घरेलु बम कुल्चदा महाकालीमा चौपाया घाईते

चैत्र २, २०७३ मा प्रकाशित | 805 views

<p>पप्पु गुरुङ्, २ चैत, महाकाली । महाकाली नगरपालिकामा घरेलु बम कुुल्चदा एक चौपाया घाईते भएको छ् । महाकाली नगरपालिका वडा नं. ९ ढकनाघाटमा आज बिहान करिब ६ : ३० बजे करन बडुवाल आफ्नो डल्लव लिएर महाकाली नदीमा ग्रेबल संकलन गर्ने जाने क्रममा राङ्गाले महाकाली नदीको बगरमा अलपत्र अवस्थामा राखेको घरेलु बम कुल्चदा &nbsp;राङ्गा घाईते भएको करन बडुवालले जानकारी दिएका छन् । सदा जस्तै आज बिहान ग्रेबल संकलन गर्न महाकाली नदीमा जाने क्रममा महाकाली नदीको बगरमा अलपत्र अवस्थामा रहेको &nbsp;घरेलु बम डल्लव सहितको राङ्गाले कुल्चदा राङ्गा घाईते भएको बताईएको छ् । बम कुल्चदा राङ्गाको बायाँ खुट्टामा चोट आएको बडुवालले जनाएका छन् । समाचार श्रोत अनुसार बदेलको शिकार गर्न शिकारीले उक्त घरेलु बम थापेको हुन सक्ने आंकलन गरिएको छ् । बमको बारे स्थानियले प्रहरीलाई जानकारी गराएपछि प्रहरी उक्त स्थानमा पुगेर अनुसन्धान थालेको हो ।&nbsp;</p><div><br></div>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web