रोमन म्यागासेसे पुरस्कारमा कुलमानको नाम प्रस्ताव

फाल्गुन २७, २०७३ मा प्रकाशित | 783 views

काठमाडौं,फागुन २७ ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाम रोमन म्यागासेसे पुरस्कारका लागि प्रस्ताव गरिएको छ।राजधानीमा बिहीबार आयोजित कार्यक्रममा विद्युत् व्यवस्थापनमा अतुलनीय काम गरेको भन्दै घिसिङलाई उक्त पुरस्कारका लागि प्रस्ताव गरिएको हो। विद्युत् भार कटौतीको चरम मार खेपिरहेका बेला नियुक्ति भई छोटो अवधिमै देशलाई उक्त समस्याबाट बाहिर निकाल्ने साहसिक काम गरेको भन्दै घिसिङलाई उक्त पुरस्कार प्रदान गर्न आग्रह गरिएको हो।

उक्त आग्रहपत्र इनर्जी डेभ्लपमेन्ट काउन्सिलका अध्यक्ष सुजित आचार्यले फिलिपिन्सकी समाजसेवी राजकुमारी मारिया आमोर तोरेसलाई बिहीबार काठमाडौंमा हस्तान्तरण गरे। ‘तपाईंको देशले विश्वभरका उत्कृष्ट काम गर्ने व्यक्तिहरुलाई विभिन्न विधामा हरेक वर्ष रोमन म्यागासेसे पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ’ पत्र हस्तान्तरणका क्रममा आचायले भने अतुलनीय काम गरेका घिसिङलाई पनि उक्त पुरस्कारबाट सम्मानित गर्न गरिएको यो प्रस्तावपत्र सम्बन्धित ठाउँमा पुर्याइदिन अनुरोध गर्दछौं।’

रोमन म्यागासेसे पुरस्कार दक्षिण एसियाको नोबेल पुरस्कारका रुपमा चिनिन्छ। विभिन्न ६ विधामा दिइने यो पुरस्कार अहिलेसम्म ५ जना नेपालीहरुले प्राप्त गरिसकेका छन्। आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web