‘मनमोहनले सय बाट बृद्ध भत्ता सुरु गरे, केपीले २ सय बनाए, अब एमालेले ५ हजार रुपैंया बनाउछ’

चैत्र १, २०७३ मा प्रकाशित | 813 views

काठमाडौं, १ चैत । नेकपा एमालेका उपाध्यक्ष बाम देव गौतमले सामाजिक सुरक्षा भत्ता अझै बढाउने उद्घोष गरेका छन् । मेची महाकाली अभियान अन्तर्गत नेपालगञ्जमा आयोजित जन सभालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको लोक प्रिय सरकारले एक सय रुपैयाबाट सुरु गरेको वृद्ध भत्तालाई अब बन्ने एमालेको बहुमतको सरकारले ५ हजार पुर्‍याउने घोषणा गरे । ‘मनमोहन अधिकारीको सरकारले एक सय रुपियाबाट सुरु गरेको सामाजिक सुरक्षा भत्ता केपी ओली नेतृत्वको सरकारले दुई हजार बनायो,’ उनले भने– ‘अब एमालेको बहुमतको सरकारले पाँच हजार बनाउनेछ ।’ नेपालमा एमालेले राम्रो काम गर्न खोज्दा सरकारै ढालेर अवरोध गरिएको स्मरण गर्दै गौतमले अगाडि भने– ‘मन मोहन अधिकारीको नेतृत्वको सरकारले राम्रो काम गर्दा नौ महिनामै हटाइयो, माधव कुमार नेपालको सरकारलाई नयाँ नेपाल बनाउने भयो भन्ने डरले हटाइयो, झलनाथ खनालको सरकारलाई सात महिना पनि टिक्न दिइएन, कपी शर्मा ओलीको सरकारलाई नौ महिना पनि काम गर्न दिइएन । अबको चुनावमा जनताले यी सबै कुरा हेरेर बहुमत दिनेछन्, एमाले बाहेक जनताले अरु पार्टीलाई विश्वास गर्ने छैनन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web