एनआरएन जापान । सदस्यता खुल्ला, नेपाल फेस्टिवल सहित तीज कार्यक्रम पनि एनआरएनले गर्ने

फाल्गुन २९, २०७३ मा प्रकाशित | 1159 views

टोकियो ।
गैरआवासीय नेपाली संघ एनआरएनए जापानले आफ्ना भावी कार्यक्रम तथा योजनाहरु सार्वजनिक गरेको छ ।

राजधानी टोकियोमा एक कार्यक्रमका बिच एनआरएनए जापानले सदस्यता वितरण, महाधिवेशन तथा नेपाल फेस्टिवल लगायतका विषयमा निर्णय सार्वजनिक गरेको हो ।

नेतृत्व चयनका बेलामा सँधै जसो आरोप लाग्दै आएको निकटका व्यक्ति र सिमित संख्यामा मात्र सदस्यता वितरणको विषयलाई सम्वोधन गर्दै एनआरएन जापानले नयाँ सदस्यता र पुराना पंजिकृत सदस्यहरुले अनलाइन मार्फत नविकरण गर्न सक्ने बताएको छ ।

एनआरएन जापानको एप्सले झोलामा सदस्यता फारम लिएर हिडने दिनको समाप्ति गरिने दाबी गरेको छ ।

एनआरएनए जापानका अध्यक्ष सुदन थापाले विगतमा भएका सदस्या वितरणको अपारदर्शीतालाई अन्त्य गर्ने भन्दै आईतवार राती १२ बजेबाट आईफोन प्रयोगकर्ताहरुले एनआरएनए जापान नामक मोवाईल एप्सबाट यस्तो सुविधा लिन सक्ने थापाले बताएका छन् ।

एनआरएनए जापानले संस्थाबारे विभिन्न निर्णय गर्दै सेप्टेम्वर दुई तरिख सम्ममा केन्द्रीय निर्वाचन सम्पन्न गरिसकिने बताएको छ । जस अनुसार आगामी अगष्ट १३ तारिकका दिन केन्द्रीय अधिवेशन हुने भएको छ ।

एनआरएनए जापानको भावी योजना र कार्यतालिका सार्वजनिक गर्दै अध्यक्ष थापाले मार्च १२ तारिकबाटै नयाँ सदस्यता आवेदन खुल्ला भएको बताए ।
एनआरएन जापानको सदस्यता लिन चाहने नेपालीहरुले मे ३० तारिख सम्ममा आवेदन दिनसक्नेछन् ।

जुन ५ तारिकका दिन पहिलो नामावली सार्वजानिक गर्ने योजना सहित ९ तारिखसम्ममा प्रकाशित नामावलीमाथी दावी बिरोध र १० जुनमा अन्तिम नामावली प्रकाशित गरिने अध्यक्ष थापाले बताए ।

यसैगरि १५ जुलाईसम्म १३ क्षेत्रिय समिति अधिवेशनसम्पन्न गरिने योजना सहित १२ क्षेत्रिय समितिमा सेन्दाई क्षेत्रलाई तोहोकु क्षेत्रिय समिति गठन गरि १३ क्षेत्रिय समिति पुरयाईने भएको छ ।

यस्तै २४ अगष्टमा तीज कार्यक्रमको आयोजना गर्ने भएको एनआरएन जापानले २६ र २७ अगष्टमा युएनो पार्कमा नेपाल फेष्टिवल आयोजना गर्ने भएको छ ।

गत वर्ष योयोगी पार्कमा आयोजना गरिएको नेपाल फेष्टिवल प्राविधिक कारणले यसपटक युएनो पार्कमा आयोजना गर्न लागिएको बताइएको छ ।

समारोहमा एनआरएनए आईसिसि सदस्य ओम गुरुङ, पूर्व पर्यटन मन्त्री तथा नेकपा एमाले केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङ सहित विभिन्न संघसंस्थाका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web