बाबुराम भन्छन्-‘एनसेल प्रकरणमा सरकारले राष्ट्रघात गर्‍यो’

फाल्गुन २९, २०७३ मा प्रकाशित | 942 views

काठमाडौं ।
नेपाली भूमि मिचेर नेपाली नागरिकको कञ्चनपुरमा हत्या गर्दा मौन बसेका नयाँ शक्ति नेपालका प्रमूख बाबुराम भट्टराईले ऐनसेललाई अर्बौं रुपैयाँ कर छुट दिने सरकारी निर्णयलाइए राष्ट्रघातको संज्ञा दिएका छन् ।

सरकारले एनसेलको बिक्रीमा लाग्ने पुँजीगत लाभकर नउठाउने निर्णय राष्ट्रघात भएको नयाँ शक्तिले बताएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्तिका संयोजक भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन् ।

‘एउटा कर अधिकृतले गर्नु पर्ने निर्णयअधिकार खोसेर मन्त्रिपरिषदमा ठाडो प्रस्ताव लगी निर्णय गराउनु जिर्लज्जताको पराकाष्ठा हो,’ उनले भनेका छन्, ‘एउटा गरीब किसानले आफ्नो मेहनत र पसिनाबाट जोडेको कुनै घर खेल समेत बिक्री गर्दा पूँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था छ । तर, सोही प्रकृतिको सम्पत्ति एनसेल बेचबिखन हुँदा सिंगो राज्य संयन्त्र कर छलीमै सघाउ पुर्‍याउने गरी लाग्नु भ्रष्टाचार मात्र होइन, यो राष्ट्रघात हो । अर्बौं नाफा गर्ने कम्पनीलाई कर उन्मुक्ति दिने प्रपञ्च नीतिगत अपराध हो ।’

एनसेललाई लाभकर असुल गर्नबाट उन्मुक्ति दिँदा ३३ अर्ब राज्यले गुमाएको भन्दै नयाँ शक्तिले भनेको छ, ‘यो सानो र चुप लागेर बस्ने विषय होइन । एउटा विदेशी लगानी भएको कम्पनीलाई मिलेमतोमा भ्रष्टाचार गर्न सघाउ पुग्ने गरी राजश्व संकलनमा उन्मुक्ति दिने सरकारी निर्णय टुलुटुलु हेरेर बस्न सकिँदैन ।’

कांग्रेस र माओवादीबीच उच्चस्तरमा सहमति भएको भन्दै उसले जबरजस्त निर्णय गर्नु अपराध भएको बताएको छ ।

यस्तो छ नयाँ शक्तिले जारी गरेको विज्ञप्ती

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web