शहिद गौतम परिवारका लागी कोरियामा पनि सहयोग संकलन

पप्पु गुरुङ्, १७ चैत्र, महाकाली नगरपालिका । सुदूर पश्चिम समाज, दक्षिण कोरियाले कंचनपुरको सीमावर्ती क्षेत्र पुनर्वास घटनाका भारतिय फौजको गोली प्रहारबाट मातृभुमीको रक्षा गर्दै सहादत प्राप्त गरेका गोविन्द गौतमका परिवार तथा गंभीर घाइते टीकाराम चापागााईको उपचार सहयोगका लागि कोरियामा बस्ने नेपालीहरुले आर्थिक सहयोग संकलन अभियान थालेका छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले कृतिम विवाद सृजना गरी नेपाली भूमिमा बन्दै गरेको कल्भर्ट भत्काए पछि गत फागुन २६ मा विरोधमा उत्रिएका नेपालीहरू माथि ज्यादतीपूर्ण र अमानवीय रुपमा निर्घात कुटपीट गर्नुका साथै गोलि चलाए पछि युवा गोविन्द गौतमको ज्यान गएको थियो, भने टीकाराम चापागाई गंभीर घाइते भएका थिए । पारिवारिक अवस्था ज्यादै दयनीय रहेको तथा नेपाली मातृभूमिको रक्षाका निम्ति हासी हासी छातीमा दुश्मनका गोली, लाठी र बूट थाप्ने बीर सहिद गोविन्द गौतमको बलिदानलाई सम्मान गर्दै आर्थिक सहयोग संकलन थालिएको महाकाली नगरपालिका स्थानिय निवासी तथा कोरिया कर्म थलो भएका तेज चन्द ठकुरीले खबर दिएका छन् । “देशका लागी सहादत भएका गौतम परिजन तथा घाईतेका लागी सहयोग संकलन अभियान थालेका छौं” कोरियाबाट तेज चन्द ठकुरीले टेलिफोनबाट खबर दिएका छन् । “संकलन अभियान पछि एथासिघ्र संकलित सहयोग रकम नेपाल पठाईने छ्” ठकुरीले भने । यस्तै शर्माली २ बैतडी मूलघर भई कन्चनपुर महाकाली नगरपालिका बस्दै आएका जीप दुर्घटना मा परेका एकै परिवार का आठ जना मध्ये परिवार का घरमुली सहित चार जना मृत्यु भएका तथा उक्त घट्नामा घाइतेहरु को खर्चको अभाब मा उपचार हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै कोरियामा बस्दै आएका नेपाली दाजुभाईरुले सहयोग संकलन अभियानलाई अघि बढाएको बताईएको छ् । अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण महान महानुभावहरु प्रति हार्दिक कृतज्ञता एबं आभार ब्यक्त गर्दछौं सामाजिक संजालमा भनिएको छ् । साथै सहयोग गर्न चाहने अन्य सहयोगदाताहरु बाट पनि सक्दो साथ  सहयोग को अपेक्षा समेत गरिएको छ् ।

गायक साहिलले एलिसालाई ‘के यो मायाँ हो’ भन्दा एकैदिन एकलाख नजर (भिडियो सहित)

काठमाडौं ।
पछिल्लो आफ्नो गित तिम्रो मनमा मरो लागि कुनैदिन मायाँ पलाउनेछ भन्दै पप आधुनिक गित मन पराउने नेपालीको मायाँ बटुलेका गायक साहिल खड्काको नयाँ म्युजिक भिडियो सुरुवातमै लोकप्रिय बन्न पुगेको छ ।

आफ्नै शब्द–संगीत र आवाजमा साहिलको के यो मायाँ हो बोलको पप आधुनिक गितलाई एक दिनमै उनमा फ्यानहरुले करिव १ लाख पटक युट्युवमा हेरेका छन् ।

जीवन चौलागाईको निर्देशन रहेको म्युजिक भिडियोमा साहिल आफैं मोडलको रुपमा देखिएका छन् भने उनको प्रेमिकाको रुपमा भने चर्चीत मोडल एलिसा राई देखिएकी छिन् ।

अनिल के मानन्धरले छायांकन गरेको सुन्दर म्युजिक भिडियो उत्कृष्ठ गित संगितले थप सुन्दरता थपेको छ ।

पहिलो एल्बम प्रियसी पछि दोस्रो एल्बम प्रियसी २ को तयारीमा रहेका साहिल एकदिनमै करिव १ लाख पटक आफ्नो म्युजिक भिडियो हेरेको पाएपछि दंग देखिएका छन् ।

गित सुनेर तथा म्युजिक भिडियो हेरर प्रतिक्रिया समेत दिन आग्रह गर्दै हाल परदेशमा रहेका साहिलले भने-'म सँधै नेपाली गित संगितमा रहिरहनेछु मेरो यो सुरुवात हो सबैले साथ दिनुभएको छ म कहिल्यै यो मायाँ र साथ छोड्दीन ।'

हाल जापानको राजधानी टोकियोमा सपरिवार बस्दै आएका साहिल जापानमा भने गुमनाम जस्तै रहँदै आएका छन् ।

तर पछिल्लो म्युजिक भिडियोको लोकप्रियतापछि भने केही समयअघि मात्र जापान बसाईमा रहेका साहिलले नेपालबाटै विश्वभर रहेका नेपालीमाझ परिचित बन्न पुगेपनि अब भने जापानमा रहेका ६० हजार बढी नेपालीमाझ छुट्टै परिचय बनाउने देखिएको छ ।

साहिल भन्छन्-'तिम्रो मनमा मेरो लागि कुनै दिन माया पलाउनेछ' (भिडियो सहित)

गायक साहिलले एलिसालाई के यो मायाँ हो भन्दा एकैदिन एकलाख नजर भिडियो सहित

काठमाडौं ।
पछिल्लो आफ्नो गित तिम्रो मनमा मरो लागि कुनैदिन मायाँ पलाउनेछ भन्दै पप आधुनिक गित मन पराउने नेपालीको मायाँ बटुलेका गायक साहिल खड्काको नयाँ म्युजिक भिडियो सुरुवातमै लोकप्रिय बन्न पुगेको छ ।

आफ्नै शब्द–संगीत र आवाजमा साहिलको के यो मायाँ हो बोलको पप आधुनिक गितलाई एक दिनमै उनमा फ्यानहरुले करिव १ लाख पटक युट्युवमा हेरेका छन् ।

जीवन चौलागाईको निर्देशन रहेको म्युजिक भिडियोमा साहिल आफैं मोडलको रुपमा देखिएका छन् भने उनको प्रेमिकाको रुपमा भने चर्चीत मोडल एलिसा राई देखिएकी छिन् ।

अनिल के मानन्धरले छायांकन गरेको सुन्दर म्युजिक भिडियो उत्कृष्ठ गित संगितले थप सुन्दरता थपेको छ ।

पहिलो एल्बम प्रियसी पछि दोस्रो एल्बम प्रियसी २ को तयारीमा रहेका साहिल एकदिनमै करिव १ लाख पटक आफ्नो म्युजिक भिडियो हेरेको पाएपछि दंग देखिएका छन् ।

टपनेपालन्युजडटकमसँगको कुराकानीमा साहिलले भने सबैले मेहनत र मेरो आवाजलाई मन पराइदिनुभएको देख्दा अझ मलाई गितसंगितमा लाग्न उर्जा मिलेको छ ।

गित सुनेर तथा म्युजिक भिडियो हेरर प्रतिक्रिया समेत दिन आग्रह गर्दै हाल परदेशमा रहेका साहिलले भने म सँधै नेपाली गित संगितमा रहिरहनेछु मेरो यो सुरुवात हो सबैले साथ दिनुभएको छ म कहिल्यै यो मायाँ र साथ छोड्दीन ।

हाल जापानको राजधानी टोकियोमा सपरिवार बस्दै आएका साहिल जापानमा भने गुमनाम जस्तै रहँदै आएका छन् । तर पछिल्लो म्युजिक भिडियोको लोकप्रियतापछि भने केही समयअघि मात्र जापान बसाईमा रहेका साहिलले नेपालबाटै विश्वभर रहेका नेपालीमाझ परिचित बन्न पुगेपनि अब भने जापानमा रहेका ६० हजार बढी नेपालीमाझ छुट्टै परिचय बनाउने निश्चित देखिएको छ ।

हत्याराका सरदार भारतीय सेनाध्यक्षलाई ग्रेटर नेपालको ज्ञापनपत्र (विज्ञप्ति सहित)

काठमाडौं ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ‘हत्याराका सरदार’ भारतीय स्थल सेनाध्यक्ष विपीन रावत  नेपाल भ्रमणमा रहेकाबेला भारतीय राजदूतावास मार्फत ज्ञापनपत्र बुझाएको छ ।

राजदूतावासको दर्ता नं. ९ रहेको मोर्चाको तीन बुद्धे ज्ञापनपत्रमा गोविन्द गौतमको हत्याको लगत्तै नेपाल भ्रमण गरेकोमा स्थल सेनाध्याक्ष प्रति तीब्र रोष प्रकट गरिएको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतीय राजदूतावास पुगेर उक्त ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा नेपाल–भारत सम्बन्ध सौहार्दपूर्ण बनाउने भए सेनाध्यक्षले आफ्नो सरकारलाई सुगैली सन्धीमा गुमेको भूभाग नेपाललाई फिर्ता गर्ने, कालापानीबाट भारतीय सेना तत्काल फिर्ता गर्ने र भारतीय एस।एस।बि। ले हत्या गरेका गोविन्द गौतम लगायत सबै नेपालीका परिवारलाई प्रति व्यक्ति कम्तीमा भारु पचास लाख क्षतिपूर्ति संगै माफी माग्नु पर्ने माग सम्बोधान गर्न आग्रह गरिएको छ ।
विज्ञप्तिसहित
भारतीय स्थल सेनाध्यक्ष विपीन रावतलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाद्वारा प्रस्तुत तीन बुँदे ज्ञापनपत्र

श्री माननीय स्थल सेनाध्यक्षज्यू,
भारतीय स्थल सेना
भारत ।

मार्फत्
महामहिम राजदूतज्यू,
भारतीय राजदूतावास,
लैनचौर, काठमाडौं

महोदय,
पटक–पटक नेपाल सरहदभित्र प्रवेश गरी धेरै जना नेपालीको हत्या गर्दै आएको तपाईं नेतृत्वको भारतीय सेनाले पछिल्लो पटक पश्चिम नेपालमा गोविन्द गौतमको हत्या गरेको तपाईंलाई विदितै हुनुपर्छ । हाम्रा वीर सहिद गोविन्द गौतमको हत्याको रगतको प्रवाह आलो छँदै निर्लज्जतापूर्वक तपाईंले नेपाल भ्रमण गरेकोमा नेपाली जनता तपाईंप्रति क्षुब्ध छन् । तपाईंलाई नेपाली सेनाको मानार्थ महारथी पदवी दिनु भनेको नेपालमा भारतीय सेनाले गरेको नेपालीहरुको हत्या प्रकरणलाई वैधता दिनु हो भन्ने मोर्चाको ठहर छ । अतः ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा तपाईंलाई ‘हत्याराको सरदार’ भन्ने पदबी दिन्छ र तपाईंको नेपाल भ्रमणको खुलेर विरोध गर्दछ ।
यस सन्दर्भमा यदि तपाईं नेपाल–भारतसम्बन्ध सही अर्थमा सौहार्दपूर्ण र विकसित भएको देख्न चाहनुहुन्छ भने तपाईंले निम्न लिखित तीन कुराहरु गर्न भारत सरकारलाई दबाब दिनुपर्दछ ।
१. इतिहासमा कहिल्यै भारतको नभएको सुगौली सन्धिपूर्वको नेपाली भूभाग भारतले नेपाललाई अविलम्ब फिर्ता गर्नुपर्छ ।
२. नेपालको कालापानी क्षेत्रबाट भारतीय सेना तत्काल हट्नुपर्छ ।
३. भारतीय सीमा सुरक्षा बलले हत्या गरेका गोविन्द गौतमलगायत व्यक्तिहरूका परिवारलाईं प्रति व्यक्ति कम्तीमा भा।रु। ५०,००,०००।– ९पचास लाख रुपैयाँ० क्षतिपूर्ति दिई नेपालसँग माफी माग्नुपर्छ ।

मितिः २०७३/१२/१६

फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा

बोधार्थः
१. प्रधानमन्त्रीको कार्यालय
२. परराष्ट्र मन्त्रालय
३. बेलायती राजदूतावास, काठमाडौं

नेपाल पत्रकार महासंघ स्थापना दिवस मनायो

काठमाडौं ।
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आफनो ६२ आँै स्थापना दिवस आज विभिन्न कार्यक्रम गरि मनाएको छ ।

दिवसको अवसरमा महासंघले आज केन्द्रिय कार्यालय सञ्चारग्राममा आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले नेपाली सञ्चारजगत अहिले विभिन्न अवसर र चुनौतीबाट गुज्रिरहेको भन्दै दण्डहीनता र सेल्फ–सेन्सरसीपको अवस्था कायमै रहेको बताउनुभयो ।

कार्यक्रममा महाशाखाका पूर्ब सभापति शुरेश आचार्य, तारानाथ दाहाल, कुन्दन अर्याल लगायतका पत्रकारहरु र विभिन्न पेशागत संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मनाङ्गले जित्यो जनक कप फुटबलको उपाधि

काठमाडौं ।
मनाङ्ग मस्र्याङदि क्लब राजश्री जनक कप फुटबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ ।

सलार्हिको कर्मयामा बुधबार सम्पन्न फाईनलमा मनाङ्ग मस्र्याङदि क्लबले नेपाल आर्मी क्लबलाई १÷० गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हाम्रा सलार्हि समाचारदाता प्रेम नाथ पौडेलले जनाएका छन् ।

मनाङ्ग मस्र्याङदि क्लबका लागि एक मात्र निर्णायक गोल बिमल रानाले खेलको ४९ मिनेटमा गरेका थिए ।

प्रथम हुँदै मनाङ्ग मस्र्याङदि क्लबले उपाधि सहित ४ लाख रुपैँया प्राप्ेत गरेको थियो भने दोस्रो भएको नेपाल आर्मी क्लबले २ लाख रुपैँया प्राप्त गरेको थियो ।

अख्तियारद्वारा घुसलिदै गर्दा भूमिसुधारका नासु पक्राउ

बीरगञ्ज ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौडाबाट खटिएको टोलीले भूमिसुधार कार्यालय पर्साका नासु विश्वनाथ प्रसाद यादवलाई सेवाग्राही संग घुस लिदै गरेको अबस्थामा पक्राउ गरेको छ ।

अख्तियारका प्रहरी नायव उपरिक्षकको कमाण्डमा खटिएको टोलीले कार्यालयमै सेवाग्राही सँग १५ हजार रुपैया घुस लिदै गर्दा रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौडाले जनाएको छ ।
पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिई हेटौडा लगिएको छ ।

नेपाल र भारतका पाँच स्रष्टालाई नइ पुरस्कार

काठमाडौं ।
नइ प्रकाशनले नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रका पाँच महानुभावलाई २०७३ सालका विभिन्न पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसार्इंको अध्यक्षतामा बसेको प्रकाशनको बैठकले दुई लाख राशिको ‘नइ देरुनिख’ अन्तर्राष्ट्रिय पुरस्कार भारतकी विन्द्या सुब्बालाई प्रदान गर्ने निर्णय गरेको छ ।

पाँच दशकअघिदेखि नेपाली वाङ्मयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा समेत महत्वपूर्ण योगदान पु¥याएबापत उहाँलाई यो पुरस्कार प्रदान गर्न लागिएको हो ।

यस्तै साहित्यकार, संस्कृतिविद्, चित्रकार तथा आयुर्वेदाचार्य मोदनाथ प्रश्रितलाई रु एक लाख राशिको ‘नइ खरा सुकीर्ति पुरस्कार’ सुश्री शान्ता श्रेष्ठलाई रु ५० हजार राशिको ‘नइ खरा प्रदीप्ति पुरस्कार’ प्रदान गर्ने निर्णय भएको नइ प्रकाशनका सदस्य सचीब नरेन्द्र राज प्रसाईले जानकारी दिनुभयो ।

यस्तै नेपाली तथा मैथिली भाषा साहित्य तथा पत्रकारिताका क्षेत्रमा समर्पित धीरेन्द्र प्रेमर्षिलाई रु २५ हजार राशिको ‘नइ खरा गौरव पुरस्कार’ समाजसेवा, नाट्याभिनय, छायाचित्र र पठन, लेखन क्षेत्रकी प्रतिभा सुश्री नानी थापालाई रु १५ हजार राशिको ‘नइ खरा पौरख पुरस्कार’ प्रदान गरिने छ । राजनीतिज्ञ खनूप्रुदे ‘रामबाबु’को सहयोगमा सात वर्षअघि ती पुरस्कार स्थापना भएका हुन् ।

सर्वोच्चद्वारा फाइल मगाउने आदेश

काठमाडौं ।
उच्च अदालतमा न्यायाधीश नियुक्त गरिँदा वरिष्ठतालाई ध्यान नदिएको भन्ने रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले नियुक्तिका फाइल मगाउने आदेश जारी गरेको छ ।

न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले आज उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्दाका निर्णयका फाइलहरु मगाउने आदेश जारी गरेको हो ।

न्याय परिषद्लाई विपक्षी बनाई मंगलबार नायब महान्यायाधिवक्ता दुर्गावन्धु पोखरेलले दायर गर्नुभएको रिट निवेदनमाथिको सुनुवाइमा आदेश जारी भएको हो ।

रिट निवेदनमा उच्च अदालतमा न्यायाधीश नियुक्त गरिँदा सरकारी वकिलहरुबाट असाध्यै कम र वरिष्ठतालाई नहेरी न्यायाधीश नियुक्ति गरिएको उल्लेख छ ।

गत पुस २८ गते न्याय परिषद्ले उच्च अदालतका लागि ८० जना न्यायाधीश नियुक्त गरेको थियो ।

डा. लोहनीको नेतृत्वमा पार्टी गठन

काठमाडौं ।
पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरिएको छ ।

नवगठित पार्टीका वरिष्ठ नेतामा केशरबहादुर विष्ट तथा वरिष्ठ उपाध्यक्षमा गणेश शेरचन रहनुहुन्छ ।

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लोहनीले राप्रपासँग प्रतिस्पर्धा गर्न नभएर मुलुकमा देखापरेको राजनीतिक अन्योल अन्त्य र मुलुकको समृद्धिका लागि पार्टी स्थापना गरिएको बताउनुभयो ।

६ दिनमा ७५ हजार म्यादी प्रहरीका लागि ८१ हजार आवेदन

काठमाडौं ।
स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेको संख्या देशभरका गरी ८१ हजार पुगेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि ७५ हजार म्यादी प्रहरीको माग भएकोमा म्यादी प्रहरी भर्ना आवेदन खुल्ला गरेको छैठौ दिन आजसम्म ठूलो संख्यामा आवेदन प्राप्त भइरहेको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुर्वेन्द्र खनालले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार, चैत्र ११ गतेदेखि खुल्ला गरिएको म्यादी प्रहरीमा भर्ना हुन १८ वर्ष उमेर पुगेका र ५४ वर्ष उमेर ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

स्थानीय तह निर्वाचनको सुरक्षा तयारी पूरा-गृह मन्त्रालय

काठमाडौं ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृहमन्त्रालयले जनाएको छ ।

निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताए ।

उनले केन्द्रीय तहमा सुरक्षा योजना बनिसकेको साथै क्षेत्रीय र जिल्ला तहमा सुरक्षा योजना बनिरहेको जानकारी दिए ।

निर्वाचनमा नेपाली सेनाको नेतृत्वमा भित्री घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाल प्रहरीलाई खटाउने निर्णय सरकारले गरेको छ ।

उन्नाइस वर्षपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनले ३६ हजार जनप्रतिनिधि चयन हुनेछन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web