेल देखि पर्यटनसम्मको विकासमा प्रवद्धन पु¥याएको बताउनुभएको छ । अध्यक्ष चित्रकारले जिल्लामा सबैभन्दा उत्कृष्ठ तथा गाँउसम्म फैलिएको खेलमा तेक्वान्दो रहेकाले सरोकारवालाहरुलाई सहयोगको लागि आग्रह गर्नुभएको छ ।

उहाँले आफूले उपलब्ध गराएको जग्गामा निर्माणाधिन बहुउद्देष्य कर्भड हलको निर्माण पूरा गर्न भएको ढिलाईले उद्घाटन गर्न समेत नपाएको गुनासो गर्नुभएको छ ।

संघको २४ औ वर्षिक उत्सवमा समारोहमा तेक्वान्दो खेल सञ्चालनमा सहयोग पु¥याउने, भौतिक सामाग्रि उपलब्ध गराउर सहयोग पु¥याउने आत्मकुमार शाह, होमलाल गिरी, रमेश श्रेष्ठ, रोहन श्रेष्ठ, सबिन राजभण्डारी, उत्तम भण्डारी, अर्जुन गोतामे र जीवन श्रेष्ठलाई सम्मान गरिएको छ । नुवाकोटको खेल क्षेत्रको सबैभन्दा पुरानो सस्था नुवाकोट तेक्वान्दो संघले नुवाकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, इण्डो–नेपाल, मध्यमाञ्चलस्तरीय र बागमती अञ्चलस्तरीय लगायतको प्रतियोगिता सञ्चालन गर्दै जिल्लामा खेल क्षेत्रको प्रतिस्पर्धामा अन्य खेलकुद प्रतियोगिता भन्दा अग्रणी स्थानमा रहदै आएको छ ।

नुवाकोट तेक्वान्दोबाट उत्पादन भएका रमेश श्रेष्ठ अन्तराष्ट्रिय खेलाडी तथा नुवाकोट तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । यस्तै, नेपाल सेनाको क्लबमा आबद्ध रहेका रेजिन रिमाल र प्रतिज्ञा भण्डारी, सशस्त्र प्रहरी क्बलमा आबद्ध अनु तामाङ र सजना तामाङ पनि नुवाकोट तेक्वान्दोको उत्पादनको रुपमा रहेर अहिले अन्तराष्ट्रिय क्षेत्रमा पहिचान बनाएका छन् ।

नुवाकोटमा नै जन्मेर ओलम्पिक प्रयोगितामा समेत प्रतिस्पर्धा गर्नुभएका संगीना बैद्यको यात्रामा पनि नुवाकोट तेक्वान्दो संघको महत्वपूर्ण भूमिका रहदै आएको छ ।

यस्तै, नुवाकोटको विभिन्न डोजाङमा रहेर खेल्दै आएका सविता पुडासैनी, योगमायाँ श्रेष्ठ, अमर गुरुङ, श्रीराम श्रेष्ठ, जीवन तामाङ तेक्वान्दोमा राष्टियस्तरमा उदायमान खेलाडीको रुपमा लिइएको छ । २०४९ सालमा ३८ जना खेलाडीबाट नुवाकोटमा तेक्वान्दो खेल सुरु गरी अहिले १३ सयभन्दा बढी खेलाडीहरु उत्पादन गर्न सक्षम भइसकेको तेक्वान्दो नुवाकोट सचिव तथा प्रमुख प्रशिक्षक हरिहर पाण्डेले जानकारी दिनुभएको छ ।

स्थापनाको समयदेखि नै नुवाकोटमा अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरेको नुवाकोट तेक्वान्दोमा ३ सय ७४ जना ब्याक बेल्ट खेलाडीहरु उत्पादन भइसकेको प्रमुख प्रशिक्षक पाण्डे बताउनुभएको छ । नुवाकोटमा अहिले ६० डोजाङबाट १३ सय भन्दा बढी खेलाडीले अभ्यास गर्दै आएको नुवाकोट तेक्वान्दो संघका सह–सचिव तथा नुवाकोट तेक्वान्दोको प्रशिक्षक रमेश श्रेष्ठले बताउनुभएको छ ।

वर्षिक उत्सव अबशरमा कोलनी, बट्टार, खरानीटार, चौघडा, बागेश्वरी, हल्देकालिका लगायतका तेक्वान्दो डोजाङका खेलाडीहरुले तेक्वान्दोको साहसिक खेल डेमोन्ट्रेशनको प्रस्तुती र नृत्य प्रस्तुत गरेका थिए ।

यसैबीच, तेक्वान्दो संघको स्थापनाको अवशरमा हिजो बिहान प्रभातफेदी, बट्टारमा रहेका विभिन्न शक्तिपीठहरुको सरसफाई लगायतको कार्यक्रम गरिएको थियो ।

काठमाडौं,फागुन ३० । स्थानीय निर्वाचनका लागि नेकपा (माओवादी) केन्द्रले आन्तरिक तयारी तीव्र बनाएको छ । निर्वाचन आउन करिब दुई महिनामात्र बाँकी रहँदा माओवादीले उम्मेदवार छनोट र घोषणापत्र निर्माण केही दिनभित्रै सक्ने बताइएको छ ।

माओवादीले देव गुरुङको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाएको छ । समितिमा सातवटै प्रदेशका इन्चार्ज तथा पार्टी केन्द्रीय कार्यालयका प्रभावशाली नेता छन् । प्रवक्ता पम्फा भुसालले सोमबार निर्वाचन परिचालन समितिको बैठक बस्ने जानकारी दिइन् ।

तत्कालीन संविधान सभाको निर्वाचनमा अनपेक्षित हार बेहोरेको माओवादीले यसपटक निश्चित मापदण्ड बनाएर मात्र उम्मेदवार छनोट गर्ने तयारी गरिरहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

स्रोतका अनुसार यसपटक उम्मेदवार छनोटको सम्पूर्ण अधिकार स्थानीय समितिलाई दिने मापदण्ड तयार गरिरएको छ । स्थानीय पार्टी कमिटीले निश्चित सङ्ख्यामा सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने र केन्द्रले सिफारिस भएका मध्येबाट अन्तिम उम्मेदवार टुङ्गो लगाउने गरी कार्यविधि बनाउने तयारी भइरहेको बताएको छ ।

संयोजक देव गुरुङले पनि तल्लो तहबाट आउने सिफारिसलाई प्रमुख आधार मानेर उम्मेदवार तय गर्नेगरी कार्यविधि तयार भइरहेको जानकारी दिए ।

निर्वाचन हुन ६० दिनमात्र बाँकी रहे पनि अहिलेसम्म कुनै पनि दलले उम्मेदवार तोकिसकेका छैनन् । माओवादी केन्द्रको भने झापाको दमक नगरपालिका लगायतका केही स्थानमा स्थानीय पार्टी आफैँले उम्मेदवार तय घोषणा गरेर प्रचार नै थालिसकेको छ । दमकको समितिले चार दिनअघि पार्टी केन्द्रले मापदण्ड नै बनाउनुभन्दा अघि नै औपचारिक कार्यक्रम गरेर उम्मेदवार घोषणा गरेको थियो ।

काठमाडौं,फागुन ३० । पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण भएको पाइएको छ । केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले देखाएको छ ।

-३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण देखिएको थियो । विश्वविद्यालयले पहिलो समूहमा १२, दोस्रोमा ११ र तेस्रोमा १६ बाँदरमा अध्ययन गरेको थियो । जसअनुसार १७ भाले र २२ पोथी बाँदर थिए । अनुसन्धानकर्तालाई उद्धृत गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार नेपाल बाँदरको टोकाइबाट लाग्ने क्यान्सर र एचआइभी-एड्सको उच्च जोखिममा छ ।

-‘नेपालको पशुपति र स्वयम्भूका बाँदर मान्छेदेखि डराउँदैनन् । उल्टै मानिसलाई आक्रमण गर्न आउँछन् । यस्तो अवस्थामा मानिसलाई चिथोर्यो वा उसको शरीरमा भएको रगत मानिसमा सर्यो भने कुनै न कुनै समयमा त्यस्तो मानिसमा क्यान्सर, एचआइभी÷एड्सलगायतका अन्य रोग सर्न सक्छ,’ अनुसन्धानकर्ताको भनाइ उद्धृत गर्दै डा. पुनले भने ।

नयाँ भाइरसको जोखिम

कुनै पनि पशुले टोकेमा वा बाँदरले चिथोरेमा टिटानसको सुई लगाउने गरिन्छ । रेबिजको सुई लगाउने पनि गरेको पाइन्छ । तर, अनुसन्धानका क्रममा नेपालका बाँदरमा योभन्दा पनि भिन्न प्रकारको उच्च जोखिम भएको भाइरस फेला परेको डा. पुनले बताए ।

हेर्पेस बी भाइरस : यो भाइरसले इन्सेफ्लाइटिसको जोखिम अत्यधिक हुन्छ । यसको मृत्युदर मानिसमा ६० प्रतिशतसम्म भएको देखिएको छ ।

सिमिनियम ४० भाइरस : बाँदरको पिसाबमा अत्यधिक पाइने भाइरस हो यो । ३९ मध्ये ३५ बाँदरमा सिमिनियम ४० भाइरस पाइएको थियो । यही भाइरसले क्यान्सर लाग्न महत्वपूर्ण भूमिका खेल्ने गरेको पाइएको छ ।

सिमिनियम फोमिग भाइरस : यो भाइरस बाँदरले टोक्दा लाग्ने ¥याल वा चिथोर्दा सर्ने गर्दछ । यो भाइरस क्यान्सर र एचआइभी÷एड्ससँग सम्बन्धित रहेको र नेपाली बाँदरमा ९७ प्रतिशत देखिएको छ । चिकित्सकहरूका अनुसार यो गम्भीर समस्या हो ।

सिमिन इमुनोदिफिसिन्सी भाइरस : यो पनि बाँदरले टोक्दा वा बाँदरको रगतबाट सर्ने गर्दछ । मानिसमा देखिँदै आएको एड्स पनि यही भाइरसको परिस्कृत रूप मानिन्छ ।

रेबिज भाइरस : यो भाइरस पनि नेपाली बाँदरमा देखिएको छ । तर, हालसम्म मृत्यु भएको तथ्यांक छैन । त्यसैले रेबिजविरुद्धको खोप दिने गरिएको छैन । ‘हुँदै नहुने भन्ने होइन, एकैपटक धेरै मानिसलाई टोकेको अवस्थामा खोप दिनुपर्ने हुन्छ,’ डा. पुनले भने ।

सहरका बाँदरबाट बढी समस्या

डा. पुनले गाउँका भन्दा सहरका बाँदरबाट बढी समस्या देखिएको बताए । अस्पतालमा उपचार गराउन आउनेमध्ये सबैजसो पशुपति र स्वम्यभूका बाँदरले टोकेका मानिस रहेको उनले बताए । यस्ता बाँदरले टोकेकोमा मानिसको स्वास्थ्यमा गम्भीर समस्या पर्ने उनको भनाइ छ । ‘मन्दिरका बाँदरहरू धेरै छुच्चा हुन्छन् । उनीहरूले जुनसुकै समयमा बाटोमा हिँडिरहेका मानिसलाई टोक्न सक्छन् । यस्ता बाँदरमा क्यान्सर र एचआइभी÷एड्सको भाइरस रहेको पाइयो । त्यसैले बाँदरसँग जिस्कने र खानेकुरा दिनबाट टाढै बस्नुपर्छ,’ डा. पुनले नयाँ पत्रिकासँग भने ।

शुक्रराज अस्पतालमा दैनिक पाँचजना बिरामी

बाँदरले टोकेका पाँचजना बिरामी दैनिक टेकु अस्पताल पुग्ने गरेका छन् । तीमध्ये अधिकांश स्वयम्भू र पशुपतिका बाँदरले टोकेका रहेको डा. पुनले बताए । ‘बाँदरको टोकाइबाट हुने यस्तो रोगबारे कसैलाई जानकारी थिएन । हामीले पनि बिरामी आउँदा रेबिजको मात्र सुई लगाउने गरेका छौँ । तर, यो अनुसन्धानले सबैलाई सोच्न बाध्य बनाएको छ,’ उनले भने । तत्काल असर नगरे पनि दीर्घकालीन रूपमा यसले असर गर्ने उनको भनाइ छ ।

बाँदर र मानिसमा उस्तै रोग : वन्यजन्तुविज्ञ

वन्यजन्तुविज्ञ डा. मुकेशकुमार चालिसेले बाँदर र मानिसमा उस्तै रोग हुने गरेको बताए । ‘पशुपति र स्वम्यभूका बाँदर एकै प्रकारका हुन् । पशुपति र स्वयम्भूमा गरी नौ सयको संख्यामा बाँदर छन् । आहारको हिसाबले त्यो अत्यन्तै धेरै संख्या हो । यसको व्यवस्थापनमा सरकार लाग्नुपर्छ,’ उनले नयाँ पत्रिकासँग भने । ५० बाँदरको क्षमता भएको पशुपति र स्वयम्भूमा नौ सय बाँदर हुँदा आहारको अभावमा उनीहरूले मानिसलाई आक्रमण गर्ने गरेको र त्यसबाट मानिसमा रोग सर्ने जोखिम रहेको उनले बताए ।

‘मानिसमा जस्तै बाँदरलाई पनि जुका पर्ने, शरीरका विभिन्न भागमा दाद देखिने, ज्वरो आउने, निमोनिया हुने, झाडापखाला लाग्ने, क्यान्सर हुने, एचआइभी-एड्सको संक्रमण हुने गर्दछ,’ डा. चालिसेले भने, ‘धनुष्टंकार बाँदरमा पनि हुन्छ, यसले बाँदरलाई कुनै असर गर्दैन, तर बाँदरबाट मानिसमा सर्न गएमा केही समयमै मानिसको मृत्यु हुन्छ ।’

यसरी गरिएको थियो अनुसन्धान

पशुपति र स्वयम्भूमा छुट्टाछुट्टै बसेका बाँदरलाई समातेर परीक्षण गरिएको थियो । खानेकुरा दिँदा आउने भएका कारण पनि मन्दिर आसपासका बाँदरमा अनुसन्धान गर्न सहज भएको थियो । बाँदरको पिसाब, रगत, ¥याल परीक्षण गरिएको डा. पुनले जानकारी दिए । सो परीक्षणपछि मात्र बाँदरको टोकाइबाट क्यान्सर र एचआइभी-एड्सको जोखिम हुने पत्ता लागेको हो । नेपालका बाँदरमा क्यान्सर र एचआइभी÷एड्सको भाइरस रहेकाले सचेत बन्न वासिङ्टन विश्वविद्यालयका अनुसन्धानकर्ताले सचेत गराएको पुनले बताए ।

आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

पप्पु गुरुङ्, २९ फागुन, दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीको नेपाल–भारत सीमा क्षेत्रमा बिना अनुपति मादक पदार्थको पसल सन्चालनमा वृद्धि भइरहेका छन् । लामो समय देखि मादक पदार्थ तथा लागु पदार्थ दुब्र्यसनि न्युनीकरण गर्ने उदेश्यले ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र बिभिन्न संघ–संस्थाले विभिन्न जनचेतना मुलक कार्यक्रम सन्चालन गरिए पनि सीमा क्षेत्रमा झन् झन् मदिरा पसल बढिरहेका छन् । केही महिना अगाडि आएका ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर विश्वकर्माले जनचेतनामुलक कार्यक्रम सन्चालन गरेर बिभिन्न स्थानमा अबैध मदिरा नियन्त्रणको लागी छापा हानेर ठुलो मात्रामा अबैध मदिरा नियन्त्रण कार्य गर्दै आएपनि ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा हालै सरुवा भई आएका नव प्रहरी निरिक्षक बिरदत्त पन्तले उक्त अभियानलाई जारी राख्ने बताएका छन् । सीमा क्षेत्रका मदिरा पसल ब्यापारिहरु दर्ता बिना नै धमाधम सन्चालनमा ल्याएका छन् । सरकारको नीति अनुसार कुनै पनि पसल सन्चालन गर्दा अनुपति पत्र लिनु पर्ने भएता पनि सीमाका ब्यापारिहरु मनपरि पसल सञ्चालन गरिरहेका छन् । सीमा क्षेत्र भन्दा ३ किमि भित्र पसल सञ्चालन गर्न सरकारको नीति छ तर सीमा क्षेत्रको दशगजा क्षेत्रमा समेत यस्ता धैरै अवैध पसल सञ्चालनमा आउदा पनि प्रशासन मौन रहेको छ । सीमा क्षेत्रमा मादक पदार्थ सेवन गरेर अपराधिक गतिबिधी बढ्ने सम्भावना बढ्ने तिब्र सम्भावना भएपनि राजनितिक दल तथा प्रहरी प्रशाशन मुकदर्शक बन्दै आएको छ् । समय समयमा अनुगमन गरी तत्काल सीमा क्षेत्रबाट अवैध मदिरा पसल हटाउनु पर्नेे स्थानीयहरुको माग रहेको छ । अवैध रुपमा पसल सञ्चालन हुदा दुई देशको सम्बन्ध समेत बिग्रिरहेको स्थानीयबासीले बताएका छन् । यस्ता अवैध पसल खास गरी दोधारा चाँदनीको कुतियाकवर, १८ नम्वर पिल्लर बस्ती, सुन्दरनगर, कञ्चनभोज, बडवाल टोल लगाएत नेपाल–भारत सिमा बस्तीमा सञ्चालनमा रहेका छन् ।

सीमा जोडिएका नेपालका ग्रामिण क्षेत्रमा मदिरा सेवन गर्न भारतीयको ओइरो

दोधारा चाँदनीको भारत संग सीमा जोडिएका नेपालका ग्रामिण क्षेत्रमा मदिरा सेवन गर्न भारतीयको ओइरो लाग्न गरेको छ् । भारतको उत्तर प्रदेश तथा उत्तराखण्डको दोधारा चाँदनी सिमा नेपाली बस्तीमा मदिरा प्रयोग र बिक्री रोक्न कार्यान्वयनमा सहयोग गर्न नेपाली पक्षलाई आग्रह गरेपनी नेपाली प्रशासनबाट खासै प्रभावकारी कदम नचालेको स्थानियहरु बताउछन् । एक अनुमान अनुसार दोधारा चाँदनीको कुतियाकवर, १८ नम्वर पिल्लर बस्ती, सुन्दरनगर, कञ्चनभोज, बडवाल टोलमा दैनिक सयौ बढी भारतिय नागरिक दैनिक मदिरा पिउन सीमा क्षेत्रको नेपाली भट्टीमा आउने गरेका छन् । सिमा क्षेत्रमा नेपाली प्रशासनको खासै उपस्थिती नहुने हुदा बिहानै देखि भारतिय नागरिक नेपाली भट्टीमा लर्को लाग्ने गरेको स्थानियहरुको भनाई रहेको छ् ।

टोकियो ।
गैरआवासीय नेपाली संघ एनआरएनए जापानले आफ्ना भावी कार्यक्रम तथा योजनाहरु सार्वजनिक गरेको छ ।

राजधानी टोकियोमा एक कार्यक्रमका बिच एनआरएनए जापानले सदस्यता वितरण, महाधिवेशन तथा नेपाल फेस्टिवल लगायतका विषयमा निर्णय सार्वजनिक गरेको हो ।

नेतृत्व चयनका बेलामा सँधै जसो आरोप लाग्दै आएको निकटका व्यक्ति र सिमित संख्यामा मात्र सदस्यता वितरणको विषयलाई सम्वोधन गर्दै एनआरएन जापानले नयाँ सदस्यता र पुराना पंजिकृत सदस्यहरुले अनलाइन मार्फत नविकरण गर्न सक्ने बताएको छ ।

एनआरएन जापानको एप्सले झोलामा सदस्यता फारम लिएर हिडने दिनको समाप्ति गरिने दाबी गरेको छ ।

एनआरएनए जापानका अध्यक्ष सुदन थापाले विगतमा भएका सदस्या वितरणको अपारदर्शीतालाई अन्त्य गर्ने भन्दै आईतवार राती १२ बजेबाट आईफोन प्रयोगकर्ताहरुले एनआरएनए जापान नामक मोवाईल एप्सबाट यस्तो सुविधा लिन सक्ने थापाले बताएका छन् ।

एनआरएनए जापानले संस्थाबारे विभिन्न निर्णय गर्दै सेप्टेम्वर दुई तरिख सम्ममा केन्द्रीय निर्वाचन सम्पन्न गरिसकिने बताएको छ । जस अनुसार आगामी अगष्ट १३ तारिकका दिन केन्द्रीय अधिवेशन हुने भएको छ ।

एनआरएनए जापानको भावी योजना र कार्यतालिका सार्वजनिक गर्दै अध्यक्ष थापाले मार्च १२ तारिकबाटै नयाँ सदस्यता आवेदन खुल्ला भएको बताए ।
एनआरएन जापानको सदस्यता लिन चाहने नेपालीहरुले मे ३० तारिख सम्ममा आवेदन दिनसक्नेछन् ।

जुन ५ तारिकका दिन पहिलो नामावली सार्वजानिक गर्ने योजना सहित ९ तारिखसम्ममा प्रकाशित नामावलीमाथी दावी बिरोध र १० जुनमा अन्तिम नामावली प्रकाशित गरिने अध्यक्ष थापाले बताए ।

यसैगरि १५ जुलाईसम्म १३ क्षेत्रिय समिति अधिवेशनसम्पन्न गरिने योजना सहित १२ क्षेत्रिय समितिमा सेन्दाई क्षेत्रलाई तोहोकु क्षेत्रिय समिति गठन गरि १३ क्षेत्रिय समिति पुरयाईने भएको छ ।

यस्तै २४ अगष्टमा तीज कार्यक्रमको आयोजना गर्ने भएको एनआरएन जापानले २६ र २७ अगष्टमा युएनो पार्कमा नेपाल फेष्टिवल आयोजना गर्ने भएको छ ।

गत वर्ष योयोगी पार्कमा आयोजना गरिएको नेपाल फेष्टिवल प्राविधिक कारणले यसपटक युएनो पार्कमा आयोजना गर्न लागिएको बताइएको छ ।

समारोहमा एनआरएनए आईसिसि सदस्य ओम गुरुङ, पूर्व पर्यटन मन्त्री तथा नेकपा एमाले केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङ सहित विभिन्न संघसंस्थाका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

भैरहवा, २९ फागुन । एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई देशका जनता संग कुनै मतलब नरहेको आरोप लगाएका छन् । मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत आईतबार भैरहवामा आयोजित आम सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘जनता संग यो सरकारलाई कुनै मतलब छैन । अन्तैका प्रभु रिझाउन व्यस्त छ । देशभक्त र विकासप्रेमी सरकार हटाएर बनेको यो सरकारले मुलुकका लागि कुनै काम गरेको छैन ।’ अध्यक्ष ओलीले मधेसका नाममा राजनीति गर्न चाहनेहरू त्यहाका जनतालाई मराउन चाहेको बताए । । त्यसरी मारिनेहरू हाम्रै भाई छोराहरू हुन् भन्दै उनले तिनलाई बिना कारण मराइएको बताए । ‘भारतीय सीमा सुरक्षा बल नेपाल पसेर नेपालीहरू माथि गोली हान्दा सरकार चुइक्क बोलेको छैन, थर्कमान छ । नेपाल भित्र आएर नेपाली माथि गोली हानियो’, ओलीले भने, ‘यता आफ्ना प्रहरी माथि आक्रमण गर्नेहरू माथि कारवाही गर्दा प्रहरी अधिकारीहरु माथि नै कारवाही गरियो ।’ उनले काम गर्ने हिम्मत छैन भने सरकारमा किन बस्ने भनेर प्रश्न समेत गरेका छन् । ‘यस देशलाई नोक्सान गर्न जडान गरिएको सरकारले देशको हित गर्न सक्दैन । जनताको यो उपस्थितिले देखाउाछ, सरकार हामी चलाउछौ ।’ ‘यो सरकार नेपाल र नेपालीको होइन । विधिवत् रुपमा त संसदबाट बनाए जस्तो देखिन्छ । तर, चारतिर फर्केकाहरुलाई एउटै ठाउामा ल्याएर टाउको जुधाएर मित लगाउने काम अर्कैले गरिदिएको छ’, उनले भने । ओलीले मोर्चाका नेताहरू एमालेलाई तराई पस्न नदिने भनेकोमा पनि आक्रोशित भएका छन् । उनले भने, ‘नयाँ शक्ति नामक भ्रष्ट बुद्धिजीवीहरूको संस्थाले पनि एमालेमुक्त नेपाल भनेर ट्वीट गरेछ । कसको दाना खाएर उनीहरू यस्तो गर्दैछन् ? नेपाल देशव्यापी छ, नेपाली व्यापी छ । हामीलाई कुनै ठाउमा जानबाट कसैले रोक्न सक्दैन ।’ सभालाई सम्बोधन गर्दै उपाध्यक्ष वामदेव गौतमले वर्तमान सरकारले मुलुकलाई विभाजन तर्फ लैजान खोजे पनि त्यो कुनै हातमा पूरा नहुने बताए । उनले भने, ‘अहिले संविधान असफल पार्न खोजिएको छ । समयमा संविधान कार्यान्वयन हुन नदिने योजना छ । ठीकै छ, त्यो सफल पनि होला । तर, यो देश असफल हुन सक्दैन, हुन दिइदैन । संविधानको इतिहास साढे छ दशकको छ तर यो देशको इतिहास चार हजार वर्षको छ ।’

काठमाडौं ।
तेस्रो संस्करणको लुम्बिनी पिस म्याराथनको उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन् । ४२ दशमलव १९५ किलोमिटरको दुरी होमलालले २ घण्टा २२ दशमलव ३६ सेकेण्डमा पूरा गरे ।

सशस्त्र प्रहरीका गोपिचन्द्र पार्की २ घण्टा २४ दशमलव २४ सेकेण्डको टाइमिङ सहित दोस्रो र नेपाल आर्मीका खगेन्द्र भाटले तेस्रो भए । भाटले २ घण्टा २४ दशमलव ४१ सेकेण्डमा दौड पूरा गरे । विजेता श्रेष्ठले १ लाख नगद हात पारे भने दोस्रो भएका पार्कीले ७५ हजार र तेस्रो भएका भाटले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

हाफ म्याराथनको उपाधि टंक पुनले जिते । पुनले १ घण्टा ९ दशमलव ४९ सेकेण्डमा दौड पूरेका थिए ।

आर्मीका रामजी बस्नेतले १ घण्टा १० दशमलव २८ सेकेण्ड र आर्मीकै टीकाराज कट्वालले १ घण्टा १० दशमलव ३१ सेकेण्डमा दौड पुरा गरी क्रमशः दोश्रो र तेस्रो भएका छन् । हाफ म्याराथनका विजेताले ५० हजार उपविजेताले ३५ र तेस्रो हुनेले २५ हजार रुपैया प्राप्त गरे ।

प्रतियोगितामा ७ विदेशीसहित ५५ जनाको सहभागिता थियो । २-२ जना चिनियाँ र बेलायती धावकका साथै स्पेन, इटाली र जमैकाका १–१ जनाले भाग लिएका थिए ।