तमोर नदी क्षेत्रका बस्तीमा खानेपानीको समस्या

चैत्र २, २०७३ मा प्रकाशित | 727 views

तेह्रथुम ।
तमोर नदीसँग सीमा जोडिएका तेह्रथुमका एक दर्जन बढी गाउँपालिकामा खानेपानीको चरम समस्या देखिन थालेको छ ।

​जिल्लाको आठराई क्षेत्रका ईवा, ह्वाकु, छातेढुङ्गा, चुहानडाँडा, सक्रान्ति, थोक्लुङ र छथर क्षेत्रका हमरजुङ, ओख्रे, सुदाप, फाक्चामारा र पञ्चकन्यालगायत गाउँपालिकाका तल्लो क्षेत्रका बासिन्दाले खानेपानीको ठूलो समस्या बेहोर्दै आएका छन् ।

​गाउँमा रहेका पानीका मुहान, धारा कुवा र खोली खोल्सी सुक्दै गएपछि यी गाविसमा बर्सेनि खानेपानी समस्या बढिरहेको छ । कतिपय गाविसका बस्तीमा खानेपानी बोक्दैमा दिन बित्ने गरेको पञ्चकन्याकी यशोदा दाहालले बताउनुभयो । खानेपानी अभाव भएकै कारण यी गाविसबाट बर्सेनि बसाइँ सरेर जानेको सङ्ख्या समेत बढ्न थालेकोमा दिगो खानेपानी स्रो व्यवस्थापनका निम्ति सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web