नेपालले केन्यालाई ७ विकेटले हरायो,विश्वकप छनोट खेल्ने आशा जिवितै

फाल्गुन ३०, २०७३ मा प्रकाशित | 1249 views

काठमाडौं,फागुन ३० । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत सोमबार केन्यासँगको खेलमा नेपाल ७ विकेटले विजयी भएको छ ।  केन्याले दिएको १५६ रनको सामान्य लक्ष्य नेपालले ३० ओभर २ बलमा २ विकेट गुमाएर पुरा गरेको हो । नेपालको जितका कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिहं एरीले अर्धसतकीय पारी खेले  । दिपेन्द्र सिहं एरी ६२ रनमा क्याच आउट भए  । त्यस्तै ज्ञानेन्द्र मल्लले अविजित ६४ तथा शरद भेषवाकर पनि अविजित २४ रन जोडे ।  तेस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले १११ रनको साझेदारी गरे । दिपेन्द्र सिंह ऐरी ६५ रन बनाएर आउट भए । १ सय १८ बल बाँकी छँदै नेपाल विजयी भयो ।

ज्ञानेन्द्र मल्लले ९३ बलमा ६४ रन र शरद भेषावकरले ११ बलमा २४ रन बनाए । सुनिल धमला एक र सागर पुन ५ बनाउँदा आउट भए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६ ओभर १ बलमा अलआउट हुदै १५५ रन जोडेको थियो । नेपालका शरद भेषावकरले चार तथा मेहबुब आलम र बसन्त रेग्मीले दुई दुई विकेट लिए । यस्तै सागर पुन र सन्दिप लामिछानेले एक एक विकेट लिएका थिए । केन्याका लागि कोलिन्स ओबुयाले ४८, इरफान कारिमले ३८ तथा रकिप पटेलले २१ रन बनाए ।

शनिबार ५ विकेटले पराजित हुँदै २ अंक गुमाएको नेपालले सोमबार केन्यालाई ७ विकेटले हराएको हो । केन्यासँग भएको शनिबारको खेल हारेपछि नेपाल प्रतियोगिताको शीर्ष ४ मा रहने गणितीय सम्भावना मात्र बाँकी छ ।

शिर्ष चारमा पर्न सके सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे विश्वकप छनौटमा छनौट हुने मौका पाउनेछ । अब नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ । नेपालले १० खेलमा ४ जित निकाल्दै ८ अंक छ । केन्याको १० खेलमा ५ जित निकाल्दै १० अंक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web