PM Dahal leaving for China to attend Boao Forum for Asia

Prime Minister Pushpa Kamal Dahal is setting out for China tomorrow evening to take part in the annual conference of Boao Forum for Asia. The conference is being held from 23-29 in the Boao City of Hainan Province of the northern neighbour.

PM Dahal will be accompanied by his spouse Sita Dahal, Minister for Foreign Affairs, Dr Prakash Sharan Mahat, Secretary at the Ministry of Foreign Affairs, Shanker Das Bairagi, and other high-ranking officials from the Ministry of Foreign Affairs (MoFA).

Organizing a press in Singha Durbar today, Foreign Minister Dr Mahat shared that PM Dahal is attending the event at the invitation of the Forum's General-Secretary Zhou Wenzhong.

The prime minister is scheduled to hold a meeting with the Deputy-Prime Minister of China, Zhang Gaoli on March 24 and is expected to discuss the matters of mutual interests.

Similarly, PM Dahal will address in the inaugural session of the Forum on March 25. He will leave for Beijing the same day where PM Dahal will be paying a courtesy call on the Chinese President Xi Jinping, according to Minister Mahat.

Matters relating to strengthening Sino-Nepal relations are expected to figure during the meeting, said Minister Mahat.

PM Dahal is scheduled to address a programme 'Nepal-China Relations; Prospects for Growth and Prosperity' as a keynote speaker on March 26 to be organised by Beijing Foreign Studies University.
Similarly, he will hold discussion with Chinese business communities and will inaugurate Nepal Study Centre to be established at the premises of the University on the same day.

Likewise, the Nepali delegation led by the PM would reach Lhasa of Tibet, the autonomous region of China, on March 28. Discussion will be held with leaders of Tibetan government focusing on the issue of making the existing bilateral mechanism at local level between Nepal and Tibetan government more active, informed Minister Mahat.

Saying no any agreements, treaties and MoU would be signed during the visit, Minister Dr Mahat said that Nepal has completed its preparation on the key issues of mutual relations and cooperation.

He further said that the government of Nepal is confident that the agreement will be signed between Nepal and China on the issues in near future.

PM Dahal will return home on March 29.

PHSC unanimously approves names of proposed 12 ambassadors

The Parliamentary Hearing Special Committee under the Legislature-Parliament has approved the names of proposed ambassadors for 12 countries.

PHSC member and Chief Whip of the CPN (UML), Bhanubhakta Dhakal, said that their names were unanimously approved after parliamentary hearing. The PHSC had carried out hearing of the proposed ambassadors for three days.

During the hearing, the proposed ambassadors had presented their views and plans and expressed commitment to carry out activities keeping the country's interest and economic diplomacy in priority.

बन्दुकधारीद्धारा बेलायती संसद भवनमा आक्रमण, प्रधानमन्त्री थेरेसा सुरक्षीत (live)

एजेन्सी ।
बेलायतको संसद भवनमा बन्दुकधारीले आक्रमण गर्दा एकको मृत्यु भएको छ ।

अलजजिरा समाचार संस्थाका अनुसार संसद भवनको ढोकामा गाडीले ठक्कर दिएर संसद भवनभित्र छिरेको बन्दुकधारीको आक्रमणमा परि एक प्रहरी अधिकारीको निधन भएको छ ।

संसद भवनमै रहेकी प्रधानमन्त्री थेरेसा सहित अधिकाशं संसदभवनमा रहेको समयमा भएको आक्रमणमा सबै सांसद सुरक्षित रहेको बताइएको छ ।

आक्रमणकारीलाई गोली हानी मार्न सफल भएपछि ठुलो दुर्घटना टरेको समाचारमा उल्लेख छ ।

यस्तै बन्दुकधारीको आक्रमणमा परि अन्य दुई व्यक्ति गम्भिर घाइते भएको र उनिहरुलाई अस्पताल लगिएको बताइएको छ ।

समयमै सुरक्षा कारवाही हुँदा बेलायती संसदको ठूलो दुर्घटना टरेको बताइएको छ ।

थप विवरणहरु प्राप्त हुन बाँकी रहेका छन् ।

LIVE VIDEO

यस्तै संसद भवन नजिक रहेको वेस्ट मिनिस्टर ब्रिजमाथि एक कार चालकले अनियन्त्रीत रुपमा पैदल यात्रीभएतिर कुदाउँदा कयौं घाइते भएका छन् ।

हतियारधारी व्यक्ति भनिएपनि चक्कु वा बन्दुक साथमा रहेको खुल्न नसकेका ती व्यक्ति फरार रहेको र खोजि भइरहेको बताइएको छ ।

दर्जनौं घाइते भएको उक्त घटना संसद भवनमा आक्रमण भएकै समयमा भएको हो ।

यस्तै पछिल्लो अपडेटहरुमा संसद भवनमा कार ठोक्काएर भित्र छिर्न खोजेका हतियारधारी व्यक्तिसँग चक्कु मात्र रहेको वा बन्दुक भन्ने स्पष्ट हुन सकिराखेको छैन ।

उनी संसद भवनको चौरमा छिरेर सुरक्षाकर्मीमाथि आक्रमण गरेको वा बन्दुक हानेको नखुलेपनि एक प्रहरीको मृत्यु भएको पुष्टि भएको छ ।

घटनाको बारेमा बेलायती अधिकारीहरुले थप केही बताइसकेका छैनन् ।

पछि हट्यो विमानस्थल निर्माणमा भाँजो हाल्दै आएको खनाल पुत्रको कम्पनी

८ चैत,काठमाडौं ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध गर्दै आएको नेकपा एमालेका नेता झलनाथ खनालका छोराको कम्पनी नेपाल इन्फ्रा प्रालिले (सब–कन्ट्रयाक्टर) निर्माणको कामबाट हात झिक्ने घोषणा गरेको छ । निर्माण कार्य पाँच दिनदेखि ठप्प भएपछि गौतम बुद्ध विमानस्थल स्तरोन्नतिको कार्यालय भैरहवामा भएको छलफलमा सप्लायर्सका रूपमा रहेको सब–कन्ट्रयाक्टर नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले निर्माणको कामबाट हात झिक्ने घोषणा गरेको हो ।

विमानस्थलको निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली कम्पनी नर्थ वेस्ट इन्फ्रा नेपालबीच रकम लेनदेनको विवादका कारण पाँच दिनदेखि निर्माण कार्य ठप्प हुदै आएको थियो । काम ठप्पभएसँगै विमानस्थलको दाता एसियाली विकास बैंक (एडिबी) सरकारलाई काममा अवरोध गर्ने कम्पनीलाई तत्काल ‘सब-कन्ट्र्याक्टर’बाट हटाउन सरकारलाई आग्रह गर्दै पत्र काटेको थियो ।

सप्लायर्सका रूपमा रहेका सब कन्ट्रयाक्टरले छलफलमा सहभागी आयोजना कार्यालययका प्रतिनिधि मुख्य निर्माण कम्पनी, दाता एडिबी प्रतिनिधि, पर्यटन मन्त्रालय, अर्थमन्त्रालय, नागरिक उड्यन कार्यालयका प्रतिनिधि सम्मिलित छलफलमा निर्माणबाट हात झिक्ने बताएको छ ।

विमानस्थल निर्माणको जिम्मा लिएको नर्थवेष्ट सिभिल एभिएसन प्रालिले काम गरेबापतको रकम भुक्तान नदिएको दाबी नेपाली कम्पनीको छ । नेपाली कम्पनीले आफ्ना मजदुरलाई पारिश्रमिक तथा विभिन्न सामानको रकम भुक्तानीका लागि चिनियाँ कम्पनीले रकम निकासा नदिँदा समस्या परेको दाबी गर्दै आएको थियो ।

रकम अभाव भएपछि पारिश्रमिक समेत नपाउँदा कर्मचारीले आयोजनास्थलको मुख्य गेटमै ताला लगाएर आन्दोलनमा उत्रिएपछि पाँच दिनदेखि निर्माण कार्य ठप्प छ । चिनियाँ ठेकेदार कम्पनीबाट १० करोड भन्दा बढी रकम अहिलेसम्मको बिलमा पाउनुपर्ने सप्लायर्स कार्यालयले जनाएको छ ।

यो कम्पनीको सञ्चालकमा निर्भिक सहित नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका उपाध्यक्ष राजु गुरुङ, पूर्व पर्यटन मन्त्री कृपासुर शेर्पा निकट फुर्वा शेर्पा, शक्ति डङ्गोल, रञ्जित राई लगायत ७ जना संलग्न छन्। निर्माण कार्यमा खटिएका करिब २ सय कर्मचारीहरुले चार महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन् ।

७१ सालमा विमानस्थलको निर्माणको ठेक्का चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले पाएको थियो । सन् २०१७ को डिसेम्बरमा सम्पन्न गर्ने गरी सुरु गरिएको विमानस्थल निर्माण कार्य गत वर्षको भूकम्प र मधेस आन्दोलनको अवरोधले सन् २०१८ को जुनसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर विमानस्थलमा बढेको बेथितीको कारण सन् २०२० सम्म पनि विमानस्थल निर्माण कार्य सम्पन्न नहुने स्थानीयहरुले आशंका गर्दै आएका छन् ।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न चीनको नर्थ वेस्ट कम्पनिले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा २०७१ माघ महिनादेखि अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु भएको हो । विमानस्थलका लागि जग्गा अपुग भएको भन्दै आयोजनाले थप ५०० बिघा जमिन थप गर्ने तयारी अन्तिम चरणमा पुर्याएको थियो।

२८७ विगाहा क्षेत्रफलमा निर्माण भइरहेको विमानस्थललाई जग्गा अपुग भएपछि त्यसका लागि ४२८ बिघा नीजि र ७२ बिघा सरकारी जग्गा थपका लागि मुआव्जा वितरणको अन्तिम तयारी भइरहेको थियो। चैत महिनाभित्रै मुआव्जाको काम सक्ने लक्ष भएपनि सप्लायर पक्षको अवरोधका कारण प्रभावित भएको छ।

फेसबुक,ट्वीटर,भाइबर चलाउँदा होस गर्नुहोस्,एक लाख जरिवाना तिर्नुपर्ला !

८ चैत,काठमाडौं ।

सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरिसकेपछि निर्वाचन सम्बन्धी आचार संहितापनि कार्यान्वयनमा आइसकेको छ । आचारसंहिता लागु भईसकेको अवस्थामा सामाजिक संजाल चलाउने आम नागरिकले सचेत हुनुपर्ने भएको छ । यस्तो आचार संहिता सरकार, राजनीतिक दल, संघसंस्था, कर्मचारी, सुरक्षाकर्मी, गैरसरकारी संस्था र पत्रकारहरुलाई मात्रै होइन, फेसबुक र ट्विटर अनि भाइबर चलाउनेहरु व्यक्तिहरुलाई पनि लाग्न सक्छ । मोबाइलबाट एसएसमएस पठाउँदा पनि आचार संहिता लाग्न सक्छ ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता सँगै फेसबुक लगायत सामाजिक संजालमा निर्वाचनसम्बन्धि स्टाटस पोष्ट गर्दा तथा कमेन्ट गर्दा सचेत हुनुपर्नेछ । निर्वाचन आयोग ऐन ०७३ को दफा २३ अनुसार आयोगले आचार संहिता उल्लंघन गर्नेलाई रोक्न आदेश दिने छ र उसको आदेशलाई उल्लंघन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई निर्वाचन आयोगले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने प्रावधान छ ।

निर्वाचन आचार संहिता लागू भएसंगै कुनै पनि व्यक्तिले कुनै उम्मेद्वार वा राजनीतिक दलको विपक्षमा आधारहीन कुराहरु फेसबुक ट्विटर तथा कुनैपनि सामाजिक संजालमा पोष्ट गर्न पाउदैन । यदी आचारसंहिता बिपरित गरेमा उक्त व्यक्तिलाई १ लाखसम्म जरिवाना तिराईनेछ । सामाजिक संजालमा पोष्ट गर्नु त टाढाको कुरा कुनै राजनीतिक दल वा नेतालाई निराधार आरोप लगाईएको कुरा भाइबर वा एसएमएसमार्फत् समेत पठाउन पाइनेछैन ।

निर्वाचन आचार संहिता लागू भएसंगै कुनै पनि व्यक्तिले कुनै उम्मेद्वार वा राजनीतिक दलको विपक्षमा आधारहीन कुराहरु फेसबुक ट्विटर तथा कुनैपनि सामाजिक संजालमा पोष्ट गर्न पाउदैन । यदी आचारसंहिता बिपरित गरेमा उक्त व्यक्तिलाई १ लाखसम्म जरिवाना तिराईनेछ । सामाजिक संजालमा पोष्ट गर्नु त टाढाको कुरा कुनै राजनीतिक दल वा नेतालाई निराधार आरोप लगाईएको कुरा भाइबर वा एसएमएसमार्फत् समेत पठाउन पाइनेछैन ।

अनलाइनमा बढ्दो बिरोध, निराधार आरोप, व्यक्तिगत तथा दलीय रुपमा आँच आउने खालका सामग्रीहरु सामाजिक संजालमा पोष्ट गर्दा वा निर्वाचन अवधिभर निर्वाचन आचारसंहिता बिपरित काम गर्न पाइदैन । हुनत यस्ता कुरा कहिलै पनि गर्न पाइदैन तर निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागु भईसकेको अवस्थामा यस्ता कुरालाई निकै गम्भीर रुपमा निगरानी राख्ने हुँदा कुनैपनि व्यक्ति दण्डरजरिवानामा पर्न सक्छ ।

निर्वाचन आयोग ऐन ०७३ को दफा २३ अनुसार आयोगले आचार संहिता उल्लंघन गर्नेलाई त्यस्तो कार्य रोक्ने आदेश दिने छ । तर, आदेश दिँदा पनि त्यस्तो कार्य रोकिएन भने त्यस्तो राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई निर्वाचन आयोगले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ प्रावधान ऐनको दफा २३ को उपदफा ३ मा उल्लेख छ ।

सञ्चारमाध्यमले के-के गर्न पाइँदैन ?

१४. आमसञ्चारका माध्यमले पालना गर्नुपर्ने आचरण : आमसञ्चारका माध्यमले पालना गर्नुपर्ने

आचरण देहायबमोजिम रहेका छन्ः–

(क) निर्वाचनसम्बन्धी शिक्षामूलक समाचार र सूचनालाई उच्च प्राथमिकता दिनुपर्ने,

(ख) सूचना वा समाचार तथ्यमा आधारित भई निष्पक्षरुपमा सम्प्रेषण गर्ने,

(ग) पेशागत आचरण एवं मान्यता विपरीत हुने काम कारबाही गर्न नहुने,

(घ) विभिन्न जातजाति सम्प्रदाय, लिङ्ग, धर्म, भाषा–भाषी र क्षेत्रबीचको सम्बन्ध र सद्भावमा खलल नपर्ने गरी सूचना वा समाचार प्रकाशन, प्रशारण वा सम्प्रेषण गर्ने,

(ङ) राजनीतिक दल तथा उम्मेदवारलाई समान अवसर दिनु पर्ने,

(च) उम्मेदवार वा राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रशारण वा सम्प्रेषण गर्न वा गराउन नहुने,

(छ) उम्मेदवार वा राजनीतिक दलको सम्बन्धमा आयोगले तोकेको समयावधिभन्दा बढी नहुने गरी र सशुल्क विज्ञापन भएको जनाउने गरीे निर्वाचनसम्बन्धी विज्ञापन प्रकाशन, प्रशारण वा सम्प्रेषण गर्ने, तर मौन अवधिमा त्यस्तो विज्ञापन प्रकाशन, प्रशारण वा सम्प्रेषण गर्न पाईने छैन ।

(ज) उम्मेदवार वा राजनीतिक दलको निर्वाचनसम्बन्धी प्रकाशन, प्रशारण वा सम्प्रेषण गरेको प्रत्येक सूचना वा विज्ञापनको मिति र समयको अभिलेख अद्यावधिक राख्नुपर्ने,

(झ) निर्वाचन तथा मतदाता शिक्षा लगायतका सामग्री स्थानीयस्तरमा प्रयोग भइरहेका सबै भाषालाई समेट्ने गरी समानुपातिक आधारमा प्रकाशन, प्रशारण वा सम्प्रेषण गर्ने,

(ञ) उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा आधारहीन सामग्री एस.एम.एस, फेसबुक, ट्वीटर, भाइवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमा प्रकाशन, प्रशारण वा सम्प्रेषण नगर्ने ।

फेसबुक प्रयोगकर्ताले ध्यान दिनुपर्ने कुरा

निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा कुनै पनि व्यक्तिले कुनै उम्मेद्वार वा राजनीतिक दलको विपक्षमा आधारहीन कुराहरु फेसबुकमा पोष्ट गर्न पाइने छैन । साथै त्यस्ता कुराहरु टि्वटर, भाइबर वा एसएमएसमार्फत् पनि प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नपाइने निर्वाचन आचार संहिताको दफा १४ को (ञ) मा उल्लेख छ । विद्युतीय माध्यमहरुबाट यस्ता कुराहरु प्रचार प्रसार गर्नेलाई निर्वाचन आयोग ऐन अनुसार कारबाही हुने आचार संहितामा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री दाहालसँग पूर्व जापानी प्रधानमन्त्रीको भेट

काठमाडौं ।
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले जापान सरकारले नँया नेपालको निमार्ण र भुकम्प पछिको पुन निमार्णमा गरेको सहयोगको सराहाना गर्नु भएको छ ।

नेपाल भ्रमणमा रहनुभएका जापानका पूर्व प्रधानमन्त्री युकियो हाटोयामा संग बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा पनि नेपाल जापान सम्बन्ध अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. ऋषिराज अधिकारीले जानकारी दिनुभयो ।

नेपालमा रहँदा भुकम्प प्रभावित विभिन्न स्थानहरुको भ्रमण गरिसक्नु भएका पूर्व प्रधानमन्त्री हाटोयामाले जापानी सहयोग वृद्धि गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताउनुभयो ।

भेटका अवसरमा जापानका पूर्व प्रधानमन्त्री हाटोयामाले नेपालमा भईरहेको राजनीतिक घटनाक्रम सकारात्मक रुपमा अघि बढिरहेकोमा खुसी व्यक्त गर्नुभयो ।

संसदीय दलको बैठक नियमित गर्न माओवादी सांसदहरुको माग

काठमाडौँ ।
नेकपा 'माओवादी केन्द्र'मा सरकार गठनपछि पार्टी संसदीय दलको बैठक बस्न नसकेको जनाउँदै नियमित गर्न माग गरिएको छ ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा सहभागी सांसदले सरकार गठनपछि दलको बैठक नबसेको भनी आपत्ति जनाएका हुन् ।

बैठकमा पार्टी र स्थानीय तहको निर्वाचन र संसद् चालु अधिवेशनका विषयमा सातै प्रदेशका प्रदेश संयोजकले आआफ्ना धारणा राखेका थिए । संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतले पार्टीभित्र देखिएका समस्या, चुनौती, साङ्गठनिक अवस्थाका बारेमा बैठकमा छलफल भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी सरकारमा गएपछि दलको बैठक बस्न नसकेको प्रति सांसदहरूले विरोध गर्नुभएको थियो ।

जयबहादुर चन्द महानिरीक्षक बन्न अयोग्य, सिलवाललाई बाटो खुल्ला

काठमाडौं ।
सर्वोच्च अदालतले नेपाल प्रहरीका बहालवाला प्रहरीनायब महानिरीक्षकमध्ये योग्यता कार्यसम्पादन मूल्याङ्कनमा प्रतिस्पर्धीमध्ये उच्च अङ्क प्राप्त गर्नेलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न आदेश दिएको छ ।

गत फागुन १ गते मन्त्रिपरिषद्ले प्रहरीनायब महानिरीक्षक जयबहादुर चन्दलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णयलाई उत्प्रेषणको आदेशले आज बदर गरी कार्यसम्पादनका आधारमा उच्च अङ्क ल्याउने मध्येबाट बढुवा गर्न सरकारका नाममा परमादेश जारी गरेको हो ।

प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीश डा. आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई र हरिकृष्ण कार्कीको पूर्ण इजलासले प्रहरी नियमावली, २०७१ को नियम ४१ को प्रावधानको समुचित परिपालना गरी, न्यायका मान्य सिद्धान्त, सुरक्षा निकायको नियन्त्रण कडीलाई समेत ध्यान दिएर उच्च अङ्क प्राप्त गर्नेलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘प्रहरी नियमावलीका आधारमा ज्येष्ठता, कार्यसम्पादनसम्बन्धी योग्यतातर्फ दृष्टिगत गर्दा नवराज सिलवाल नै अग्रस्थानमा रहेको देखियो ।’

आदेशमा आर्थिक वर्ष २०६९/७० देखि २०७२/७३ सम्म चार वर्षको कुल औसत अङ्क हेर्दा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने व्यक्ति सिलवाल, दोस्रोमा प्रकाश अर्याल, तेस्रोमा बमबहादुर भण्डारी र चौथोमा जयबहादुर चन्द रहेको उल्लेख छ ।

आदेशमा रिट निवेदक सिलवालउपर अनुचित भेदभाव हुन पुगेको देखिएको र वरिष्ठताको पहिलो क्रममा रहेका व्यक्तिउपर समानताको व्यवहार नभएको साथै अनुचित र अन्यायपूर्ण व्यवहार देखिएको उल्लेख छ ।

अधिवक्ता कपिलदेव ढकाल र प्रतिस्पर्धी स्वयम् सिलवालले प्रहरी नियमावलीविपरीत सरकारले चन्दलाई प्रहरीमहानिरीक्षकमा बढुवा गरेको भन्दै निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो ।

नेपाल प्रहरीको महानिरीक्षक पदमा चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन यसअघि अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

खानेपानी उपभोक्ता तथा सरसफाई समिति गठनमा हातपात

पप्पु गुरुङ्, ८ चैत्र, महाकाली । खाने पानी उपभोक्ता तथा सरसफाई समितिको गठनको विषयलाई लिएर आज बिबाद संगै हातपात भएको छ् । सर्वेक्षण पश्चात नेपाल खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कञ्चपुरको आयोजनामा आर्थिक वर्ष २०७४/०७५ देखि साबिकाको दोधारा गाबिस क्षेत्रको बाबाथान, कञ्चनभोज र श्रजना आधारभुुत बिद्यालयको क्षेत्रमा निमार्ण हुन लागेको खाने पानी निमार्ण कार्यको आज महाकाली नगरपालिकाको सयुक्त वडा कार्यालयको सभा कक्षमा आयोजना गरिएको खाने पानी उपभोक्ता तथा सरसफाई समिति गठन कार्यमा सहमती पछि निर्णयको संघारमा आएर बिबाद भएपछि उक्त बिषयलाई लिएर बाबाथान बजारमा आएर हातपात भएको बताईएको छ् । महाकाली नगरपालिका सयुक्त वडा कार्यालयका सचिव मोहन सुनारको अध्यक्षतामा संचालन भएको सममिति गठनमा पार्टीको अंश बण्डा भएको बिषयलाई लिएर बिरोधमा हातपात भएको एक स्थानिय नेताले बताएका छन् । “सहमती को अन्तिम टुङ्गोमा पुग्दा नपुग्दै बिबाद श्रजना भएको हो” महाकाली नगरपालिका सयुक्त वडा कार्यालयका सचिव मोहन सुनारले भने– “ खाने पानी उपभोक्ता तथा सरसफाई समितिको गठन भएको सदर हने नहुने विषय अन्योलमा छ्” दिपक सुनार, डम्मर राना बिच समिति गठनको विषयलाई लिएर हातपात भएको बताईएको छ् । यस सम्बन्धमा उपस्थित स्थानियहरुले कुनै प्रतिकृया दिन चाहेनन् । “स्थानिय निर्वाचन मुहमा आएको कारण हामी बोल्न नमिल्ने भएको छ्” एक स्थानिय नेताले नाउ उल्लेख नगर्ने सर्तमा भने । हातपातको कुरा नमिलेपछि बाबाथान प्रहरी चौकीमा पुुगेर सहमती भएको हो । समितिको आधिकारिकता दिने जिम्मेवार महाकाली नगरपालिका भएको कारण महाकाली नगरपालिकाले आधिकारिकता दिएर पठाएको खाने पानी उपभोक्ता तथा सरसफाई समितिको गठनलाई हामी आधिकारिता दिने नेपाल खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कञ्चपुरका गौर बहादुर लिम्बुुले बताएका छन् । “यो नितान्त बिकासको काम भएको हुदा सबैले सहयोग गर्नु पर्छ” नेपाल खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कञ्चपुरका गौर बहादुर लिम्बुुले बताए । समिति गठनमा एकलौटी भएको भन्दै बिबाद गरेको नेपाल तरुण दल महाकाली नगर समितिका अध्यक्ष डम्मर रानाले बताएका छन् । “निश्वार्थ बिकास निमार्णको काममा पनि यस्तो एकलौटी तथा मनमर्जी तन्त्रले समिति गठन भएकोमा हामीले बिरोध गरेका हौ” आजको एकलौटी गठन भएको समितिलाई बिगठन गर्नु पर्ने नेपाल तरुण दल महाकाली नगर समितिका अध्यक्ष डम्मर रानाले बताएका छन् । कसैको कुरा नसुनेर एकलौटी राजनितिक दलहरुले भाग बण्डा गरेको अध्यक्ष रानाको भनाई छ् । आज समितिको अध्यक्षमा गोर्ख बहादुर मल्ल, उपाध्यक्षमा गोपीलाल कडेंल, सचिवमा रतन ओली लगाएत ९ सदस्यीय खाने पानी उपभोक्ता तथा सरसफाई समिति बाबाथान गठन गरेको थियो ।

नेपाल बेलायत कुटनीतिक सम्बन्ध

मा ह्यारिले सम्झे पिरो खसीको मासु खाएको क्षण

लण्डन ।
उद्योगमन्त्री नवीन्द्रराज जोशीले बेलायत नेपाल सम्वन्ध सरकारीस्तरमा मात्र नभइ जनस्तरमा समेत सुदृढ भएको बताए । मन्त्री जोशीले गत वर्ष नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएको स्मरण गर्दै नेपालमा जलश्रोत, पर्यटन व्यापार र लगानीका प्रशस्त अवसरहरु रहेको धारणा समेत राखे ।

बेलायत नेपालबीच कुटनीतिक सम्बन्ध कायम भएको दुईसय वर्ष पुरा भएको अवसरमा लन्डनस्थित नेपाली दूतावासद्वारा आयोजित साताव्यापी कार्यक्रमको अन्तिम दिन सोमबार अपरान्ह लन्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा मन्त्री जोशीले गोर्खा सैनिकहरुको साहस, इमान्दारिता र वीरताले बेलायतसँगको सम्वन्ध सुदृढ तुल्याएको उल्लेख गर्दै बेलायतले नेपालको आर्थिक र सामाजिक विकासमा पुर्‍यायाएको योगदानको प्रशंसा समेत गरेका थिए ।

बेलायती राजकुमार ह्यारीले नेपाल भ्रमणकाक्रममा आफूले गोर्खा सैनिकका केही गाउँ पुग्ने अवसर पाएको बताउँदै ह्यारीले गोर्खा सैनिकहरुको दृढ चरित्र कसरी बन्छ भन्नेकुरा आफूले बुझ्ने मौका पाएको उल्लेख गरे ।

आफ्ना पिता चार्ल्सको जस्तै ब्रिगेड अफ गोर्खाजसँग ४० वर्ष लामो सम्बन्ध नभएपनि आफूले गोर्खा सैनिकहरुसँगको सम्बन्धबाट खुशी र गर्व महशुस गर्ने गरेको उनले बताए ।

राजकुमार ह्यारीले गोर्खालीहरुको साहस, निस्वार्थ त्याग र व्यावसायिकताको प्रशंसा पनि गरे । ह्यारीले अफगानिस्तानमा गोर्खाहरुसँगै बसेर पिरो खसीको मासु खाएको क्षण स्मरणीय भएको बताए ।

उनले आफू मात्र गोर्खा सैनिकसँग प्रभावित नभइ बेलायती रानी र नागरिकहरुले समेत सम्मान गर्ने गरेको प्रसंग पनि गरे ।
ह्यारीले गत हप्ता आफ्ना बाबुको साथ बहादुर गोर्खा जवानहरुलाई राजदरबारमा पदक दिएको समेत सम्झिए ।
ब्रिटेनमा गोर्खालीहरुप्रति उच्च सम्मान रहेको कुरा दुई वर्ष अघिको भूकम्पपछि चलाइएको सहयोग संकलन अभियानमा ब्रिटिश जनताले देखाएको सहभागिताबाट प्रष्ट भएको उनले बताएका थिए।
ह्यारीले नेपालमा किशोरी तथा महिलाहरुको सशक्तिकरण तथा बाल विवाह एवं महिला हिंसा विरुद्ध कामहरु भइरहेका सुन्दा आफूलाई खुसी लागेको बताए ।
राजकुमार ह्यारीले आउँदा कैयौं शताब्दीहरुसम्म पनि नेपाल र ब्रिटेनबीच निकट सम्बन्ध तथा मित्रता कायम रहिरहने विश्वास व्यक्त गरे । आफूले पोहोर साल लगाएको टिका मेटिन नपाउँदै फेरि नेपाल पुग्ने आफ्नो इच्छा रहेको पनि उनले जनाएका थिए।
राजकुमार ह्यारीले पानसमा दीप प्रज्वलन गरि उक्त समारोह उद्घाटन गरेका थिए । उनले दूतावास हलमा भिक्टोरिया क्रस ९भिसी० प्राप्त गर्ने १३ भूपू गोर्खाहरुको तस्वीर अनावरण समेत गरे ।
उक्त अवसरमा राजकुमार ह्यारीको स्वागतार्थ गोर्खा ब्रिगेड व्याण्डबाट संगीत प्रस्तुत गर्नुका साथै गोर्खा सैनिकहरुले खुकुरी नाच देखाएका थिए । साथै नेपालको हिमाल, पहाड र तराइ मधेसको संस्कृति झल्कने विभिन्न नेपाली नृत्य समेत प्रस्तुत गरिए ।
उक्त विशेष समारोहमा बेलायती रक्षामन्त्री मार्क ल्यान्केस्टर, बेलायती सेनाका डेपुटी कमाण्डर इन चिफ, बेलायती सांसद, मन्त्रालयका उच्च पदस्थ कर्मचारी, विभिन्न देशका राजदूत, मेयर लगायत सयौं नेपालीको सहभागिता थियो ।
लन्डनस्थित नेपाली दूतावासले गत १४ मार्च देखि साताव्यापी कार्यक्रम अन्तर्गत पुस्तक, फोटो तथा चित्रकला प्रदर्शनी, व्यापार तथा लगानी सम्मेलन, नेपाली कला, साहित्य र संगीत महोत्सव, बेलायत नेपाल सम्बन्धबारे बौद्धिक अन्तर्क्रिया जस्ता गतिविधि आयोजना गरेको थियो ।

नारायणगढ–मुग्लिन सडक अब दैनिक ६ घण्टा बन्द हुने, यस्ता छन् वैकल्पिक मार्गहरु

काठमाडौं, चैत ८ ।  चितवनस्थित नारायणगढ–मुग्लिन सडक खण्ड अबदेखि हरेक दिन ६ घण्टा बन्द हुने भएको छ । आयोजनाले एक सूचना प्रकाशन गर्दै यही चैत १५ गते देखि अर्को सूचना नआउन्जेल सम्मको लागि उक्त सडक खण्ड दैनिक ६ घण्टा अर्थात बिहान  १०ः०० बजेदेखि दिउँसो ४ः०० सम्म बन्द हुने जनाएको छ । सो सडक यसअघि हरेक दिन बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म साढे ४ घण्टा बन्द हुँदै आएको थियो ।

दैनिक साढे चार घण्टा सडक बन्द गरेर काम गर्दै आएपनि सडकमा सवारी साधनको चाप नघटेकाले डेढ घण्टा बढी सडक बन्द गरेर निमार्ण कार्यलाई तीव्रता दिन लागिएको आयोजनाले जनाएको छ ।राजमार्गको पुनर्निर्माणको काममा अग्ला पहाड फुटाउनु पर्ने र सडकको सतह मिलाउनु पर्ने भएका कारण दिउँसोको समयमा बन्द गरेर काम गरिरहेको आयोजनाले बताएको छ ।

सडक बन्द हुँदा काठमाडौं र पोखराबाट आउने सवारीलाई मुग्लिङमा र चितवनबाट जाने सवारीलाई दासढुंगामै रोक्ने गरिएको छ । दिउँसोको समयमा सडकखण्डमा पर्ने १६ किलो, घुमाउने, चार किलो र कालिखोलाका ठूला पहाड फुटाउने काम भइरहेको छ ।

२०७२ वैशाखमा निर्माण सुरु भएपछि यस अवधिमा ५० प्रतिशत काम हुनुपर्नेमा ३३ प्रतिशत मात्र प्रगति देखिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डलाई सन् २०१७ अप्रिलसम्ममा चार लेनको बनाइसक्ने योजना कार्यतालिका रहेको छ ।

वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

आयोजनाले बिहान   १०ः०० बजेदेखि अपराह्न ४ः०० सम्म  सो सडक हुँदै आवतजावत गर्ने सवारी साधनहरुलाई वैकल्पिक सडकको प्रयोग गर्न अनुरोध गरेको छ  ।

आयोजनाले सार्वजनिक गरेको सवारी रुटअनुसार राजधानी काठमाडौँबाट पूर्वतर्फ जाने तीनवटा वैकल्पिक मार्ग प्रयोग गर्दा छोटो दूरीमा गन्तव्य पुग्न सकिने देखिन्छ । पश्चिमतर्फ भने एउटा मात्रै वैकल्पिक मार्ग भएकाले केही लामो दूरी यात्रा गर्नुपर्ने हुन्छ ।

पूर्व तर्फ जानको लागि बिपी राजमार्ग, त्रिभुवन राजपथ र हेटौँडा–भीमफेदी–बल्खु मार्ग प्रयोग गर्न सकिन्छ भने पश्चिमका लागि पृथ्वीराजमार्ग हुँदै सिद्धार्थ राजमार्ग प्रयोग गरेर गन्तव्यसम्म जान सकिन्छ । ती मार्गबाट १२ मिटरभन्दा लामा र बढी भार भएका ट्रकको हकमा भने नारायणगढ–मुग्लिन सडकको विकल्प नभएको आयोजनाले जनाएको छ ।

वैकल्पिक रुपमा बिपी राजमार्ग प्रयोग गरेर बनेपा हुँदै बर्दिबाससम्म पुग्दा एकसय ७७ किलोमिटर, त्रिभुवन राजपथ प्रयोग गरेर नौबिसेबाट हेटौँडा पुग्दा एकसय आठ किलोमिटर, बल्खुबाट भीमफेदी हुँदै हेटौँडासम्म जाँदा एकसय ४६ किलोमिटर दूरी छोटो हुने आयोजनाले जनाएको छ ।

पश्चिम तर्फ भने मुग्लिनबाट पोखरा हुँदै बुटवल जाँदा ७१ किलोमिटर दूरी लामो हुने देखिएको छ । सवारी आवागमन बन्द भएपछि हुने सवारी जामलाई व्यवस्थित गर्न सडकखण्डमा चौबिसै घन्टा मोटरसाइकलमा प्रहरी परिचालन गरिँदैछ भने बिग्रेका सवारी हटाउनका लागि क्रेन र डोजर तयारी अवस्थामा राखिएको छ ।

बिहारमा दलाइ लामालाई बोलाएपछि चीन-भारत सम्बन्ध चिसियो

काठमाडौं,चैत ८ । तिब्बती बौद्ध धर्मगुरू दलाइ लामालाई अन्तर्राष्ट्रिय बौद्धिष्ट सेमिनारमा बोलाएपछि चीन र भारतको सम्बन्धमा चिसोपना आएको छ । भारतीय समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इन्डियाका अनुसार दलाइ लामालाई बिहारको एक बौद्धिष्ट सेमिनार उद्‌घाटन गर्न बोलाएकोमा आपत्ति जनाएको हो ।

पीटीआइले चाइना टुडेको हवला दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुङछिङले संवाददाता सँग भनेकी छिन्, ‘चीनको विरुद्धमा उभिने दलाइ लामालाई भारतले बौद्धिष्ट सेमिनारमा बोलाएर सम्‍मान दिएको छ ।  यसमा चीन विरोध र तीव्र असन्तुष्ट व्यक्त गर्दछ।’ आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

उनले भनेकी छिन्, ‘ तिब्बत र यससँग सम्बन्धित प्रश्‍नप्रति प्रतिवद्धता जनाउँदै भारतमा चीन विरोधी गतिविधिलाई रोक्‍न आग्रह गर्दछु ।  भारत र चीनको सम्बन्धलाई थप कमजोर नबनाउन आग्रह गर्दछु ।’

धर्मगुरु लामाले बिहारको नालन्दा जिल्लाको राजगीरमा १७ मार्चमा राजधानी बौद्ध धर्मबाट एउटा अन्तराष्ट्रिय बौद्ध गोष्ठीको उद्‌घाटन गरेका थिए । राजधानी पटनादेखि करीब सय किलोमिटरको दूरीमा रहेको छ ।

विभिन्‍न देशका बौद्ध भिक्षु तथा विद्वानले ‘२१ औ शताब्दीमा बौद्ध धर्म’ नामक सेमिनारमा छलफल गरेका थिए। यही महिनाको सुरुमा चीनले भारतको अरुणाचल प्रदेशमा आउन दलाइ लामालाई अनुमति दिने बारेमा विरोध गरेको थियो ।

केहीदिनभित्र अनुभूति हुनेगरि सेवामा सुधार हुन्छ-टेलिकम

काठमाडौं ।
नेपाल टेलिकमले आगामी केही दिनभित्रै उपभोक्ताहरुले अनुभूति गर्ने गरी टेलिफोन सेवामा सुधार हुने जनाएको छ ।

सोमबार काठमाडौमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाल टेलिकमका महाप्रबन्धक कामीनी राजभण्डारीले टेलिफोन सेवामा आएका समस्याहरुको समाधानका लागि हाल तिब्रताका साथ काम भइरहेको र केही दिनभित्रै उपभोक्ताले सेवामा सुधारको अनुभूति गर्ने बताउनुभयो ।

उहाँले उपभोक्ताहरुका गुनासा सुनुवाइका लागि कार्यदल गठन गरिएको र फोर जी सेवालाई देशव्यापी बनाउने काम समेत अघि बढाइएको जानकारी दिनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web