कञ्चनपुर प्रकरणमा भारतले माफी माग्नुपर्छ : ओली

फाल्गुन २८, २०७३ मा प्रकाशित | 968 views

<p>कञ्चनपुर, २८ फागुन, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर घटनामा भारतले माफ माग्नु पर्ने बताएका छन् । मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत नारायणगढमा आयोजित सभामा उनले स्थानीय तवरमा वार्ता नगरी केन्द्रीय तवरमा वार्ता गरेर मृतक परिवारलाई क्षतिपूर्ति भराउनुपर्ने बताए । भने, ‘अब यस्तो हुदैन भनेर भारतलाई माफी मगाउनुपर्छ । भारतको बलियो छु भन्ने घमण्ड हो । अर्काको सीमानामा पस्न पाइादैन । अन्तर्रा्ष्टि्रय कानुन भारतले पनि मान्नुपर्छ ।’ खाली हात आफ्नो सीमाना रक्षा गर्दा गोविन्द गौतम देशको पछिल्लो सहिद भएको भन्दै उनले सच्चा नेपाली देशको रक्षार्थ ज्यानको बलिदानी दिन तयार रहेको बताए । सप्तरी घटनाका सन्दर्भमा कडा टिप्पणी गर्दै उनले सरकारले हिंसालाई प्रश्रय दिने काम गरेको बताए । आपराधिक तत्वहरुलाई सरकारले हिंसा नगर भन्न नसकेको बताए । ‘हामी हिंसामा जाादैनौं, तर शान्तिपूर्ण कार्यक्रम रोक्न खोज्यो भने त्यसको परिणाम चर्को हुन्छ’, उनले भने । थपे, ‘सबैले बुझे हुन्छ, एमाले आफ्नो अभियानमा दृढ छ । एमाले मर्न परे मरौंला तर यो देश बनाएर छाड्छौ, भनेर हिाडिरहेका छौं’ देशलाई कसैको उपनिवेश हुन एमालेले नदिने भन्दै उनले हाम्रा सन्तानलाई पराधीन देश होइन, स्वाधीन र समृद्धि देश जिम्मा लगाउने बताए । वरिष्ठ नेता माधवकुमार नेपालले सप्तरीमा पार्टीको नेतृत्व पङ्क्ति एउटै चिहानमा समाप्त पार्ने कोसिस भएको भन्दै एमालेकै संयमताका कारणले थप दुर्घटना नभएको बताए। एमालेको उद्देश्य विध्वंसकारी नभएर मधेसमा फैलाइएको भ्रम चिर्ने मात्रै भएको बताए। सप्तरी घटना देश टुक्राउन चाहनेहरुले गरेको उनले बताए । उक्त घटनाको छानबिन हुनुपर्ने उनले माँग गरे । मधेसी, जनजाति, थारु, मुस्लिम, महिला, दलित, हिमाली, पहाडी तराई सबैलाई एमाले विरोधी रहेको भ्रम फैलाइएको भन्दै उनले त्यसैलाई चिर्नका लागि मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गरिएको बताए ।</p><div><br></div>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web