गोरखा ।
आउँदो बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि गोरखामा २१३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
निर्वाचन कार्यालय गोरखाले प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलहरु र सुरक्षा निकायका प्रमुखसहितको बैठक राखेर निर्वाचन केन्द्रको टुंगो लगाएको हो ।
यसअघि बि.सं. २०७० सालमा भएको संबिधानसभाको दोस्रो निर्वाचनका बेला रहेका २०६ वटा मतदान केन्द्रलाई यथावत राख्दै थप सात वटा मतदान केन्द्र थप्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले बताउनुभयो । गाबिस र वडाहरु गाउँपालिकामा समायोजन भएका ठाउँमा नयाँ मतदान केन्द्र थप गरिएको भन्दै पोखरेलले आयोगबाट पत्र आएपछि कुन–कुन ठाउँमा केन्द्र रहने सार्वजानिक गरिने बताउनुभयो ।
गोरखा नगरपालिका र पालुङटार नगरपालिकासहित गोरखामा नौ वटा गाउँपालिका छन् । यस्तै गोरखामा एक लाख ७१ हजार ७१ जना मतदाता छन् ।
काठमाडौं ।
राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्य भैरहँदा सडक क्षेत्रमा धुलोका कारण जनताको स्वास्थ्यमा नराम्रो असर पर्न थालेपछि तत्काल अस्थायी नै भएपनि सडक पिच गर्न थालिएको समाचार छ ।
मेलम्ची आयोजनाले भत्काएको बाटो समयमा कालोपत्र नहुँदा उपत्यकामा धुलोको मात्रा अत्याधिक बढेकोले चाँडो कालोपत्र गर्न खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले निर्देशन दिनुभयो ।
गएराति राज्यमन्त्री खड्काले कान्तिपथ, लाजिम्पाट र पानीपोखरीमा भइरहेको मेलम्ची खानेपानीको कामको बारेमा जानकारी लिनुभएको थियो ।
हालसम्म मेलम्चीको सुरुङ् खन्ने काम २७ किलोमिटरमध्ये २३ किलोमिटर सम्पन्न भएको तथा मुख्य पाइप बिच्छ्याउने काम ६१ किलोमिटरमध्ये ४१ किलोमिटर र शाखा पाइप बिच्छ्याउने काम ६ सय ७० किलोमिटरमध्ये ५ सय ५० किलोमिटर बिच्छ्याइसकिएको आयोजनाका प्रमुख तिरेशकुमार खत्रीले जानकारी दिनुभयो ।
तेह्रथुम ।
तमोर नदीसँग सीमा जोडिएका तेह्रथुमका एक दर्जन बढी गाउँपालिकामा खानेपानीको चरम समस्या देखिन थालेको छ ।
जिल्लाको आठराई क्षेत्रका ईवा, ह्वाकु, छातेढुङ्गा, चुहानडाँडा, सक्रान्ति, थोक्लुङ र छथर क्षेत्रका हमरजुङ, ओख्रे, सुदाप, फाक्चामारा र पञ्चकन्यालगायत गाउँपालिकाका तल्लो क्षेत्रका बासिन्दाले खानेपानीको ठूलो समस्या बेहोर्दै आएका छन् ।
गाउँमा रहेका पानीका मुहान, धारा कुवा र खोली खोल्सी सुक्दै गएपछि यी गाविसमा बर्सेनि खानेपानी समस्या बढिरहेको छ । कतिपय गाविसका बस्तीमा खानेपानी बोक्दैमा दिन बित्ने गरेको पञ्चकन्याकी यशोदा दाहालले बताउनुभयो । खानेपानी अभाव भएकै कारण यी गाविसबाट बर्सेनि बसाइँ सरेर जानेको सङ्ख्या समेत बढ्न थालेकोमा दिगो खानेपानी स्रो व्यवस्थापनका निम्ति सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिएको छ ।
काठमाडौं, १ चैत । नेकपा एमालेका उपाध्यक्ष बाम देव गौतमले सामाजिक सुरक्षा भत्ता अझै बढाउने उद्घोष गरेका छन् । मेची महाकाली अभियान अन्तर्गत नेपालगञ्जमा आयोजित जन सभालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको लोक प्रिय सरकारले एक सय रुपैयाबाट सुरु गरेको वृद्ध भत्तालाई अब बन्ने एमालेको बहुमतको सरकारले ५ हजार पुर्याउने घोषणा गरे । ‘मनमोहन अधिकारीको सरकारले एक सय रुपियाबाट सुरु गरेको सामाजिक सुरक्षा भत्ता केपी ओली नेतृत्वको सरकारले दुई हजार बनायो,’ उनले भने– ‘अब एमालेको बहुमतको सरकारले पाँच हजार बनाउनेछ ।’ नेपालमा एमालेले राम्रो काम गर्न खोज्दा सरकारै ढालेर अवरोध गरिएको स्मरण गर्दै गौतमले अगाडि भने– ‘मन मोहन अधिकारीको नेतृत्वको सरकारले राम्रो काम गर्दा नौ महिनामै हटाइयो, माधव कुमार नेपालको सरकारलाई नयाँ नेपाल बनाउने भयो भन्ने डरले हटाइयो, झलनाथ खनालको सरकारलाई सात महिना पनि टिक्न दिइएन, कपी शर्मा ओलीको सरकारलाई नौ महिना पनि काम गर्न दिइएन । अबको चुनावमा जनताले यी सबै कुरा हेरेर बहुमत दिनेछन्, एमाले बाहेक जनताले अरु पार्टीलाई विश्वास गर्ने छैनन् ।’

काठमाडौं, १ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय बिजुली बजारमा आज दिउसो बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो । मोर्चा संग आबद्ध सात राजनीतिक दलका ४९ जना सांसदले व्यवस्थापिका– संसध प्रतिनिधित्व गर्दै आएका छन् । सङ्घीय गठबन्धनको फागुन २४ गते बसेको बैठकले संसध दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित गर्न र स्थानीय तहको निर्वाचनको घोषणा सात दिनभित्र फिर्ता लिन सरकार संग माग गरेको थियो । सो माँगका विषयमा सरकारले कुनै पनि पहल कदमी नचालेको भन्दै आज देखि सरकारलाई दिएको सर्मथन फिर्ता लिइएको मोर्चाको भनाई छ । त्यस्तै मोर्चाको बैठकले विभिन्न तीन चरणका कार्यक्रम समेत तय गरेको छ । पहिलो चरणको आन्दोलनमा चैतमा माध्यामिक तह (कक्षा १०) को परीक्षा पर्ने भएकाले सामान्य विरोधका कार्यक्रम गर्ने, दोस्रो चरणमा दिन बिराएर आन्दोलन तथा विरोधका कार्यक्रम गर्ने र तेस्रो चरणमा बृहत कार्यक्रम गर्ने विषयमा छलफल भएको महासचिव झाले जानकारी दिनुभयो ।

ज्याक खड्का-टोकियो ।
नेपाल ईण्डिया सिमा लडाईका क्रममा शहीद बनेका गोविन्द गौतम परिवारको लागि जापानमा थालिएको आर्थिक संकलन अभियानका क्रममा ५० हजार रुपैयाँ संकलन भएको छ ।
देशको सिमा रक्षाको लागि लड्दा लड्दै भारतीय सिमा फौजको गोलीबाट शहिद भएका गोविन्द गौतम परिवारको आर्थिक अवस्था दयनिय भएको पाइएपछि थालिएको रकम संकलनमा मंगलबार सम्ममा करिव ५० हजार रुपैयाँ संकलन भएको हो ।
देशको सिमा रक्षा गर्दा गर्दै बिदेशी सुरक्षा फौजबाट मारिएका शहीदको सम्मान तथा सिमा क्षेत्रमा नेपाली भूमि रक्षाको लागि लड्दै आएका नेपालीहरुमा हौसला थप्नको लागि थालिएको यो अभियानमा टपनेपालन्युजडटकमको तर्फबाट १० हजार येनबाट सुरु गरिएको राहत संकलनमा विभिन्न व्यक्तिहरुको सहयोग गर्नुभएको छ ।
जसमा ज्याक खड्का १० हजार येन, यदुराम सापकोटा १० हजार येन, शिव तण्डुकार ५ हजार येन, तुलसा पाठक ५ हजार येन, ध्रुव पराजुली २ हजार येन प्राप्त भएको छ ।
यसैगरि अन्य व्यक्तिबाट समेत २ हजार तथा एक हजार येन प्राप्त हुने क्रम जारी रहेको छ । यसको थप विस्तृत विवरण साँझ पुन प्रकाशित गर्नेछौं ।
देशको लागि प्राण आहुती दिने सच्चा शहिदको सम्मानमा परिवारको सहयोगको लागि थालिएको यो अभियान राज्यको लम्पसारवाद र बिदेशी सामु बनेको निरिहताको बिरोधको प्रतिक समेत बन्न पुगेको छ ।
व्यक्तिगत, संस्थागत तथा संगठन र सामाजिक संघसंस्थाको तर्फबाट समेत सक्दो सहयोग गरि देशको लागि प्राण आहुती दिनुभएका शहिद गोविन्द गौतम प्रतिको तपाईको सम्मानको अपेक्षा गर्दछौं ।
शहिद गोविन्द गौतमको परिवारसँगको वार्ता तथा अवस्था र गोविन्द गौतमबारेमा भोली टपनेपालन्युज कञ्चनपुर स्थानिय संवाददाता पप्पु गुरुगंले भिडियो सहितको अन्र्तवार्ता पठाउनुभएको छ भने यसबारेमा हामीले निरन्तर फलोअप समाचार प्रकाशित गरिरहेका छौं ।
हामी सबै देशभक्त नेपालीहरुमाझ यहाँले गर्नुभएको सहयोग पूर्ण रुपमा परिवारले पाउने बाचा सहित यसको सबै जानकारी उपलब्ध गराउने बाचा गर्दछौं ।
तपाईले गर्नुभएको सहयोगले परदेशमा रहेर पनि देशको सुरक्षामा खटिएका हाम्रा वर्दी बिनाका सिमा रक्षक नेपालीहरुको हौसला बढ्ने हुनाले सहयोगको लागि बिनम्र अनुरोध गर्दछौं ।
सहयोग रकम जापान जेपी बैंकको १०१८०-९३९७७५४१ खाता नम्वरमा जम्मा गराउन सक्नुहुनेछ ।
प्राप्त सहयोग रकम शहिद गोविन्द गौतम परिवारको १३ औं पूण्य तिथिका अवसरमा परिवारलाई हस्तान्तरण गरिने भएकाले मार्च १७ तारिख भित्र जम्मा गराइसक्नुहुन अनुरोध गर्दछौं ।
टोकियो ।
चरम गरिबी र स्वास्थ्य समस्याले पीडित सप्तरीको एक परिवारलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।
गरिबी र आँखा नदेख्ने भएर खान–लाउन समस्यामा परेका सप्तरीको गम्हरियाका शिवनारायण मण्डल परिवारलाई राहतस्वरुप जापानमा सङ्कलन भएको रकम सहयोग गरिएको हो ।
जापानमा पीडितका नाममा एक महिनाअघि देखि सहयोग अभियान चलाइएको थियो । अभियानअन्तर्गत दिनमा एक हजारदेखि पाँच हजार येनसम्मका सहयोगी हात बढ्दै गएर सङ्कलन भएको रकम एकलाख १४ हजार चारसय ६६ जापानी येन पठाइएको अभियानकर्ता शिव तण्डुकारले जानकारी दिनुभयो ।
सोह्र सदस्यमध्ये पाँचजनाले आँखा नदेख्ने मण्डल परिवार गरिबीका कारण स्वास्थ्य तथा शिक्षाबाट वञ्चित मात्रै नभएर खानलाउनसमेत अपुग भई सङ्घर्ष गर्दै आएको छ । मण्डल परिवारलाई सहयोग गर्ने उद्देश्यले नेपालमा हास्यकलाकार कुमार कट्टेल ९जिग्री०ले सुरु गरेको सहयोग अभियानमार्फत एकलाख १४ हजार चारसय ६६ जापानी येन पठाइएको तण्डुकारले बताउनुभयो ।
नेपालका विभिन्न सञ्चारमाध्यममा गरिबीले ठगेको मण्डल परिवारका पाँचजनालाई आँखाको समस्या भएपछि परिश्रम गरेर खान र लगाउनसमेत मुस्किल भएको देखाइएको थियो । पीडित परिवारलाई थोरै भए पनि राहत होस् भन्ने अभिप्रायले अभियान चलाइएको थियो ।
रकम प्राप्त गरेपछि सोमबार नेपालका अभियानकर्ता कट्टेलले विश्वभरिबाट सहयोग आउने क्रम जारी रहेको र सहायोगी हातबाट आएको रकमले मण्डल परिवारको उपचार र गरिबी उन्मूलन कार्यमा खर्चने बताउनुभएको छ । जापानमा सङ्कलन भएको रकम जापान मनी एक्सप्रेसबाट पठाइएको थियो ।

काठमाडौं,चैत १ । पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीले गर्नुपर्ने जिम्मेवारी पूरा नगर्दा कोषले बर्सेनि अर्बौं रुपैयाँ गुमाउँदै आएको छ । कोषमातहत रहेको करिब पाँच हजार रोपनी जग्गा कौडीको भाउ र सित्तैंमा विभिन्न निकायलाई दिँदा कोषको आम्दानी गुमेको हो ।

तिलगंगा आँखा अस्पतालले कोषसँग सम्झौता गरेर लिएको पाँच रोपनी जग्गाको भाडा २२ वर्षसम्म तिरेन । बारम्बारको ताकेतापछि बर्सेनि झन्डै पाँच करोड रुपैयाँ उठ्ने उक्त जग्गाको भाडाबापत अस्पतालले दुई लाखका दरले तिर्न थालेको छ । कोषको सञ्चालक परिषद्का कोषाध्यक्ष तारानाथ सुवेदीले भने, ‘तिलगंगा आँखा अस्पतालले कोषको पाँच रोपनी जग्गा २२ वर्ष सम्झौताअनुरूप आम्दानी शून्यमा राख्यो । पुनरावलोकन गर्दा दुई वर्षयता प्रतिरोपनी ४० हजारका दरले बर्सेनि दुई लाख तिर्ने र बक्यौता किस्ताबन्दीमा तिर्ने सहमति भएपछि ११ लाख रुपैयाँ उठाएका छौं ।’ आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

नागरिक उड्डयन प्राधिकरणले एक हजार रोपनीभन्दा बढी जग्गा व्यावसायिक प्रयोजनमा लगाए पनि कोषलाई वार्षिक जम्मा २२ लाख मात्र तिर्दै आएको छ । पशुपतिको बृहत् गुरुयोजना बनाउने क्रममा आयोजित छलफल कार्यक्रममा सोमबार सुवेदीले भने, ‘अस्पतालजस्तै प्राधिकरणले विमानस्थलका लागि प्रयोग गरेको, पार्किङ र गल्फकोर्टको एक हजार एक सय ६७ रोपनी जमिन व्यावसायिक प्रयोजनमा छ तर कोषलाई प्रतिरोपनी १८ सय रुपैयाँका दरले वार्षिक २२ लाख रुपैयाँ मात्र तिर्छ । हामी मौन छौं ।’

पूर्वसंस्कृतिमन्त्री जीवनबहादुर शाहीले केही महिनाअघि प्राधिकरणले अबदेखि पशुपति क्षेत्र विकास कोषलाई वार्षिक एक करोड रुपैयाँ दिने निर्णय गराएका थिए । कोषले उक्त निर्णयलाई ‘कृपा’ का रूपमा लिएको जानकारी दिँदै सुवेदीले भने, ‘पहल गर्ने हो भने कोषले तिलगंगा अस्पतालबाट बर्सेनि ५ करोड उठाउन सक्छ । कोष विगतदेखि प्रतिपर्यटक एक हजार लिएर वर्षमा उठ्ने ८/१० करोडमा सबै धानिएको भनेर मक्ख छ । त्योभन्दा बढी सोचाइ राखेको पनि छैन ।’

पाशुपत क्षेत्रमा आउने पर्यटक हाल सरदर १५ मिनेट मात्र अडिने गरेको तर बृहत् गुरुयोजना बनाएर काम गर्ने हो भने घन्टौं राख्न सकिने कोषका सदस्यसचिव डा. गोविन्द टन्डनले आफ्नो कार्यपत्रमा प्रस्तुत गरेका छन् । तराईको रौतहट र सर्लाहीमा पूर्वपश्चिम राजमार्गनजिकको आवादीसमेत भए पनि १ हजार १ सय बिघा जमिन कोषले अधीनमा लिनसकेको छैन । पहल गरेर कुत मात्र उठाउने हो भने पनि बर्सेनि अर्ब रुपैयाँ उठ्ने उनको दाबी छ । ‘तराईको के कुरा, गोठाटारको ५ सय ३५ रोपनी जग्गा सरकारले कोषलाई पशुपतिको गुठी कायम गर्न हस्तान्तरण गरे पनि मन्त्रिपरिषद्बाट कोषमार्फत गुठीमा ल्याउन पहलसमेत गर्न नसक्दा अर्बौं रकम यसै खेर गएको छ’, उनले थपे ।

सुवेदीले भण्डारखाल, आसपास र मृगस्थलीका जग्गाको पनि कुनै सदुपयोग गरेको छैन । ‘पशुपतिनाथ गुठीको भण्डारखाल बगैंचाभित्रको १ सय ३६ रोपनी र पर्खालबाहिर दक्षिणतर्फको झन्डै १५ रोपनी, नवाली टोलको नौ आना र श्लेषमान्तक तथा मृगस्थलीको वन उद्यानबाट बर्सेनि करोडौं आम्दानी हुन सक्ने भए पनि कोषले कुनै काम गरेको छैन’, उनले भने ।

कोषको लगतमा झन्डै ४ हजार ६ सय रोपनी जग्गा काठमाडौं उपत्यका र आसपासका जिल्लामा रहेको देखिन्छ ।

काठमाडौं,चैत १ । जिल्ला विकास समितिको कार्यालय सिन्धुपाल्चोकका कर्मचारीहरूलाई सोमबार भ्याइनभ्याइ थियो । केही कर्मचारी नयाँ लेटर प्याड छाप्न दगुरिरहेका थिए भने कोही बोर्ड फेर्न, छाप बनाउन भन्दै प्रेसमा धाइरहेका थिए ।

स्थानीय विकास अधिकारी कृष्णबहादुर शाही पुनःसंरचनाअनुसार स्थानीय तहमा नयाँ कर्मचारीहरू खटाइएको पत्रमा हस्ताक्षर गरिरहेका थिए । संविधानले व्यवस्था गरेबमोजिम पुराना स्थानीय संरचना स्वतः रद्द भई नयाँ संरचनाअनुसार गाउँपालिका र नगरपालिकाको व्यवस्था गरेपछि गाविस र नगरपालिकाका कर्मचारीहरू अन्योलमा देखिन्थे । आजको राजधानी दैनिकमा समाचार छ ।

जिल्ला समन्वय समितिको कार्यालय (तत्कालीन जिल्ला विकास समिति) ले जिल्लाका यसअघिका पुरानो संरचनाका सबै गाउँ विकास समिति र नगरपालिकाका कर्मचारीहरूलाई कार्यालयमा बोलाई अब नयाँ संरचनाअनुसार काम गर्नका लागि निर्देशन दिन आयोजना गरिएको कार्यक्रममा स्थानीय निकायका अस्थायी कर्मचारीहरू आफ्नो भविष्यबारे अन्योलमा देखिन्थे ।

स्थानीय विकास मन्त्रालयले तत्कालै कर्मचारीहरू व्यवस्थापन गरी स्थानीय तहको शासन सञ्चालनका लागि निर्देशन दिएपछि जिल्ला समन्वय समितिको कार्यालयले सोमबार नै जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिकामा प्रमुखहरूको व्यवस्था गरी कर्मचारी खटाएको स्थानीय विकास अधिकारी शाहीले जानकारी दिए ।

तत्कालीन गाविस सचिवमध्येबाट ज्येष्ठताका आधारमा प्रमुखको जिम्मेवारी दिइएको शाहीले जानकारी दिए । ‘केन्द्रबाट कर्मचारी नपठाउँदासम्म उहाँहरूले मंगलबारदेखि नै कामकाज सुरु गर्नुहुन्छ,’ शाहीले भने, ‘केही अन्योल छ, तर यो बिस्तारै ठीक हुन्छ ।’ यसअघिका गाविस स्वतः वडा कार्यालयमा परिणत भएको छ भने दुई वडा भएको यसअघिको गाविसमा संयुक्त वडा कार्यालय स्थापना हुने स्थानीय विकास अधिकारी शाहीले बताए । गाविसबाट यसअघि हुने सबै कार्यहरू अब वडाबाट हुने उनले बताए ।

गाउँपालिका र नगरपालिकामा अब कर्मचारी व्यवस्थापन गर्दा सबै स्थायी र अन्य सेवा समूहबाट पनि हुने भएपछि यसअघि स्थानीय तहमा कार्यरत कर्मचारीहरू कता व्यवस्थापन हुने हो अन्योलमा नै रहेको गाविस कर्मचारी संघका केन्द्रीय सदस्यमिमबहादुर योञ्जनले बताए ।यसअघि जिविस, गाविस र नगरपालिकाहरूले असारसम्मको योजना सम्झौता गरेकाले अब भुक्तानीलगायत अन्य प्रक्रियामा पनि समस्या देखिएको छ ।

स्थानीय तह कार्यान्वयन सुरु भएपछि जिल्ला प्रशासन कार्यालयमा नागरिकता, राहदानी बनाउन आउने सेवाग्राहीहरू सोमबार कम थिए । ‘नयाँ संरचनाले गर्दा केही अन्योलका कारण पनि सेवाग्राहीहरू कम भएको हुन सक्छ,’ प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले भने ।

काठमाडौं,चैत १ । नेपाल एकीकरणका अगुवा पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ गते सार्वजनिक विदा दिने प्रस्ताव नल्याएपछि ०७४ सालमा दिइने सार्वजनिक पर्व एवं सट्टा विदा र कार्यालय समय निर्धारण गर्ने सम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ ।

गृहमन्त्रालयको सो प्रस्ताव परिमार्जन गरी पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिने गरी प्रस्ताव नल्याएसम्म पारित गर्न नसकिने अडान केही मन्त्रीले लिएपछि सो प्रस्ताव मन्त्रिपरिषदबाट अस्वीकृत भएको हो । एक मन्त्रीका अनुसार आपूर्ति मन्त्री दीपक बोहोराले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने प्रस्ताव ल्याउनु पर्ने माग गरेपछि सो प्रस्ताव पारित नभएको हो ।

गृहमन्त्री बिमलेन्द्र निधिले फागुन १७ गते स्वीकृत गरी फागुन २२ गते आइतवारको मन्त्रिपरिषद् बैठकमा छलफलका लागि प्रस्ताव गरिएको थियो। गत पुसमा पनि मन्त्रिपरिषद् बैठकमा सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले पृथ्वी जयन्तीमा विदा दिनु पर्ने माग राखेका थिए तर उनको मागको सुनुवाइ भएको थिएन । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

गृहमन्त्रालयको प्रस्ताव अनुसार मजदुर दिवस बैशाख १८ गते सोमबार,गणतन्त्र दिवस जेठ १५ गते सोमबार,निजामति सेवा दिवस भदौ २२ गते बिहीबार, संविधान दिवस असोज ३ गते मंगलबार,अन्तराष्ट्रिय अपाङग दिवस मंसिर १७ गते,शहीद दिवस माघ १६ गते मंगलबार,राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते सोमबार, अन्तर्राष्ट्रिय महिला दिवस फागुन २४ गते बिहीबारका लागि प्रस्ताव गरिएको छ ।

गृह मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको प्रस्तावमा वुद्ध जयन्ती बैशाख २७ गते बुधवार, श्रीकृष्ण जन्माष्टमी साउन ३० गते सोमबार, नेपाली सिख धर्मालम्बीले मनाउने गुरु नानक जयन्ती कात्तिक १८ गते शनिवार,किराँत धर्मालम्बीले मनाउने फाल्गुनन्द जयन्ती कात्तिक २५ गते,जैन धर्मालम्बीले मनाउने महावीर जयन्ती चैत १५ गते र चैत ११ गते रामनवमी निर्धारण गरिएको उल्लेख छ । प्रस्तावमा विदेशस्थित नेपाली नियोगहरुले सम्बन्धित मुलुकका सार्वजनिक विदाहरुलाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक विदा आफैले व्यवस्थापन र समायोजन गर्न सक्ने व्यवस्था गरिएको छ ।

तोचिगीमा हालसम्मकै ठूलो धनराशीको फुटसल टुर्नामेन्ट हुँदै

टोकियो ।
गैर आवासिय नेपाली संघ जापान तोचिगी र नेवारी किचेन को संयुक्त आयोजनामा आउँदो अप्रील २ तारिखमा तोचिगीमा फुटसल टुर्नामेन्ट हुने भएको छ ।

तोचिगीमा हुन लागेको यो टुर्नामेन्ट जापानमा नेपालीहरूले आयोजना गर्दै आएको टुर्नामेन्ट हरूमध्ये हालसम्मकै सबैभन्दा धेरै पुरस्कार राशी रहेको फुटसल टुर्नामन्ट भएको आयोजकले जनाएको छ ।

तेस्रो युएफएन कप अर्थात् युनाईट फर नेप्लिज नाम दिएर आयोजना गरिएको यो टुर्नामेन्टलाई काल भैरवले सहयोग गरिरहेको छ भने कार्यक्रमको संयोजन बिनोद गुरुगंले गरेका छन् ।

प्रतियोगितामा सहभागी हुन चाहने समुहले तल उल्लेखित नम्वरहरुमा सम्पर्क गरि सहभागीता जनाउन सक्ने टुर्नामेन्ट प्रचार प्रसार प्रमुख राजु पनेरुले जानकारी दिनुभयो ।

आयोजक संस्था एनआरएनए तोचिगीका सल्लाहकार ता फुटसल टुर्नामेन्टका प्रचार प्रसार प्रमुख समेत रहनुभएका राजु पनेरुका अनुसार फुटसलमा प्रथम हुने समुहले ५ लाख जापानी येन पुरस्कार पाउने छ ।

यस्तै दोस्रो हुने टिमले २ लाख येन नगद पुरस्कार पाउने भएको छ ।

Here we come again 3rd UFN CUP (unity for Nepalese) one of the biggest prize amount of Japan in Nepalese football history
Organized by:NRN tochigi & newari kitchen
Supported by:Kaal Bhairav
Co-ordinator: Bee-Nod Grg
Contact:
Surendra Lal Shrestha:09085697745
Raju paneru:08094067727
Bee-Nod Grg:08046729841
Kazoku Gurungillaz:08065745140

काठमाडौं, ३० फागुन । भारतीय सीमा सुरक्षा बल एसएसबीको गोलीबाट मृत्यु भएका कञ्चनपुर पुनर्वास नगरपालिका –८ का गोविन्द गौतमको राष्ट्रिय सम्मान सहित अन्त्येष्टि गरिएको छ । उनको राष्ट्रिय सम्मान सहित अन्त्येष्टि गरिए पनि चितामा भने टायरको प्रयोग गरिएको छ । प्रहरीले ११ तोपको सलामी पनि दियो । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थिव शरीरमा उनका ७२ वर्षीय पिता खेमलाल गौतमले दाग बत्ती दिए। उनलाई राष्ट्रिय झण्डा ओढाइएको थियो । तर अन्त्येष्टिको चितामा टायर पनि राखिएको पाईएको छ । नेपाल–भारत सीमा भन्दा निकै वर आनन्द बजारमा कल्भर्ट राख्ने विषयमा सुरु भएको विवादले उग्ररुप लिदा एसएसबीले गत बिहीबार गौतमको गोली हानी हत्या गरेका थिए । अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका सयौ सहभागी भए । यस अघि धनगढी स्थित सेती अञ्चल अस्पतालबाट उनको शव यात्रा निकालिएको थियो । शव यात्रा धनगढी, डोके बजार, चौराहा, त्रिनगर भन्सार हुदै दोदा लगिएको थियो । उहाको शव गृहनगर पुनर्वासमा श्रद्धाञ्जलिका लागि केहि बेर राखिने भनिए पनि समय अभावका कारण सिधै दोदा नदी किनार लगिएको थियो। नेपाल–भारत २०० नम्बर सीमा स्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ड निर्माण गरी पानीको निकासका लागि ह्युमपाइप राख्ने विषयमा नेपाली र भारतीय नागरिक बीच विवाद भएको थियो । उक्त विवादलाई लिएर झडकको स्थिति हुने देखिए पछि नियन्त्रणमा लिन भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर पुनर्वास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतमको मृत्यु भएको थियो ।