एमाले नेता झलनाथ खनालका छोराले भैरहवा विमानस्थल निर्माण गर्न दिएनन्

चैत्र ७, २०७३ मा प्रकाशित | 1283 views

भैरहवा ।
निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य नेकपा एमालेका नेता झलनाथ खनालका छोरा निर्भिक खनालले ठप्प पारेका छन् ।

विमानस्थलको निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली कम्पनी नर्थ वेस्ट इन्फ्रा नेपालबीच रकम लेनदेनको विवादपछि खनाल पुत्र र एमाले युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष राजु गुरुगं मिलेर रोकेका हुन् ।

नर्थ वेस्ट इन्फ्रा नेपाल कम्पनीको मालिक रहेका झलनाथ खनालको छोरा निर्भिक खनालले राजनीतिक पहुँच देखाएर प्रशासनलाई समेत दबावमा परि बिमानस्थल निर्माणनै ठप्प पारेका छन् ।

०७१ सालमा विमानस्थलको निर्माणको ठेक्का चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले पाएको थियो । तर, स्वयम आफूले निर्माण कार्य नगरी उसले नेपालको नर्थ वेस्ट इन्फ्रा नेपाल नामक कम्पनीलाई निर्माण कार्यको जिम्मा दिएको थियो । यी दुवै कम्पनीबीच अहिले रकम विवादको कारण विमानस्थल निर्माणको काम चार दिनदेखि ठप्प भएको छ ।

चिनियाँ कम्पनीले आफूले काम अनुसारको रकम नेपाली कम्पनीलाई उपलब्ध गराएको दावी गरेको छ । तर, नेपाली कम्पनीले भने आफूलाई चिनियाँ कम्पनीले कामअनुसारको रकम उपलब्ध नगराएको आरोप लगाएको छ ।

दुवै कम्पनी आरोप प्रत्यारोपमा उत्रिएका बेला स्थानीय पेटी ठेकेदारहरुले पनि आफूहरुले विमानस्थलको लागि उपलब्ध गराएको निर्माण सामग्रीको बक्यौता रकम नपाएको बताउन थालेका छन् ।

बक्यौता रकम धेरै भइसकेकाले आफूहरुले थप निर्माण सामग्री उपलब्ध गराउन नसकेको स्थानीय ठेकेदारको भनाइ छ । निर्माण सामग्री उपलब्ध नगराइदिँदा पनि विमानस्थलको निर्माणकार्य प्रभावित हुन पुगेको छ ।

स्थानीय पेटी ठेकेदारहरुलाई नेपाली कम्पनीले रकम दिनुपर्ने हो । तर, निर्भिक खनालको कम्पनिले चिनियाँ ठेकेदार कम्पनिबाट रकम लिए पनि स्थानीय ठेकेदारलाई दिएका छैनन् ।

विमानस्थल निर्माण कार्य सुरु भएदेखि घाघर खोला फर्काउने काम मात्र पूर्णरुपमा सम्पन्न भएको छ । विमानस्थलमा तीन हजार मिटरको धावनमार्गमा ग्राभेलिङ्ग, स्थानिय तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण, प्रशासकीय भवन, कन्ट्रोल टावर, उद्धार तथा अग्नि नियन्त्रण भवनको काम ज्यादै सुस्त गतिमा भैरहेको छ ।

सन् २०१७ को डिसेम्बरमा सम्पन्न गर्ने गरी सुरु गरिएको विमानस्थल निर्माण कार्य गत वर्षको भूकम्प र मधेस आन्दोलनको अवरोधले सन् २०१८ को जुनसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर विमानस्थलमा बढेको बेथितीको कारण सन् २०२० सम्म पनि विमानस्थल निर्माण कार्य सम्पन्न नहुने स्थानीयहरुले आशंका गर्दै आएका छन् ।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न चीनको नर्थ वेस्ट कम्पनिले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको छ ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा २०७१ माघ महिनादेखि अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु भएपनि दलिय आधारमा चीनको कम्पनीलाई भनेपनि एमाले नेता झनाथ खनालको छोराको कम्पनीले पाएको काम गुणस्तरहिनसँगै सुस्तगतिमा बढ्दा समेत कुनै कारवाही तथा ठेकेदार कम्पनीलाई सचेत गराउने काम सरकार र प्रशासनबाट भएको पाइदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web