जापानमा शहीद गोविन्द गौतम परिवार सहयोगार्थ ५० हजार संकलन, थप सहयोग जुट्दै

चैत्र १, २०७३ मा प्रकाशित | 1433 views

ज्याक खड्का-टोकियो ।
नेपाल ईण्डिया सिमा लडाईका क्रममा शहीद बनेका गोविन्द गौतम परिवारको लागि जापानमा थालिएको आर्थिक संकलन अभियानका क्रममा ५० हजार रुपैयाँ संकलन भएको छ ।

देशको सिमा रक्षाको लागि लड्दा लड्दै भारतीय सिमा फौजको गोलीबाट शहिद भएका गोविन्द गौतम परिवारको आर्थिक अवस्था दयनिय भएको पाइएपछि थालिएको रकम संकलनमा मंगलबार सम्ममा करिव ५० हजार रुपैयाँ संकलन भएको हो ।

देशको सिमा रक्षा गर्दा गर्दै बिदेशी सुरक्षा फौजबाट मारिएका शहीदको सम्मान तथा सिमा क्षेत्रमा नेपाली भूमि रक्षाको लागि लड्दै आएका नेपालीहरुमा हौसला थप्नको लागि थालिएको यो अभियानमा टपनेपालन्युजडटकमको तर्फबाट १० हजार येनबाट सुरु गरिएको राहत संकलनमा विभिन्न व्यक्तिहरुको सहयोग गर्नुभएको छ ।

जसमा ज्याक खड्का १० हजार येन, यदुराम सापकोटा १० हजार येन, शिव तण्डुकार ५ हजार येन, तुलसा पाठक ५ हजार येन, ध्रुव पराजुली २ हजार येन प्राप्त भएको छ ।

यसैगरि अन्य व्यक्तिबाट समेत २ हजार तथा एक हजार येन प्राप्त हुने क्रम जारी रहेको छ । यसको थप विस्तृत विवरण साँझ पुन प्रकाशित गर्नेछौं ।

देशको लागि प्राण आहुती दिने सच्चा शहिदको सम्मानमा परिवारको सहयोगको लागि थालिएको यो अभियान राज्यको लम्पसारवाद र बिदेशी सामु बनेको निरिहताको बिरोधको प्रतिक समेत बन्न पुगेको छ ।

व्यक्तिगत, संस्थागत तथा संगठन र सामाजिक संघसंस्थाको तर्फबाट समेत सक्दो सहयोग गरि देशको लागि प्राण आहुती दिनुभएका शहिद गोविन्द गौतम प्रतिको तपाईको सम्मानको अपेक्षा गर्दछौं ।

शहिद गोविन्द गौतमको परिवारसँगको वार्ता तथा अवस्था र गोविन्द गौतमबारेमा भोली टपनेपालन्युज कञ्चनपुर स्थानिय संवाददाता पप्पु गुरुगंले भिडियो सहितको अन्र्तवार्ता पठाउनुभएको छ भने यसबारेमा हामीले निरन्तर फलोअप समाचार प्रकाशित गरिरहेका छौं ।

हामी सबै देशभक्त नेपालीहरुमाझ यहाँले गर्नुभएको सहयोग पूर्ण रुपमा परिवारले पाउने बाचा सहित यसको सबै जानकारी उपलब्ध गराउने बाचा गर्दछौं ।

तपाईले गर्नुभएको सहयोगले परदेशमा रहेर पनि देशको सुरक्षामा खटिएका हाम्रा वर्दी बिनाका सिमा रक्षक नेपालीहरुको हौसला बढ्ने हुनाले सहयोगको लागि बिनम्र अनुरोध गर्दछौं ।

सहयोग रकम जापान जेपी बैंकको १०१८०-९३९७७५४१ खाता नम्वरमा जम्मा गराउन सक्नुहुनेछ ।

प्राप्त सहयोग रकम शहिद गोविन्द गौतम परिवारको १३ औं पूण्य तिथिका अवसरमा परिवारलाई हस्तान्तरण गरिने भएकाले मार्च १७ तारिख भित्र जम्मा गराइसक्नुहुन अनुरोध गर्दछौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web