अायोगले विधानबाट ‘हिन्दु धर्म’ र ‘राजतन्त्र’ हटाएपछि राप्रपाका अबका चार योजना

काठमाडौं,चैत ६ । निर्वाचन आयोगले पार्टी विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाइदिएपछि राप्रपा आन्दोलनमा उत्रने निर्णयमा पुगेको छ । राप्रपाले आयोगको निर्णय आपत्तिजनक तथा संविधानको मर्म र भावनाविपरीत रहेको ठहर गर्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ । आयोगले पार्टी विधानबाट राजसंस्था र हिन्दू राष्ट्रको शब्दावली हटाइदिएपछि शनिबार बसेको आकस्मिक बैठकले आयोगको निर्णय आपत्तिजनक भएको निष्कर्ष निकाल्दै आयोगविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । वर्तमान सरकारमा समेत रहेको राप्रपाले सरकारमै रहेर आयोगविरुद्ध आन्दोलन कार्यक्रम घोषणा गरेको हो ।

निर्वाचन आयोगले ४ चैतमा राप्रपाको विधानबाट राजसंस्था र हिन्दू राष्ट्र शब्दावली हटाउने निर्णय गरेको थियो । निर्णय लिनुअगाडि राप्रपालाई पटक–पटक विधान संशोधन गर्न पत्राचार गरे पनि अटेर गरेको आयोगको भनाइ छ ।

‘संविधानका कतिपय प्रावधानमा राप्रपाले फरक मत राखेको छ,’ पार्टी बैठकपछि राप्रपा प्रवक्ता रोशन कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘४ चैत ०७३ मा आयोगले राप्रपाको प्र्रस्तावना र उद्देश्यमा उल्लेखित मूलभूत मान्यता हटाएर पार्टीको विधान परिवर्तन गर्ने गरी निर्णय गरेको छ । त्यसलाई राप्रपाले आपत्तिजनक र संविधानको मर्म र भावनाविपरीत रहेको ठहर गरेको छ । पार्टीको मूलभूत मान्यतालाई निषेध गर्ने निर्णय राप्रपाले स्वीकार गर्दैन ।’

राप्रपाले नेपाललाई सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र कायम गर्नुपर्ने र संसद्अन्तर्गत रहने राजसंस्थासहितको लोकतन्त्र हुनुपर्ने पक्षमा वकालत गर्दै आएको छ । संविधान जारी गर्ने क्रममा उसले आफ्नो एजेन्डा फरक मतका रूपमा दर्ज गराएको थियो,अाजको नयाँ पत्रिकामा खबर छ ।

राप्रपाका अबका चार योजना

१. पुनर्विचार गर्न आग्रह गर्ने

राप्रपाले निर्वाचन आयोगलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । पार्टीको मूलभूत मान्यतालाई नै निषेध गर्ने गरी निर्वाचन आयोगले त्यस्तो निर्णय गरेको भन्दै उसले निर्णयमा पुनर्विचार गर्न आयोगसँग आग्रह गरेको छ । उसले संविधानमा आफ्नो पार्टीको आलोचनात्मक समर्थन रहेको स्मरण गराउँदै निर्णयमा पुनर्विचार गर्न भनेको हो ।

२. कानुनी उपचार खोज्ने

राप्रपाले आयोगको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने निर्णय पनि गरेको छ । आयोगको निर्णयबाट पार्टीको संवैधानिक हक खोसिएको भन्दै त्यसबारे कानुनी उपचार खोजिने निर्णयमा राप्रपा जान लागेको हो । शनिबारबाटै पार्टीनिकट कानुन व्यवसायी र वरिष्ठ अभिवक्ताहरूसँग परामर्श र छलफल सुरु गरिसकेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका शीर्ष नेताले संविधानको मूल मर्ममा टेकेर संवैधानिक अधिकार क्षेत्रमा रही रिट तयार पर्ने गरी कानुन व्यवसायीहरूसँग छलफल गरेका छन् । ढिलोमा १० चैतभित्रै संवैधानिक हक कायम हुन पाउनुपर्ने माग गर्दै रिट दायर गरेर जाने तयारीमा राप्रपा छ ।

३. संसद्मा संशोधन प्रस्ताव दर्ता गर्ने

राप्रपाले संविधानमा हिन्दू राष्ट्र र राजसंस्थाका विषयमा फरक मत राख्दै आलोचनात्मक समर्थन गरेको थियो । यसबीचमा सरकारकै तर्फबाट एकपटक संविधान संशोधन भइसकेको छ भने अर्को संशोधन प्रस्ताव अहिले संसद्मा विचाराधीन अवस्थामा छ ।

निर्वाचन आयोगले आफ्नो पार्टीको विधानबाट राजसंस्था र हिन्दू राष्ट्रको शब्दावली झिकेपछि राप्रपाले संसद्मा आइतबार नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने भएको छ । ‘धर्म निरपेक्षता खारेज गरी हिन्दू राष्ट्र कायम गर्नुपर्ने प्रावधानसहित एउटा बुँदामा आइतबार नै राप्रपाले दलको तर्फबाट संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गर्नेछ,’ सहप्रवक्ता श्रेष्ठले भने । राप्रपाले यस विषयमा सदनमा सशक्त रूपमा आवाज उठाउने पनि निर्णय गरेको छ ।

४. आन्दोलनमा जाने

राप्रपाले आयोगलाई निर्णय पुनर्विचार गराउन दबाब दिने उद्देश्यले आन्दोलन पनि गर्ने भएको छ । शनिबार बसेको आकिस्मक बैठकले आन्दोलन कार्यक्रम घोषणा गरिसकेको छ । ‘राजासहितको लोकतन्त्र र सनातन हिन्दू राष्ट्र राप्रपाको आत्मा हो, हामी यसमा लचकता प्रदर्शन गर्न सक्दैनौँ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘हामी अन्य प्रक्रिया सँगसँगै आन्दोलनमा पनि जाँदै छौँ । हामीले यसका कार्यक्रम पनि घोषणा गरिसकेका छौँ ।’

यस्तो छ संर्घषको कार्यक्रम

सम्पूर्ण जिल्ला सदरमुकाममा ७ चैतमा जुलुससहित गएर जिल्ला निर्वाचन कार्यालयसमक्ष ज्ञापनपत्र बुझाउने र एक घन्टा निर्वाचन कार्यालयअगाडि धर्ना दिने ।

काठमाडौंमा निर्वाचन आयोगको कार्यालय बहादुर भवनअगाडि एक घन्टा धर्ना दिने र आयोगसमक्ष ज्ञापनपत्र बुझाउने ।

चैतको तेस्रो हप्ता हिन्दू राष्ट्र पुनस्र्थापनाको माग राखेर देशव्यापी शान्तिपूर्ण सडक संर्घष गर्ने ।

चीन भ्रमणमा राष्ट्रपति सीलाई भेटेपनि प्रधानमन्त्री दाहालले महत्वपूर्ण सम्झौता नगर्ने

५ चैत, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्को साताबाट सुरु हुने चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङलाई भेट्ने तय भएको छ ।

बोआओ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड १० गते चीन जानेछन् । दोस्रो पटक प्रधानमन्त्री भएपछि उनको यो पहिलो चीन भ्रमण हुनेछ ।

प्रचण्डको नेतृत्वमा परराष्ट्रमन्त्री प्रकाशशरण महतसहितको सानो टोली जाने तय भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले १२ गते बोआओ फोरमलाई सम्बोधन गर्नेछन् । भोलिपल्ट बेइजिङ आएर राष्ट्रपति सी जिनपिङलाई भेट्ने तय भएको छ । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीको भेटलाई महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीको भेटमा वान बेल्ट वान रोड अवधारणामा हस्ताक्षर हुने सम्भावना छ ।
वान बेल्ट वान रोडमा भारतले समर्थन जनाएको छैन, जसका कारण चीनले नेपालको समर्थन खोज्दै आएको छ ।

तर, व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भने नहुने भएको छ । प्रचण्डको भ्रमणका क्रममा चीनका प्रधानमन्त्री र विदेशमन्त्री न्यूजिल्याण्ड भ्रमणमा हुने भएकाले प्रोटोकलमा हस्ताक्षर नहुने पक्का जस्तै भएको छ ।

नेपाली पक्षले अन्तरदेशीय रेलवे लाइन लगायतका एजेण्डालाई पनि प्राथमिकता दिएको छ ।

केरुङ-काठमाडौं-लुम्बिनी रेलको डिपीआरका लागि सम्झौता गर्ने एजेन्डा नेपाली पक्षको प्राथमिकता रहेका छन् । तर नेपालको विकासमा कोसेढुंगा हुने ठानिएको यो सम्झौता भाँड्न उद्ध्त भारतीय पक्षका कारण सरकारले यसमा सम्झौता नगर्ने बुझिएको छ ।

चीन भ्रमणमा राष्ट्रपति सीलाई भेटेपनि प्रधानमन्त्री दाहालले महत्वपूर्ण सम्झौता नगर्ने

५ चैत, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्को साताबाट सुरु हुने चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङलाई भेट्ने तय भएको छ ।

बोआओ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड १० गते चीन जानेछन् । दोस्रो पटक प्रधानमन्त्री भएपछि उनको यो पहिलो चीन भ्रमण हुनेछ ।

प्रचण्डको नेतृत्वमा परराष्ट्रमन्त्री प्रकाशशरण महतसहितको सानो टोली जाने तय भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले १२ गते बोआओ फोरमलाई सम्बोधन गर्नेछन् । भोलिपल्ट बेइजिङ आएर राष्ट्रपति सी जिनपिङलाई भेट्ने तय भएको छ । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीको भेटलाई महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीको भेटमा वान बेल्ट वान रोड अवधारणामा हस्ताक्षर हुने सम्भावना छ ।
वान बेल्ट वान रोडमा भारतले समर्थन जनाएको छैन, जसका कारण चीनले नेपालको समर्थन खोज्दै आएको छ ।

तर, व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भने नहुने भएको छ । प्रचण्डको भ्रमणका क्रममा चीनका प्रधानमन्त्री र विदेशमन्त्री न्यूजिल्याण्ड भ्रमणमा हुने भएकाले प्रोटोकलमा हस्ताक्षर नहुने पक्का जस्तै भएको छ ।

नेपाली पक्षले अन्तरदेशीय रेलवे लाइन लगायतका एजेण्डालाई पनि प्राथमिकता दिएको छ ।

केरुङ-काठमाडौं-लुम्बिनी रेलको डिपीआरका लागि सम्झौता गर्ने एजेन्डा नेपाली पक्षको प्राथमिकता रहेका छन् । तर नेपालको विकासमा कोसेढुंगा हुने ठानिएको यो सम्झौता भाँड्न उद्ध्त भारतीय पक्षका कारण सरकारले यसमा सम्झौता नगर्ने बुझिएको छ ।

महाकाली नगरपालिकाका मेयरका आकाक्षी उम्मेदवारको चहलपहल

पप्पु गुरुङ्, ५ चैत्र, माहाकाली । स्थानीय तहको चुनाव घोषणा संगै देश भर मेयर र गाउपालिकाका अध्यक्ष बन्न दौडधुप सुरु भएको छ । सरकारले हालै घोषणा गरेको माहाकाली नगरपालिका मेयरका लागि कांग्रेस, नेकपा एमाले, राप्रपा, माओबादी भित्र मेयरको टिकट कसले पाउने भन्ने प्रतिस्पर्धा तिव्र छ । दोधारा चाँदनी नगरपालिका अर्थात महाकाली नगरपालिका मेयरका लागि अहिले दर्जनले आकांक्षा देखाएका छन् । कांग्रेस भित्र नगर सभापती डम्मर चन्द, महाधिवेशन प्रतिनिधी सदस्य बेल बहादुर राना, क्षेत्रिय सभापती गोपाल भट्ट र नेपाली काग्रेंस पुर्व दोधारा गाबिस सभापती धन बहादुर शाही र मदन लाल सुनारले आफ्ना पक्षकालाई मेयरमा टिकट दिलाउन लविङ सुरु गरेका छन् । यस्तै नेकपा एमालेमा किशोर कुमार लिम्बु, हरसिंह धनाडी, चिनी गिरी पनि मेयर उम्मेदवारका आकांक्षी देखा परेका छन् । पार्टी पंक्तीमा उनिहरुको लबिङ्ग यथावतनै जारी रहेको श्रोतको दाबी छ् । नेकपा एमालेमा किशोर कुमार लिम्बुको मेयर पदको लागी टिकट पाउने प्रबल सम्भावना रहेको बताईएको छ् । पछिल्लो समय कार्यकर्ता माँझ लोक प्रिय किशोर कुमार लिम्बु मेयरका प्रमुख दावेदार हुन् । एमालेमा राम्रो प्रभाव रहेको महाकाली नगरपलिकाबाट लिम्बुले टिकट पाए सहजै जित्ने सक्ने एमाले युवा कार्यकर्ता बताउदै आएका छन् । नेकपा माओबादीमा भरत भट्ट, ईन्द्र बहादुर रावत, धन बहादुर दमाई, पर्शुराम सुनार, भक्त बहादुर सुनार, चन्दन थापा मगर आकांक्षी उम्मेदवारमा देखा परेका छन् । माओबादीमा कस्ले टिकट पाउला भन्ने अनुमान गर्न गाहे रहेको माओबादी पार्टी श्रोतले जनाएको छ् । राप्रपामा भिम कुमाल, नन्दी खत्री, धनसरी चन्द देखा परेका छन् । राप्रपामा हालै युवा पिडिका नेता भिम कुमालले मेयरको टिकट पाउने प्रबल सम्भावना देखा परेको राप्रपा समाचार श्रोतको भनाई रहेको छ् भने पुर्व मानिनिय ईन्द्र खत्रीका श्रीमती नन्दा खत्रीले टिकट पाउने सम्भावना पनि त्यत्तीकै प्रबल भएको आकंलन गर्न सकिन्छ् । यस्तै नयाँ शक्ती पार्टीमा भने केन्द्रको निणय अनुसार निर्वाचनमा जाने नजाने बिषयमा छलफल पछि मात्रै उम्मेदवार निर्वाचन मैदानमा उतार्ने बताएको छ् । यस्तै राष्ट्रिय जनमोर्चा, संघिय समाजबादी पार्टी र नेकपा मालेको भने निर्वाचनको खासै चहल पहल देखिएको छैन् । महाकाली नगरपालिकाको मेयरमा चुनाव जित्न जातिय र क्षेत्री सन्तुलन मिलाउनै पर्ने भएकाले पनि मेयरको टिकट दिदा धेरै सोच विचार गरेर दिन ुपर्ने पुराना नेताहरुको धारणा छ । महाकाली नगरपालिकामा दलित तथा जनजातीको अधिकांश बाहुल्यता छ । त्यसमा पनि झण्डै ४० प्रतिशत जनजाति बाहुल्य छ । साबिकाको दोधारा गाबिसको हकमा डडेल्धुरा, बैतडीबाट बसाई सरेका घरधरी कम छन भने, त्यसको बिपरित साबिकको चाँदनी गाबिस क्षेत्रमा उनिहरुको बाक्लो जनघनत्व  देखिन्छ् । त्यसैले बसाई सराई तथा जातीय बिषयलाई समान्तर आंकल समेत गर्दै उम्मेरवार दिन पार्टीले सोच्ने गरेको बताईएको छ् । बसाई सराई तथा जातीयको गणित गरेर पार्टीले टिकट दिलाउनै पर्ने बाध्यात्मक अवस्था देखिन्छ । जातिय र क्षेत्रीय सन्तुलन मिलाएर मेयर टिकट दिदा प्रभाव पर्न सक्ने आकंलन पुराना नेताहरुको धारणा ब्यक्त गर्दछन् । त्यसैले रणनीति जिल्लाको रुपमा रहेको माहाकाली नगरपालिका मेयरका लागि सबै ट्रयाक मिलाएर टिकट दिलाउने र कुनै पनि हालतमा आफ्नो उम्मेदबार जिताउने केन्द्रको रणनीति रहेको पार्टीहरु श्रोतले जानकारी दिएको छ् ।

जापानी महारानी अस्वस्थ

टोकियो ।
जापानकी महारानी मिचिको थाइल्याण्ड र भियतनामको भ्रमणपछि अस्वस्थ भएकी छिन् ।

समाचार अनुसार पति आकिहितो संग हप्तादिनको भ्रमण सकेकी महारानी जनैखटीरा आएर अस्वस्थ भएकी हुन् ।

शरिरको माथिल्लो भागमा जनैखटीरा आएपछि हाल ८२ बर्षीय महारानी औषधी सेवन गरेर स्वास्थ्य लाभ गर्दै पूर्ण आराममा रहेको बताइएको छ ।

स्वास्थ्यमा समस्या देखिएपनि अवस्था सामान्य रहेको भन्दै पति अकिहितो भने स्वस्थ रहेको जापानी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

पत्रकार महासंघ जापानको अधिवेशन अप्रिल १० मा, अध्यक्ष महेन्द्र बिष्ट आउँदै

टोकियो ।
आगामी अप्रिल १० तारिखका दिन हुन लागेको नेपाल पत्रकार महासंघ जापानको तेश्रो अधिवेशनमा सहभागी हुन नेपालबाट महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र विष्ट आउने भएका छन् ।

नेपाल पत्रकार महासंघ जापानको आगामी नेतृत्वका लागि हुन लागेको अधिवेशन राजधानी टोकियोमा हुँदैछ ।
अधिबेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व सहितको कार्यसमिति गठन गर्ने छ ।

यसका साथै पत्रकार महासंघ जापान शाखाले प्रबासबाट पत्रकारिता गर्दै आएका एकजना पत्रकारलाई हरेक बर्ष पुरस्कृत गर्नेगरि कोष स्थापना समेत गर्ने भएको छ ।

अप्रिल १० तारिखका दिन टोकियोको शिनओकुबोस्थित आर्ट कोर्टमा हुने अधिबेशनमा बिहान आन्तरिक बन्दसत्र तथा अपरान्ह पत्रकारिता सम्वन्धि प्रशिक्षण कार्यक्रम हुने नेपाल पत्रकार महासंघ जापान शाखाले जनाएको छ ।

पत्रकारिता प्रशिक्षण समाप्तीसँगै नयाँ नेतृत्वको लागि नेपाल पत्रकार महासंघ जापान शाखा घोषणा हुने अधिवेशन आयोजक समितिका संयोजक तिलक मल्लले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ जापान शाखाको भावी सक्षम नेतृत्वको लागि सल्लाहकार भूषण घिमिरेको संयोजकत्वमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पवन वर्षा शाह र सल्लाहकार कृष्ण भण्डारी रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

वैशाख ३१ को स्थानीय निर्वाचन कसैले रोकेर रोकिन्न् – ओली

बर्दिया, ४ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा गराएरै छाड्ने दावी गरेका छन् । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानको कञ्चनपुरमा समापन गरेर फर्कने क्रममा शुक्रबार बर्दियाको ठाकुर बाबा नगरपालिका– १ भुरिगाउ बजारमा आयोजना गरिएका सभामा बोल्दै ओलीले बैशाख ३१ गते हुने स्थानिय निर्वाचन कसैले रोकेर नरोकिने ठोकुवा गरे । मधेशी मोर्चा तर्फ लक्षित गर्दै अध्यक्ष ओली लोकतन्त्रबादी हु भन्ने तर निर्वाचन जान नमान्नेहरु लोकतन्त्र विरोधी भएको जिकिर गरे । उनले आसन्न स्थानिय निर्वाचनमा सम्पन्न गराउन हरेक नागरिक सचेत हुनुपर्ने बताए । स्थानिय निर्वाचनमा नेकपा एमालेको जीत सुनिश्चित भएको अध्यक्ष ओलीले ठोकुवा गरे । केही दल जातजाति, भाषा, भुगोल जस्ता विषयलाई लाई लिएर नेपाली जनता बिचको एकतालाई भाड्न उद्धत रहेकाले सबै सचेत हुनु पर्ने ओलीले जोड दिए । देशका युवाहरु राजनिती मात्र नगरेर विकास निर्माणमा पनि लाग्न अध्यक्ष ओलीले युवाहरुलाई आग्रह गरे । बेरोजगार युवाहरुलाई शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण लिन सक्ने प्रव्धान आफुले सुरुवात गरेकाले युवाहरुले यसको सदुपयोग गरी स्वरोगार बन्न युवाहरुलाई अनुरोध गरे । मेची महाकाली राष्ट्रिय अभियानको प्रशंसा गर्दै अध्यक्ष ओलीले हजारौ जनता सहभागी भएको यो अभियान अभुत पूर्व र असाधारण भएको जिकीर गरे । भुरिगाउको सभामा बोल्दै अध्यक्ष ओलीले बर्दियाको विकासका लागि आफुले सक्दो प्रयास गर्ने बताए । भुरिगाउ तेलपानी सुर्खेत सडक, पर्यटकिय स्थल ठाकुर द्धारा जोडने ओराही खोलामा पुल, यहाका बाढी पिडितका समस्या, सुकुम्बासी समस्या लगाएतका समस्या समाधानका लागि आफू पूर्ण प्रतिवद्ध रहेको अध्यक्ष ओलीले बताए । मेची महाकाली अभियानबाट फर्कने क्रममा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेब गौतम, इश्वर पोख्रेल लगायतका नेताले भुरिगाउमा आयोजित सभालाई सम्बोधन गरेका थिए । मेची महाकाली अभियानबाट फर्कने नेताहरुलाई विदाई गर्न ठाकुर बाबा नगरपालिका क्षेत्रका सयौ कार्यकता तथा सर्बसाधारण पूर्व पश्चिम राजमार्गमा पर्ने भुरिगाउ बजारमा भेला भएका थिए ।

राजनीतिक दलको हैसियतमा २९ दललाई मात्र ‘चुनाव चिह्‍न’,यस्तो छ ऐनको प्रावधान

काठमाडौं,चैत ४ । निर्वाचन आयोगमा दर्ता भएका सबै दलले बैशाख ३१ मा हुने स्थानीय निर्वाचनमा दलगत चुनाव चिह्न नपाउने भएका छन्। स्थानीय तहको निर्वाचनसम्बन्धी राज्यव्यवस्था समितिले पारित गरेको विधेयकमा स्थानीय तह निर्वाचन ऐनको व्यवस्था अनुसार अहिले सदनमा रहेका दलहरूले मात्रै दलको हैसियतामा चुनाव चिन्ह पाउने पाउने छन् । र बाँकी दललाई स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिह्न दिने व्यवस्था अनुरुप चुनाव चिन्ह नपाउने भएका हुन् ।

निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई चुनाव चिन्ह दिदां चार मिटर भन्दा लामो मतपत्र हुने भएपछि संसदमा रहेका २९ दललाई मात्र चुनाव चिह्न दिने व्यवस्था गरिएको छ ।  स्थानीय तह निर्वाचन ऐन -२०७३ मा पहिलो स्थानीय निर्वाचनमा व्यवस्थापिका संसदमा रहेका दलले मात्र राजनीतिक दलको हैसियतमा चुनाव चिन्ह दिने प्रावधान छ।

यही प्रावधान अनुसार अहिले संसदमा रहेका २९ दलले राजनितीक दलको हैसियतामा निर्वाचन चिन्ह पाउने भएका हुन्। अहिले संसदमा नरहेका तर निर्वाचन आयोगमा दर्ता भएका दलले पनि चुनाव चिन्ह पाउने छन्, तर उनीहरूले स्वतन्त्र उम्मेद्वारका रूपमा यस्तो चिन्ह प्राप्त गर्ने छन्।

यस्तो दलबाट उम्मेद्वारी पाएका व्यक्तिले आ-आफ्नो स्थानीय तहमा चुनाव चिन्ह रोज्नु पर्ने छ। राष्ट्रिय मान्यता पाउने दललाई मात्र चुनाव चिन्ह दिने भनिएपनि यो ऐन लागु भएपछि हुने पहिलो चुनावको हकमा भने संसदमा रहेका दललाई चुनाव चिन्ह दिने व्यवस्था गर्न लागिएको हो। यस्तै स्थानीय तहमा उम्मेदवारी दिदां ५० प्रतिशत महिला उम्मेदवार बनाउनैपर्ने र वडा सदस्यमा एक जना दलित महिला अनिवार्य गरिएको छ।

यस्तो छ ऐनको प्रावधान:

स्थानीय तह निर्वाचन ऐन २०७३को दफा २६: उपदफा ५-

यस दफा बमोजिम निर्वाचन चिन्ह वितरण गर्दा आयोगमा दर्ता कायम रहेको दलको उम्मेदवारलाई आयोगबाट निर्वाचनको प्रयोजनका लागि वितरण गरिएको निर्वाचन चिन्ह वितरण गर्नु पर्नेछ। यसरी निर्वाचन चिन्ह वितरण गर्दा कुनै गल्ती भएको वा फरक पर्न गएको भन्ने आयोगलाई लागेमा आयोगले त्यस्तो चिन्ह परिवर्तन गर्न सक्नेछ।  उपदफा ६-  उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिम निर्वाचन चिन्ह वितरण गर्दा राजनीतिक दल सम्बन्धी प्रचलित सङ्घीय कानून बमोजिम राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गरेको दलको उम्मेदवारलाई मात्र सम्बन्धित दलको निर्वाचन चिन्ह वितरण गरिनेछ।

यसरी वितरण गरिएको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्दा त्यस्तो दलले तत्काल अघि भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याको आधारमा समावेश गरिनेछ। तर यो ऐन प्रारम्भ भएपछि हुने पहिलो पटकको निर्वाचनको हकमा व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने सबै दलको उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिन्ह वितरण गरिनेछ।

यसरी वितरण गरिएको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्दा त्यस्तो दलले संविधान सभा सदस्य निर्वाचन २०७० मा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा समावेश गरिनेछ। उपदफा ७- उपदफा (६) बमोजिम निर्वाचन चिन्ह प्राप्त नगर्ने दलको उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई स्वतन्त्र रुपमा खडा भएको उम्मेदवारले प्रयोग गर्ने गरी निर्धारण गरिएका निर्वाचन चिन्हको समूहबाट तोकिए बमोजिमको तरिका अनुसार निर्वाचन अधिकृतले निर्वाचन चिन्ह प्रदान गर्नेछ।

फिलिपिन्सविरुद्ध खेल्ने अन्तिम टोलीको घोषणा,को परे को बाहिरिए ?(नामावली सहित)

काठमाडौं,चैत ४ – एएफसी एसियन कप क्वालिफायर्सअन्तर्गत फिलिपिनसविरुद्ध हुने खेलका लागि अन्तिम टोलीमा २० खेलाडी छनोट गरिएको छ। दोस्रो चरणमा परेक २७ खेलाडीवाट २० जना खेलाडी छनोट गरिएको छ । टोलीको सर्टलिस्टबाट तीन गोलकिपर, सात डिफेन्डर, छ मिडफिल्डर र चार फरवार्ड गरी २० जनाको अन्तिम टोली बनाइएको छ ।

टोलीमा विकेश कुथु, रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, विमल घर्तीमगर, विशाल राई, रञ्जन विष्ट, हेमन गुरुङ, विक्रम लामा र कमल श्रेष्ठ रहेका छन्।

त्यस्तै अञ्जन विष्ट, सुजल श्रेष्ठ, किरण चेम्जोङ, विशाल श्रेष्ठ, भरत खवास, जीतेन्द्र कार्की र रञ्जित धिमाल पनि टोलीमा अटाए। चोटमुक्त भएर फर्केका रोहित चन्द र कर्ण लिम्बु पनि टोलीमा रहेका छन्।

दोश्रो चरणबाट अनिल गुरुङ, एलेन न्यौपाने, मानबहादुर तामाङ, राजेन्द्र रावल, देवेन्द्र तामाङ, सुमन लामा र विमल बस्नेत टोलीमा पर्न सकेनन्। नयाँ टोलीमा स्टाइकर नवयुग श्रेष्ठ समावेश छैनन्। खुट्टाको चोटका कारण उनी टिममा समावेश हुन नसकेको अखिल नेपाल फुटबलसँग एन्फाले जनाएको छ। बिमल बस्नेत पहिलो पटक राष्ट्रिय टिममा समेटिए पनि उनि अन्तिम सूचीमा पर्न सकेनन्

फिलिपिन्ससँग पहिलो खेल खेल्नेछ। एएफसी कप २०१९ को छनौटका पहिलो खेल नेपालले फिलिपिन्ससँग २८मार्चमा रिजाल मेरोरियल रंगशाला, मनिलामा खेल्नेछ।

एएफसी यु-२३ च्याम्पियनसिपको ड्र सार्वजनिक, नेपाल समूह डी मा (तालिका सहित)

काठमाडौं,चैत ४ – सन् २०१८ मा चीनमा हुने एएफसी यु-२३ च्याम्पियनसिप फुटबल प्रतियोगिताको छनोटको ड्र सार्वजनिक भएको छ । मलेसियाको क्वाललम्पुरमा शुक्रबार भएको ड्र मा सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि प्रत्येक समूहको विजेता अन्तिम चरणको लागि छनोट हुनेछ।

त्यस्तै १० समूहमध्ये उत्कृष्ट ५ उपविजेताले पनि अन्तिम चरणमा स्थान बनाउनेछन्।नेपाल वेस्ट जोनतर्फ समूह डी मा परेको छ। नेपाल रहेको समूहमा युएई, उज्वेकिस्तान र लेवनान छन्। यस समूहको छनोट खेल युएइमा हुनेछ। छनोट चरणमा नेपाल पट फोरमा रहेको थियो।

यस्तै एसियाली फुटबल महासंघ ९एएफसी० मा आवद्ध का ४० सदस्य राष्ट्र छनोट चरणमा सामेल थिए। त्यसमध्ये वेस्ट र इस्ट जोनमा समान २० टीमलाई राखिएको छ। यदी आयोजक चीनले छनोट समूहमा भाग लिएको खण्डमा र चीन समूह विजेता तथा उपविजेता मध्ये एक भएमा उपविजेता बन्ने छैटौं टीमले पनि अन्तिम चरणमा स्थान बनाउनेछ। समूह चरणका खेलहरु जुलाई १९ देखि २३ सम्म सञ्चालन हुनेछ।

यसअघि दुई पटक छनोट चरण खेलेको नेपाल अहिलेसम्म अन्तिम चरणमा पुग्न सकेको छैन। सन् २०१३ मा काठमाडौंमै भएकव छनोटमा नेपालले बंगलादेशलाई मात्र हराएको थियो भने जोर्डन, उज्वेकिस्तान र यमनसँग पराजित भएको थियो।

यस्तै २०१६ मा इरानमा भएको छनोटमा नेपाल आयोजक इरानसँगै साउदी अरेबिया, प्यालेस्टाइन र अफगानिस्तानसँग पराजित भएको थियो। गत बर्ष कतारमा सम्पन्न एएफसी यू २३ च्याम्प्यिनसिपको प्रदर्शनका आधारमा एएफसीले वरियता क्रम तोकेको छ । ४० सहभागी टोलीलाई पश्चिम, दक्षिण र मध्यलाई गरि पश्चिम क्षेत्र र पूर्व र आसियन गरि पूर्वका आधारमा वरियता निर्धारण गरेको छ । दुई समूहमा समान २० टोली छन् ।

वरियताका क्रममा नेपाल पश्चिम क्षेत्रको १९ औं स्थानमा रहेको छ । नेपालपछि २० औं स्थानमा तुर्किमिनिस्तान रहेको छ । उक्त समूहमा इराक शीर्षस्थानमा छ भने कतार दोस्रो स्थानमा छ । पश्चिमको समूह चरण कतार , युएइ, प्यालेस्टान साउदी अरेबिया र कीर्गिस्तानमा हुनेछ । पूर्व क्षेत्रको वरियतामा जापान शीर्ष र उत्तर कोरिया दोस्रो स्थानमा छ । पूर्व क्षेत्रको समूह चरण दक्षिण कोरिया, थाइल्यान्ड, भियतनाम, म्यानमारमा हुनेछ ।

जापानी मिडिया र प्रहरीले निधन भनेका व्यक्ति अर्जुनबहादुर सिंह नै हुन् : कावा राजदूत अर्याल

टोकियो ।

अस्पतालमा उपचारको क्रममा निधन भएका अर्जुन बहादुर सिंह नै जापानी मिडिया र प्रहरीले नियन्त्रणमा लिएर उपचार गर्दागर्दै मृत्यु भएका व्यक्ति भएको नेपाली राजदूतावासले जनाएको छ ।

नेपाली राजदूतावास टोकियोका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले भन्नुभयो-'एनएचकेमा प्रशारण भएको जापानी प्रहरीले सोधपुछका क्रममा नियन्त्रणमा लिदां बेहोस भएका भनिएका व्यक्ति अर्जुन बहादुर सिंहनै हुन र उनको उपचारको क्रममा निधन भएको जानकारी आएको छ ।'

टपनेपालन्युजसँगको संक्षिप्त कुराकानीमा कावा राजदूत अर्यालले भन्नुभयो -'यसबारेमा थप बुझ्ने काम भइरहेको छ ।'

जापानी सञ्चार माध्यम एनएचकेले हिजो बेहोस अवस्थामा अस्पताल पुर्याइएका अर्जुन बहादुर सिंहको मृत्यु उपचारका क्रममा भएको जापान प्रहरीलाई उदृत गर्दै उल्लेख गरेको थियो ।

तर उनको मृत्युको खवर त्यसअघिनै बेहोस अवस्थामा अस्पताल पुर्याउँदा भएको सार्वजनिक भइसकेको थियो ।

सिंहले अन्य व्यक्तिको नाममा रहेको बैंक क्रेडिट कार्ड बोकेको पाइएपछि जापान प्रहरीले पक्राउ गरेको थियो ।
समाचार अनुसार सो बारेमा जापान प्रहरीले सोधपुछ गर्दा उनले आफैं भित्तामा र टेबुलमा टाउको टोक्काएको र उनि त्यहिँ बेहोस भएका थिए ।

टाउको ठोक्काउँदा सामान्य चोट समेत लागेका उनलाई अस्पताल पुर्याइएपनि उपचारको क्रममा निधन भएको समाचारमा उल्लेख छ ।

जानकारी अनुसार मानसिक अवस्था ठिक नभएको बताइएका अर्जुन बहादुर सिंहलाई यसअघि नेपाली राजदूतावास जापान, एनआरएन जापान तथा अध्यक्ष सुदन थापा, सुदुरपश्चिमेली समाज लगायतका विभिन्न संघ, संस्था र व्यक्तिहरुले आर्थिक सहयोग गरि उपचार गराएका थिए ।

त्यसपछि ठिक अवस्थामा देखिएपनि उनी काम बिहिन अवस्थामा बसेको र उनलाई दूतावास र एनआरएनको सहयोगमा नेपाल फर्काउने तयारी भइरहँदा सम्पर्क बिहिन भएकामा उनी जापान प्रहरीले पक्राउ गरि सोधपुछका क्रममा बेहोस भई निधन भएपछि उनबारेको खवर बाहिर आएको हो ।

जापान प्रहरीको हिरासतमा एक नेपालीको मृत्यु, बाजुराका अर्जुनको टोकियोमा निधन

एसिसी इमर्जिङ कपमा नेपालको भिडन्त कहिले कोसँग ? यस्तो छ खेल तालिका (तालिका सहित)

काठमाडौं, चैत ३— बंगलादेशमा यही मार्च २७ देखि अप्रिल ३ तारिखसम्म हुने एसिसी इमर्जिङ नेशन कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता अन्तर्गत नेपालको पहिलो खेल मार्च २७ मा टेस्टराष्ट्र पाकिस्तानविरुद्ध हुनेछ । यस्तै दोस्रो खेलमा नेपालले मार्च २८ मा बंगलादेशसँग भिडन्त गर्नेछ भने तेस्रो तथा अन्तिम खेलमा मार्च ३० मा हङकङसँग खेल्नेछ । अप्रिल १ मा सेमिफाइनल र अप्रिल ३ मा फाइनल खेल हुनेछ ।

इमर्जिङ कपमा चार टेस्टराष्ट्र सहित आठ देशले सहभागिता जनाएका छन् । जसमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलिसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशका २३ वर्षमुनिको टोलीले खेल्ने छन् । सो प्रतियोगिताको लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । स्वास्थ्यका कारण नियमित कप्तान पारस खड्का नखेल्ने भएपछि ज्ञानेन्द्र मल्लको नेतृत्वमा टोलीको घोषणा गरिएको हो।

टोलीमा शरद भेषवाकार, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, आषिफ शेख, अविनाश कर्ण, सुनिल धमला, भुवन कार्की, सुशन भारी, दिपेश श्रेष्ठ र दिलिपनाथ रहेका छन् । वैकल्पिक खेलाडीमा कुशन भुर्तेल, जितेन्द्र कुमार मुखिया, राजेश पुलामी र सुशील कँडेल रहेका छन् । शक्ति गौचन र बसन्त रेग्मीलाई आराम दिएर टोलीमा भुवन कार्की, सुसन भारी, दिपेश श्रेष्ठ र आसिफ शेखलाई स्थान दिइएको हो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web