जापान प्रहरीको हिरासतमा एक नेपालीको मृत्यु, बाजुराका अर्जुनको टोकियोमा निधन

टोकियो ।
जापान प्रहरीको हिरासतमा रहेका एक नेपालीको निधन भएको छ ।

अरुको नाममा रहेको क्रेडिट कार्ड बोकेको भेटेपछि नियन्त्रणमा लिएका ३९ बर्षीय नेपाली पुरुषको निधन भएको हो ।

हालसम्म नाम नखुलाइएका उनको अरुको बैंक कार्ड बोकेको पाइएपछि अनुसन्धानका लागि जापान प्रहरीले नियन्त्रणमा लिएकोमा प्रहरी नियन्त्रणमै निधन भएको जापानी समाचार संस्था एनएचकेले उल्लेख गरेको छ ।

समाचारमा अरुको क्रेडिट कार्ड बोकेको पाइएपछि प्रयोग गरे नगरेको बारे अनुसन्धान र कारवाहीको लागि यही मार्च १५ तारीक टोकियो जिल्ला प्रोसिक्युटरको कार्यालय पठाएको थियो ।

प्रहरीले सोधपुछका क्रममा केरकार गर्दा (नेपालमा केरकार गर्दा प्रहरीले सामान्य कुटपीट सहित सत्य बकाउन धम्की र यातना समेत दिने गर्छन्) उनी बेहोस भएको र अस्पताल लगिएका उनको अस्पतालमै निधन भएको समाचारमा बताइएको छ ।

मृतक व्यक्तिको स्पष्ट पहिचान नखुलेको भन्दै एनएचकेले समाचारमा मृतकको नाम भने उल्लेख गरेको छैन ।

तर समाचारमा उनलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरीबाट बच्न खोज्दा प्रहरीले उनलाई सडकमै थिचेर जर्वजस्ती नियन्त्रणमा लिंएको उल्लेख गरेको छ ।

प्रहरीलाई उदृत गर्दै एनएचकेले लेखेको समाचार आधारमा नाम नखुलाइएका ती नेपाली प्रहरीले पक्राउ गर्दा थिच्ने क्रममै बेहोस भएको वा प्रहरी केरकारमा कुटपीट वा यातनाबाट बेहोस भएको अनुमान गरिएको छ ।

यद्यपी उनको निधन र जापान प्रहरीको आधिकारीक धारणा नआइसकेकाले घटनाको पूर्ण विवरण र अनुमान लगाउन कठिन देखिएको छ ।

समाचारमा मृत्यु भएका नेपालीबारे नेपाल पक्ष नेपाली राजदूतावासमा जानकारी गराइएको बारे केही उल्लेख गरेको छैन ।

प्रहरी कस्टडीमा शंकास्पद रुपमा निधन भएका नेपालीबारे नेपाली राजदूतावासले जानकारी लिएर घटनाका बारेमा गैर आवासिय नेपाली संघ एनआरएन जापान सहित प्रतिनिधिमुलक संघसंस्थाहरुको सहकार्यमा विस्तृत विवरण बुझ्नु पर्ने देखिन्छ ।

यस घटनामा गम्भिरता पूर्वक चासो दिंदै सत्यतथ्य बाहिर ल्याएर पिडित परिवारजनमा न्याय अनुभुती तथा राहत र प्रवासमा नेपालीहरुमाथि आफ्नै सामान्य असावधानीमा हुने यस्ता गम्भिर घटनाबाट जोगाउन पहलकदमीको आवश्यकता देखिन गएको छ ।
साथै आफुसंग सम्बन्धित वाहेक कागजातहरु, आफ्नो वाहेक अरुका क्रेडिट कार्ड वा वैंककार्ड साथमा बोकेर नहिड्न र प्रयोग नगर्न समेत जापानमा रहनुभएका सबै नेपालीमा अनुरोध गर्दछौं ।

यसैबिच बाजुराका अर्जुन बहादुर सिंहको टोकियोमा निधन भएको छ ।

बुधबार जापान प्रहरीले सिंहलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी नेपाली दुतावासलाई दिएको बताइएको छ ।

सिंहको मृत शरीर पोस्टमार्टमका लागि टोकियोको कान्दा स्थित निहोन युनिभर्सिटी अस्पतालमा राखिएको छ ।

सिंह
६ वर्ष अघि कुक भिषामा जापान आएका हुन् । दुई वर्षअघि सिंह मस्तिष्कमा
म्यानिन्जाइटिस र क्षयरोगले ग्रस्त भएपछि टोकियोको मेट्रोपोलिसन तामा
मेडिकल सेन्टरमा उपचार गरेका थिए ।

सिंहले कियोसे सिटीको ताकेओका स्थित टोक्यो अस्पतालमा पनि उपचार गरेका थिए ।

दुई बर्षअघि सिंहलाई नेपाली दुतावास, एनआरएनए जापान सहित विभिन्न संघसंस्था र व्यक्तिले सहयोग गरेका थिए ।

केही
समय देखि सिंह काम र बस्ने ठाउ बिहीनभई बिचल्लीमा जिवन बिताइरहेका बताइएका
सिंहको नेपालमा श्रीमती र दुई छोरीहरू रहेको बुझिएको छ ।

प्रहरी कस्टडीमा मारिएका र अर्जुन एकै भएको आशंका

जापान प्रहरीले नियन्त्रणमा लिने क्रममा एक नेपालीको निधन तथा अस्पताल लाने क्रममा निधन भएको भनि एक नेपालीको समाचार आएको छ ।

दोस्रो
समाचारमा अर्जुन बहादुर सिंहको नाम खुलेको छ भने पहिलोमा नाम खुलेको छैन ।
यस्तै पहिलो समाचारमा उमेर ३९ बर्ष भनिएको छ भने निधन भएका बाजुराका सिंह
३९ बर्षभन्दा बढीको भएको ठानिएको छ ।

तर प्रहरीले अस्पताल लैजाने
क्रममा निधन भएको भनि नेपाली दूतावासलाई दिएको खवर एवं सोही दिन उस्तै
प्रकृतिको घटनामा सिंहको निधनले मृत्यु भएका भनिएका व्यक्ति एकै भएको
हुनसक्ने देखिन आएको छ ।

निधन भएका अर्जुन बहादुर सिंहको पुष्टि
भएपनि पहिलो घटनाका बारेमा विस्तृत विवरण आइसकेको छैन ।

त्यसैले दोस्रो
घटनामा निधन भएका अर्जुन बहादुर सिंहको निधनमा जापानमा रहेका नेपाली तथा
संघसंस्थाले रकम संकलन गरेर दाह संस्कार गरिहाल्न लाग्नुभन्दा पनि दुवै
व्यक्ति एक भए नभएको तथा प्रहरी नियन्त्रणमा रहेका नेपाली मारिनु गम्भिर
प्रकृतिको घटना भएकाले यसको अनुसन्धान तथा पोष्टमार्टममा लाग्नुपर्ने र
दूतावासले यसमा विशेष पहलकदमी लिनुपर्ने देखिएको छ ।

जापानी मिडिया र प्रहरीले निधन भनेका व्यक्ति अर्जुनबहादुर सिंह नै हुन् : कावा राजदूत अर्याल

सिमानामा गौतमलाई लागेको गोली एसएसबीकै भएको पुष्टि

काठमाडौं, ३ चैत । नेपाल प्रहरीको फरेन्सिक रिपोर्टले कञ्चनपुरमा मारिएका गोविन्द गौतमलाई लागेको गोली भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै भएको देखाएको छ । यो रिपोर्ट गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत काठमाडौं स्थित भारतीय दूताबासलाई दिएको छ । भारतीय हस्तक्षेप विरुद्ध उत्रिएका नेपालीहरु माथि फागुन २६ मा एसएसबीले चलाएको गोली लागेर गौतमको निधन भएको थियो । यो घटनामा भारतीय सुरक्षाकर्मी दोषी रहेको भन्दै भारतले नेपाल र नेपाली जनतासामू माँफी माग्नु पर्ने नेपालका प्रमुख राजनीतिक दलहरुको माँग छ । यसबारे नेपाल सरकारका उच्च अधिकारीहरुले भारतीय पक्षलाई पटकपटक ध्यानाकर्षण गराएका छन् । तर, भारतले यसबारे छानविन गर्ने भन्दै फरेन्सिक रिपोर्ट दिन माँग गर्दै आएको थियो । गृह मन्त्रालय स्रोतका अनुसार नेपाल प्रहरीको ल्याबबाट गरिएको परीक्षणमा गौतमलाई लागेको गोली एसएसबीकै भएको पुष्टि भएको छ । यो रिपोर्ट गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत काठमाडौं स्थित भारतीय दूताबासलाई दिएको छ । गौतमको शरीरमा भेटिएको गोली नेपालका कुनै पनि सुरक्षा निकायमा लाग्ने हातहतियारमा प्रयोग हुने नगरेकाले गोली एसएसबीले हानेको ठहर सहितको रिपोर्ट दिइएको छ, गृह स्रोतले भन्यो ।

सहिद गौतमको परिवारलाई एमालेको ५ लाख र ल्याप्टप सहयोग

पप्पु गुरुङ्, ३ चैत, कञ्चनपुर । नेकपा (एमाले) ले भारतीय सशस्त्र सीमा बल (एसएसबी)को गोलीबाट मारिएका सहिद गोविन्द गौतमको परिवारलाई ५ लाख रुपैया र ल्यापटोप सहयोग गरेको छ । मेची–महाकाली अभियान अन्तर्गत बिहीबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ लाखको चेक र ल्याप्टप पार्टीका जिल्ला अध्यक्ष तारा लामा तामाङ मार्फत गौतमको परिवारलाई हस्तान्तरण गरेका हुन् । सचिव योगेश भट्टराईका अनुसार गौतमको परिवारलाई ५ लाख सहयोग र उनका छोरीका लागि एमालेले ल्यापटप हस्तान्तरण गरेको हो । रकम हस्तान्तरण गर्दै एमाले अध्यक्ष ओलीले उक्त घटनामा भारत सरकारले नेपालसाग माँफी माग्नु पर्ने, दोषी माथि कारवाही गर्नु पर्ने र पीडित परिवारलाई भारतले सम्मान जनक क्षतिपूर्ति दिनुपर्ने आफूहरुको माँग रहेको जानकारी गराए । ओलीले गौतमका छोरा छोरीको शिक्षाका लागि राज्यले केही नगरे एमालेले पढाइ दिने आश्वासन पनि दिए । ‘शहीद गोविन्द गौतमको परिवारलाई एमालेले सम्मान स्वरुप ५ लाख रकम उपलब्ध गराएको छ । छोरीहरुको शिक्षा दिक्षाका लागि चिन्ता नलिनूस, अरु कोही छैन भने एमाले छ,’ ओलीले भने– ‘आनन्द नगरमा घाइते भएका टीकाराम चापागाईंको उपचारको जिम्मा एमालेले लिन्छ । गौतम गत फागुन २६ गते पुनर्वासको आनन्द बजारमा एसएसबीको गोलीबाट मारिएका थिए ।

यस्तो छ ईमर्जीङ्ग कप क्रिकेट खेल्ने नेपाली टोली, कप्तान पारसले नखेल्ने

काठमाडौं ।
नेपालले ए सी सी ईमर्जीङ्ग कप क्रिकेटका लागि अन्तिम १५ सदस्यीय खेलाडि नाम घोषणा गरेको छ ।

बुधबार जारी गरिएको खेलाडि नामावली अनुसार नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने छन् भने उप कप्तानको भुमिका शरद भेषवाकरले निभाउने छन् ।

बंगलादेशमा यहि मार्च महिनाको २५ तारिख देखि अप्रिल महिनाको ४ तारिख सम्म सन्चालन हुने प्रतियोगितामा पाकिस्तान, भारत, श्रीलङ्का जस्ता टेस्ट मान्यताप्राप्त राष्ट्र र बंगलादेश को २३ वर्ष मुनि उमेर समूहको टोली सहभागी छन् ।

यसैगरी अन्य राष्ट्रहरुमा नेपाल सहित अफ्गानिस्तान, हङकङ र मलेशियाको सहभागिता रहेको छ ।

नेपाल रहेको समूह बि मा पाकिस्तान, बंगलादेश र हङकङ रहेका छन् ।

भर्खरै कीर्तिपुरमा सम्पन्न ए यफ सी विश्व क्वालिफाईङ्गमा स्वास्थ्य अवस्था खराब रहेका कारण नेपाली टोलीमा सहभागि नभएका पूर्व कप्तान पारश खड्काले यस ईमर्जिङ्ग कपमा पनि सहभागिता जनाउने छैनन् ।

केन्या संग भएको ए यफ सी विश्व क्वालिफाईङ्गमा नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भए पनि दोस्रो खेलमा ७ विकेटको जित हात पार्न सफल भएको थियो ।

पूर्व कप्तान पारश संगै राष्ट्रिय टोलीमा पहिले समावेश रहेका शक्ति गौचन, वसन्त रेग्मी र सोमपाल कामीले पनि यस ईमर्जिङ्ग कपमा खेल्ने छैन्न् ।

ईमर्जिङ्ग कपका लागि खेलाडि छनोट ए यफ सी का प्रतिनिधि बेङ्कटपटि राजु, मुख्य प्रशिक्षक जगत टमाटा र पूर्व कप्तान पारश खड्काले गरेका थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टोली मार्च २५ गते बंगलादेश प्रस्थान गर्ने छ ।

घरेलु बम कुल्चदा महाकालीमा चौपाया घाईते

पप्पु गुरुङ्, २ चैत, महाकाली । महाकाली नगरपालिकामा घरेलु बम कुुल्चदा एक चौपाया घाईते भएको छ् । महाकाली नगरपालिका वडा नं. ९ ढकनाघाटमा आज बिहान करिब ६ : ३० बजे करन बडुवाल आफ्नो डल्लव लिएर महाकाली नदीमा ग्रेबल संकलन गर्ने जाने क्रममा राङ्गाले महाकाली नदीको बगरमा अलपत्र अवस्थामा राखेको घरेलु बम कुल्चदा  राङ्गा घाईते भएको करन बडुवालले जानकारी दिएका छन् । सदा जस्तै आज बिहान ग्रेबल संकलन गर्न महाकाली नदीमा जाने क्रममा महाकाली नदीको बगरमा अलपत्र अवस्थामा रहेको  घरेलु बम डल्लव सहितको राङ्गाले कुल्चदा राङ्गा घाईते भएको बताईएको छ् । बम कुल्चदा राङ्गाको बायाँ खुट्टामा चोट आएको बडुवालले जनाएका छन् । समाचार श्रोत अनुसार बदेलको शिकार गर्न शिकारीले उक्त घरेलु बम थापेको हुन सक्ने आंकलन गरिएको छ् । बमको बारे स्थानियले प्रहरीलाई जानकारी गराएपछि प्रहरी उक्त स्थानमा पुगेर अनुसन्धान थालेको हो ।

House endorses proposal to begin discussion on bill

A meeting of the Legislature-Parliament today accepted a bill tabled seeking consideration on the bill relating to fixation of the numbers of wards in rural municipalities and municipalities- 2073 BS by a majority.

Prior to this, taking part in the deliberations in the theoretical aspect of the bill, Nepali Congress lawmaker Mahesh Acharya insisted that the number of wards in rural municipal and municipal levels should be determined as per the constitutional provision and the local units should be empowered, he stressed.

Likewise, CPN (UML)'s Rewati Raman Bhandari said the bill was expected to be passed by the House before the government announcing a public notice regarding the restructuring of local units in the Nepal Gazette.

UML's another lawmaker Krishna Bhakta Pokhrel objected to the bill as he argued it is for changing the boundary at the local-level.

Nepal Worker and Peasants Party's Prem Suwal demanded to withdraw the bill.

Ramnarayan Bidari of CPN (Maoist-Centre) defending the bill, said the demand for its withdrawal is not logical as it could be revised.

The next meeting of the Legislature-Parliament has been scheduled for 13:00, March 19.

सार्वजनिक विदाको सूचीबाट क्रिसमसलाई हटाइयो, २०७४ सालमा कति दिन विदा ?

काठमाडौं, २ चैत । सरकारले ‘क्रिसमस डे’ लाई सार्वजनिक विदाको सूचीबाट हटाएको छ । मंगलबार राजपत्रमा प्रकाशित विदा सम्बन्धी मन्त्रि परिषदको निर्णयमा ‘क्रिसमस डे’ उल्लेख छैन् । २०६२–०६३ को जनआन्दोलन पछि जनमत विपरित ९० प्रतिशत हिन्दू धर्मावलम्बी रहेको नेपाललाई राता रात धर्म्निरपेक्ष घोषणा गर्दा क्रिश्चियन धर्मावलम्वीको पर्व ‘क्रिसमस डे’ मा सार्वजनिक विदा प्रचलन सुरु भएको थियो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीमा मनाइने राष्ट्रिय एकता दिवसलाई विदाको सूचीबाट हटाइएको थियो । पृथ्वी जयन्ती हटाइएको १० वर्ष पछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले पुन: विदाको सूचीमा समावेश गरेको हो । अब आउादो वर्ष (पुस २७ गते)देखि पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिइने छ । आउदो वर्ष (२०७४ साल) पूर्व निर्धा्रित सार्वजनिक विदा ५२ दिन रहेको छ ।

Government proposes to sort out demarcation disputes through commission

The government has proposed the United Democratic Madhesi Front (UDMF) unhappy with some provisions within the constitution to sort out contentious issues except the demarcation of provinces through the constitution amendment before upcoming local election.

Prime Minister Pushpa Kamal Dahal during his meeting with UDMF leaders and representatives of other political parties carrying the Madhes agenda at Singha Durbar today, proposed to endorse the constitution amendment bill before upcoming local-level election by leaving out the issue of demarcation and settle it by forming a commission. The UDMF informed the Prime Minister that it will sit for an internal meeting today itself to take a decision regarding his proposal.

Sadbhawana Party Chair Rajendra Mahato said the UDMF will sit for an internal meeting to decide how to respond the government proposal.

UMDF to announce on pulling out from incumbent government

The United Democratic Madhesi Front (UDMF) is to make formal announcement of pulling back its support for the incumbent government in today's meeting of the Legislature-Parliament.

Parliamentarian Mahendra Raya Yadav said that the Speaker of the House will be apprised of the same during today's meeting.

The alliance of Madhesh-centric parties demanding the revision of constitution amending bill registered at the Legislature-Parliament before holding local body's poll on May 14 this year have decided to pull its support from the incumbent, claiming that the 3-point consensus forged to form the incumbent government was not implemented. Parliamentarian Ram Krishan Yadav urged the government to endorse amendment on constitution amendment bill before holding upcoming election.

Right after the UDMF informed to boycott today's meeting in the parliament, parliamentarians from Federal Socialist Forum Nepal, Federal Samajbadi Party among other disgruntled Madhesh-centric parties walked out of the meeting hall in a gesture of boycott.

चुनावको मुखमा ७४४ स्थानीय तहलाई एक–एक करोड रुपैया अनुदान

काठमाडौं, २ चैत । अर्थ मन्त्रालयले स्थानीय तहको भौतिक पूर्वाधार तयार कार्यालय सञ्चालनका लागि रु. ७ अर्ब ४४ करोड आज निकासा गरेको छ । पुन:संरचना पछि बनेको सात सय ४४ स्थानीय तह प्रत्येकले रु एक, एक करोड पाउने गरी बीउ पुँजीका रुपमा निकासा गरिएको जानकारी उपप्रधान मन्त्री कृष्णबहादुर महराले पत्रकारहरुलाई दिनुभयो । अर्थमन्त्री महराका अनुसार स्थानीय तहमा चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउपालिकालाई संस्थागत विकास गर्नका लागि अर्थ मन्त्रालयले निकासा गरेको हो । महानगरपालिका सहसचिव, उपमहानगर र नगरपालिकामा उपसचिव तथा गाउपालिकामा अधिकृत तहको कर्मचारी काजमा पठाएर साङ्गठानिक पुन: संरचना पनि आजै गरिएको छ । तहगत र आर्थिक रुपमा पुन: संरचना सुरु भएको उल्लेख गर्दै उहााले वित्तीय संरचनालाई पनि चाडै अर्थ मन्त्रालयले अन्तिम रुप दिने तयारी गरेको बताउनुभयो । आगामी आवको बजेटमा त्यसलाई अझ स्पष्ट गरिने जनाइएको छ । महानगरपालिका देखि गाउपालिका सम्म प्रारम्भिक पुाजीका रुपमा मात्र बराबर रकम दिइएको उहाले बताउनुभयो । निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले ठूलो रकम माग गरेकाले त्यसलाई पनि बिस्तारै पूरा गर्दै जाने बताउदै अर्थमन्त्रीले एकै पटक ठूलो रकम जुटाउन सक्ने अवस्था नभए पनि निर्वाचन जस्तो महत्वपूर्ण कार्यका लागि रकम अभाव नहुने स्पष्ट गर्नुभयो । रासस

माध्यमिक शिक्षा परीक्षाको तयारी पूरा, भोली बिहान ८ बजे देखि सुरु हुने

२ चैत, भक्तपुर । देशभर भोलि बिहीबार बिहान ८ बजे देखि एकै साथ सुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । संशोधित शिक्षा ऐन अनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्ष देखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले जानकारी दिए । परीक्षामा देश भरबाट २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी कुल ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि देश भर कुल १ हजार ९ सय २३ केन्द्र निर्धारण गरिएको छ ।  त्यसै गरी, १ हजार ९ सय २३ केन्द्राध्यक्ष, २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मी सहित ६७ हजार ५ सय ९१ जनशक्ति खटाइएको नियन्त्रक रेग्मीले जानकारी दिए । परीक्षा नियन्त्रक रेग्मीका अनुसार चैत ३ गते अनिवार्य अङ्ग्रेजी, ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ । परीक्षा साधारण तर्फ चैत ११ गते र प्राविधिक तर्फ चैत १४ गते सम्पन्न हुनेछ । विगतका वर्षमा एसएलसी परीक्षाका रुपमा लिइादै आएको यो परीक्षा नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा सञ्चालन गर्ने उल्लेख गरे पनि तयारी नपुगेको भन्दै यस वर्ष अन्तिम पटकका लागि परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन गर्न दिएको हो । परीक्षाका लागि आवश्यक पर्ने प्रश्न पत्र, उत्तर पुस्तिका र अन्य सामग्री सबै जिल्ला जिल्लामा पुर्‍याई सकिएको जानकारी दिादै परीक्षा नियन्त्रक रेग्मीले परीक्षाका लागि प्रत्येक केन्द्रमा १५ जनाका दरले सुरक्षाकर्मी परिचालन गरिने बताए । उनले परीक्षालाई व्यवस्थित, मर्या्िदत र अनुशासित बनाउन सहयोग गर्न पनि सबै संग आग्रह पनि गरे । परीक्षालाई मयायोदित बनाउन तीन तहका सुरक्षा निकाय तैनाथ हुने भएका छन् । परीक्षा अनुगमनका निम्ति मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली खटाएको छ । त्यसै गरी, क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लामा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको संयुक्त अनुगमन टोली पनि खटिनेछन् । परीक्षामा अमयाृदित काम गर्ने एवम् गराउनेलाई कडा कारबाही गरिने जनाइएको छ ।

कञ्चनपुर गोली काण्डकै दिन खोसिएको थियो नेपाल प्रहरीको हतियार

कञ्चनपुर, २ चैत्र । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली प्रहारबाट कञ्चनपुरमा ज्यान गएकै दिन नेपाल प्रहरीको लोडेड पेस्तोल हराएको घटनालाई प्रहरीले लुकाएको छ । गत विहीबार कञ्चनपुरको पुनर्वास स्थित नेपाली भूमिमै आएर भारतीय एसएसबीले नेपाली नागरिक गोविन्द गौतमलाई गोली प्रहार गर्दा भएको हुल दङ्गामा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) माधव भट्टसंग रहेको पेस्तोल हराएको थियो । प्रहरी स्रोतका अनुसार भट्ट संग रहेको टाइप ७७ नामक चाइनीज पेस्तोल दोहोरो झडपका क्रममा हराएको थियो । पेस्तोलमा ७ राउण्ड गोली (एक म्याग्जीन) लोडेड थियो । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा दरबन्दी भई इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा कार्यरत भट्ट संग रहेको पेस्तोल भारतीय नागरिक र एसएसबीको टोलीको खोसेको चर्चा भए पनि नेपाल प्रहरीले यस बारे कुनै पनि आधिकारी धारणा सार्वजनिक गरेको छैन । पेस्तोल हराएको साता वितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले यस बारे प्रहरी प्रधान कार्यालय, क्षेत्रिय प्रहरी कार्यालय र अञ्चल प्रहरी कार्यालयलाई समेत जानकारी गराएको छैन । समाचार श्रोत अनुसार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरका प्रहरी नीरिक्षक दलुराम टमाटाले पेस्तोल खोसीएको स्वीकार गरे । ‘दोहरो झडप भइरहेको थियो, भारतीयहरुले त्यही बेला पेस्तोल खोसेर लगेको कुरा छ,’ टमाटाले भने । तर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक (एसपी) प्रकाश चन्दले भने यो प्रकरण बारे बताउन चाहेनन् । उनले भने, ‘अहिले यो विषयमा मलाई धेरै थाहा छैन, डिएसपीलाई सोध्नुस, तपाई संग भेटेर कुरा गरौंला ।’ नेपाल प्रहरीको विशेष स्रोतका अनुसार भारतीय प्रहरीले नेपाल प्रहरीको पोस्तोल खोसेर नेपाली माथि नै प्रहार गरेको बुझिन्छ । घटना भएको दिन बिहीबार भारतीय एसएसबीले सात राउण्ड फायर गरेको थियो । जस मध्येको एक गोली नेपाली नागरिक गौतमलाई लाग्यो र उनको मृत्यु भयो । एसएसबीले हवाई फायर गर्नु अगाडि नै नेपाल प्रहरीको पेस्तोल खोसिएको थियो । र, उक्त फायरिङमा नेपाल प्रहरीको खोसिएको पेस्तोल नै प्रयोग भएको हुन सक्ने आशंका पनि गरिएको छ । नेपाल प्रहरीले प्रयोग गर्ने टाइप ७७ चाइनिज पेस्तोलमा ७.६२ एमएम साइजको गोली प्रयोग हुन्छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले प्रयोग गर्ने इन्सासमा ५.५६ एमएम साइजको गोली प्रयोग हुन्छ । पुनर्वासमा गोली चलेको तेस्रो दिन गत शनिबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गरी नेपाल सरकारबाट मृतक गौतमको पोस्टमार्टम रिपोर्ट माग्नुले पनि उक्त गोली काण्डमा नेपाल प्रहरीको खोसिएको पेस्तोल प्रयोग भएको हुन सक्ने आंशका गर्न सकिन्छ । सुरक्षा संगठनमा हतियार हराउनुलाई गम्भीर कुरा मानिन्छ । तर कञ्चनपुर प्रहरीले यो घटनालाई किन लुकायो ? यो झन आशंका र आश्चर्यको विषय बनेको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web