Aged 7, Jawalakhel (E) (Name changed) residing in Sarlahi district of Madhuwan Goth V.D.C, Ward no.3 had been sexually assualted for a long period of time by Kailash Choudhary, aged 65 of Lalitpur district, Lalitpur sub-metropoiltan, Ward no.4.

He had been able to do so by giving the child money and foods in his own room. The last time the culprit attempted his sexual act was on Poush 9, 2073 at 2:00 pm in his own room where he made the child perform different acts which include handjob, oral sex and secretion in the child's mouth.

CWIN Helpline was made aware of this case via their toll free number i.e 1098. Besides this, with the help of Child Helpline, the victim's father filed a pedophilia case in Metropolitan Police Division, Lalitpur.

Further investgation was made by the police and medical treatment was provided to the child by CWIN helpline in MoDel Hospital. With the help of CeLLRD Nepal, the case was formally registered in the District Court on Magh 10.

Choudhary, 65 carried out many indecent sexual acts on the child on many different occassions, due to which the child was found vomiting. Choudhary was physically and sexually attracted to children rather than women.

On Chaitra 2, 2073, the judge Shree Bal Mukunda Dawadi of Lalitpur District Court declared ten and a half years imprisonment along with 50 thousand fine to the perpretrator Choudhary.

The notion that only women are the targets and get sexually violated has been changed to men being the victims of sexual abuse as well. The delusion that pedophilia cases only occur in foreign countires, has been proved wrong by this case and has shed light on such cases occuring in our very own country as well.

पप्पु गुरुङ्, ६ चैत्र, महाकाली । एक समहको हतौडा र रडको प्रहारबाट एक सशस्त्र प्रहरी जवान गम्भिर घाईते भएका छन् । महाकाली नगरपालिका स्थित रहेको सशस्त्र प्रहरी सिमा सुुरक्षा बल बोडर आउट पोष्ट महाकालीमा कार्यरत सशस्त्र प्रहरी जवान बल बहादुर खड्कालाई आज अबेर साँझ सशस्त्र प्रहरी ुिसमा सुरक्षा बल बोडर आउट पोष्टबाट ड्युटी सकेर घर फर्केर महाकाली नगरपालिका वडा नंं. ९ स्थित आमभोज बजारको कृष्ण ग्यारेजमा मोटर साईकल बबनाउने क्रममा उनलाई महाकाली नगरपालिका वडा नं. १० मा बस्ने बिनोद पुरी, संदिप बस्नेत, बिरेन्द्र बहादुर बस्नेतका समुहले कुटपिट गरेका हुन् । उनिहरु मध्ये संदिप बस्नेत कुटपिटका नाईके रहेको सशस्त्रले बताएको छ् । संदिप बस्नेत र बिर बहादुर बस्नेत एक आपसमा भाईहरु हुन् । उनि माथी हतौटा र रडले प्रहार गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट महाकालीले जनाएको छ् । उनको टाउकोमा गम्भिर चोट आएको छ भने खुट्टा तथा पेटमा समेत गम्भिर चोट आएको परिवारजनले जानकारी दिएका छन् । आफ्नो मोटरसाईकल बनाउदै गरेको क्रममा एक्कासी आएका समुहले उनि माथी संघातिक आक्रमण गरेका हुन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट महाकालीका प्रहरी निरिक्षक फणेन्द्र शाही अनुसार जवान ड्युटी सकेर घर फर्केर महाकाली नगरपालिका वडा नंं. ९ मा उनि माथी संघातिक आक्रमण भएको जनाएका छन् । “नाईट आउटबाट घर फर्केर महाकाली नगरपालिका वडा नंं. ९ मा उनि माथी संघातिक आक्रमण भएको हो” सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट महाकालीका प्रहरी निरिक्षक फणेन्द्र शाहीले भने । उनि तिनै जनाको सशस्त्र प्रहरी र नेपाल प्रहरीको सयुक्त टोलीले खोजी जारी राखेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टका प्रहरी निरिक्षक शाहीले बताएका छन् । “उनिहरु माथी कार्वाही हुन्छ्” सशस्त्र प्रहरी निरिक्षक शाहीले भने । उनिहरु बिगतका दिनहरुमा पनि कटपिटमा मुछिएका ब्यक्तीहरु भएको प्रहरीले जनाएको छ् । गम्भिर घाईत सशस्त्र प्रहरी जवान खड्कालाई उपचारको लागी सिमावर्ती भारतिय बजार खटिमाको एक निजी अस्पतालमा लगिएको सशस्त्रले जनाएको छ् । घाईते सशस्त्र प्रहरी जवान खड्काको स्थायी घर महाकाली नगरपालिका वडा नं. ९, शान्ती चोक हो । सिमा सुरक्षा कार्यालय मझगाउका एसपी ईन्द्र राज कार्की अनुसार घाईते खड्कालाई उपचारको लागी भारतको खटिमा पठाईएको बताएका छन् । “कुटपिट गर्ने समुहको खोजी कार्य जारी छ्” सिमा सुरक्षा कार्यालय मझगाउका एसपी ईन्द्र राज कार्कीले भने ।

एजेन्सी ।
उत्तर कोरियाले स्याटलाईट प्रक्षेपण र लामो दुरीसम्म मिसाइल आक्रमण गर्नसक्ने उच्च क्षमताको नयाँ इञ्जिन बनाएको घोषणा गरेको छ ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले नेता किम जङ् उनलाई उदृत गर्दै यो इञ्जिनको विकाससंगै उत्तर कोरियाले विश्वस्तरको भूउपग्रह प्रक्षेपणको क्षमता हासिल गरेको बताएको छ ।

गत महिना मात्र चारवटा लामो दुरीको आणविक क्षमताको रकेट परिक्षण गरेको उत्तर कोरियाले यो सफलतालाई मुलुकको रकेट क्षेत्रको नयाँ जन्म भएको बताएको छ ।

अमेरिकासम्म मार हान्न सक्ने क्षमताको क्षेप्यास्त्र निर्माणमा जुटिरहेको बताइएको उत्तर कोरियाले गत महिनामात्र गरेको चारवटा रकेट परिक्षण मध्ये तीनवटा जापानको ओकिनावामा रहेको अमेरिकी सैन्य अड्डा लक्षित रहेको थियो भने उक्त परिक्षण रकेट जापानी समुन्द्र क्षेत्र नजिकै खसेको थियो ।

उत्तर कोरियाले दाबी गरे अनुसारको नयाँ इञ्जिन निर्माणमा सफलता मिलेको भएमा यसले लामो दूरीको आणविक क्षेप्यास्त्र विकास गर्ने उसलाई सहयोग पुग्ने भन्दै जापानी सञ्चारमाध्यमहरुले यसबाट विश्वशान्तिमा खतरा बढ्ने उल्लेख गरेका छन् ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन आफ्नो पहिलो चीन भ्रमणका बेलामा हाल बेइजिङ्मा चिनियाँ नेताहरुसँग भेटवार्ता गरिरहेको बेलामा यो खवर बाहिर आएको हो ।
यसअघि टिलरसनले उत्तर कोरियाविरुद्धको सैनिक कारबाही एउटा विकल्पको रुपमा आफूहरुले सोचिरहेको चेतावनी दिंदै यो सँधै खुल्ला रहेको बताएका थिए ।
अमेरिकी भनाई लगत्तै चिनियाँ समकक्षी वाङ् यीले उत्तर कोरियाली आणविक कार्यक्रमलाई ठन्डा दिमागले सोच्न सुझाव दिएका थिए ।

तर आजै मात्र भएका यि दुई समकक्षीबिचको भेटमा उत्तर कोरियालाई आणविक कार्यक्रमलाई फरकबाटोबाट हिँडाउनेगरि काम गर्न दुवै नेताले सहमती जनाएको खवरहरु बाहिर आएका छन् ।

उत्तर कोरियाले हालसम्म पाँच पटक आणविक बमको परिक्षण गरिसकेको छ भने कयौं मिसाइलहरुको परिक्षण गरिसकेको छ ।

अन्तर महाद्धिपीय व्यालेस्टिक क्षेप्यास्त्र निर्माणको सफलता नजिक
रहेको बताएको उत्तर कोरियाको पछिल्लो उच्च क्षमताको इञ्जिन बिकास उत्तर
कोरियाली सेनाको ८५ औं स्थापना दिवसका अवसरमा भएको बताइएको छ ।

यता जापानी प्रधानमन्त्री सिन्जो आवेले उत्तर कोरियाले प्राप्त गरेको भनिएको सफलता नयाँ स्तरको चुनौति भएको प्रतिक्रिया दिएका छन् ।

८०
टन क्षमता सम्मको भार बोक्न सक्ने यो नयाँ इञ्जिनको बिकासपछि उत्तर
कोरियाले यसलाई अबका दिनमा भुपउग्रहमा सञ्चार क्षमता विस्तार गर्न यसलाई
प्रयोग गर्छ वा सैन्य क्षमता देखाउन थप क्षेप्यास्त्र परिक्षणमा यो पर्खाइ र
डरको विषय बन्न पुगेको जापानी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

टोकियो ।
नेपाली जनसम्पर्क समिति जापानले यही मार्च २० तारिखमा अन्र्तक्रिया कार्यक्रम गर्ने भएको छ ।

नेपाली काँग्रेस प्रवास भातृसंस्था जनसम्पर्क समितिले पार्टी पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सम्झनामा स्मृति सभा सहित अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।

सातौं स्मृति दिवसको अवसर पारेर सिनओकुबोस्थित नेपाली मुरा हलमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराएको छ ।

कार्यक्रम दिउँसो दुई बजे सुरु हुने भन्दै आयोजकले जनसम्पर्क समिति आवद्ध सबैमा अनुरोध सहित शुभेच्छुक र शुभचिन्तकहरुलाई उपस्थितिको लागि आग्रह समेत गरेको छ ।

पप्पुु गुरुङ्, ६ चैत्र, महाकाली । स्थानिय निर्वाचन नजिकिदै जादा युवाहरु बढी उत्साहित देखिएका छन् । सरकारले करिब दुई दशक पछि बैशाखको महिनामा स्थानीय निर्वाचनको मिती घोषणा गरेपछि स्थानिय युवाहरु उत्साहित हुन थालेका हन् । सरकारले बिभिन्न बिरोध र असन्तुष्टिका बीच निर्वाचन घोषणा गरिरहदा बिभिन्न आंकलन वाजी भइरहेका छन् । यद्यपी युवाहरु भने निक्कै उत्साहित भएका छन् । दुई दशक पछि आउन थालेको स्थानिय निर्वाचनमा महाकाली नगरपालिका स्थानिय निर्वाचनको बेग्लै लहर छाएको छ् । स्थानिय नेताहरु दिन दिनै टोल बस्तीमा गएर संगठन बिस्तारमा लागेका छन् । संगठन बिस्तार, स्थानिय निर्वाचनको प्रचार प्रसारमा युवा जमातको उपस्थिती बाक्लो देखिन थालेको छ् । नेकपा माओबादी केन्द्रका एक स्थानिय कार्यकर्ता चन्दन थापा मगर अनुसार बिगतका दिनहरुमा भन्दा यस पटकको स्थानिय निर्वाचनमा युवाहरु बढी जोशिएका बताउछन् । युवाहरुले बिभिन्न राजनितिक दलमा सम्मलित भएर स्थानिय निर्वाचन तथा संगठन बिस्तारमा टोल बस्तीमा पसेका थापा मगरको भनाई रहेको छ् । केही युवाहरुले उम्मेदवारीको प्रखर दाबीदारी राख्दै आएका छन् । २०५४ सालपछि पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेको हो । त्यसैमा नगरपलिका घोषणा भएपछि पहिलो पटक मेयरको उम्मेदवारीमा युवाहरुलाई जिताउने लहर पनि बढेर आएको छ् । यस अघि स्थानीय निर्वाचन गाविसको रुपमा हुने गरेको थियो । तर यस पटक परिस्थिती फेरिएको छ । समाज बिकासमा युवाहरु पार्टी भन्दा माथी उठेर नगर बिकासका नारा लिएर आफ–आफ्नो पार्टी पंक्तीलाई साथमा लिएर टोल बस्ती छिर्न थालेका छन् । संघियता तथा स्थानीय निकायको पुनर्संरचनाले स्थानिय तहलाई स्थानिय सरकारको रुपमा व्यवस्था गरेको छ । यसले गर्दा पनि नागरिकहरु आफ्नै प्रतिनिधी भएका स्थानीय सरकार गठनका लागि युवाहरु आतुर देखिएका छन् । तीन चरणको निर्वाचन भई सक्नु पर्ने बेलामा पनि बल्ल पहिलो पटक निर्वाचनको उदघोष भएको छ् । यस निर्वाचनमा राजनीतिककर्मी मात्र नभई पहिलो पटक स्थानीय निर्वाचनको मत हाल्न बैशाख ३१ गते पर्खि रहेका युवाहरु बढि उत्साहित देखिएका नेपाली काग्रेंस महाधिवेशन प्रतिनिधी सदस्य तथा महाकाली नगरपािलकाका आकांक्षी मेयर बेल बहादुर रानाले बताएका छन् । “युवाहरुको लागी पर्व आएको जस्तो आभास भएको छ्” नेपाली काग्रेंस महाधिवेशन प्रतिनिधी तथा महाकाली नगरपािलकाका आकांक्षी मेयर रानाले बताएका छन् । जनप्रतिनिधीको कार्य काल सकिए पछि जनप्रतिनिधीले गर्नु पर्ने काम कर्मचारीको थाप्लोमा पर्यो । त्यसमा पनि आफैले चुनेका प्रतिनिधीको जस्तो व्यवहार कर्मचारीबाट नभएको सर्वसाधारणको बुझाइ एकातिर भईरहदा चुनाबी मिति तय भए संगै कर्मचारीलाई पनि कार्य प्रणालीमा सुधार भई सहज वातावरण हुनेमा विश्वास बढेको छ । त्यसो त पूर्व जनप्रतिनिधीहरु पनि निर्वाचनको मिति घोषणाले दंग छन् । विकास निर्माण देखि नागरिकका हरेक काम सहज ढंगबाट हुन नसकेको र जनस्तरमा लोकतान्त्रिक अभ्यास हुन नपाएको अवस्थामा हुन लागेको स्थानिय निर्वाचनले संविधान कार्यान्वयन संगै सुशासन समेत बलियो पार्ने अपेक्षा गरिएका अर्का महाकाली नगरपालिकाका आकांक्षी मेयर तथा नेकपा एमालेका नगर अध्यक्ष किशोर कुमार लिम्बु बताउछन् । यस पटकको स्थानिय निर्वाचनमा युवाहरु बढी स्वतस्फर्तूरुपमा परिचालन भएको लिम्ब पनि स्विकार्छन् । “हाम्रो पार्टीमा युवाहरु बढी उत्साहित भएर संगठन बिस्तार तथा स्थानिय निर्वाचनमा परिचालित भएका छन्” लिम्बु बताउछन् । दोस्रो संविधानसभा निर्वाचनका बेला मतदाताको संख्या १ करोड २१ लाख मात्रै थियो । यो पटकको चुनावका लागि करिब १९ लाख मतदाता थपिएका छन् । महाकाली नगरपालिकाको स्थानि निर्वाचनको उम्मेदारवारमा भने ‘युवा भर्सेज पाका’ दुवै पुस्ताको उपस्थिति हुने आंकलन गर्न सकिन्छ् ।

एजेन्सी ।
चीन सरकारल शुक्रकीट दान गर्ने युवाहरुलाई १ हजार अमेरिकी डलर वा एउटा गोल्ड आइफोन दिने घोषणा गरेको छ ।

तर यसको लागि भने २० देखि ४५ बर्षका युवा हुनुपर्ने बताएको छ । कृपया आफ्नो देशका लागि शुक्रकीट दान गर्नुहोस । चीन सरकारले भनेको छ ।

सरकारको आग्रहबाट मात्रै थोरै शुक्रकिट जम्मा भएपछि सरकारले सााजिक सञ्जालमा गेमहरु राख्दै अन्त्यमा एक हजार अमेरिकी डलर वा एक गोल्ड आइफोन पाउने विज्ञापन राख्न थालेको छ ।

पछिल्लो समय चीनियाँ जनसंख्या निरन्तर घट्न थालेपछि सरकारले समयमै जनसंख्या बृद्धिको लागि नयाँ उपाय अपनाएको बताइन्छ ।

पछिल्लो समय चीन बुढो हुँदै गएको बताइरहँदा चिनियाँहरु अनेक मानसिक तनावले बच्चा जन्माउन अनिच्छुक देखिन थालेको बताइन्छ ।

कन्फ्युसियस धर्म बढी मान्ने चीनमा अपरिचितको शुक्रकीटबाट गर्भ राख्नु वा अपरिचितलाई गर्भ धारण गर्न दिनुलाई गलत मानिन्छ ।
यसैकारण पनि सरकारको यो आग्रह कम प्रभावकारि देखिएको बताइएको छ ।

उच्च जनशक्ति माग बढिरहँदा जनसंख्या कमी हुँदै जाँदा चीनले जनसंख्या बृद्धिलाई खुकुलो पार्दै एकसन्तान नीति त्यागिसकेको छ भने बढी सन्तान जन्माउन प्रेरित गर्ने कार्यक्रमहरु ल्याउन थालेको छ ।

काठमाडौं ।
पूर्व विशिष्टका नाममा राज्यढुकुटीमा लुट मच्चाउँदै महिनाको लाखौं रुपैयाँ पाउनेगरि विधेयक पास गराउन खोजेको सरकार यसबाट पछि हटेको छ ।

‘फास्ट ट्रयाकको नाममा चोरबाटोबाट विधेयक पास गराउन खोजेको पुष्पकमल दाहाल सरकार सर्वत्र आलोचनापछि पछिहटेको हो ।

दाहाल सरकारले राज्यका पूर्वअति विशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयक अब दफावार छलफल गराउनका लागि समितिमा पठाउने कार्यसूचि आइतबारको संसद बैठकमा पेश गरेको छ ।

दाहाल सरकारले संसदमा रहेका सबै दलहरुको मिलेमतोमा राज्यढुकुटीमा लुट मच्चाउँदै बिना मापदण्ड विशिष्टका नाममा घरभाडा र महिनावारी खर्चका नाममा लाखौं रुपैयाँ पाउने नियम पास गर्न लागेको थियो ।

यसअघि संसद् सचिवालयले आइतबारका लागि तय गरेको सम्भावित कार्यसूचीमा ‘पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पूर्ण सदनमै दफावार छलफल गरी पारित गर्ने उल्लेख गरे पनि आज त्यसलाई परिवर्तन गरी समितिमा पठाउन लागेको हो ।

यस्ता महत्त्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने र आवश्यकताअनुसार संशोधन प्रस्ताव दर्ता गराएका सांसद, विज्ञ र अन्य सरोकारवालासँग समेत छलफल गरेर विधेयक पास गर्ने प्रचलन रहेपनि दाहाल सरकारले पूर्वपदाधिकारीलाई विलासी सुविधा उपलब्ध गराउने विधेयकमा काँग्रेस एमाले सहितका दलहरुलाई समेत खुशी पाद्र्र चोरबाटो अपनाउँदै ‘फास्ट ट्रयाक रोजेको थियो ।

पूर्वपदाधिकारी अन्र्तगत पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई राखिएको छ ।
प्रधानन्यायाधिश बाहेक सबै हाल संसदमा रहेका दलकै नेताहरुले पाउने भएकाले सबै तैं चुप मैं चुप गरि राज्यढुकुटीबाट महिनाको लाखौं रुपैयाँ लुट्न सहमत देखिसकेका थिए ।

उक्त विधेयकमा पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख रुपैयाँ घरभाडा र ५० हजार रुपैयाँ वृत्ति दिने व्यवस्था प्रस्ताव गरिएको छ ।

पूर्वराष्ट्राध्यक्षलाई उचित सम्मान र सुविधा दिइनुपर्ने भएपनि २ लाख रुपैयाँ के को आधारमा तथा पूर्वउपराष्ट्रपतिलाई मासिक ४० हजार रुपैयाँ वृत्ति र मासिक ७५ हजार रुपैयाँ घरभाडा के आधारमा भन्ने सिद्ध गर्न सरकारले सकेको छैन ।

विशिष्टका नाममा प्रधानमन्त्री दाहालले आफैं महिनाको ७५ हजार घरभाडा मात्रै पाउने व्यवस्था समेत यसमा गरेका थिए । जसमा पूर्व प्रधानमन्त्रीहरु सबैले पाउने भएका थिए । यसैगरि प्रस्तावमा प्रधानन्यायाधीश र सभामुखले पनि मासिक ७५ हजार रुपैयाँ घरभाडाबापत पाउने उल्लेख छ ।

राजनीतिलाई सेवाका नाममा भज्दै प्रधानमन्त्री र विशष्ट पदमा एकपटक पुगेपछि नमरुञ्जेल आफु र परिवार सुखसयलले बाँच्नसक्नेगरि सुविधा लिन खाज्ने नेताहरुको यो रबैयाको सर्वत्र बिरोध हुनथालेपछि दाहाल सरकार यसबाट पछि हटेपनि जनस्तरबाट बिरोध नभएमा हालकै विवादीत प्रस्तावलाई फेरी पनि पारित गराउन प्रत्यत्न हुने देखिन्छ ।

मुस्ताङ ।
लेतेमा थासाङ गाउँपालीकाको केन्द्र स्थापना गर्नुपर्ने माग गर्दै स्थानीयबासीन्दाले हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा अवरुद्ध पारेका छन् ।

लेतेका बासिन्दाले घाँसादेखि कोवाङको सिमा क्षेत्रसम्मको सडकमा सवारी सञ्चालनमा रोक लगाउँदा मुस्ताङ भ्रमणमा आएका पर्यटक र तिर्थयात्री समस्यामा परेका छन् । शनिबार बिहानदेखि सडक अवरुद्ध पारेर अनिश्चितकालीन आन्दोलनमा उत्रिएका हुन् ।

जिल्लाबाट सर्वसहमतीमा लेतेलाई केन्द्र बनाउन सिफारीस गरीएपनि स्थानीय पुनसंरचना आयोगको सिफारीसमा सरकारले प्रकाशन गरेको राजपत्रमा कोवाङ केन्द्र उल्लेख भएपछी कमजोरी सच्चाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको पुर्व गाविस अध्यक्ष बुद्धीप्रसाद शेरचनले बताउनुभयो ।

लेते, कुञ्जो, कोवाङ र टुक्चे गाविसलाई थासाङ गाउँपालीकामा समावेश गरीएको छ । घाँसा, कुञ्जो, पैरोथाप्ला तथा टुकुचे सबै बस्तीलाई पायक पर्ने, पर्याप्त पुर्वाधार भएकोले लेतेमा केन्द्र बनाउनुपर्ने अध्यक्ष शेरचनको भनाई छ ।

उनिहरुले वाणिज्यमन्त्री समेत रहनुभएका सांसद रोमी गौचन थकाली, सांसद श्रीमाया थकाली, महेन्द्र शेरचन, जिल्ला समन्वय समिति, स्थानीय प्रशासन र राजनितिक दलहरुलाई मागको सुनुवाई गर्न दवाव दिएका छन् ।

जिल्ला समन्वय समितिका पदाधीकारीहरुले अहिले कायम भएको केन्द्र अस्थाई भएकाले निर्वाचनपछी जनप्रतीनिधिहरुले केन्द्र परिवर्तन गर्न सक्ने भएकाले आन्दोलन फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन आग्रह गरेको छ ।

काठमाडौं ।
आसन्न स्थानिय चुनावमा हाल संसदमा रहेका पुराना २६ दलहरुले अहिलेकै चुनाव चिन्ह पाउने भएका छन् ।

व्यवस्थापिका संसदमा रहेका यि दलले दोस्रो संविधानसभा चुनावमा समानुपातिक निवार्चनका आधारमा मतपत्रमा चुनाव चिन्ह समेत शिर्ष स्थानमा रहने भएको छ ।

संसदका ३० दल मध्ये राप्रपा र राप्रपा नेपाल मिलेर राप्रपा बनेको छ भने मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी मिलेर संघीय समाजवादी फोरम नेपाल बनेकोले दुई दल कम देखिन पुगेको छ ।

रोचक कुरा के भने संसदमा एक सिट मात्र रहेको निर्वाचन आयोगले खारेजनै गरिदि सकेको प्रेम बहादुर सिंह समाजवादीका तर्फवाट अहिले विज्ञान तथा प्रविधि मन्त्री रहेका छन् । जसको कुनै दल वा चुनाव चिन्ह समेत छैन । त्यस्ता व्यक्तिलाई स्थानिय चुनाव गराउने सरकारमा पुष्पकमल दाहालले मन्त्री बनाएर राखेका छन् ।

यसैगरि नेपाः राष्ट्रिय पार्टीले भने आयोगमा दर्ता नहुँदा चार दल घटेर २६ रहन पुगेको हो ।

बैशाख ३१ गतेका लागि घोषणा गरिएको स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले आइतबार साँझबाट मतपत्र छपाउन सुरु गर्ने यसअघिनै निर्णय गरिसकेको छ ।

आयोगले डेढ करोढ बढी मतपत्र ४२ दिनमा छापिसक्ने कार्यतालिका समेत सार्वजनिक गरेक
आयोगको निर्णय अनुसार मतपत्रमा निर्वाचन चिह्नको क्रम निर्धारण व्यवस्थापिका(संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेका मतसंख्याको आधारमा मतपत्रमा निर्वाचन चिह्न को क्रम निर्धारण गरिने छ ।

जस अनुसार मतपत्रमा पहिलो नम्बरमा कांग्रेसको चुनाव चिह्न रुख रहेको छ । दोस्रो नम्बरमा एमालेको सुर्य, तेस्रोमा माओवादी केन्द्रको गोलाकार भित्रको हँसिया हथौडा, चौथोमा राप्रपाको गाई र पाँचौं नम्बरमा संघीय समाजवादी फोरमको चुनाव चिह्न मसाल परेको छ ।

यसअघि निर्वाचन आयोगमा दल दर्ता भएको क्रमअनुसार चुनाव चिह्नको क्रम निर्धारण गर्दथ्यो । यसबाट आयोगमा कुन दल पहिले दर्ता भएको भन्ने विवाद हुन्थ्यो । दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमाले र एमाओवादीबीच आफूले पहिले आयोगमा दल दर्ता गराएको भन्ने दाबीले यि दुई दलबिच आफ्नो चुनाव चिन्ह माथि हुनुपर्ने हानाथाप नै भएको थियो ।

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधान बमोजिम आवश्यक पर्ने सम्पूर्ण संघीय कानूनहरु निर्माणको कामलाई तिब्रता दिन सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले स्थानीय तहमा कुनै बिभेद नगरी मापदण्ड बनाएर कर्मचारी खटाउन निर्देशन दिदै कार्यक्षेत्रमा जान नमान्ने कर्मचारीलाई कानून बमोजिम कावारही गर्नसमेत निर्देशन दिए ।

दाहलले, संघीयता कार्यान्वयनमा उदार नहुन सचिवहरुलाई निर्देशन दिए ।

आइतबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरवारमा कानूनमन्त्री, मुख्य सचिवसहित सम्बन्धित मन्त्रालयका सचिवहरुसँगको बैठकमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले अहिले स्थानीय तहको निर्वाचनका निम्ति आवश्यक पर्ने सबै कानून निर्माण भइसकेकाले घोषित निर्वाचन सफल पार्न कानूनको अभाव नरहेको स्पष्ट पार्दै संघीयता सम्बन्धी कानून निर्माणलाई पहिलो प्राथमिकता दिन निर्देशन दिए ।

उनले, अव केन्द्रिकृत ढंगले सोच्ने र काम गर्ने होइन, संघीयताको मूल मर्म र भावनाअनुसार बदलिन र जनताको सेवामा लाग्ने गरी सबै कर्मचारीहरुलाई जिम्मेवारी दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए ।

प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी र कर्तब्य भुलेर राजनीतिक नेतृत्व मार्फत् सोर्सफोर्स लगाउन खोज्ने प्रवृत्तिलाई कुनै ठाउँ नदिइने बताउँदै यसमा कठोर बन्न सचिवहरुलाई निर्देशन दिए ।

प्रधानमन्त्रीले अहिलेसम्म भएका कानून निर्माण सम्बन्धी काम सकारात्मक भएको बताउँदै संविधान जारी भएपछि ३८ वटा ऐन बनिसकेको र ४ वटा ऐन संसदवाट पारित भई प्रमाणिकरण हुन बाँकी रहेको, व्यवस्थापिका संसदका समितिवाट पारित भइसकेका ५ वटा ऐन र सरकारले संसदमा दर्ता गरेका ३९ वटा ऐनको मस्यौदा विभिन्न समितिमा बिचाराधिन अवस्थामा रहेको जानकारी गराएका थिए ।

यसैगरी ३१ वटा ऐनको मस्यौदा भई बिभिन्न मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा प्रक्रियामै रहेकाले ती लगायत सबै आवश्यक संघीय कानूनको मस्यौदा संसदमा पुर्याउन तदारुकता दिनु पर्नेमा प्रधानमन्त्री दाहालले जोड दिएका थिए ।

One person is in custody after a car drove up to a White House checkpoint yesterday night, the US Secret Service has said.

Security at the White House was immediately upgraded. The driver was allegedly carrying a bomb. The vehicle has been declared suspicious and nearby streets have been closed off.

US President Donald Trump was at his Mar-a-Lago resort in Florida at the time of the incident.

The Secret Service, which handles White House security, said the driver had approached a "checkpoint located at 15th Street and E Street NW.

The individual has been detained by officers. The episode was the second scare to hit the White House yesterday, after a person earlier jumped over a bike rack in a buffer zone in front of the residence.

TILLERSON VISIT
US Secretary of State Rex Tillerson has told China's President Xi Jinping that President Donald Trump looks forward to visiting his country, and to enhancing understanding between the states.

Tillerson met the Chinese leader in Beijing's Great Hall of the People, as his East Asian tour comes to an end. Xi said he was glad to see good progress from Tillerson's meetings. Xi added that he had spoken to the US president several times.

Tillerson said Trump places a "very high value on the communications that have already occurred". There was no mention of contentious issues like North Korea's missile and nuclear programmes, or the status of Taiwan, which China claims as its own.

The meeting came as North Korea's military tested a new high-thrust engine, according to reports from Pyongyang's state news agency.

CPN UML Chairman and former prime minister KP Oli has said the government should not be afraid of conducting the local polls scheduled to be held on May 14.

Speaking at a press meet organized in Banke today, Oli has said it would be undemocratic of the government decides to halt the local polls due to mounting pressure from any party.

He stated that it will only benefit the political parties that are opposing the local polls if the government presents itself in a weak manner.

Talking about his party's possibility of joining the government, Oli said the CPN UML will not think about being part of the government prior to the local poll.