एएफसी यु-२३ च्याम्पियनसिपको ड्र सार्वजनिक, नेपाल समूह डी मा (तालिका सहित)

चैत्र ४, २०७३ मा प्रकाशित | 968 views

काठमाडौं,चैत ४ – सन् २०१८ मा चीनमा हुने एएफसी यु-२३ च्याम्पियनसिप फुटबल प्रतियोगिताको छनोटको ड्र सार्वजनिक भएको छ । मलेसियाको क्वाललम्पुरमा शुक्रबार भएको ड्र मा सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि प्रत्येक समूहको विजेता अन्तिम चरणको लागि छनोट हुनेछ।

त्यस्तै १० समूहमध्ये उत्कृष्ट ५ उपविजेताले पनि अन्तिम चरणमा स्थान बनाउनेछन्।नेपाल वेस्ट जोनतर्फ समूह डी मा परेको छ। नेपाल रहेको समूहमा युएई, उज्वेकिस्तान र लेवनान छन्। यस समूहको छनोट खेल युएइमा हुनेछ। छनोट चरणमा नेपाल पट फोरमा रहेको थियो।

यस्तै एसियाली फुटबल महासंघ ९एएफसी० मा आवद्ध का ४० सदस्य राष्ट्र छनोट चरणमा सामेल थिए। त्यसमध्ये वेस्ट र इस्ट जोनमा समान २० टीमलाई राखिएको छ। यदी आयोजक चीनले छनोट समूहमा भाग लिएको खण्डमा र चीन समूह विजेता तथा उपविजेता मध्ये एक भएमा उपविजेता बन्ने छैटौं टीमले पनि अन्तिम चरणमा स्थान बनाउनेछ। समूह चरणका खेलहरु जुलाई १९ देखि २३ सम्म सञ्चालन हुनेछ।

यसअघि दुई पटक छनोट चरण खेलेको नेपाल अहिलेसम्म अन्तिम चरणमा पुग्न सकेको छैन। सन् २०१३ मा काठमाडौंमै भएकव छनोटमा नेपालले बंगलादेशलाई मात्र हराएको थियो भने जोर्डन, उज्वेकिस्तान र यमनसँग पराजित भएको थियो।

यस्तै २०१६ मा इरानमा भएको छनोटमा नेपाल आयोजक इरानसँगै साउदी अरेबिया, प्यालेस्टाइन र अफगानिस्तानसँग पराजित भएको थियो। गत बर्ष कतारमा सम्पन्न एएफसी यू २३ च्याम्प्यिनसिपको प्रदर्शनका आधारमा एएफसीले वरियता क्रम तोकेको छ । ४० सहभागी टोलीलाई पश्चिम, दक्षिण र मध्यलाई गरि पश्चिम क्षेत्र र पूर्व र आसियन गरि पूर्वका आधारमा वरियता निर्धारण गरेको छ । दुई समूहमा समान २० टोली छन् ।

वरियताका क्रममा नेपाल पश्चिम क्षेत्रको १९ औं स्थानमा रहेको छ । नेपालपछि २० औं स्थानमा तुर्किमिनिस्तान रहेको छ । उक्त समूहमा इराक शीर्षस्थानमा छ भने कतार दोस्रो स्थानमा छ । पश्चिमको समूह चरण कतार , युएइ, प्यालेस्टान साउदी अरेबिया र कीर्गिस्तानमा हुनेछ । पूर्व क्षेत्रको वरियतामा जापान शीर्ष र उत्तर कोरिया दोस्रो स्थानमा छ । पूर्व क्षेत्रको समूह चरण दक्षिण कोरिया, थाइल्यान्ड, भियतनाम, म्यानमारमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web