काठमाडौं ।
प्रमुख चार दलको बैठकमा प्रतिपक्ष नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विवादीत संविधान संशोधन प्रस्ताव थाति राखेर चुनावमा लाग्न सुझाव दिएको छ ।

संविधान संशोधन प्रस्ताव अघि बढाइए स्थानिय चुनाव प्रभावित हुने भन्दै एमालेले विवादीत विषय अघि नबढाउन सुझाव दिएको हो ।

प्रधानमन्त्री दाहालको पहलमा भएको चारदलिय बैठकमा एमालेअध्यक्ष केपी शर्मा ओलीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न संविधान संशोधन प्रस्तावलाई थाति राखेर अघि बढनुको विकल्प नरहेको धारणा राखेका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा मधेसी मोर्चालाई सहभागी गराउने विषयमा भइरहेको छलफलबारे जानकारी दिँदै आवश्यक सुझाव दिन एमालेसँग आग्रह गरेका थिए ।

बैठकपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वागंले विवादीत संविधान संशोधन प्रस्तावलाई थाति राखेर निर्वाचन लाग्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

बैठकमा प्रधानमन्त्री दाहालले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने प्रतिवद्धता व्यक्त गर्दै निर्वाचनबाट दायाँबायाँ नहुने अडान आफूले मधेसी मोर्चाका नेताहरुलाई भनेको चारदलीय बैठकमा बताएका थिए ।

32.48¡ÆC