जापानी मिडिया र प्रहरीले निधन भनेका व्यक्ति अर्जुनबहादुर सिंह नै हुन् : कावा राजदूत अर्याल

चैत्र ४, २०७३ मा प्रकाशित | 1519 views

टोकियो ।

अस्पतालमा उपचारको क्रममा निधन भएका अर्जुन बहादुर सिंह नै जापानी मिडिया र प्रहरीले नियन्त्रणमा लिएर उपचार गर्दागर्दै मृत्यु भएका व्यक्ति भएको नेपाली राजदूतावासले जनाएको छ ।

नेपाली राजदूतावास टोकियोका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले भन्नुभयो-'एनएचकेमा प्रशारण भएको जापानी प्रहरीले सोधपुछका क्रममा नियन्त्रणमा लिदां बेहोस भएका भनिएका व्यक्ति अर्जुन बहादुर सिंहनै हुन र उनको उपचारको क्रममा निधन भएको जानकारी आएको छ ।'

टपनेपालन्युजसँगको संक्षिप्त कुराकानीमा कावा राजदूत अर्यालले भन्नुभयो -'यसबारेमा थप बुझ्ने काम भइरहेको छ ।'

जापानी सञ्चार माध्यम एनएचकेले हिजो बेहोस अवस्थामा अस्पताल पुर्याइएका अर्जुन बहादुर सिंहको मृत्यु उपचारका क्रममा भएको जापान प्रहरीलाई उदृत गर्दै उल्लेख गरेको थियो ।

तर उनको मृत्युको खवर त्यसअघिनै बेहोस अवस्थामा अस्पताल पुर्याउँदा भएको सार्वजनिक भइसकेको थियो ।

सिंहले अन्य व्यक्तिको नाममा रहेको बैंक क्रेडिट कार्ड बोकेको पाइएपछि जापान प्रहरीले पक्राउ गरेको थियो ।
समाचार अनुसार सो बारेमा जापान प्रहरीले सोधपुछ गर्दा उनले आफैं भित्तामा र टेबुलमा टाउको टोक्काएको र उनि त्यहिँ बेहोस भएका थिए ।

टाउको ठोक्काउँदा सामान्य चोट समेत लागेका उनलाई अस्पताल पुर्याइएपनि उपचारको क्रममा निधन भएको समाचारमा उल्लेख छ ।

जानकारी अनुसार मानसिक अवस्था ठिक नभएको बताइएका अर्जुन बहादुर सिंहलाई यसअघि नेपाली राजदूतावास जापान, एनआरएन जापान तथा अध्यक्ष सुदन थापा, सुदुरपश्चिमेली समाज लगायतका विभिन्न संघ, संस्था र व्यक्तिहरुले आर्थिक सहयोग गरि उपचार गराएका थिए ।

त्यसपछि ठिक अवस्थामा देखिएपनि उनी काम बिहिन अवस्थामा बसेको र उनलाई दूतावास र एनआरएनको सहयोगमा नेपाल फर्काउने तयारी भइरहँदा सम्पर्क बिहिन भएकामा उनी जापान प्रहरीले पक्राउ गरि सोधपुछका क्रममा बेहोस भई निधन भएपछि उनबारेको खवर बाहिर आएको हो ।

जापान प्रहरीको हिरासतमा एक नेपालीको मृत्यु, बाजुराका अर्जुनको टोकियोमा निधन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web