केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याउँदै नेपाल (लाईभ हेर्नुहोस्)

फाल्गुन ३०, २०७३ मा प्रकाशित | 823 views

काठमाडौं ।
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप 'डब्लूसिएल' अन्तर्गत दोस्रो खेलमा अहिले नेपाल केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याइरहेको छ ।

शनिबार भएको पहिलो खेल डकवर्थ लेविस 'डिएल' का आधारमा केन्यासँग ५ विकेटले पराजित भएको नेपालले अघिल्लो चरणमा जान शीर्ष चारको सम्भावनाको लागि आजको खेल जित्नै पर्ने सम्भावना रहेको छ ।

शनिबारको खेल हारेर २ अंक गुमाएपछि प्रतियोगिताको शीर्ष चारमा रहने सम्भावना गणितीय रुपमा मात्र कायम रहेको भएपनि नेपाल सोमबार जित्नैपर्ने मानसिकताका साथ मैदान उत्रिएको छ ।

नेपालले च्याम्पियनसिपअन्तर्गत १४ मध्ये ७ खेल हारिसकेको छ र अंक तालिकामा ३ खेल मात्र जितेर ६ अंकका साथ छैटौं स्थानमा छ ।

च्याम्पियनसिपमा समावेश ८ देशमध्ये माथिल्लो ४ स्थान ओगट्ने टोलीले आउँदो वर्ष बंगलादेशमा आयोजना हुने विश्वकप छनोटको अन्तिम चरणमा भाग लिन पाउने नियम छ। यसै कारण विश्वकपको अभियानलाई सार्थक तुल्याउन नेपाललाई आज जसरी पनि केन्यालाई हराउनु पर्ने बाध्यता छ ।

केन्या ९ मध्ये ५ खेल जितेर १० अंकका साथ पाँचौ स्थानमा छ। आज नेपाललाई पराजित गरेको खण्डमा केन्या १२ अंकका साथ राम्रो रनरेटको आधारमा एकै पल्ट दोस्रो स्थानमा उक्लिने सम्भावना बलियो छ ।

हाल अंक तालिकामा १० खेलमा ७ जित सम्भव पारेको नेदरल्यान्ड्स १६ अंकका साथ शीर्षस्थानमा छ।

यस्तै, पपुवा न्युगिनी ८ खेलमा १२ अंक बटुलेर दोस्रो स्थानमा छ। हङकङ १० खेलमा ११ अंक बटुलेर राम्रो रनरेटका कारण तेस्रो र स्कटल्यान्ड ८ खेलमा ११ अंक बटुलेर चौथो स्थानमा छ।  त्यसको लागि नेपालले सोमबार हुने खेल जित्नैपर्ने हुन्छ । त्यसपछि नेपालले छैटौं चरणमा हङकङ र सातौं चरणमा युएईलाई हराउनु जरुरी छ । तर, नेपालले हङकङसँग उसैको मैदानमा र युएईसँग तटस्थ भुमिकामा खेल्ने हुँदा नेपाललाई कठिन भने देखिएको छ ।

त्यतिमात्र हैन, नेपालको शीर्ष चारका लागि अन्य टोलीको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्छ । पाँचौ चरण पहिलो खेल सकिँदा नेपाल ६ अंकसहित तालिकाको छैटौं स्थानमा छ । केन्या १० अंक जोडेर लिगको पाचौँ स्थानमा छ । यदी नेपालले आफ्नो बाँकी ५ खेल जिते र  केन्याले कम्तिमा ३ खेल हारेमा नेपालको शीर्ष चार सम्भावना कायम रहन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web