महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा फैसला मङ्गलबार

काठमाडौं ।
सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा अन्तिम सुनुवाइ आज सकिएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीश डा। आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा भएको अन्तिम सुनुवाइपछि निर्णय भोलि सुनाइने भएको अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो ।

मुद्दामा सरकारका तर्फबाट उपन्यायाधिवक्ता रेवती त्रिपाठी र सहन्यायाधिवक्ता टीकेन्द्र दाहालले बहस गर्नुभएको थियो । उहाँहरुले प्रहरी महानिरीक्षकमा बढुवा गर्ने कार्यकारी अधिकार प्रयोग गरी मन्त्रिपरिषद्ले कानुनसम्मत नियुक्त गरेको तर्क राख्नुभएको थियो ।

रिट निवेदनका तर्फबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट, अधिवक्ता टीकाराम भट्टराई र डा। भीमार्जुन आचार्यले कानुनी आधारबिना प्रहरी महानिरीषक नियुक्त गरिएको तर्क राख्नुभएको थियो ।

यसैबीच, नेपाल प्रहरीका नायब महानिरीक्षक प्रकाशकुमार अर्यालले पनि आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्नुपर्ने माग गर्दै अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । वरियता क्रमले अर्याल २ नम्बरमा हुनुहुन्छ ।

राप्रपाको प्रदर्शन, वरिष्ठ नेता राणा घाइते

काठमाडौं ।
विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले आज निकालिएको विरोध जुलुस प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ ।

झडपमा परी पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणासहित केहि कार्यकर्ता समान्य घाइते भएका छन् ।

निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका राप्रपाका नेता तथा कार्यकर्ताहरुले जमलमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी र अश्रु ग्यास प्रहार गरेको थियो ।

समान्य घाइते भएका वरिष्ठ नेता राणाले शान्तिपूर्ण तवरले राजनीतिक गतिविधि सञ्चालन गर्दा प्रहरी दमन भएको भन्दै मा दुःख व्यक्त गरे ।

प्रस्तावित राजदूतविरुद्ध चार उजुरी

काठमाडौं ।
व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजदेखि प्रारम्भ गरेको छ ।

सरकारले लक्की शेर्पा(अस्ट्रेलिया), निरञ्जनकुमार थापा(इजरायल), शर्मिला पराजुली(ओमान), रमेशप्रसाद कोइराला(कतार), अर्जनुजङ्गबहादुर सिंह(गणतन्त्र कोरिया), प्रतिभा राणा(जापान), युवनाथ लम्साल(डेनमार्क), चोपलाल भुसाल(बङ्गलादेश), पदम सुन्दास(बहराइन), भीमकृष्ण उदास( म्यान्मा) विश्वम्भर प्याकुरेल(श्रीलङ्का) र महेन्द्रप्रसादसिंह राजपुत(साउदी अरेबिया)लाई राजदूतमा सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।

प्रस्तावित राजदूतमध्ये पराजुली र कोइरालाविरुद्ध चार उजुरी परेको छ । समितिले आज उजुरीकर्तालाई बोलाएर उजुरीमा उल्लेख भएका विषयवस्तुको वास्तविकताबारे जानकारी लिएको थियो ।

समितिले राजदूतमा सिफारिस भएकामध्ये अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएकी लक्की शेर्पाको आज संसदीय सुनुवाइ गरेको थियो ।

प्रचण्डलाई पत्र

कमरेड प्रचण्ड अभिवादन !

तपाईं गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री भएको समयमा म क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य थिएँ ।

लामो समय अध्यक्ष नरहँदा मेरै अध्यक्षतामा धेरै वैठकहरू बसेका थिए । वी पी कोइराला मेमेरियल क्यान्सर अस्पताललाई प्रतिष्ठान बनाउने, अङ्को नर्सिङका स्नातकोत्तर तहसम्मका कक्षाहरू सञ्चालन गर्ने, अस्पताललाई सुविधासम्पन्न पाँच सय बेडको अस्पताल बनाउने, चीन सरकारसँग विशेषज्ञ सेवा लिनेदिने विषयमा कुरा गरि निर्णय गराउन पहल गर्ने, फोहोर ब्यवस्थापन सम्बन्धमा विशेष सहयोग लिने जस्ता महत्वपूर्ण कार्ययोजनाहरूका सम्बन्धमा मेरै नेतृत्वमा क्यान्सर अस्पताल सञ्चालक समितिले तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराई र स्वयम् तपाईं प्रधानमन्त्रीसँग क्यान्सर अस्पतालको तर्फबाट छुट्टाछुट्टै छलफल गरेको थियो ।

प्रधानमन्त्रीका रूपमा तपाईले गर्ने भनिएको चीन भ्रमणमा नेपाल सरकारका तर्फबाट निर्णय गरी लैजाने भनी यहाँले भनेबमोजिमको प्रस्ताव हामीले तत्कालिन प्रधानमन्त्री कार्यालयका सचिव जो अहिले चीनका लागि नेपाली राजदुत समेत हुनुहुन्छ, लीलामणि पौडेललाई हस्तान्तरण गरेका थियौं ।

परिस्थिति एकाएक प्रतिकूल बन्दा प्रधानमन्त्रीको पदबाट यहाँले राजिनामा गर्नु भयो । भ्रमण मात्र रोकिएन बरू अरू धेरै महत्वपूर्ण योजना र वी पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सम्भावित स्तरोन्नतिको मूल योजना पनि अबरूध्द भयो ।

प्रधानमन्त्री महोदय, अहिले फेरि इतिहासले एउटा महानतम् अवसर यहाँलाई प्रदान गरेको छ । त्यसैगरी जसको हातमा हामीले अस्पताल विकाससम्बन्धी बृहत् योजनाको फाइल सुम्पेका थियौ वहाँ नेपाली जनताको दूतका रूपमा चीनमा हुनुहुन्छ । यो परिस्थितिमा हुन लागेको यहाँको चीनभ्रमण सफल होस् मेरो शुभकामना १ त्यो क्यान्सर अस्पताल, जो यतिवेला विरामीले समेत माया गर्नुपर्ने हसपिसबासी विरामी जस्तो छ, यसलाई बचाउनु तपाईको प्रमुख दायित्व हुनेछ ।

दक्षिण ढल्केको आरोप खेपिरहनु भएको नेपाली कम्युनिष्ट आन्दोलनको सर्वाधिक त्याग, तपस्या र वलिदानको माध्यमबाट नेपाली जनतालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मालिक बनाउने महान् अभियान्का नायक तपाईं प्रचण्ड फेरि एकपटक उत्तर र दक्षिणलाई नेपाली सार्वभौमिकता, अखण्डता र समृध्दिलाई सर्वथा उचाइमा राखेर सहयोग गर्ने असल छिमेकी बनाउने महत्वपूर्ण कामका लागि तपाईको साहस र सक्रियता आवश्यक छ ।

देश र जनतालाई सर्वाधिक महत्व दिएर गरिने कामको विरोध कतैबाट होस् तर यात्रा नरोकियोस् ।

परिवार र आफूले जे भनेको छ र चाहेको छ त्यसलाई हस् मात्र भन्ने निर्जीव हसप्रसादहरूले कामरेड प्रचण्ड र हाम्रो पार्टीको साखलाई वाफले जसरी पोलेको छ । यसको पनि उपचार खोज्न आवश्यक छ ।

स्थानीय निर्वाचनलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्नु पर्छ । केही लोभीपापीहरूले गीत, कविता, उखान र टुक्का कै भरमा त मान्छेलाई हो कि त जस्तो पारेका छन् भने तपाईं त कतिपय कमजोरी बाहेक यो देशका सबैभन्दा असल र मेहनतकस जनतालाई अधिकारका लागि जीवन हातमा लिएर उठ भनेर होइन गरेरै देखाएको नेता हुनुहुन्छ । त्यसैले यो चीन भ्रमण स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको गर्वगर्न लायक नेताको भ्रमणका रूपमा सम्पन्न गर्नुहुनेछ भन्ने आशा लिएको छु ।

तपाईको व्यक्तित्व र नेतृत्व सधैं आलोचकहरूका लागि पनि आलोचना गर्न नमिल्ने खालको बनेको देख्न चाहने…
-प्रेम रिमाल, चितवन

साउदी अरब छाड्न अबैधानिक कामदारलाई ९० दिने आममाफी घोषणा

एजेन्सी ।

अवैध रुपमा बस्दै आएका विदेशी कामदारलाई कम गर्न साउदी अरब सरकारले उनिहरुलाई लक्षित गर्दै ९० दिने आममाफीको घोषणा गरेको छ ।

चैत १६ गतेदेखि लागू हुने गरि जारि गरिएको आम माफी घोषणाको ९० दिनमा दशौं लाख यस्ता अवैध कामदारले देश छाड्ने साउदी सरकारले अपेक्षा गरेको छ ।

साउदीका राजकुमार एवं उपप्रधान तथा गृहमन्त्री मोहम्मद विन नइफले ‘अ नेशन विथआउट भ्वाइलेन्स’ नामक अभियान थाल्नै आममाफीको घोषणा गरेका हुन् ।

यो अवधिमा श्रम ऐन उल्लंघन गर्दै साउदी अरबमा बसेका विदेशी कामदारले विना सजाय देश छाड्न पाउनेछन् ।

नइफले नियम उल्लंघन गरेकाहरुलाई यो व्यवस्थाको लाभ लिन र आफ्नो छवी सुधारका लागि प्रयोग गर्न आग्रह समेत गरेका छन् ।

अवैध रुपमा बसेकालाई साउदी छोड्ने काममा सहयोग गर्न निर्देशन दिंदै उनले यसबाट अबैध कामदारहरु बिना सजाय आफ्नो देश फर्कन सक्ने बताएका छन् ।

मन्त्रालयका प्रवक्ता मनसुर अल टुर्कीका अनुसार यो अभियान १९ वटा सरकारी निकायहरुले सञ्चालनमा ल्याउने छन् ।

हाल जारी सुविधा हज वा उम्राहको दर्शनको लागि आएर भिषा अवधि समाप्त भएपनि घर फिर्ता नभएका र भिसासँग सम्बन्धि अन्य विषयमा समेत लागु हुने बताइएको छ ।

प्रवक्ता टुर्कीले आप्रवासी कामदार तथा कामको अनुमति नपाएका सीमा क्षेत्रमा सुराकीको लागि आएकाहरुको सम्बन्धमा यस्ता व्यक्तिलाई ट्राभल परमिट जारी गरिने बताएका छन् ।

परिचय पत्र नभएका आप्रवासी कामदार र धार्मिक भ्रमणमा आएर लामो अवधि बसेकाहरुले यो सुविधा लिन पासपोर्ट विभाग जानु नपर्ने बताइएको छ ।

साउदी अरब सरकारले आफ्ना देशवासीलाई वर्क पर्मिट र आवसीय नियम उल्लघंन गरेकाहरुलाई काममा नलगाउन समेत आग्रह गरेको छ ।

३ वर्ष पहिले यस्तै कार्यक्रम सञ्चालनमा ल्याउँदा करिब २५ लाख मानिसले साउदी छोडेका थिए । यसपटक जारी आममाफीपछि पनि नफर्कने अवैध कामदारमाथि कारवाही थालिने चेतावनी साउदी सरकारले दिएको छ ।

एमाले नेता झलनाथ खनालका छोराले भैरहवा विमानस्थल निर्माण गर्न दिएनन्

भैरहवा ।
निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य नेकपा एमालेका नेता झलनाथ खनालका छोरा निर्भिक खनालले ठप्प पारेका छन् ।

विमानस्थलको निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली कम्पनी नर्थ वेस्ट इन्फ्रा नेपालबीच रकम लेनदेनको विवादपछि खनाल पुत्र र एमाले युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष राजु गुरुगं मिलेर रोकेका हुन् ।

नर्थ वेस्ट इन्फ्रा नेपाल कम्पनीको मालिक रहेका झलनाथ खनालको छोरा निर्भिक खनालले राजनीतिक पहुँच देखाएर प्रशासनलाई समेत दबावमा परि बिमानस्थल निर्माणनै ठप्प पारेका छन् ।

०७१ सालमा विमानस्थलको निर्माणको ठेक्का चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले पाएको थियो । तर, स्वयम आफूले निर्माण कार्य नगरी उसले नेपालको नर्थ वेस्ट इन्फ्रा नेपाल नामक कम्पनीलाई निर्माण कार्यको जिम्मा दिएको थियो । यी दुवै कम्पनीबीच अहिले रकम विवादको कारण विमानस्थल निर्माणको काम चार दिनदेखि ठप्प भएको छ ।

चिनियाँ कम्पनीले आफूले काम अनुसारको रकम नेपाली कम्पनीलाई उपलब्ध गराएको दावी गरेको छ । तर, नेपाली कम्पनीले भने आफूलाई चिनियाँ कम्पनीले कामअनुसारको रकम उपलब्ध नगराएको आरोप लगाएको छ ।

दुवै कम्पनी आरोप प्रत्यारोपमा उत्रिएका बेला स्थानीय पेटी ठेकेदारहरुले पनि आफूहरुले विमानस्थलको लागि उपलब्ध गराएको निर्माण सामग्रीको बक्यौता रकम नपाएको बताउन थालेका छन् ।

बक्यौता रकम धेरै भइसकेकाले आफूहरुले थप निर्माण सामग्री उपलब्ध गराउन नसकेको स्थानीय ठेकेदारको भनाइ छ । निर्माण सामग्री उपलब्ध नगराइदिँदा पनि विमानस्थलको निर्माणकार्य प्रभावित हुन पुगेको छ ।

स्थानीय पेटी ठेकेदारहरुलाई नेपाली कम्पनीले रकम दिनुपर्ने हो । तर, निर्भिक खनालको कम्पनिले चिनियाँ ठेकेदार कम्पनिबाट रकम लिए पनि स्थानीय ठेकेदारलाई दिएका छैनन् ।

विमानस्थल निर्माण कार्य सुरु भएदेखि घाघर खोला फर्काउने काम मात्र पूर्णरुपमा सम्पन्न भएको छ । विमानस्थलमा तीन हजार मिटरको धावनमार्गमा ग्राभेलिङ्ग, स्थानिय तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण, प्रशासकीय भवन, कन्ट्रोल टावर, उद्धार तथा अग्नि नियन्त्रण भवनको काम ज्यादै सुस्त गतिमा भैरहेको छ ।

सन् २०१७ को डिसेम्बरमा सम्पन्न गर्ने गरी सुरु गरिएको विमानस्थल निर्माण कार्य गत वर्षको भूकम्प र मधेस आन्दोलनको अवरोधले सन् २०१८ को जुनसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर विमानस्थलमा बढेको बेथितीको कारण सन् २०२० सम्म पनि विमानस्थल निर्माण कार्य सम्पन्न नहुने स्थानीयहरुले आशंका गर्दै आएका छन् ।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न चीनको नर्थ वेस्ट कम्पनिले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको छ ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा २०७१ माघ महिनादेखि अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु भएपनि दलिय आधारमा चीनको कम्पनीलाई भनेपनि एमाले नेता झनाथ खनालको छोराको कम्पनीले पाएको काम गुणस्तरहिनसँगै सुस्तगतिमा बढ्दा समेत कुनै कारवाही तथा ठेकेदार कम्पनीलाई सचेत गराउने काम सरकार र प्रशासनबाट भएको पाइदैन ।

साउदी अरब छाड्न अबैधानिक कामदारलाई ९० दिने आममाफी घोषणा

एजेन्सी ।
अवैध रुपमा बस्दै आएका विदेशी कामदारलाई कम गर्न साउदी अरब सरकारले उनिहरुलाई लक्षित गर्दै ९० दिने आममाफीको घोषणा गरेको छ ।

चैत १६ गतेदेखि लागू हुने गरि जारि गरिएको आम माफी घोषणाको ९० दिनमा दशौं लाख यस्ता अवैध कामदारले देश छाड्ने साउदी सरकारले अपेक्षा गरेको छ ।

साउदीका राजकुमार एवं उपप्रधान तथा गृहमन्त्री मोहम्मद विन नइफले ‘अ नेशन विथआउट भ्वाइलेन्स’ नामक अभियान थाल्नै आममाफीको घोषणा गरेका हुन् ।

यो अवधिमा श्रम ऐन उल्लंघन गर्दै साउदी अरबमा बसेका विदेशी कामदारले विना सजाय देश छाड्न पाउनेछन् ।

नइफले नियम उल्लंघन गरेकाहरुलाई यो व्यवस्थाको लाभ लिन र आफ्नो छवी सुधारका लागि प्रयोग गर्न आग्रह समेत गरेका छन् ।

अवैध रुपमा बसेकालाई साउदी छोड्ने काममा सहयोग गर्न निर्देशन दिंदै उनले यसबाट अबैध कामदारहरु बिना सजाय आफ्नो देश फर्कन सक्ने बताएका छन् ।

मन्त्रालयका प्रवक्ता मनसुर अल टुर्कीका अनुसार यो अभियान १९ वटा सरकारी निकायहरुले सञ्चालनमा ल्याउने छन् ।

हाल जारी सुविधा हज वा उम्राहको दर्शनको लागि आएर भिषा अवधि समाप्त भएपनि घर फिर्ता नभएका र भिसासँग सम्बन्धि अन्य विषयमा समेत लागु हुने बताइएको छ ।

प्रवक्ता टुर्कीले आप्रवासी कामदार तथा कामको अनुमति नपाएका सीमा क्षेत्रमा सुराकीको लागि आएकाहरुको सम्बन्धमा यस्ता व्यक्तिलाई ट्राभल परमिट जारी गरिने बताएका छन् ।

परिचय पत्र नभएका आप्रवासी कामदार र धार्मिक भ्रमणमा आएर लामो अवधि बसेकाहरुले यो सुविधा लिन पासपोर्ट विभाग जानु नपर्ने बताइएको छ ।

साउदी अरब सरकारले आफ्ना देशवासीलाई वर्क पर्मिट र आवसीय नियम उल्लघंन गरेकाहरुलाई काममा नलगाउन समेत आग्रह गरेको छ ।

३ वर्ष पहिले यस्तै कार्यक्रम सञ्चालनमा ल्याउँदा करिब २५ लाख मानिसले साउदी छोडेका थिए । यसपटक जारी आममाफीपछि पनि नफर्कने अवैध कामदारमाथि कारवाही थालिने चेतावनी साउदी सरकारले दिएको छ ।

संशोधन प्रस्ताव थन्क्याएर चुनावमा लाग्न प्रधानमन्त्रीलाई एमालेको सुझाव

काठमाडौं ।
प्रमुख चार दलको बैठकमा प्रतिपक्ष नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विवादीत संविधान संशोधन प्रस्ताव थाति राखेर चुनावमा लाग्न सुझाव दिएको छ ।

संविधान संशोधन प्रस्ताव अघि बढाइए स्थानिय चुनाव प्रभावित हुने भन्दै एमालेले विवादीत विषय अघि नबढाउन सुझाव दिएको हो ।

प्रधानमन्त्री दाहालको पहलमा भएको चारदलिय बैठकमा एमालेअध्यक्ष केपी शर्मा ओलीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न संविधान संशोधन प्रस्तावलाई थाति राखेर अघि बढनुको विकल्प नरहेको धारणा राखेका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा मधेसी मोर्चालाई सहभागी गराउने विषयमा भइरहेको छलफलबारे जानकारी दिँदै आवश्यक सुझाव दिन एमालेसँग आग्रह गरेका थिए ।

बैठकपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वागंले विवादीत संविधान संशोधन प्रस्तावलाई थाति राखेर निर्वाचन लाग्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

बैठकमा प्रधानमन्त्री दाहालले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने प्रतिवद्धता व्यक्त गर्दै निर्वाचनबाट दायाँबायाँ नहुने अडान आफूले मधेसी मोर्चाका नेताहरुलाई भनेको चारदलीय बैठकमा बताएका थिए ।

चन्क कि सिलवाल ? आज आउँदैछ आइजीपी बिवादको फैसला

काठमाडौं ।
वरिष्ठता र कार्य सम्पादनको वेवास्ता गर्दै काँग्रेस सभापती शेरबहादुर देउवाको दबावमा जयबहादुर चन्दलाई प्रहरी प्रमुख नियुक्त गरेपछि चुलिएको बिवादमा आज अदालतले फैसला गर्ने तयारी गरेको छ ।

सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा अन्तिम सुनुवाइ गर्दै अदालतले चन्द वा नवराज सिलवाल मध्ये एक महानिरिक्षक हुने निर्णय गर्ने छ ।

आइतबार प्रधान न्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई, हरिकृष्ण कार्कीको पूर्ण इजलासमा निवेदकका पक्षबाट सुनुवाई हुँदाहुँदै समय सकिएकाले सुनुवाई आज हुने देखिएको छ । आज सरकारी वकिलका तर्फबाट दुईजनाले बहस गर्ने र फैसला पनि आजै आउने सम्भावना रहेको छ । तर सरकारी वकिलले समय धेरै लिएर फैसला आउन नदिन समय खर्चने सम्भावना समेत त्यत्तिकै रहेको छ ।

नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालका तर्फबाट हिजो डा भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, बालकृष्ण न्यौपाने, तुलसी भट्ट, शम्भु थापा र अधिवक्ताहरु ओमप्रकाश अर्याल, बाबुराम कुँवर, हरि फुयाँल, विजयकान्त मैनाली, विकास भट्टराई, शिवकुमार यादव लगायतले बहस गरेका थिए ।

बहसका क्रममा उनीहरुले प्रहरी ऐनअनुसार वरियताका क्रममा सिलवाल एक नम्बरमा रहेको हुनाले उनलाई नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्नुपर्ने तर्क राखेका थिए ।

नेपाल प्रहरीको महानिरीक्षक पदमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन यसअघि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएपछि चन्दलाई सरकारले आइजिपीमा नियुक्त गरेपनि उनी फुली लगाउन नपाइ थन्किएका थिए ।

सात बर्षीय बालकमाथि पुरुषले नै गरे यस्तो यौन दुराचार, साढे दश वर्ष कैद

ललितपुर ।
सात बर्षीय बालकमाथि यौन दुराचार गर्ने सर्लालीका कैलाश चौधरीलाई साँढे १० बर्षको केैद सजाय तोकेको छ ।

ललिपुर जिल्ला अदालतद्धारा बालकमाथि भएको यौन दुराचारको आरोप पुष्टि भएपछि निज चौधरीमाथि १० बर्षको कैद सजाय सुनाइएको हो ।

यसैगरि जर्वजस्ती करणी मुद्दा अन्र्तगत चौधरीलाई पिडित बालकलाई ५० हजार रुपैयाँ क्षतिपुर्ती उपलब्ध गराउन समेत अदालतले आदेश दिएको छ ।

यस्तो छ घटनाको विवरण

परिवर्तित नाम जावलाखेल (ङ) भएको वर्ष ७ को बालक लाई जिल्ला सर्लाही मधुवन गोठ गा.वि.स वडा नं. ३ स्थाई घर हाल ललितपुर जिल्ला ल.पु.उ.म.न.पा वडा नं. ४ धोविघाट वस्ने वर्ष अन्दाजी ६५ को कैलाश चौधरीले विगत लामो समयदेखि निजकै कोठामा पैसा र खानेकुरा दिने प्रलोभनमा यौन दुव्र्यवहार गर्दै आएको र अन्तिम पटक मिति २०७३ साल पुष ९ गते दिनको २ वजेको समयमा चौधरीले आफ्नै कोठामा लगि निजको लिङ्ग खेलाउन लगाउने, मुखमा लिङ्ग छिराउने र विर्य समेत झारीदिने गरेपछी सोको जानकारी सिविन नेपालद्वारा संचालित बाल हेल्पलाइन नेपालको पैसा नलाग्ने फोन १०९८ मा प्राप्त भयो ।

सोही आधारमा बाल हेल्पलाइनको सहयोगमा महानगरीय प्रहरी परिसर ललितपुरमा बाल यौन दुराचारको किटानी जाहेरी बालकका बाबुको तर्फबाट दिईयो ।

प्रहरीबाट अनुसन्धान अगाडी वढाईयो साथै बाल हेल्पलाइनले बालकको उपचार मोडल अस्पतालमा गरीयो ।  मुद्घालाई अगाडी वढाउन र आवस्यक कानूनी प्रक्रियाको लागि सेलर्डसंगको  सहयोगमा  माघ १० का दिन मुद्घा ललितपुर जिल्ला अदालतमा दर्ता भयो ।

निज बालकलाई ६५ वर्षिया चौधरीले विभिन्न प्रलोभनमा पटक पटक यौन दुव्र्यवहार गर्ने, आफ्नो लिङ्ग चुस्न लगाउने साथै विर्य समेत मुखमानै स्खलन गरिदिने गरेका र त्यस्तो वेलामा बालकले वाक्ने गरेको बालकले वताएका थिए ।

निज अभियुक्त चौधरी महिलाहरु संग भन्दा बालकहरुसंग यौन जन्य कार्य गर्न इच्छुक हुने समेत वुझिन आएको छ ।

मिति २०७३ साल चैत्र २ गतेका दिन जिल्ला अदालत ललितपुरका मा. न्यायाधीश श्री वाल मुकुन्द दवाडीको इजलासले जवरजस्ती करणीको महल अन्तर्गत बाल यौन दुराचार मुद्घा अन्र्तगत माग वमोजिमको दावी पुग्ने भनि अभियुक्त कैलास चौधरीलाई १० वर्ष ६ महिना कैद तथा पिडितलाई ५० हजार क्षतिपूर्तिको फैसला गरेको छ ।

जसले  हाम्रो समाजमा महिला मात्र हैन पुरुष पनि वलात्कारको सिकार हुन्छन् भन्ने अझ प्रष्ट गरेको छ भने पेडो फायल विदेशी मात्र हुन् भन्ने भ्रम थियो त्यसलाई चिर्दै स्वदेशी स्वयम पनि पेडो फायल हुन्छन् भन्ने कुरालाई प्रमाणित गरिदिएको छ ।

नेपाल पत्रकार महासंघ, चितवन शाखामा खतिवडाको नेतृत्वमा १९ कार्यसमिति चयन

चितवन ।
नेपाल पत्रकार महासंघ चितवनको ११ औं अधिवेशनले १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

आइतबार बिहान ५ बजे सम्पन्न चुनावी प्रक्रियाबाट अध्यक्षमा राधेश्याम खतिवडा निर्वा्चित हुनुभएको छ ।

खतिवडाले १४५ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार सूर्यप्रकाश कँडेलले १९ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै सचिवमा राजु चौधरीलाई हराउँदै तिर्थ नेपाल विजयी हुनुभएको छ । नेपाल १३२ मतका साथ विजयी हुँदा चौधरीको पक्षमा भने ३५ मत मात्र परेको थियो ।

अन्य पदहरुमा भने चितवनको पत्रकारिता क्षेत्रमा सक्रिय पेशागत संगठनहरु प्रेस युनियन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सेन्टर लगायतको सहमतिमै पद भागबन्डा गरेपछि निर्विरोध चयन भएका हुन् ।

उपाध्यक्षमा खुलातर्फ नारायण अधिकारी तथा महिला तर्फ शान्ता अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । सहसचिव पदका लागि भने खुला र समावेशी दुवै तर्फ सबैसम्मतिमा चयन भएको हो ।

सहसचिवको खुलामा प्रविणकुमार दत्त चयन हुनुभएको छ भने समावेशीमा शन्तकुमार चौधरी चयन हुनुभएको छ । यस्तै कोषाध्यक्षमा प्रकाशमणि ज्ञवाली निर्विरोध चयन हुनुभएको छ । यस्तै समावेशी तर्फका सदस्यमा सर्वसम्मति भएको छ ।

महिला सदस्यमा प्रमिता ढकाल चयन हुँदा दलितमा अमिर रामदाम, जनजातिमा बबिलाल तामाङ र मधेसी कोटामा रीता ढकाल भगत निर्विरोध चयन हुनुभएको छ । बाँकी ८ खुल्ला सदस्यमा पनि भागबण्डाका आधारमा सर्वसम्मतिले चयन भएको छ ।

भेडेटारको पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय पदमार्ग निर्माण

धनकुटा ।
धनकुटाको साँगुरीगढी गाउँपालका स्थित भेडेटार क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न भेडेटारको नमस्ते झरनाबाट काम्फेक हुंदै नाम्जे जोड्ने पैदल मार्ग निर्माण गर्न शुरु गरिएको छ ।

झरनामा आउने पर्यटकहरुलाई झरना हुंदै भेडेटार क्षेत्रको पर्यटकीय स्थानहरुको श्रृङखलावद्ध अवलोकन÷भ्रमण गराउन ३ किलोमिटर लामो पदमार्ग निर्माण गर्न लागिएको हो ।

पर्यटन कार्यालय बिर्तामोढको २४ लाख रुपैयाँको लागतमा पदमार्ग निर्माण भैरहेको झरना ब्यबस्थापन समितिका अध्यक्ष दिलिप लिम्बुले जानकारी लिनुभयो  ।

यस अघि झरना क्षेत्रमा पर्यटन मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग र साबिक जिल्ला विकास समिति धनकुटाको २० लाख ९० हजार रुपैयाँ लगानीमा झोलुङ्गे पुल, विश्रामस्थल, वनभोज स्थल, खानेपानी, सौचालय लगायतका संरचना तयार पारिसकिएको छ ।

पूर्वी भारत र तराईका जिल्लाहरुको पहुंचमा रहेको उक्त नमस्ते झरना अवलोकन गर्न दैनिक १ हजार र बिदाको समयमा ४ हजार सम्म आन्तरीक तथा बाहय पर्यटकहरुले अवलोकन गर्ने गरेको समितिले जानकारी दिएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web