काठमाडौं ।
आसन्न स्थानिय चुनावमा हाल संसदमा रहेका पुराना २६ दलहरुले अहिलेकै चुनाव चिन्ह पाउने भएका छन् ।

व्यवस्थापिका संसदमा रहेका यि दलले दोस्रो संविधानसभा चुनावमा समानुपातिक निवार्चनका आधारमा मतपत्रमा चुनाव चिन्ह समेत शिर्ष स्थानमा रहने भएको छ ।

संसदका ३० दल मध्ये राप्रपा र राप्रपा नेपाल मिलेर राप्रपा बनेको छ भने मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी मिलेर संघीय समाजवादी फोरम नेपाल बनेकोले दुई दल कम देखिन पुगेको छ ।

रोचक कुरा के भने संसदमा एक सिट मात्र रहेको निर्वाचन आयोगले खारेजनै गरिदि सकेको प्रेम बहादुर सिंह समाजवादीका तर्फवाट अहिले विज्ञान तथा प्रविधि मन्त्री रहेका छन् । जसको कुनै दल वा चुनाव चिन्ह समेत छैन । त्यस्ता व्यक्तिलाई स्थानिय चुनाव गराउने सरकारमा पुष्पकमल दाहालले मन्त्री बनाएर राखेका छन् ।

यसैगरि नेपाः राष्ट्रिय पार्टीले भने आयोगमा दर्ता नहुँदा चार दल घटेर २६ रहन पुगेको हो ।

बैशाख ३१ गतेका लागि घोषणा गरिएको स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले आइतबार साँझबाट मतपत्र छपाउन सुरु गर्ने यसअघिनै निर्णय गरिसकेको छ ।

आयोगले डेढ करोढ बढी मतपत्र ४२ दिनमा छापिसक्ने कार्यतालिका समेत सार्वजनिक गरेक
आयोगको निर्णय अनुसार मतपत्रमा निर्वाचन चिह्नको क्रम निर्धारण व्यवस्थापिका(संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेका मतसंख्याको आधारमा मतपत्रमा निर्वाचन चिह्न को क्रम निर्धारण गरिने छ ।

जस अनुसार मतपत्रमा पहिलो नम्बरमा कांग्रेसको चुनाव चिह्न रुख रहेको छ । दोस्रो नम्बरमा एमालेको सुर्य, तेस्रोमा माओवादी केन्द्रको गोलाकार भित्रको हँसिया हथौडा, चौथोमा राप्रपाको गाई र पाँचौं नम्बरमा संघीय समाजवादी फोरमको चुनाव चिह्न मसाल परेको छ ।

यसअघि निर्वाचन आयोगमा दल दर्ता भएको क्रमअनुसार चुनाव चिह्नको क्रम निर्धारण गर्दथ्यो । यसबाट आयोगमा कुन दल पहिले दर्ता भएको भन्ने विवाद हुन्थ्यो । दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमाले र एमाओवादीबीच आफूले पहिले आयोगमा दल दर्ता गराएको भन्ने दाबीले यि दुई दलबिच आफ्नो चुनाव चिन्ह माथि हुनुपर्ने हानाथाप नै भएको थियो ।

27.12¡ÆC