संसदीय दलको बैठक नियमित गर्न माओवादी सांसदहरुको माग

चैत्र ८, २०७३ मा प्रकाशित | 694 views

काठमाडौँ ।
नेकपा 'माओवादी केन्द्र'मा सरकार गठनपछि पार्टी संसदीय दलको बैठक बस्न नसकेको जनाउँदै नियमित गर्न माग गरिएको छ ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा सहभागी सांसदले सरकार गठनपछि दलको बैठक नबसेको भनी आपत्ति जनाएका हुन् ।

बैठकमा पार्टी र स्थानीय तहको निर्वाचन र संसद् चालु अधिवेशनका विषयमा सातै प्रदेशका प्रदेश संयोजकले आआफ्ना धारणा राखेका थिए । संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतले पार्टीभित्र देखिएका समस्या, चुनौती, साङ्गठनिक अवस्थाका बारेमा बैठकमा छलफल भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी सरकारमा गएपछि दलको बैठक बस्न नसकेको प्रति सांसदहरूले विरोध गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web