पोलियो खोप नखुवाएर आन्दोलन गर्ने १८ स्वास्थ्यकर्मी निलम्बीत (विवरण सहित)

फाल्गुन २२, २०७३ मा प्रकाशित | 1196 views

काठमाडौं ।
नेपाल सरकारले सञ्चालन गरेको पोलियो खोप कार्यक्रमलाई अवरोध गर्ने आन्दोलनकारी मध्ये १८ जनालाई स्वास्थ्य मन्त्रालयले निलम्बन गरेको छ ।

मन्त्रालयले यसअघि गरेकै निर्णय अनुसार ९'ख' वाला आन्दोलनमा लागेर पोलियो कार्यक्रमलाई अवरुद्ध गर्नेहरुलाई निलम्बन गरेको हो ।

यस्तो छ स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्ती
नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको
निलम्बन गरी स्पष्टीकरण पेश गर्ने बारे
जिल्ला जन/स्वास्थ्य कार्यालयहरुमा तालाबन्दी गर्ने, अति संवेदनशील र अत्यावश्यक स्वास्थ्य सेवालाई अवरोध गरी पदीय जिम्मेवारी अनुरुपको काम नगर्ने, मिति २०७३ फागुन २१ र २२ गते स्वास्थ्य मन्त्रालयबाट संचालित राष्ट्रिय पोलियो कार्यक्रमलाई असहयोग गर्ने तथा सामाजिक संजालहरु मार्फत उत्तेजनात्मक र अराजक अभिव्यक्ति संप्रेषण गर्ने र उश्रृङ्खल कार्य गर्न प्रोत्साहन गर्ने तपसीलका कर्मचारीहरुलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७८(३) बमोजिम र निजामती कर्मचारीको हकमा निजामती सेवा ऐन, २०४९ को दफा ६४ (३) बमोजिम निलम्बन गरिएको र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ (१) अनुसारको र निजामती कर्मचारीको हकमा निजामती सेवा ऐन, २०४९ को दफा ६१(१) बमोजिम विभागीय सजाय गर्नु नपर्ने कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ३ (तीन) दिन भित्र स्पष्टीकरण पेश गर्नु हुन सम्बन्धित कर्मचारीहरुलाई नेपाल सरकार (सचिवस्तर) मिति २०७३।११।२२ को निर्णयानुसार यो सूचना प्रकाशित गरिएको छ ।
क्र.सं.
नाम, थर
पद
कार्यरत कार्यालय
१.
राजकुमार थापा
को.चे.अ.पाँचौ
जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुर
२.
सुरेन्द्रराज जोशी
सि.अ.हे.ब.छैटौ
बलरामपुर स्वास्थ्य चौकी, कपिलवस्तु
३.
विष्णुबहादुर क्षेत्री
सि.अ.हे.ब.छैटौ
मानपुर स्वास्थ्य चौकी, कपिलवस्तु
४.
विरेन्द्र कुमार मिश्र
सि.अ.हे.ब.छैटौ
बेदौली स्वास्थ्य चौकी कपिलवस्तु
५.
पृथ्वीचन्द्र भगत
सि.अ.हे.ब.छैटौ
महेन्द्रनगर स्वास्थ्य चौकी, सुनसरी
६.
महेश पोखरेल
सि.अ.हे.ब.छैटौ
मधेशा स्वास्थ्य चौकी, सुनसरी
७.
अनिल कुमार पाण्डेय
सि.अ.हे.ब.छैटौ
सिर्सिया स्वास्थ्य चौकी, पर्सा
८.
राजेशप्रसाद रौनियार
सि.अ.हे.ब.छैटौ
सखुवा प्रसौनी स्वास्थ्य चौकी, पर्सा
९.
शेषराज दाहाल
सि.अ.हे.ब.छैटौ
सिपाडोल स्वास्थ्य चौकी, भक्तपुर
१०.
देवनारायण साहु
सि.अ.हे.ब.छैटौ
बसन्तपुर स्वास्थ्य चौकी, सुनसरी
११.
छेदीप्रसाद यादव
तथ्यांक अधिकृत
जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी
१२.
नागेन्द्रप्रसाद चौधरी
निमित्त प्रमुख
जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी
१३.
टोपबहादुर थापा
सि.अ.हे.ब.
धर्मस्थली स्वास्थ्य चौकी, काठमाण्डौ
१४.
बासुदेब पोखरेल
सि.अ.हे.ब.
देबस्थल स्वास्थ्य चौकी, सल्यान
१५
रमेश कार्की
सि.अ.हे.ब.छैटौ
बैजनाथ स्वास्थ्य चौकी, मोरङ्ग
१६
डा. दयाशंकर लाल कर्ण
प्रमुख
जिल्ला स्वास्थ्य कार्यालय, सिरहा
१७
सचितानन्द देब
निमित्त प्रमुख
जिल्ला स्वास्थ्य कार्यालय, धनुषा
१८
संजयकुमार काफ्ले
सि.अ.हे.ब.छैटौ
स्वास्थ्य चौकी, सिद्राहा, मोरङ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web