टोकियो ।
आगामी अप्रिल १० तारिखका दिन हुन लागेको नेपाल पत्रकार महासंघ जापानको तेश्रो अधिवेशनमा सहभागी हुन नेपालबाट महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र विष्ट आउने भएका छन् ।

नेपाल पत्रकार महासंघ जापानको आगामी नेतृत्वका लागि हुन लागेको अधिवेशन राजधानी टोकियोमा हुँदैछ ।
अधिबेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व सहितको कार्यसमिति गठन गर्ने छ ।

यसका साथै पत्रकार महासंघ जापान शाखाले प्रबासबाट पत्रकारिता गर्दै आएका एकजना पत्रकारलाई हरेक बर्ष पुरस्कृत गर्नेगरि कोष स्थापना समेत गर्ने भएको छ ।

अप्रिल १० तारिखका दिन टोकियोको शिनओकुबोस्थित आर्ट कोर्टमा हुने अधिबेशनमा बिहान आन्तरिक बन्दसत्र तथा अपरान्ह पत्रकारिता सम्वन्धि प्रशिक्षण कार्यक्रम हुने नेपाल पत्रकार महासंघ जापान शाखाले जनाएको छ ।

पत्रकारिता प्रशिक्षण समाप्तीसँगै नयाँ नेतृत्वको लागि नेपाल पत्रकार महासंघ जापान शाखा घोषणा हुने अधिवेशन आयोजक समितिका संयोजक तिलक मल्लले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ जापान शाखाको भावी सक्षम नेतृत्वको लागि सल्लाहकार भूषण घिमिरेको संयोजकत्वमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पवन वर्षा शाह र सल्लाहकार कृष्ण भण्डारी रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

19.29¡ÆC